< הוֹשֵׁעַ 2 >
אִמְר֥וּ לַאֲחֵיכֶ֖ם עַמִּ֑י וְלַאֲחֽוֹתֵיכֶ֖ם רֻחָֽמָה׃ | 1 |
आफ्ना दाजुभाइलाई ‘मेरा मानिसहरू’ र आफ्ना दिदीबहिनीलाई ‘तिमीहरूलाई कृपा गरिएको छ’ भन ।”
רִ֤יבוּ בְאִמְּכֶם֙ רִ֔יבוּ כִּֽי־הִיא֙ לֹ֣א אִשְׁתִּ֔י וְאָנֹכִ֖י לֹ֣א אִישָׁ֑הּ וְתָסֵ֤ר זְנוּנֶ֙יהָ֙ מִפָּנֶ֔יה וְנַאֲפוּפֶ֖יהָ מִבֵּ֥ין שָׁדֶֽיהָ׃ | 2 |
आफ्नी आमाको विदरुद्धमा एउटा मुद्धा हाल, एउटा मुद्धा हाल, किनकि त्यो मेरी पत्नी होइन, र न त म त्यसको पति हुँ । त्यसले आफ्नो सामनेबाट आफ्नो वेश्यागमन, र आफ्ना स्तनहरूको बिचबाट आफ्नो व्यभिचारका कामहरूलाई हटाओस् ।
פֶּן־אַפְשִׁיטֶ֣נָּה עֲרֻמָּ֔ה וְהִ֨צַּגְתִּ֔יהָ כְּי֖וֹם הִוָּֽלְדָ֑הּ וְשַׂמְתִּ֣יהָ כַמִּדְבָּ֗ר וְשַׁתִּ֙הָ֙ כְּאֶ֣רֶץ צִיָּ֔ה וַהֲמִתִּ֖יהָ בַּצָּמָֽא׃ | 3 |
होइन भने, म त्यसलाई नाङ्गो पार्नेछु र त्यो जन्मको दिनमा झैं म त्यसको नग्नता देखाउनेछु । उजाड-स्थानजस्तै, एउटा सुख्खा लागेको देशजस्तै, म त्यसलाई बनाउनेछु, र त्यसलाई तिर्खाले मर्ने म बानउनेछु ।
וְאֶת־בָּנֶ֖יהָ לֹ֣א אֲרַחֵ֑ם כִּֽי־בְנֵ֥י זְנוּנִ֖ים הֵֽמָּה׃ | 4 |
त्यसका छोराछोरीलाई म कृपा देखाउनेछैनँ, किनकि ती वेश्यागमनका सन्तान हुन् ।
כִּ֤י זָֽנְתָה֙ אִמָּ֔ם הֹבִ֖ישָׁה הֽוֹרָתָ֑ם כִּ֣י אָמְרָ֗ה אֵלְכָ֞ה אַחֲרֵ֤י מְאַהֲבַי֙ נֹתְנֵ֤י לַחְמִי֙ וּמֵימַ֔י צַמְרִ֣י וּפִשְׁתִּ֔י שַׁמְנִ֖י וְשִׁקּוּיָֽי׃ | 5 |
किनकि तिनीहरूकी आमा वेश्या थिई, र तिनीहरूलाई गर्भधारण गर्नेले लज्जास्पद किसिमले काम गरेकी छे । त्यसले भनी, “म आफ्ना प्रमीहरूको पछि जानेछु, किनकि तिनीहरूले मलाई मेरो रोटी र पानी, मेरो ऊन र सूती कपडा, मेरो तेल र दाखमद्य दिन्छन् ।”
לָכֵ֛ן הִנְנִי־שָׂ֥ךְ אֶת־דַּרְכֵּ֖ךְ בַּסִּירִ֑ים וְגָֽדַרְתִּי֙ אֶת־גְּדֵרָ֔הּ וּנְתִיבוֹתֶ֖יהָ לֹ֥א תִמְצָֽא׃ | 6 |
यसकारण त्यसको मार्ग रोक्नलाई म काँडे झाडीका बार लगाउनेछु । त्यसले आफ्नो बाटो पत्ता नलगाओस् भनेर, म त्यसको विरुद्ध पर्खाल लगाउनेछु ।
וְרִדְּפָ֤ה אֶת־מְאַהֲבֶ֙יהָ֙ וְלֹֽא־תַשִּׂ֣יג אֹתָ֔ם וּבִקְשָׁ֖תַם וְלֹ֣א תִמְצָ֑א וְאָמְרָ֗ה אֵלְכָ֤ה וְאָשׁ֙וּבָה֙ אֶל־אִישִׁ֣י הָֽרִאשׁ֔וֹן כִּ֣י ט֥וֹב לִ֛י אָ֖ז מֵעָֽתָּה׃ | 7 |
त्यो आफ्ना प्रेमीहरूको पछि लाग्नेछ, तर त्यसले तिनीहरूलाई भेट्टाउनेछैन । त्यसले तिनीहरूलाई खोज्नेछ, तर त्यसले तिनीहरूलाई पाउनेछैन । अनि त्यसले भन्नेछ, “म आफ्नो पहिलो पतिकहाँ नै फर्कनेछु, किनभने अहिलेभन्दा त्यो नै मेरो निम्ति असल थियो ।”
וְהִיא֙ לֹ֣א יָֽדְעָ֔ה כִּ֤י אָֽנֹכִי֙ נָתַ֣תִּי לָ֔הּ הַדָּגָ֖ן וְהַתִּיר֣וֹשׁ וְהַיִּצְהָ֑ר וְכֶ֨סֶף הִרְבֵּ֥יתִי לָ֛הּ וְזָהָ֖ב עָשׂ֥וּ לַבָּֽעַל׃ | 8 |
किनकि त्यसलाई अन्न, नयाँ दाखमद्य र तेल दिने, म नै थिएँ भनी त्यसलाई थाहा भएको थएन, र जसले त्यसलाई प्रशस्त चाँदी र सुन दियो जसलाई तिनीहरूले त्यस बेला बालको निम्ती प्रयोग गरे ।
לָכֵ֣ן אָשׁ֔וּב וְלָקַחְתִּ֤י דְגָנִי֙ בְּעִתּ֔וֹ וְתִירוֹשִׁ֖י בְּמֽוֹעֲד֑וֹ וְהִצַּלְתִּי֙ צַמְרִ֣י וּפִשְׁתִּ֔י לְכַסּ֖וֹת אֶת־עֶרְוָתָֽהּ׃ | 9 |
यसैले फसलको समयमा म त्यसको अन्न, र दाखमद्यको मौसममा म त्यो फिर्ता लिनेछु । त्यसको नग्नतालाई ढाक्न प्रयोग भएका, मेरो ऊन र सूतीको कपडा म फिर्ता लिनेछु ।
וְעַתָּ֛ה אֲגַלֶּ֥ה אֶת־נַבְלֻתָ֖הּ לְעֵינֵ֣י מְאַהֲבֶ֑יהָ וְאִ֖ישׁ לֹֽא־יַצִּילֶ֥נָּה מִיָּדִֽי׃ | 10 |
तब त्यसका प्रेमीहरूकै सामु म त्यसलाई नाङ्गो बनाउनेछु, र मेरो हातबाट त्यसलाई कसैले बचाउनेछैन ।
וְהִשְׁבַּתִּי֙ כָּל־מְשׂוֹשָׂ֔הּ חַגָּ֖הּ חָדְשָׁ֣הּ וְשַׁבַּתָּ֑הּ וְכֹ֖ל מוֹעֲדָֽהּ׃ | 11 |
त्यसका सबै उत्सवहरू, त्यसका भोजहरू, त्यसका औँसीका उत्सवहरू, त्यसका शबाथहरू, र त्यसका निर्धारित सबै चाडलाई म अन्त गरिदिनेछु ।
וַהֲשִׁמֹּתִ֗י גַּפְנָהּ֙ וּתְאֵ֣נָתָ֔הּ אֲשֶׁ֣ר אָמְרָ֗ה אֶתְנָ֥ה הֵ֙מָּה֙ לִ֔י אֲשֶׁ֥ר נָֽתְנוּ־לִ֖י מְאַֽהֲבָ֑י וְשַׂמְתִּ֣ים לְיַ֔עַר וַאֲכָלָ֖תַם חַיַּ֥ת הַשָּׂדֶֽה׃ | 12 |
“म त्यसका दाखका बोटहरू र अन्जीरका रुखहरूलाई नष्ट गरिदिनेछु, जसका विषयमा त्यसले भन्थी, ‘मेरा प्रेमीहरूले मलाई दिएका ज्याला यी नै हुन् ।’ तिनलाई म झाडी तुल्याउनेछु, र मैदानका पशुहरूले ती खानेछन् ।
וּפָקַדְתִּ֣י עָלֶ֗יהָ אֶת־יְמֵ֤י הַבְּעָלִים֙ אֲשֶׁ֣ר תַּקְטִ֣יר לָהֶ֔ם וַתַּ֤עַד נִזְמָהּ֙ וְחֶלְיָתָ֔הּ וַתֵּ֖לֶךְ אַחֲרֵ֣י מְאַהֲבֶ֑יהָ וְאֹתִ֥י שָׁכְחָ֖ה נְאֻם־יְהוָֽה׃ פ | 13 |
बाल देवताका भोजका दिनका निम्ति म त्यसलाई दण्ड दिनेछु, जति बेला त्यसले तिनीहरूका निम्ति धूप बाली, जति बेला त्यसले आफ्ना औँठीहरू र गहनाले आफूलाई सुसज्जिए पारी, अनि त्यो आफ्ना प्रेमीहरूको पछि गई र मलाई बिर्सी, यो परमप्रभुको घोषणा हो ।”
לָכֵ֗ן הִנֵּ֤ה אָֽנֹכִי֙ מְפַתֶּ֔יהָ וְהֹֽלַכְתִּ֖יהָ הַמִּדְבָּ֑ר וְדִבַּרְתִּ֖י עַל לִבָּֽהּ׃ | 14 |
यसैले म त्यसलाई फकाउन जानेछु । म त्यसलाई उजाड-स्थानमा ल्याउनेछु र त्योसँग कोमल भएर बोल्नेछु ।
וְנָתַ֨תִּי לָ֤הּ אֶת־כְּרָמֶ֙יהָ֙ מִשָּׁ֔ם וְאֶת־עֵ֥מֶק עָכ֖וֹר לְפֶ֣תַח תִּקְוָ֑ה וְעָ֤נְתָה שָּׁ֙מָּה֙ כִּימֵ֣י נְעוּרֶ֔יהָ וִּכְי֖וֹם עֲלֹתָ֥הּ מֵאֶֽרֶץ־מִצְרָֽיִם׃ ס | 15 |
त्यसका दाखबारीहरू र आशाको ढोकाको रूपमा आकोरको बेसी, म त्यसलाई फिर्ता गरिदिनेछु । त्यसको जवानीका दिनहरूमा झैं, र मिश्रदेशबाट बाहिर आएको दिनहरूमा झैं, त्यसले मलाई त्यहाँ जवाफ दिनेछ ।
וְהָיָ֤ה בַיּוֹם־הַהוּא֙ נְאֻם־יְהוָ֔ה תִּקְרְאִ֖י אִישִׁ֑י וְלֹֽא־תִקְרְאִי־לִ֥י ע֖וֹד בַּעְלִֽי׃ | 16 |
“यो परमप्रभुको घोषणा हो, त्यो दिन यस्तो हुनेछ, तैंले मलाई ‘मेरो पति’ भन्नेछस्, अनि फेरि मलाई ‘मेरो बाल’ भन्नेछैनस् ।
וַהֲסִרֹתִ֛י אֶת־שְׁמ֥וֹת הַבְּעָלִ֖ים מִפִּ֑יהָ וְלֹֽא־יִזָּכְר֥וּ ע֖וֹד בִּשְׁמָֽם׃ | 17 |
किनकि म त्यसको मुखबाट बालको नाउँ हटाइदिनेछु, र तिनका नाउँ फेरि कहिल्यै सम्झना हुनेछैन ।”
וְכָרַתִּ֨י לָהֶ֤ם בְּרִית֙ בַּיּ֣וֹם הַה֔וּא עִם־חַיַּ֤ת הַשָּׂדֶה֙ וְעִם־ע֣וֹף הַשָּׁמַ֔יִם וְרֶ֖מֶשׂ הָֽאֲדָמָ֑ה וְקֶ֨שֶׁת וְחֶ֤רֶב וּמִלְחָמָה֙ אֶשְׁבּ֣וֹר מִן־הָאָ֔רֶץ וְהִשְׁכַּבְתִּ֖ים לָבֶֽטַח׃ | 18 |
“त्यस दिन मैदानका पशुहरूसँगै, आकाशका चराहरूसँगै, अनि जमिनमा घस्रने जीवजन्तुसँगै, म तिनीहरूसँग एउटा करार बाँध्नेछु । म देशबाट धनु, तरवार, र युद्धलाई हटाउनेछु, र म तँलाई सुरक्षासाथ पल्टिन दिनेछु ।
וְאֵרַשְׂתִּ֥יךְ לִ֖י לְעוֹלָ֑ם וְאֵרַשְׂתִּ֥יךְ לִי֙ בְּצֶ֣דֶק וּבְמִשְׁפָּ֔ט וּבְחֶ֖סֶד וּֽבְרַחֲמִֽים׃ | 19 |
सदासर्वदाको निम्ति तेरो पति हुने प्रतिज्ञा म गर्नेछु । धार्मिकता, न्याय, करारको विश्वस्तता र कृपामा तेरो पति हुने प्रतिज्ञा म गर्नेछु ।
וְאֵרַשְׂתִּ֥יךְ לִ֖י בֶּאֱמוּנָ֑ה וְיָדַ֖עַתְּ אֶת־יְהוָֽה׃ ס | 20 |
विश्वस्ततामा प्रतिज्ञा गरेर म आफैंलाई तँकहाँ सुम्पनेछु, र तैंले परमप्रभुलाई चिन्नेछस् ।
וְהָיָ֣ה ׀ בַּיּ֣וֹם הַה֗וּא אֶֽעֱנֶה֙ נְאֻם־יְהוָ֔ה אֶעֱנֶ֖ה אֶת־הַשָּׁמָ֑יִם וְהֵ֖ם יַעֲנ֥וּ אֶת־הָאָֽרֶץ׃ | 21 |
त्यो दिनमा जवाफ दिनेछु, यो परमप्रभुको घोषणा हो, म आकाशमण्डललाई जवाफ दिनेछु, र तिनले पृथ्वीलाई जवाफ दिनेछन् ।
וְהָאָ֣רֶץ תַּעֲנֶ֔ה אֶת־הַדָּגָ֖ן וְאֶת־הַתִּיר֣וֹשׁ וְאֶת־הַיִּצְהָ֑ר וְהֵ֖ם יַעֲנ֥וּ אֶֽת־יִזְרְעֶֽאל׃ | 22 |
पृथ्वीले अन्न, नयाँ दाखमद्य र तेललाई जवाफ दिनेछ र तिनले यिजरेललाई जवाफ दिनेछन् ।
וּזְרַעְתִּ֤יהָ לִּי֙ בָּאָ֔רֶץ וְרִֽחַמְתִּ֖י אֶת־לֹ֣א רֻחָ֑מָה וְאָמַרְתִּ֤י לְלֹֽא־עַמִּי֙ עַמִּי־אַ֔תָּה וְה֖וּא יֹאמַ֥ר אֱלֹהָֽי׃ פ | 23 |
आफ्नो निम्ति म त्यसलाई जमिनमा रोप्नेछु, र मैले लो-रूहामामाथि कृपा गर्नेछु । लो-अम्मीलाई म भन्नेछु, ‘तिमीहरू मेरा मानिसहरू हौ’ र तिनीहरूले मलाई भन्नेछन्, ‘तपाईं मेरा परमेश्वर हुनुहुन्छ ।’”