< אִיּוֹב 37 >
אַף־לְ֭זֹאת יֶחֱרַ֣ד לִבִּ֑י וְ֝יִתַּ֗ר מִמְּקוֹמֽוֹ׃ | 1 |
वास्तवमा, यस कुरामा मेरो हृदय काँप्छ । त्यो आफ्नो ठाउँबाट हटेको छ ।
שִׁמְע֤וּ שָׁמ֣וֹעַ בְּרֹ֣גֶז קֹל֑וֹ וְ֝הֶ֗גֶה מִפִּ֥יו יֵצֵֽא׃ | 2 |
सुन्नुहोस्, उहाँको आवाजको चर्को सोर, उहाँको मुखबाट बाहिर निस्कने आवाजलाई सुन्नुहोस् ।
תַּֽחַת־כָּל־הַשָּׁמַ֥יִם יִשְׁרֵ֑הוּ וְ֝אוֹר֗וֹ עַל־כַּנְפ֥וֹת הָאָֽרֶץ׃ | 3 |
उहाँले त्यसलाई सारा आकाशमुनि पठाउनुहुन्छ, र उहाँले पृथ्वीको कुना-कुनासम्म आफ्नो बिजुली पठाउनुहुन्छ ।
אַחֲרָ֤יו ׀ יִשְׁאַג־ק֗וֹל יַ֭רְעֵם בְּק֣וֹל גְּאוֹנ֑וֹ וְלֹ֥א יְ֝עַקְּבֵ֗ם כִּֽי־יִשָּׁמַ֥ע קוֹלֽוֹ׃ | 4 |
यसपछि एउटा आवाज गर्जन्छ । उहाँ आफ्नो ऐश्वर्यको आवाजले गर्जनुहुन्छ । उहाँको आवाज सुन्दा उहाँले बिजुलीको चमकलाई रोक्नुहुन्न ।
יַרְעֵ֤ם אֵ֣ל בְּ֭קוֹלוֹ נִפְלָא֑וֹת עֹשֶׂ֥ה גְ֝דֹל֗וֹת וְלֹ֣א נֵדָֽע׃ | 5 |
परमेश्वर आफ्नो सोरसहित अचम्म तरिकाले गर्जनुहुन्छ । हामीले बुझ्नै नसक्ने महान् कुराहरू उहाँले गर्नुहुन्छ ।
כִּ֤י לַשֶּׁ֨לַג ׀ יֹאמַ֗ר הֱוֵ֫א אָ֥רֶץ וְגֶ֥שֶׁם מָטָ֑ר וְ֝גֶ֗שֶׁם מִטְר֥וֹת עֻזּֽוֹ׃ | 6 |
किनकि उहाँले हिउँलाई भन्नुहुन्छ, 'पृथ्वीमा खस् ।' त्यसै गरी झरीलाई भन्नुहुन्छ, 'मुसलधारे झरी बन् ।'
בְּיַד־כָּל־אָדָ֥ם יַחְתּ֑וֹם לָ֝דַ֗עַת כָּל־אַנְשֵׁ֥י מַעֲשֵֽׂהוּ׃ | 7 |
उहाँले हरेक मानिसको हातलाई काम गर्नबाट रोक्नुहुन्छ, ताकि आफूले बनाउनुभएका सारा मानिसले उहाँका कामहरू देख्न सकून् ।
וַתָּבֹ֣א חַיָּ֣ה בְמוֹ־אָ֑רֶב וּבִמְע֖וֹנֹתֶ֣יהָ תִשְׁכֹּֽן׃ | 8 |
तब जङ्गली जनावरहरू लुक्ने ठाउँ जान्छन्, र आ-आफ्ना खोरहरूमा बस्छन् ।
מִן־הַ֭חֶדֶר תָּב֣וֹא סוּפָ֑ה וּֽמִמְּזָרִ֥ים קָרָֽה׃ | 9 |
आँधी-बेहरी दक्षिणको आफ्नो बासस्थानबाट आउँछ, र उत्तरको प्रचण्ड बतासबाट जाडो आउँछ ।
מִנִּשְׁמַת־אֵ֥ל יִתֶּן־קָ֑רַח וְרֹ֖חַב מַ֣יִם בְּמוּצָֽק׃ | 10 |
परमेश्वरको सासद्वारा बरफ बन्छ । पानीको फैलावट धातुझैं जम्छ ।
אַף־בְּ֭רִי יַטְרִ֣יחַ עָ֑ב יָ֝פִ֗יץ עֲנַ֣ן אוֹרֽוֹ׃ | 11 |
वास्तवमा बाक्लो बादललाई उहाँले बाफको भारी बोकाउनुहुन्छ । उहाँले बादलहरूद्वारा आफ्नो बिजुली छरपष्ट पार्नुहुन्छ ।
וְה֤וּא מְסִבּ֨וֹת ׀ מִתְהַפֵּ֣ךְ בְּתַחְבּוּלֹתָ֣יו לְפָעֳלָ֑ם כֹּ֖ל אֲשֶׁ֥ר יְצַוֵּ֓ם ׀ עַל־פְּנֵ֖י תֵבֵ֣ל אָֽרְצָה׃ | 12 |
उहाँले आफ्नो निर्देशनद्वारा बादलहरूलाई चारैतिर घुमाउनुहुन्छ, ताकि उहाँले तिनलाई जे आज्ञा गर्नुहुन्छ, त्यो तिनले सारा संसारको सतहको माथि गर्न सकून् ।
אִם־לְשֵׁ֥בֶט אִם־לְאַרְצ֑וֹ אִם־לְ֝חֶ֗סֶד יַמְצִאֵֽהוּ׃ | 13 |
उहाँले यी सबै कुरा हुन दिनुहुन्छ । कहिले-कहीं सुधारको लागि यस्तो हुन्छ, कहिले-कहीँ उहाँको जमिनको लागि, र कहिले-कहीँ करारको विश्वस्तताको कामको रूपमा हुन्छ ।
הַאֲזִ֣ינָה זֹּ֣את אִיּ֑וֹב עֲ֝מֹ֗ד וְהִתְבּוֹנֵ֤ן ׀ נִפְלְא֬וֹת אֵֽל׃ | 14 |
हे अय्यूब, यो कुरा सुन्नुहोस् । रोक्नुहोस् र परमेश्वरका उदेकका कामहरूका बारेमा सोच्नुहोस् ।
הֲ֭תֵדַע בְּשׂוּם־אֱל֣וֹהַּ עֲלֵיהֶ֑ם וְ֝הוֹפִ֗יעַ א֣וֹר עֲנָנֽוֹ׃ | 15 |
परमेश्वरले बादललाई कसरी स्थापित गर्नुहुन्छ, र बिजुलीको चमकलाई चम्काउनुहुन्छ भनी के तपाईं जान्नुहुन्छ?
הֲ֭תֵדַע עַל־מִפְלְשֵׂי־עָ֑ב מִ֝פְלְא֗וֹת תְּמִ֣ים דֵּעִֽים׃ | 16 |
के बादलहरू कसरी तैरन्छन् भनी तपाईं बुझ्नुहुन्छ, जुन ज्ञानमा सिद्ध परमेश्वरको उदेकको काम हो?
אֲשֶׁר־בְּגָדֶ֥יךָ חַמִּ֑ים בְּהַשְׁקִ֥ט אֶ֝֗רֶץ מִדָּרֽוֹם׃ | 17 |
जब बतास नचली भूमि शान्त हुँदा दक्षिणबाट बतास चल्नथाल्छ, तब तपाईंको लुगा कसरी तातो हुन्छ भनेर तपाईं बुझ्नुहुन्छ?
תַּרְקִ֣יעַ עִ֭מּוֹ לִשְׁחָקִ֑ים חֲ֝זָקִ֗ים כִּרְאִ֥י מוּצָֽק׃ | 18 |
आकाशलाई उहाँले झैं तपाईंले फैलाउन सक्नुहुन्छ— आकाश, जुन धातु पगालेर बनाइएको ऐनाजत्तिकै कडा हुन्छ?
ה֭וֹדִיעֵנוּ מַה־נֹּ֣אמַר ל֑וֹ לֹ֥א־נַ֝עֲרֹ֗ךְ מִפְּנֵי־חֹֽשֶׁךְ׃ | 19 |
उहाँलाई हामीले के भन्नुपर्ने हो, सो हामीलाई सिकाउनुहोस्, किनकि हाम्रो मनको अन्धकारको कारणले हामीले आफ्ना तर्कहरूलाई क्रमैसित प्रस्तुत गर्न सक्दैनौँ ।
הַֽיְסֻפַּר־ל֭וֹ כִּ֣י אֲדַבֵּ֑ר אִֽם־אָ֥מַר אִ֝֗ישׁ כִּ֣י יְבֻלָּֽע׃ | 20 |
म उहाँसित बोल्न चाहन्छु भनेर उहाँलाई भन्नुपर्छ र? कुनै व्यक्तिले आफूलाई निलियोस् भन्ने इच्छा गर्छ र?
וְעַתָּ֤ה ׀ לֹ֘א רָ֤אוּ א֗וֹר בָּהִ֣יר ה֭וּא בַּשְּׁחָקִ֑ים וְר֥וּחַ עָ֝בְרָ֗ה וַֽתְּטַהֲרֵֽם׃ | 21 |
आकाशमा बतास चलेपछि र त्यसले त्यहाँको बादललाई उडाएर सफा गरेपछि, जब त्यहाँ सूर्य चम्किन्छ, तब मानिसहरूले त्यो हेर्न सक्दैनन् ।
מִ֭צָּפוֹן זָהָ֣ב יֶֽאֱתֶ֑ה עַל־אֱ֝ל֗וֹהַּ נ֣וֹרָא הֽוֹד׃ | 22 |
उत्तरबाट सुनौलो वैभवको आगमन हुन्छ— परमेश्वर भययोग्य महिमा हुनुहुन्छ ।
שַׁדַּ֣י לֹֽא־מְ֭צָאנֻהוּ שַׂגִּיא־כֹ֑חַ וּמִשְׁפָּ֥ט וְרֹב־צְ֝דָקָ֗ה לֹ֣א יְעַנֶּֽה׃ | 23 |
सर्वशक्तिमान्को बारेमा, हामी उहाँलाई भेट्टाउन सक्दैनौं । शक्तिमा उहाँ महान् हुनुहुन्छ । उहाँले न्यायलाई दबाउनुहुन्न र धार्मिकता प्रसस्त पार्नुहुन्छ ।
לָ֭כֵן יְרֵא֣וּהוּ אֲנָשִׁ֑ים לֹֽא־יִ֝רְאֶ֗ה כָּל־חַכְמֵי־לֵֽב׃ פ | 24 |
त्यसकारण मानिसहरू उहाँदेखि डराउँछन् । आफ्नै मनले बुद्धिमान् सम्झनेहरूलाई उहाँले ध्यान दिनुहुन्न ।”