< שמואל ב 12 >

וַיִּשְׁלַח יְהוָה אֶת־נָתָן אֶל־דָּוִד וַיָּבֹא אֵלָיו וַיֹּאמֶר לוֹ שְׁנֵי אֲנָשִׁים הָיוּ בְּעִיר אֶחָת אֶחָד עָשִׁיר וְאֶחָד רָֽאשׁ׃ 1
त्यसपछि परमप्रभुले नातानलाई दाऊदकहाँ पठाउनुभयो । उनी तिनीकहाँ आए र तिनलाई भने, “कुनै सहरमा दुई जना मानिस बस्थे । एक जना धनी थिए र अर्कोचाहिं गरीब थिए ।
לְעָשִׁיר הָיָה צֹאן וּבָקָר הַרְבֵּה מְאֹֽד׃ 2
धनी मानिसको ठुलो संख्यामा भेडाबाख्रा र गाईवस्तु थिए,
וְלָרָשׁ אֵֽין־כֹּל כִּי אִם־כִּבְשָׂה אַחַת קְטַנָּה אֲשֶׁר קָנָה וַיְחַיֶּהָ וַתִּגְדַּל עִמּוֹ וְעִם־בָּנָיו יַחְדָּו מִפִּתּוֹ תֹאכַל וּמִכֹּסוֹ תִשְׁתֶּה וּבְחֵיקוֹ תִשְׁכָּב וַתְּהִי־לוֹ כְּבַֽת׃ 3
तर त्यो गरीब मानिससित भेडको एउटा पाठीबाहेक केही पनि थिएन, जसलाई त्‍यसले किनेर ल्‍याएको, र खुवाएर हुर्काएको थियो । त्‍यो उसँग र उसका छोराछोरीसँगै हुर्क्‍यो । यो पाठीले उसँगै खान्थ्यो, उसैको कचौराबाट पिउँथ्यो, र उसकै काखमा सुत्थ्यो र उसको छोरीजस्तै थियो ।
וַיָּבֹא הֵלֶךְ לְאִישׁ הֽ͏ֶעָשִׁיר וַיַּחְמֹל לָקַחַת מִצֹּאנוֹ וּמִבְּקָרוֹ לַעֲשׂוֹת לָאֹרֵחַ הַבָּא־לוֹ וַיִּקַּח אֶת־כִּבְשַׂת הָאִישׁ הָרָאשׁ וַֽיַּעֲשֶׂהָ לָאִישׁ הַבָּא אֵלָֽיו׃ 4
एक दिन त्यो धनी मानिसको घरमा एक जना पाहुना आए, तर तिनलाई खाना दिन त्यो धनी मानिसले आफ्नो भेडाबाख्रा र गाईवस्तु एउटा पशु लिन पनि इच्छुक भएन । बरु, त्यसले त्यो गरीब मानिसको भेडाको पाठी लियो र त्यो आफ्‍नो पाहुनाको निम्ति पकाइदियो ।”
וַיִּֽחַר־אַף דָּוִד בָּאִישׁ מְאֹד וַיֹּאמֶר אֶל־נָתָן חַי־יְהוָה כִּי בֶן־מָוֶת הָאִישׁ הָעֹשֶׂה זֹֽאת׃ 5
दाऊद त्यो धनी मानिसप्रति रिसले आगो भए र नातानसँग जङ्गिए, “जस्‍तो परमप्रभु जीवित हुनुहुन्छ, त्‍यो मानिस जसले यसो गर्‍यो त्यो मारिन योग्य छ ।
וְאֶת־הַכִּבְשָׂה יְשַׁלֵּם אַרְבַּעְתָּיִם עֵקֶב אֲשֶׁר עָשָׂה אֶת־הַדָּבָר הַזֶּה וְעַל אֲשֶׁר לֹֽא־חָמָֽל׃ 6
त्‍यो पाठीको चार गुणा त्यसले फिर्ता गर्नुपर्छ किनभने त्यसले यस्तो दुष्‍ट कुरा गरेको छ र त्यसले गरीब मानिसमाथ कुनै दया देखाएन ।”
וַיֹּאמֶר נָתָן אֶל־דָּוִד אַתָּה הָאִישׁ כֹּה־אָמַר יְהוָה אֱלֹהֵי יִשְׂרָאֵל אָנֹכִי מְשַׁחְתִּיךָֽ לְמֶלֶךְ עַל־יִשְׂרָאֵל וְאָנֹכִי הִצַּלְתִּיךָ מִיַּד שָׁאֽוּל׃ 7
त्यसपछि नातानले दाऊदलाई भने, “त्यो मानिस तपाईं नै हो! परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, 'मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरें र मैले तँलाई शाऊलको हातबाट बचाएँ ।
וָאֶתְּנָה לְךָ אֶת־בֵּית אֲדֹנֶיךָ וְאֶת־נְשֵׁי אֲדֹנֶיךָ בְּחֵיקֶךָ וָאֶתְּנָה לְךָ אֶת־בֵּית יִשְׂרָאֵל וִֽיהוּדָה וְאִם־מְעָט וְאֹסִפָה לְּךָ כָּהֵנָּה וְכָהֵֽנָּה׃ 8
मैले तँलाई तेरो मालिकको घराना र तेरो मालिकका पत्‍नीहरूलाई तेरो हातमा दिएँ । मैले तँलाई इस्राएल र यहूदाको घराना पनि दिएँ । तर त्यसले नपुगेको भए, मैले तँलाई यसको अतिरिक्‍त अरू धेरै कुरा दिने थिएँ ।
מַדּוּעַ בָּזִיתָ ׀ אֶת־דְּבַר יְהוָה לַעֲשׂוֹת הָרַע בעינו בְּעֵינַי אֵת אוּרִיָּה הַֽחִתִּי הִכִּיתָ בַחֶרֶב וְאֶת־אִשְׁתּוֹ לָקַחְתָּ לְּךָ לְאִשָּׁה וְאֹתוֹ הָרַגְתָּ בְּחֶרֶב בְּנֵי עַמּֽוֹן׃ 9
त्यसैले तैंले परमप्रभुको दृष्‍टिमा जे खराब छ त्यही गरेर उहाँको आज्ञालाई किन तुच्‍छ ठानिस्? तैंले हित्ती उरियाहलाई तरवारले प्रहार गरिस् र त्यसको पत्‍नीलाई तेरो आफ्‍नै पत्‍नी हुनलाई लगेको छस् । तैंले अम्‍मोनको फौजको तरवारले त्यसलाई मारिस् ।
וְעַתָּה לֹא־תָסוּר חֶרֶב מִבֵּיתְךָ עַד־עוֹלָם עֵקֶב כִּי בְזִתָנִי וַתִּקַּח אֶת־אֵשֶׁת אוּרִיָּה הַחִתִּי לִהְיוֹת לְךָ לְאִשָּֽׁה׃ 10
त्यसैले अब तरवारले तेरो घरानालाई कहिल्यै छोड्ने छैन, किनभने तैंले मलाई घृणा गरेको छस् र हित्ती उरियाहको पत्‍नीलाई तेरो आफ्‍नो पत्‍नीको रूपमा लिएको छस् ।'
כֹּה ׀ אָמַר יְהוָה הִנְנִי מֵקִים עָלֶיךָ רָעָה מִבֵּיתֶךָ וְלָקַחְתִּי אֶת־נָשֶׁיךָ לְעֵינֶיךָ וְנָתַתִּי לְרֵעֶיךָ וְשָׁכַב עִם־נָשֶׁיךָ לְעֵינֵי הַשֶּׁמֶשׁ הַזֹּֽאת׃ 11
परमप्रभु भन्‍नुहुन्छ, 'हेर्, म तेरो आफ्नै घरानाबाट विपद् ल्‍याउने छु । तेरै आफ्‍नै आँखाको सामु तेरा पत्‍नीहरूलाई म लिने छु र ती तेरो छिमेकीलाई दिने छु, र दिनको उज्‍यालोमा त्यो तेरा पत्‍नीहरूसित सुत्‍ने छ ।
כִּי אַתָּה עָשִׂיתָ בַסָּתֶר וַאֲנִי אֶעֱשֶׂה אֶת־הַדָּבָר הַזֶּה נֶגֶד כָּל־יִשְׂרָאֵל וְנֶגֶד הַשָּֽׁמֶשׁ׃ 12
किनकि तैंले आफ्‍नो पाप गोप्‍य रूपमा गरिस्, तर म यो सारा इस्राएलको सामु घामको उज्यालोमा गर्ने छु’ ।”
וַיֹּאמֶר דָּוִד אֶל־נָתָן חָטָאתִי לַֽיהוָה וַיֹּאמֶר נָתָן אֶל־דָּוִד גַּם־יְהוָה הֶעֱבִיר חַטָּאתְךָ לֹא תָמֽוּת׃ 13
तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरुद्धमा पाप गरेको छु ।” नातानले दाऊदलाई जवाफ दिए, “परमप्रभुले तपाईंको पापलाई हटाइदिनुभएको छ । तपाईंलाई मारिने छैन ।
אֶפֶס כִּֽי־נִאֵץ נִאַצְתָּ אֶת־אֹיְבֵי יְהוָה בַּדָּבָר הַזֶּה גַּם הַבֵּן הַיִּלּוֹד לְךָ מוֹת יָמֽוּת׃ 14
तापनि, यो कामद्वारा तपाईंले परमप्रभुलाई तुच्‍छ तुल्‍याउनुभएको हुनाले, तपाईंबाट जन्म‍ने बालकचाहिं निश्‍चय नै मार्ने छ ।”
וַיֵּלֶךְ נָתָן אֶל־בֵּיתוֹ וַיִּגֹּף יְהוָה אֶת־הַיֶּלֶד אֲשֶׁר יָלְדָה אֵֽשֶׁת־אוּרִיָּה לְדָוִד וַיֵּאָנַֽשׁ׃ 15
त्यसपछि नातान विदा भए र घर गए । उरियाहको पत्‍नीले दाऊदबाट जन्माएको बालकलाई परमप्रभुले प्रहार गर्नुभयो र त्यो गम्भीर बिरामी भयो ।
וַיְבַקֵּשׁ דָּוִד אֶת־הָאֱלֹהִים בְּעַד הַנָּעַר וַיָּצָם דָּוִד צוֹם וּבָא וְלָן וְשָׁכַב אָֽרְצָה׃ 16
दाऊदले त्‍यो केटाको निम्‍ति परमप्रभुसँग बिन्ती गरे । दाऊद उपवास बसे र भित्र गए र रातभरि भुईंमा पल्टिरहे ।
וַיָּקֻמוּ זִקְנֵי בֵיתוֹ עָלָיו לַהֲקִימוֹ מִן־הָאָרֶץ וְלֹא אָבָה וְלֹֽא־בָרָא אִתָּם לָֽחֶם׃ 17
तिनका घरानाका ठुलाहरू उठे र तिनलाई भुईंबाट उठाउन तिनको छेउमा खडा भए, तर तिनी उठेनन् र तिनले तिनीहरूसँग केही पनि खाएनन् ।
וַיְהִי בַּיּוֹם הַשְּׁבִיעִי וַיָּמָת הַיָּלֶד וַיִּֽרְאוּ עַבְדֵי דָוִד לְהַגִּיד לוֹ ׀ כִּי־מֵת הַיֶּלֶד כִּי אָֽמְרוּ הִנֵּה בִהְיוֹת הַיֶּלֶד חַי דִּבַּרְנוּ אֵלָיו וְלֹא־שָׁמַע בְּקוֹלֵנוּ וְאֵיךְ נֹאמַר אֵלָיו מֵת הַיֶּלֶד וְעָשָׂה רָעָֽה׃ 18
सातौं दिनमा त्‍यो बालक मर्‍यो । त्‍यो बालक मर्‍यो भनेर दाऊदका सेवकहरूले तिनलाई भन्‍न डराए, किनकि तिनीहरूले भने, “हेर्नुहोस्, त्‍यो बालक जीवितै हुँदा हामीले उहँसित बोल्‍यौं र उहाँले हाम्रा कुरा सुन्‍नुभएन । हामीले त्‍यो बालक मर्‍यो भन्यौं भने, उहाँले आफूलाई के गर्नुहोला?”
וַיַּרְא דָּוִד כִּי עֲבָדָיו מִֽתְלַחֲשִׁים וַיָּבֶן דָּוִד כִּי מֵת הַיָּלֶד וַיֹּאמֶר דָּוִד אֶל־עֲבָדָיו הֲמֵת הַיֶּלֶד וַיֹּאמְרוּ מֵֽת׃ 19
तर जब दाऊदले आफ्‍ना सेवकहरूले आपसमा कानेखुसी गरिरहेको देखे, तब बालक मरेछ भनी दाऊदले थाहा पाए । तिनले आफ्ना सेवकहरूलाई भने, “के त्‍यो बालक मर्‍यो?” तिनीहरूले जवाफ दिए, “त्‍यो मर्‍यो ।”
וַיָּקָם דָּוִד מֵהָאָרֶץ וַיִּרְחַץ וַיָּסֶךְ וַיְחַלֵּף שמלתו שִׂמְלֹתָיו וַיָּבֹא בֵית־יְהוָה וַיִּשְׁתָּחוּ וַיָּבֹא אֶל־בֵּיתוֹ וַיִּשְׁאַל וַיָּשִׂימוּ לוֹ לֶחֶם וַיֹּאכַֽל׃ 20
तब दाऊद भुईंबाट उठे र आफू नुहाए, आफूलाई तेल घसे र आफ्‍ना लुगा फेरे । तिनी परमप्रभुको पवित्र वासस्थानमा गए र त्यहाँ आराधना गरे र त्‍यसपछि आफ्‍नो दरबारमा फर्केर आए । तिनले खाने कुराहरू मागेपछि, तिनीहरूले खाने कुरा दिए र तिनले खाए ।
וַיֹּאמְרוּ עֲבָדָיו אֵלָיו מָֽה־הַדָּבָר הַזֶּה אֲשֶׁר עָשִׂיתָה בַּעֲבוּר הַיֶּלֶד חַי צַמְתָּ וַתֵּבְךְּ וְכַֽאֲשֶׁר מֵת הַיֶּלֶד קַמְתָּ וַתֹּאכַל לָֽחֶם׃ 21
तब तिनका सेवकहरूले तिनलाई भने, “तपाईंले किन यसो गर्नुभएको छ? त्‍यो बालक जिउँदो हुँदा तपाईं उपवास बस्‍नुभयो र रुनुभयो, तर जब बालक मर्‍यो, तब तपाईं उठ्नुभयो र खानुभयो ।”
וַיֹּאמֶר בְּעוֹד הַיֶּלֶד חַי צַמְתִּי וָֽאֶבְכֶּה כִּי אָמַרְתִּי מִי יוֹדֵעַ יחנני וְחַנַּנִי יְהוָה וְחַי הַיָּֽלֶד׃ 22
दाऊदले जवाफ दिए, “बालक जीवित हुँदा म उपवास बसें र रोएँ । मैले भनें, 'कसले जान्दछ कतै परमप्रभु अनुग्रही हुनुहुने छ ताकि बालक बाँच्‍न सकोस्?'
וְעַתָּה ׀ מֵת לָמָּה זֶּה אֲנִי צָם הַאוּכַל לַהֲשִׁיבוֹ עוֹד אֲנִי הֹלֵךְ אֵלָיו וְהוּא לֹֽא־יָשׁוּב אֵלָֽי׃ 23
तर अब त्यो मर्‍यो, त्यसैले म किन उपवास बस्‍ने? के म त्यसलाई फेरि फर्काएर ल्याउन सक्छु र? म त्यसकहाँ जाने छु, तर त्यो मकहाँ फर्केर आउने छैन ।”
וַיְנַחֵם דָּוִד אֵת בַּת־שֶׁבַע אִשְׁתּוֹ וַיָּבֹא אֵלֶיהָ וַיִּשְׁכַּב עִמָּהּ וַתֵּלֶד בֵּן ויקרא וַתִּקְרָא אֶת־שְׁמוֹ שְׁלֹמֹה וַיהוָה אֲהֵבֽוֹ׃ 24
दाऊदले आफ्‍नी पत्‍नी बतशेबालाई सान्त्वना दिए र उनकहाँ गए र उनीसँग सुते । पछि उनले एउटा छोरा जन्माइन् र त्‍यो बालककको नाउँ सोलोमन राखियो । परमप्रभुले त्‍यसलाई प्रेम गर्नुभयो
וַיִּשְׁלַח בְּיַד נָתָן הַנָּבִיא וַיִּקְרָא אֶת־שְׁמוֹ יְדִידְיָהּ בַּעֲבוּר יְהוָֽה׃ 25
र तिनको नाउँ यददीयाह राख्‍नू भनी उहाँले नातान अगमवक्‍ताद्वारा सन्देश पठाउनुभयो, किनभने परमप्रभुले तिनलाई प्रेम गर्नुभयो ।
וַיִּלָּחֶם יוֹאָב בְּרַבַּת בְּנֵי עַמּוֹן וַיִּלְכֹּד אֶת־עִיר הַמְּלוּכָֽה׃ 26
यति बेला योआबले अम्मोनीहरूको रब्बाको विरुद्ध युद्ध गरे र तिनले राजकीय सहर कब्जा गरे ।
וַיִּשְׁלַח יוֹאָב מַלְאָכִים אֶל־דָּוִד וַיֹּאמֶר נִלְחַמְתִּי בְרַבָּה גַּם־לָכַדְתִּי אֶת־עִיר הַמָּֽיִם׃ 27
त्यसैले योआबले दाऊदकहाँ दूतहरू पठाए र भने, “मैले रब्‍बाको विरुद्धमा युद्ध लडेको छु र मैले सहरको पानीको आपुर्तीलाई कब्जा गरेको छु ।
וְעַתָּה אֱסֹף אֶת־יֶתֶר הָעָם וַחֲנֵה עַל־הָעִיר וְלָכְדָהּ פֶּן־אֶלְכֹּד אֲנִי אֶת־הָעִיר וְנִקְרָא שְׁמִי עָלֶֽיהָ׃ 28
यसकारण बाँकी फौजलाई भेला गर्नुहोस् र यो सहर विरुद्ध छआउनी हाल्नुहोस् र यसलाई कब्जा गर्नुहोस्, किनकि मैले त्‍यो सहर लिएँ भने, त्‍यसलाई मेरो नाउँ दिइने छ ।
וַיֶּאֱסֹף דָּוִד אֶת־כָּל־הָעָם וַיֵּלֶךְ רַבָּתָה וַיִּלָּחֶם בָּהּ וַֽיִּלְכְּדָֽהּ׃ 29
त्यसैले दाऊदले सबै फौजलाई एकसाथ भेला गरे र रब्बातिर गए । तिनले त्यो सहरको विरुद्ध युद्ध लडे र त्‍यो कब्जा गरे ।
וַיִּקַּח אֶת־עֲטֶֽרֶת־מַלְכָּם מֵעַל רֹאשׁוֹ וּמִשְׁקָלָהּ כִּכַּר זָהָב וְאֶבֶן יְקָרָה וַתְּהִי עַל־רֹאשׁ דָּוִד וּשְׁלַל הָעִיר הוֹצִיא הַרְבֵּה מְאֹֽד׃ 30
दाऊदले तिनीहरूका राजाको शिरबाट शिरपेच लिए, यसको तौल एक तोडा सुन थियो, र त्‍यसमा बहुमूल्‍य पत्‍थरहरू थिए । त्यो शिरपेच दाऊदको आफ्नै शिरमा लगाइयो । त्‍यसपछि तिनले त्यस सहरको लुटका मालहरू ठुलो मात्रामा लिएर आए ।
וְאֶת־הָעָם אֲשֶׁר־בָּהּ הוֹצִיא וַיָּשֶׂם בַּמְּגֵרָה וּבַחֲרִצֵי הַבַּרְזֶל וּֽבְמַגְזְרֹת הַבַּרְזֶל וְהֶעֱבִיר אוֹתָם במלכן בַּמַּלְבֵּן וְכֵן יַעֲשֶׂה לְכֹל עָרֵי בְנֵֽי־עַמּוֹן וַיָּשָׁב דָּוִד וְכָל־הָעָם יְרוּשָׁלָֽ͏ִם׃ 31
तिनले त्यस सहरमा भएका मानिसहरूलाई लिएर आए, र तिनीहरूलाई आराहरू, फलामको हतियारको र बन्चरोको कामहरू गर्न बाध्य पारे । तिनले उनीहरूलाई इँटको भट्टाहरूमा काम गर्न लगाए । दाऊदले अम्‍मोनका मानिसहरूका सबै सहरलाई यो श्रमको काम गर्न लगाए । तब दाऊद र सबै फौज यरूशलेम फर्के ।

< שמואל ב 12 >