< תְהִלִּים 139 >

לַ֭מְנַצֵּחַ לְדָוִ֣ד מִזְמ֑וֹר יְהוָ֥ה חֲ֝קַרְתַּ֗נִי וַתֵּדָֽע׃ 1
हे परमप्रभु, तपाईंले मलाई जाँच्नुभएको छ र तपाईंले मलाई चिन्‍नुहुन्छ ।
אַתָּ֣ה יָ֭דַעְתָּ שִׁבְתִּ֣י וְקוּמִ֑י בַּ֥נְתָּה לְ֝רֵעִ֗י מֵרָחֽוֹק׃ 2
म बस्‍दा र म उठ्दा तपाईंले जान्‍नुहुन्छ । तपाईंले मेरो विचार टाढैबाट बुझ्‍नुहुन्छ ।
אָרְחִ֣י וְרִבְעִ֣י זֵרִ֑יתָ וְֽכָל־דְּרָכַ֥י הִסְכַּֽנְתָּה׃ 3
तपाईंले मेरो मार्ग र मेरो सुताइ हे्र्नुहुन्छ । मेरा सबै मार्गहरूका बारेमा तपाईं परिचित हुनुहुन्छ ।
כִּ֤י אֵ֣ין מִ֭לָּה בִּלְשׁוֹנִ֑י הֵ֥ן יְ֝הוָ֗ה יָדַ֥עְתָּ כֻלָּֽהּ׃ 4
हे परमप्रभु, मेरो जिब्रोमा शब्द आउनअगि नै तपाईंले त्‍यो पूर्ण रूपमा जान्‍नुहुन्छ ।
אָח֣וֹר וָקֶ֣דֶם צַרְתָּ֑נִי וַתָּ֖שֶׁת עָלַ֣י כַּפֶּֽכָה׃ 5
मेरो अगाडि र पछाडि तपाईं मलाई घेर्नुहुन्छ र ममाथि तपाईंको हात राख्‍नुहुन्छ ।
פְּלִ֣יאָֽה דַ֣עַת מִמֶּ֑נִּי נִ֝שְׂגְּבָ֗ה לֹא־א֥וּכַֽל לָֽהּ׃ 6
यस्तो ज्ञान मेरो निम्ति अति धेरै हुन्छ । यो अत्यन्त उच्‍च छ, म यसमा पुग्‍नै सक्दिनँ ।
אָ֭נָ֥ה אֵלֵ֣ךְ מֵרוּחֶ֑ךָ וְ֝אָ֗נָה מִפָּנֶ֥יךָ אֶבְרָֽח׃ 7
तपाईंको आत्माबाट म कहाँ कान सक्छु र? तपाईंको उपस्थितिबाट म कहाँ भाग्‍न सक्छु र?
אִם־אֶסַּ֣ק שָׁ֭מַיִם שָׁ֣ם אָ֑תָּה וְאַצִּ֖יעָה שְּׁא֣וֹל הִנֶּֽךָּ׃ (Sheol h7585) 8
आकाशमाथि उक्‍लें भने तपाईं त्यहाँ हुनुहुन्छ । मैले चिहानमा आफ्‍नो ओछ्यान बनाएँ भने, तपाईं त्यहीं हुनुहुन्छ । (Sheol h7585)
אֶשָּׂ֥א כַנְפֵי־שָׁ֑חַר אֶ֝שְׁכְּנָ֗ה בְּאַחֲרִ֥ית יָֽם׃ 9
प्रभातका पखेटाहरूमा उडेर म टाढा गएँ र समुद्रपारि पल्‍लो भागमा बसें भने,
גַּם־שָׁ֭ם יָדְךָ֣ תַנְחֵ֑נִי וְֽתֹאחֲזֵ֥נִי יְמִינֶֽךָ׃ 10
त्यहाँ पनि तपाईंको बाहुलीले मलाई डोर्‍याउनेछ । तपाईंको दाहिने बाहुलीले मलाई समातेर राख्‍नेछ ।
וָ֭אֹמַר אַךְ־חֹ֣שֶׁךְ יְשׁוּפֵ֑נִי וְ֝לַ֗יְלָה א֣וֹר בַּעֲדֵֽנִי׃ 11
मैले भनें, “निश्‍चय नै अन्धकारले मलाई ढाक्‍नेछ र मेरो विरपरिको ज्‍योति रात हुनेछ,”
גַּם־חֹשֶׁךְ֮ לֹֽא־יַחְשִׁ֪יךְ מִ֫מֶּ֥ךָ וְ֭לַיְלָה כַּיּ֣וֹם יָאִ֑יר כַּ֝חֲשֵׁיכָ֗ה כָּאוֹרָֽה׃ 12
तापनि त्‍यो अन्धकार तपाईंको निम्ति अँध्यारो हुँदैन । रात पनि दिनझैं चम्किन्छ, किनकि तपाईंको निम्ति अँध्यारो र उज्यालो दुवै उस्तै हुन् ।
כִּֽי־אַ֭תָּה קָנִ֣יתָ כִלְיֹתָ֑י תְּ֝סֻכֵּ֗נִי בְּבֶ֣טֶן אִמִּֽי׃ 13
तपाईं मेरा भित्री अङ्गहरू बनाउनुभयो । मेरी आमाको गर्भमा तपाईंले मलाई बनाउनुभयो ।
אֽוֹדְךָ֗ עַ֤ל כִּ֥י נוֹרָא֗וֹת נִ֫פְלֵ֥יתִי נִפְלָאִ֥ים מַעֲשֶׂ֑יךָ וְ֝נַפְשִׁ֗י יֹדַ֥עַת מְאֹֽד׃ 14
म तपाईंको प्रशंसा गर्नेछु, किनकि म अचम्‍म किसिमले बनाइएको छु । मेरो प्राणले यो राम्ररी जान्दछ ।
לֹא־נִכְחַ֥ד עָצְמִ֗י מִ֫מֶּ֥ךָּ אֲשֶׁר־עֻשֵּׂ֥יתִי בַסֵּ֑תֶר רֻ֝קַּ֗מְתִּי בְּֽתַחְתִּיּ֥וֹת אָֽרֶץ׃ 15
जब मलाई गुप्‍तमा बनाइयो, जब मलाई पृथ्वीको गहिराइमा जटिल किसिमले बनाइयो, तब मेरा हाडहरू तपाईंबाट लुकेका थिएनन् ।
גָּלְמִ֤י ׀ רָ֘א֤וּ עֵינֶ֗יךָ וְעַֽל־סִפְרְךָ֮ כֻּלָּ֪ם יִכָּ֫תֵ֥בוּ יָמִ֥ים יֻצָּ֑רוּ וְל֖וֹ אֶחָ֣ד בָּהֶֽם׃ 16
तपाईंले मलाई गर्भभित्रै देख्‍नुभयो । मेरो निम्‍ति तोकिएको आयुको पहिलो दिन हुनुअगि नै ती तपाईंको पुस्तकमा लेखिएका थिए ।
וְלִ֗י מַה־יָּקְר֣וּ רֵעֶ֣יךָ אֵ֑ל מֶ֥ה עָ֝צְמוּ רָאשֵׁיהֶֽם׃ 17
हे परमेश्‍वर, तपाईंका विचारहरू मेरो निम्‍ति कति बहुमूल्य छन्! तिनका सङ्ख्‍या कति धेरै छन्!
אֶ֭סְפְּרֵם מֵח֣וֹל יִרְבּ֑וּן הֱ֝קִיצֹ֗תִי וְעוֹדִ֥י עִמָּֽךְ׃ 18
तिनलाई मैले गन्‍न कोसिस गरें भने, ती बलुवाको संख्याभन्दा धेरै हुन्‍छन् । म ब्युँझिंदा, म अझै तपाईंसँगै हुन्छु ।
אִם־תִּקְטֹ֖ל אֱל֥וֹהַּ ׀ רָשָׁ֑ע וְאַנְשֵׁ֥י דָ֝מִ֗ים ס֣וּרוּ מֶֽנִּי׃ 19
हे परमेश्‍वर, तपाईंले दुष्‍टहरूलाई मार्नुभएको भए असल हुन्‍थ्‍यो । ए हिंस्रक मानिसहरू हो, मबाट दूर होओ ।
אֲשֶׁ֣ר יֹ֭אמְרֻךָ לִמְזִמָּ֑ה נָשֻׂ֖א לַשָּׁ֣וְא עָרֶֽיךָ׃ 20
तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गर्छन् र छलपूर्ण काम गर्छन् । तपाईंका शत्रुहरूले झुटा बोल्छन् ।
הֲלֽוֹא־מְשַׂנְאֶ֖יךָ יְהוָ֥ה ׀ אֶשְׂנָ֑א וּ֝בִתְקוֹמְמֶ֗יךָ אֶתְקוֹטָֽט׃ 21
हे परमप्रभु, तपाईंलाई घृणा गर्नेहरूलाई के म घृणा गर्दिनँ र? तपाईंको विरुद्धमा खडा हुनेहरूलाई के म घृणा गर्दिनँ र?
תַּכְלִ֣ית שִׂנְאָ֣ה שְׂנֵאתִ֑ים לְ֝אוֹיְבִ֗ים הָ֣יוּ לִֽי׃ 22
म तिनीहरूलाई पूर्ण रूपले घृणा गर्छु । तिनीहरू मेरा शत्रुहरू भएका छन् ।
חָקְרֵ֣נִי אֵ֭ל וְדַ֣ע לְבָבִ֑י בְּ֝חָנֵ֗נִי וְדַ֣ע שַׂרְעַפָּֽי׃ 23
हे परमेश्‍वर, मलाई जाँच्‍नुहोस् र मेरो हृदय जान्‍नुहोस् । मलाई जाँच्‍नुहोस् र मेरा विचारहरू जान्‍नुहोस् ।
וּרְאֵ֗ה אִם־דֶּֽרֶךְ־עֹ֥צֶב בִּ֑י וּ֝נְחֵ֗נִי בְּדֶ֣רֶךְ עוֹלָֽם׃ 24
मभित्र कुनै दुष्‍ट चाल छन् कि भनी हेर्नुहोस् र मलाई अनन्तको मार्गमा डोर्‍याउनुहोस् ।

< תְהִלִּים 139 >