< תְהִלִּים 92 >

מִזְמ֥וֹר שִׁ֗יר לְי֣וֹם הַשַּׁבָּֽת׃ ט֗וֹב לְהֹד֥וֹת לַיהוָ֑ה וּלְזַמֵּ֖ר לְשִׁמְךָ֣ עֶלְיֽוֹן׃ 1
एउटा भजन; विश्राम दिनको निम्ति एउटा गीत। याहवेहको प्रशंसा गर्नु र हे सर्वोच्‍च परमेश्‍वर, तपाईंको नाममा धुन बजाउनु असल कुरा हो।
לְהַגִּ֣יד בַּבֹּ֣קֶר חַסְֽדֶּ֑ךָ וֶ֝אֱמֽוּנָתְךָ֗ בַּלֵּילֽוֹת׃ 2
बिहान तपाईंको अचुक प्रेमको र राति तपाईंको विश्‍वासयोग्यताको घोषणा गर्नु,
עֲֽלֵי־עָ֭שׂוֹר וַעֲלֵי־נָ֑בֶל עֲלֵ֖י הִגָּי֣וֹן בְּכִנּֽוֹר׃ 3
दशतारे वीणाको सङ्गीतमा र सितारको मधुर लयमा तपाईंको स्तुति गर्नु असल कुरा हो।
כִּ֤י שִׂמַּחְתַּ֣נִי יְהוָ֣ה בְּפָעֳלֶ֑ךָ בְּֽמַעֲשֵׂ֖י יָדֶ֣יךָ אֲרַנֵּֽן׃ 4
किनकि हे याहवेह, तपाईंले आफ्ना कामद्वारा मलाई आनन्दित पार्नुभएको छ; तपाईंका हातका कार्यहरू हेरेर म हर्षले गाउँछु।
מַה־גָּדְל֣וּ מַעֲשֶׂ֣יךָ יְהוָ֑ה מְ֝אֹ֗ד עָמְק֥וּ מַחְשְׁבֹתֶֽיךָ׃ 5
हे याहवेह, तपाईंका कार्यहरू कत्ति महान् छन्! तपाईंका विचारहरू कत्ति गहन छन्!
אִֽישׁ־בַּ֭עַר לֹ֣א יֵדָ֑ע וּ֝כְסִ֗יל לֹא־יָבִ֥ין אֶת־זֹֽאת׃ 6
विवेकहीन मानिसले यो जान्दैन, मूर्खले यो बुझ्न सक्दैन,
בִּפְרֹ֤חַ רְשָׁעִ֨ים ׀ כְּמ֥וֹ עֵ֗שֶׂב וַ֭יָּצִיצוּ כָּל־פֹּ֣עֲלֵי אָ֑וֶן לְהִשָּֽׁמְדָ֥ם עֲדֵי־עַֽד׃ 7
यद्यपि दुष्‍टहरू घाँसजस्तै मौलाउँछन्, र सबै कुकर्मीहरूका फलिफाप पनि हुन्छ, तर परिणाम स्वरूप तिनीहरू सधैँका निम्ति नष्‍ट पारिनेछन्।
וְאַתָּ֥ה מָר֗וֹם לְעֹלָ֥ם יְהוָֽה׃ 8
तर तपाईं, हे याहवेह, सदासर्वदा उच्‍च हुनुहुन्छ।
כִּ֤י הִנֵּ֪ה אֹיְבֶ֡יךָ ׀ יְֽהוָ֗ה כִּֽי־הִנֵּ֣ה אֹיְבֶ֣יךָ יֹאבֵ֑דוּ יִ֝תְפָּרְד֗וּ כָּל־פֹּ֥עֲלֵי אָֽוֶן׃ 9
किनकि, हे याहवेह, तपाईंका शत्रुहरू, तपाईंका शत्रुहरू निश्‍चय नै नष्‍ट हुनेछन्; सबै कुकर्मीहरू तितरबितर हुनेछन्।
וַתָּ֣רֶם כִּרְאֵ֣ים קַרְנִ֑י בַּ֝לֹּתִ֗י בְּשֶׁ֣מֶן רַעֲנָֽן׃ 10
तपाईंले जङ्गली साँढेको सिङजस्तै मेरो सिङ उच्‍च पार्नुभएको छ; उत्तम तेलले मेरो अभिषेक भएको छ।
וַתַּבֵּ֥ט עֵינִ֗י בְּשׁ֫וּרָ֥י בַּקָּמִ֖ים עָלַ֥י מְרֵעִ֗ים תִּשְׁמַ֥עְנָה אָזְנָֽי׃ 11
मेरा आँखाले मेरा विरोधीहरूको हार भएको देखेका छन्; मेरा कानले मेरा दुष्‍ट वैरीहरू लखेटिएका कुरा सुनेका छन्।
צַ֭דִּיק כַּתָּמָ֣ר יִפְרָ֑ח כְּאֶ֖רֶז בַּלְּבָנ֣וֹן יִשְׂגֶּֽה׃ 12
धर्मीहरूचाहिँ खजूरको बोटझैँ फस्टाउनेछन्; तिनीहरू लेबनानका देवदारुजस्तै बढ्नेछन्;
שְׁ֭תוּלִים בְּבֵ֣ית יְהוָ֑ה בְּחַצְר֖וֹת אֱלֹהֵ֣ינוּ יַפְרִֽיחוּ׃ 13
तिनीहरू याहवेहका भवनमा रोपिएका हुनेछन्, हाम्रा परमेश्‍वरका चोकहरूमा तिनीहरू मौलाउनेछन्।
ע֭וֹד יְנוּב֣וּן בְּשֵׂיבָ֑ה דְּשֵׁנִ֖ים וְרַֽעֲנַנִּ֣ים יִהְיֽוּ׃ 14
बुढेसकालमा पनि तिनीहरू फलदायी हुनेछन्; तिनीहरू ताजा र हरिया भइरहनेछन्,
לְ֭הַגִּיד כִּֽי־יָשָׁ֣ר יְהוָ֑ה צ֝וּרִ֗י וְֽלֹא־עַוְלָ֥תָה בּֽוֹ׃ 15
र यस्तो घोषणा गर्नेछन्, “याहवेह धर्मी हुनुहुन्छ; उहाँ मेरो चट्टान हुनुहुन्छ, र उहाँमा केही पनि दुष्‍टता छैन।”

< תְהִלִּים 92 >