< יְחֶזְקֵאל 28 >
וַיְהִ֥י דְבַר־יְהוָ֖ה אֵלַ֥י לֵאמֹֽר׃ | 1 |
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
בֶּן־אָדָ֡ם אֱמֹר֩ לִנְגִ֨יד צֹ֜ר כֹּֽה־אָמַ֣ר ׀ אֲדֹנָ֣י יְהֹוִ֗ה יַ֣עַן גָּבַ֤הּ לִבְּךָ֙ וַתֹּ֙אמֶר֙ אֵ֣ל אָ֔נִי מוֹשַׁ֧ב אֱלֹהִ֛ים יָשַׁ֖בְתִּי בְּלֵ֣ב יַמִּ֑ים וְאַתָּ֤ה אָדָם֙ וְֽלֹא־אֵ֔ל וַתִּתֵּ֥ן לִבְּךָ֖ כְּלֵ֥ב אֱלֹהִֽים׃ | 2 |
“ए मानिसको छोरो, टुरोसको शासकलाई यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तेरो हृदय अहंकारी छ । तैंले भनेको छस्, “म एक देवता हुँ । म समुद्रको बिचमा एक देवताको आसनमा बस्नेछु!” तँ एक जना मानिस मात्र होस्, र देवता होइनस्, तापनि तैंले आफ्नो हृदयलाई एक देवताको हृदय जत्तिकै बनाउँछस् ।
הִנֵּ֥ה חָכָ֛ם אַתָּ֖ה מִדָּֽנִיֵּ֑אל כָּל־סָת֖וּם לֹ֥א עֲמָמֽוּךָ׃ | 3 |
तँ आफैलाई दानिएलभन्दा पनि बुद्धिमान् होस् र कुनै गुप्त कुराले तँलाई छक्क पार्दैन भनी सम्झन्छस् ।
בְּחָכְמָֽתְךָ֙ וּבִתְבוּנָ֣תְךָ֔ עָשִׂ֥יתָ לְּךָ֖ חָ֑יִל וַתַּ֛עַשׂ זָהָ֥ב וָכֶ֖סֶף בְּאוֹצְרוֹתֶֽיךָ׃ | 4 |
तैंले बुद्धि र सिपले आफैंलाई सम्पन्न तुल्याएको छस् र आफ्नो भण्डारहरूमा सुन र चाँदी थुपारेको छस् ।
בְּרֹ֧ב חָכְמָתְךָ֛ בִּרְכֻלָּתְךָ֖ הִרְבִּ֣יתָ חֵילֶ֑ךָ וַיִּגְבַּ֥הּ לְבָבְךָ֖ בְּחֵילֶֽךָ׃ ס | 5 |
ठुलो बुद्धि र आफ्नो व्यापारले तैंले आफ्नो धन-सम्पत्ति बढाएको छस् । यसैले आफ्नो धन-सम्पत्तिको कारणले तेरो हृदय अहंकारी छ ।
לָכֵ֕ן כֹּ֥ה אָמַ֖ר אֲדֹנָ֣י יְהוִ֑ה יַ֛עַן תִּתְּךָ֥ אֶת־לְבָבְךָ֖ כְּלֵ֥ב אֱלֹהִֽים׃ | 6 |
यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तैंले आफ्नो हृदय देवताको हृदयजस्तै बनाएको कारणले,
לָכֵ֗ן הִנְנִ֨י מֵבִ֤יא עָלֶ֙יךָ֙ זָרִ֔ים עָרִיצֵ֖י גּוֹיִ֑ם וְהֵרִ֤יקוּ חַרְבוֹתָם֙ עַל־יְפִ֣י חָכְמָתֶ֔ךָ וְחִלְּל֖וּ יִפְעָתֶֽךָ׃ | 7 |
विदेशीहरू, अरू जातिका डरलाग्दा मानिसहरूलाई म तेरो विरुद्धमा ल्याउनेछु । तिनीहरूले आफ्ना तरवार तेरो बुद्धिको सौन्दर्यको विरुद्धमा थुत्नेछन्, र तेरो गौरवलाई अपवित्र पार्नेछन् ।
לַשַּׁ֖חַת יֽוֹרִד֑וּךָ וָמַ֛תָּה מְמוֹתֵ֥י חָלָ֖ל בְּלֵ֥ב יַמִּֽים׃ | 8 |
तिनीहरूले तँलाई तल खाडलमा पुर्याउनेछन्, र समुद्रको बिचमा मर्नेहरूझैं तेरो मृत्यु हुनेछ ।
הֶאָמֹ֤ר תֹּאמַר֙ אֱלֹהִ֣ים אָ֔נִי לִפְנֵ֖י הֹֽרְגֶ֑ךָ וְאַתָּ֥ה אָדָ֛ם וְלֹא־אֵ֖ל בְּיַ֥ד מְחַלְלֶֽיךָ׃ | 9 |
तँलाई मार्नेहरूका सामु के तँ अझै पनि “म देवता हुँ” भन्नेछस् र? तँ मानिस होस्, र देवता होइन, र तँलाई छेड्नेहरूका हातमा तँ हुनेछस् ।
מוֹתֵ֧י עֲרֵלִ֛ים תָּמ֖וּת בְּיַד־זָרִ֑ים כִּ֚י אֲנִ֣י דִבַּ֔רְתִּי נְאֻ֖ם אֲדֹנָ֥י יְהוִֽה׃ ס | 10 |
विदेशीहरूका हातबाट तँ खतना नगर्नेहरूझैं मर्नेछस्, किनकि मैले यो घोषणा गरेको छु— यो परमप्रभु परमेश्वरको घोषणा हो' ।”
וַיְהִ֥י דְבַר־יְהוָ֖ה אֵלַ֥י לֵאמֹֽר׃ | 11 |
परमप्रभुको वचन फेरि मकहाँ यसो भनेर आयो,
בֶּן־אָדָ֕ם שָׂ֥א קִינָ֖ה עַל־מֶ֣לֶךְ צ֑וֹר וְאָמַ֣רְתָּ לּ֗וֹ כֹּ֤ה אָמַר֙ אֲדֹנָ֣י יְהוִ֔ה אַתָּה֙ חוֹתֵ֣ם תָּכְנִ֔ית מָלֵ֥א חָכְמָ֖ה וּכְלִ֥יל יֹֽפִי׃ | 12 |
“ए मानिसको छोरो, टुरोसका राजाको निम्ति विलाप गर्, र त्यसलाई भन्: 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तँ सिद्धताको नमूना, अनि बुद्धिले पूर्ण र सुन्दरमा सिद्ध थिइस् ।
בְּעֵ֨דֶן גַּן־אֱלֹהִ֜ים הָיִ֗יתָ כָּל־אֶ֨בֶן יְקָרָ֤ה מְסֻכָתֶ֙ךָ֙ אֹ֣דֶם פִּטְדָ֞ה וְיָהֲלֹ֗ם תַּרְשִׁ֥ישׁ שֹׁ֙הַם֙ וְיָ֣שְׁפֵ֔ה סַפִּ֣יר נֹ֔פֶךְ וּבָרְקַ֖ת וְזָהָ֑ב מְלֶ֨אכֶת תֻּפֶּ֤יךָ וּנְקָבֶ֙יךָ֙ בָּ֔ךְ בְּי֥וֹם הִבָּרַאֲךָ֖ כּוֹנָֽנוּ׃ | 13 |
परमेश्वरको बगैंचा अदनमा तँ थिइस् । हरेक बहुमूल्य पत्थरले तँ सिंगारिएको थिइस्: मानिक, पुष्पराज, पन्ना, पीतमणि, आनिक्स, बिल्लौर, नीर, फिरोजा र बेरूजले तँ आभूषित थिइस् । तेरा साज-सज्जा र प्रदर्शन सुनले बनेका थिए । तेरो सृष्टि भएको दिनमा नै ती तयार पारिएका थिए ।
אַ֨תְּ־כְּר֔וּב מִמְשַׁ֖ח הַסּוֹכֵ֑ךְ וּנְתַתִּ֗יךָ בְּהַ֨ר קֹ֤דֶשׁ אֱלֹהִים֙ הָיִ֔יתָ בְּת֥וֹךְ אַבְנֵי־אֵ֖שׁ הִתְהַלָּֽכְתָּ׃ | 14 |
मानिसहरूका सुरक्षा गर्न मैले तँलाई करूबलाई झैं अभिषेक गरेर मैले तँलाई परमेश्वरको पवित्र डाँडामा राखें । अग्निमय पत्थरहरूका बिचमा तँ थिइस्, जहाँ तँ हिंड्थिस् ।
תָּמִ֤ים אַתָּה֙ בִּדְרָכֶ֔יךָ מִיּ֖וֹם הִבָּֽרְאָ֑ךְ עַד־נִמְצָ֥א עַוְלָ֖תָה בָּֽךְ׃ | 15 |
तेरो सृष्ट गरिएको दिनदेखि तँमा अन्याय फेला नपरेसम्म, तेरो चालमा तँ दोषरहित थिइस् ।
בְּרֹ֣ב רְכֻלָּתְךָ֗ מָל֧וּ תוֹכְךָ֛ חָמָ֖ס וַֽתֶּחֱטָ֑א וָאֶחַלֶּלְךָ֩ מֵהַ֨ר אֱלֹהִ֤ים וָֽאַבֶּדְךָ֙ כְּר֣וּב הַסֹּכֵ֔ךְ מִתּ֖וֹךְ אַבְנֵי־אֵֽשׁ׃ | 16 |
तेरा ठुलो व्यापारले तँ उपद्रवले भरिइस्, र तैंले पाप गरिस् । यसैले अशुद्ध भएको व्यक्तिलाई झैं मैले तँलाई परमेश्वरको डाँडाबाट बाहिर फालें, र मैले तँलाई नष्ट गरें, ए अभिभावक करूब, र मैले तँलाई अग्निमय पत्थरहरूका बिचदेखि धपाएँ ।
גָּבַ֤הּ לִבְּךָ֙ בְּיָפְיֶ֔ךָ שִׁחַ֥תָּ חָכְמָתְךָ֖ עַל־יִפְעָתֶ֑ךָ עַל־אֶ֣רֶץ הִשְׁלַכְתִּ֗יךָ לִפְנֵ֧י מְלָכִ֛ים נְתַתִּ֖יךָ לְרַ֥אֲוָה בָֽךְ׃ | 17 |
तेरो सुन्दरताले गर्दा तेरो हृदय अहंकारी थियो । तेरो गौरवको कारणले तैंले आफ्नो बुद्धिलाई भ्रष्ट पारिस् । मैले तँलाई जमिनमा फालेको छु । मैले तँलाई राजाहरूका अगि राखेको छु, यसरी तिनीहरूले तँलाई देख्नेछन् ।
מֵרֹ֣ב עֲוֹנֶ֗יךָ בְּעֶ֙וֶל֙ רְכֻלָּ֣תְךָ֔ חִלַּ֖לְתָּ מִקְדָּשֶׁ֑יךָ וָֽאוֹצִא־אֵ֤שׁ מִתּֽוֹכְךָ֙ הִ֣יא אֲכָלַ֔תְךָ וָאֶתֶּנְךָ֤ לְאֵ֙פֶר֙ עַל־הָאָ֔רֶץ לְעֵינֵ֖י כָּל־רֹאֶֽיךָ׃ | 18 |
तेरा धेरै पाप र बेईमान व्यापारको कारणले तैंले आफ्ना पवित्र ठाउँहरूलाई बिटुलो पारेको छस् । यसैले मैले तँबाटै एउटा आगो निकालेको छु । त्यसले तँलाई भस्म पार्नेछ। तँलाई नियालेर हेर्नेहरू सबैका दृष्टिमा म तँलाई जमिनमा खरानी तुल्याउनेछु ।
כָּל־יוֹדְעֶ֙יךָ֙ בָּֽעַמִּ֔ים שָׁמְמ֖וּ עָלֶ֑יךָ בַּלָּה֣וֹת הָיִ֔יתָ וְאֵינְךָ֖ עַד־עוֹלָֽם׃ פ | 19 |
मानिसहरूका माझमा तँलाई चिन्नेहरू तँलाई देखेर भयभीत हुनेछन् । तिनीहरू डराउनेछन्, र तँ फेरि कहिल्यै रहनेछैनस्' ।”
וַיְהִ֥י דְבַר־יְהוָ֖ה אֵלַ֥י לֵאמֹֽר׃ | 20 |
त्यसपछि परमप्रभुको वचन मकहाँ यसो भनेर आयो,
בֶּן־אָדָ֕ם שִׂ֥ים פָּנֶ֖יךָ אֶל־צִיד֑וֹן וְהִנָּבֵ֖א עָלֶֽיהָ׃ | 21 |
“ए मानिसको छोरो, सीदोनतिर तेरो मुख फर्का, र त्यसको विरुद्धमा अगमवाणी गर् ।
וְאָמַרְתָּ֗ כֹּ֤ה אָמַר֙ אֲדֹנָ֣י יְהוִ֔ה הִנְנִ֤י עָלַ֙יִךְ֙ צִיד֔וֹן וְנִכְבַּדְתִּ֖י בְּתוֹכֵ֑ךְ וְֽיָדְע֞וּ כִּֽי־אֲנִ֣י יְהוָ֗ה בַּעֲשׂ֥וֹתִי בָ֛הּ שְׁפָטִ֖ים וְנִקְדַּ֥שְׁתִּי בָֽהּ׃ | 22 |
यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर्, ए सीदोन, म तेरो विरुद्धमा छु । तेरो माझमा मेरो महिमा हुनेछ । मैले तँभित्र न्याय गर्दा, म नै परमप्रभु हुँ भनी तेरा मानिसहरूले जान्नेछन् । तँभित्र म पवित्र प्रकट हुनेछु ।
וְשִׁלַּחְתִּי־בָ֞הּ דֶּ֤בֶר וָדָם֙ בְּח֣וּצוֹתֶ֔יהָ וְנִפְלַ֤ל חָלָל֙ בְּתוֹכָ֔הּ בְּחֶ֥רֶב עָלֶ֖יהָ מִסָּבִ֑יב וְיָדְע֖וּ כִּֽי־אֲנִ֥י יְהוָֽה׃ | 23 |
तँभित्र एउटा रूढी पठाउने, र त्यसका गल्लीहरूमा रगत म बगाउनेछु । मारिनेहरू तेरो बिचमा ढल्नेछन् । जब चारैतिरबाट तेरो विरुद्धमा तरवारले आउनेछन्, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।
וְלֹֽא־יִהְיֶ֨ה ע֜וֹד לְבֵ֣ית יִשְׂרָאֵ֗ל סִלּ֤וֹן מַמְאִיר֙ וְק֣וֹץ מַכְאִ֔ב מִכֹּל֙ סְבִ֣יבֹתָ֔ם הַשָּׁאטִ֖ים אוֹתָ֑ם וְיָ֣דְע֔וּ כִּ֥י אֲנִ֖י אֲדֹנָ֥י יְהוִֽה׃ ס | 24 |
तब इस्राएलका घरानालाई, त्यसका मानिसहरूलाई घृणा गर्न त्यसका वरिपरि कसैबाट पनि दुःख दिने सिउँडी र तीखा काँढाहरू फेरि कहिल्यै हुनेछैनन् । यसरी तिनीहरूले म नै परमप्रभु परमेश्वर हुँ भनी जान्नेछन् ।
כֹּֽה־אָמַר֮ אֲדֹנָ֣י יְהוִה֒ בְּקַבְּצִ֣י ׀ אֶת־בֵּ֣ית יִשְׂרָאֵ֗ל מִן־הָֽעַמִּים֙ אֲשֶׁ֣ר נָפֹ֣צוּ בָ֔ם וְנִקְדַּ֥שְׁתִּי בָ֖ם לְעֵינֵ֣י הַגּוֹיִ֑ם וְיָֽשְׁבוּ֙ עַל־אַדְמָתָ֔ם אֲשֶׁ֥ר נָתַ֖תִּי לְעַבְדִּ֥י לְיַעֲקֹֽב׃ | 25 |
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, ‘जब इस्राएलका घरानालाई तिनीहरू छरपष्ट भएका मानिसहरूका माझबाट म भेला गर्छु, र तब तिनीहरूलाई अलग गर्नेछु, यसरी जातिहरूले देख्न सक्छन् । त्यसपछि मेरो दास याकूबलाई मैले दिने देशमा तिनीहरूले आफ्ना मन्दिरहरू बनाउनेछन् ।
וְיָשְׁב֣וּ עָלֶיהָ֮ לָבֶטַח֒ וּבָנ֤וּ בָתִּים֙ וְנָטְע֣וּ כְרָמִ֔ים וְיָשְׁב֖וּ לָבֶ֑טַח בַּעֲשׂוֹתִ֣י שְׁפָטִ֗ים בְּכֹ֨ל הַשָּׁאטִ֤ים אֹתָם֙ מִסְּבִ֣יבוֹתָ֔ם וְיָ֣דְע֔וּ כִּ֛י אֲנִ֥י יְהוָ֖ה אֱלֹהֵיהֶֽם׃ ס | 26 |
त्यसपछि तिनीहरू त्यसभित्र सुरक्षित रहनेछन्, र मन्दिरहरू बनाउनेछन्, दाखबारी लगाउनेछन् । अनि तिनीहरूलाई घृणा गर्ने वरिपरिका सबैलाई मेले न्याय गर्दा, तिनीहरू त्यहाँ सुरक्षित रहनेछन् । तब तिनीहरूले म नै परमप्रभु तिनीहरूका परमेश्वर हुँ भनी जान्नेछन्' ।”