< 1 דִּבְרֵי הַיָּמִים 9 >
וְכָל־יִשְׂרָאֵל֙ הִתְיַחְשׂ֔וּ וְהִנָּ֣ם כְּתוּבִ֔ים עַל־סֵ֖פֶר מַלְכֵ֣י יִשְׂרָאֵ֑ל וִיהוּדָ֛ה הָגְל֥וּ לְבָבֶ֖ל בְּמַעֲלָֽם׃ ס | 1 |
यसरी सरा इस्राएलको वंशाक्रमको लेख राखियो । ती इस्राएलका राजाहरूका पुस्तकमा लेखिए । यहूदाचाहिं आफ्नो पापले गर्दा कैद गरेर बेबिलोनमा लगियो ।
וְהַיּוֹשְׁבִים֙ הָרִ֣אשֹׁנִ֔ים אֲשֶׁ֥ר בַּאֲחֻזָּתָ֖ם בְּעָרֵיהֶ֑ם יִשְׂרָאֵל֙ הַכֹּ֣הֲנִ֔ים הַלְוִיִּ֖ם וְהַנְּתִינִֽים׃ | 2 |
सहरहरूमा सबैभन्दा पहिले बसोबास गर्नेचाहिं कोही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू र मन्दिरका सेवकहरू थिए ।
וּבִירוּשָׁלִַ֙ם֙ יָשְׁב֔וּ מִן־בְּנֵ֥י יְהוּדָ֖ה וּמִן־בְּנֵ֣י בִנְיָמִ֑ן וּמִן־בְּנֵ֥י אֶפְרַ֖יִם וּמְנַשֶּֽׁה׃ | 3 |
यहूदा, बेन्यामीनी, एफ्राइम र मनश्शेका केही सन्तानहरू यरूशलेममा बसोबास गरे ।
עוּתַ֨י בֶּן־עַמִּיה֤וּד בֶּן־עָמְרִי֙ בֶּן־אִמְרִ֣י בֶן־בָּנִ֔י מִן בְּנֵי־פֶ֖רֶץ בֶּן־יְהוּדָֽה׃ | 4 |
बसोबास गर्नेहरूमा अम्मीहूदका छोरा उतै, जो ओम्रीका छोरा, जो इम्रीका छोरा, जो बानीका छोरा, जो यहूदाका छोरा फारेसका सन्तानमध्ये एक जना थिए ।
וּמִן־הַשִּׁ֣ילוֹנִ֔י עֲשָׂיָ֥ה הַבְּכ֖וֹר וּבָנָֽיו׃ | 5 |
शीलोनीहरूमा जेठा छोरा असायाह र तिनका छोराहरू थिए ।
וּמִן־בְּנֵי־זֶ֖רַח יְעוּאֵ֑ל וַאֲחֵיהֶ֖ם שֵׁשׁ־מֵא֥וֹת וְתִשְׁעִֽים׃ | 6 |
जेरहाका सन्तानहरूमा यीएल पनि थिए । तिनीहरूका सन्तानहरूको संख्या ६९० थियो ।
וּמִן־בְּנֵ֖י בִּנְיָמִ֑ן סַלּוּא֙ בֶּן־מְשֻׁלָּ֔ם בֶּן־הוֹדַוְיָ֖ה בֶּן־הַסְּנֻאָֽה׃ | 7 |
बेन्यामीनका सन्तानहरूमा मशुल्लामका छोरा सल्लु, जो होदबियाका छोरा, जो हस्सेनूअका छोरा थिए ।
וְיִבְנְיָה֙ בֶּן־יְרֹחָ֔ם וְאֵלָ֥ה בֶן־עֻזִּ֖י בֶּן־מִכְרִ֑י וּמְשֻׁלָּם֙ בֶּן־שְׁפַטְיָ֔ה בֶּן־רְעוּאֵ֖ל בֶּן־יִבְנִיָּֽה׃ | 8 |
यरोहामका छोरा यिब्नियाह; उज्जीका छोरा एलाह, जो मिक्रीका छोरा थिए, अनि मशुल्लाम, जो शपत्याहका छोरा, जो रूएलका छोरा, जो यिबनियाका छोरा थिए ।
וַאֲחֵיהֶם֙ לְתֹ֣לְדוֹתָ֔ם תְּשַׁ֥ע מֵא֖וֹת וַחֲמִשִּׁ֣ים וְשִׁשָּׁ֑ה כָּל־אֵ֣לֶּה אֲנָשִׁ֔ים רָאשֵׁ֥י אָב֖וֹת לְבֵ֥ית אֲבֹתֵיהֶֽם׃ ס | 9 |
वंशावक्रमको सूचीमा लेखिएका तिनीहरूका आफन्तहरूको सङ्ख्या ९५६ जना थिए । यी सबै मानिसहरू आ-आफ्ना पिताका घरानाहरूका निम्ति मुखियाहरू थिए ।
וּמִן־הַֽכֹּהֲנִ֑ים יְדַֽעְיָ֥ה וִיהוֹיָרִ֖יב וְיָכִֽין׃ | 10 |
यदायाह, यहोयारीब, र याकीन पुजारीहरू थिए ।
וַעֲזַרְיָ֨ה בֶן־חִלְקִיָּ֜ה בֶּן־מְשֻׁלָּ֣ם בֶּן־צָד֗וֹק בֶּן־מְרָיוֹת֙ בֶּן־אֲחִיט֔וּב נְגִ֖יד בֵּ֥ית הָאֱלֹהִֽים׃ ס | 11 |
हिल्कियाहका छोरा अजर्याह, जो मशुल्लामका छोरा, जो सादोकका छोरा, जो मरायोतका छोरा, जो अहीतूबका छोरा, जसले परमेश्वरको मन्दिरको जिम्मेवारी पाएका थिए ।
וַעֲדָיָה֙ בֶּן־יְרֹחָ֔ם בֶּן־פַּשְׁח֖וּר בֶּן־מַלְכִּיָּ֑ה וּמַעְשַׂ֨י בֶּן־עֲדִיאֵ֧ל בֶּן־יַחְזֵ֛רָה בֶּן־מְשֻׁלָּ֥ם בֶּן־מְשִׁלֵּמִ֖ית בֶּן־אִמֵּֽר׃ | 12 |
अदायाह, जो यरोहामका छोरा, जो पशहूरका छोरा, जो मल्कियाहका छोरा थिए । अनि मासै, जो अदीएलका छोरा, जो यहजेराका छोरा, जो मशुल्लामका छोरा, जो मशिलेमीतका छोरा, जो इम्मेरका छोरा थिए ।
וַאֲחֵיהֶ֗ם רָאשִׁים֙ לְבֵ֣ית אֲבוֹתָ֔ם אֶ֕לֶף וּשְׁבַ֥ע מֵא֖וֹת וְשִׁשִּׁ֑ים גִּבּ֣וֹרֵי חֵ֔יל מְלֶ֖אכֶת עֲבוֹדַ֥ת בֵּית־הָאֱלֹהִֽים׃ | 13 |
आफ्ना पिताका घरका मुखियाहरू भएका तिनीहरूका आफन्तहरू १,७६० जना थिए । तिनीहरू परमेश्वरका भवनको सेवासम्बन्धी काम गर्नलाई योग्यका मानिसहरू थिए ।
וּמִֽן־הַלְוִיִּ֑ם שְׁמַֽעְיָ֧ה בֶן־חַשּׁ֛וּב בֶּן־עַזְרִיקָ֥ם בֶּן־חֲשַׁבְיָ֖ה מִן־בְּנֵ֥י מְרָרִֽי׃ | 14 |
लेवीहरूमा शमायाह, जो हश्शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्याहका छोरा, जो मरारीका सन्तानमध्येका थिए ।
וּבַקְבַּקַּ֥ר חֶ֖רֶשׁ וְגָלָ֑ל וּמַתַּנְיָה֙ בֶּן־מִיכָ֔א בֶּן־זִכְרִ֖י בֶּן־אָסָֽף׃ | 15 |
बक्बक्कर, हारेश, गालाल अनि मत्तन्याह, जो मीकाका छोरा जो जिक्रीका छोरा, जो आसापका छोरा पनि थिए ।
וְעֹבַדְיָה֙ בֶּֽן־שְׁמַֽעְיָ֔ה בֶּן־גָּלָ֖ל בֶּן־יְדוּת֑וּן וּבֶרֶכְיָ֤ה בֶן־אָסָא֙ בֶּן־אֶלְקָנָ֔ה הַיּוֹשֵׁ֖ב בְּחַצְרֵ֥י נְטוֹפָתִֽי׃ | 16 |
अनि ओबदिया, जो शमायाहका छोरा, जो गालालका छोरा, जो यदूतूनका छोरा थिए । अनि बेरेक्याह, जो आसाका छोरा, जो एल्कानाका छोरा जो नतोपातीहरूका गाउँहरूमा बस्थे ।
וְהַשֹּׁעֲרִים֙ שַׁלּ֣וּם וְעַקּ֔וּב וְטַלְמֹ֖ן וַאֲחִימָ֑ן וַאֲחִיהֶ֥ם שַׁלּ֖וּם הָרֹֽאשׁ׃ | 17 |
शल्लूम, अक्कूब, तल्मोन, अहीमन र तिनीहरूका भाइहरू ढोकेहरू थिए । तिनीहरूका अगुवा शल्लूम थिए ।
וְֽעַד־הֵ֔נָּה בְּשַׁ֥עַר הַמֶּ֖לֶךְ מִזְרָ֑חָה הֵ֚מָּה הַשֹּׁ֣עֲרִ֔ים לְמַחֲנ֖וֹת בְּנֵ֥י לֵוִֽי׃ | 18 |
यस अगि तिनीहरू लेवीका सन्तानहरूका छाउनीका निम्ति राजाको पूर्वपट्टिको मूल ढोकामा रक्षकहरू थिए । तिनीहरू लेवीहरूको छाउनीका द्वारपालहरू थिए ।
וְשַׁלּ֣וּם בֶּן־ק֠וֹרֵא בֶּן־אֶבְיָסָ֨ף בֶּן־קֹ֜רַח וְֽאֶחָ֧יו לְבֵית־אָבִ֣יו הַקָּרְחִ֗ים עַ֚ל מְלֶ֣אכֶת הָעֲבוֹדָ֔ה שֹׁמְרֵ֥י הַסִּפִּ֖ים לָאֹ֑הֶל וַאֲבֹֽתֵיהֶם֙ עַל־מַחֲנֵ֣ה יְהוָ֔ה שֹׁמְרֵ֖י הַמָּבֽוֹא׃ | 19 |
शल्लूम, जो कोरेका छोरा, जो एब्यासापका छोरा, जो कोरहका छोरा थिए, र तिनका पिताका घरानाबाट तिनका आफन्तहरू, कोरहीहरूले सुरक्षा सेवाका जिम्मेवारी पाएका थिए । तिनीहरूका पुर्खाहरूले परमप्रभुको छाउनीको सुरक्षा गरेझैं तिनीहरूले पालको ढोकाको सुरक्षा गरे, र तिनीहरूले प्रवेशद्वारको पनि सुरक्षा गरे ।
וּפִֽינְחָ֣ס בֶּן־אֶלְעָזָ֗ר נָגִ֨יד הָיָ֧ה עֲלֵיהֶ֛ם לְפָנִ֖ים יְהוָ֥ה ׀ עִמּֽוֹ׃ | 20 |
पहिले एलाजारका छोरा पीनहास तिनीहरूका निरीक्षक थिए, र परमप्रभु तिनीसँग हुनुहुन्थ्यो ।
זְכַרְיָה֙ בֶּ֣ן מְשֶֽׁלֶמְיָ֔ה שֹׁעֵ֥ר פֶּ֖תַח לְאֹ֥הֶל מוֹעֵֽד׃ | 21 |
मेशेलेम्याहका छोरा जकरिया मन्दिरको प्रवेशद्वार, “भेट हुने पाल” का रक्षक थिए ।
כֻּלָּ֤ם הַבְּרוּרִים֙ לְשֹׁעֲרִ֣ים בַּסִּפִּ֔ים מָאתַ֖יִם וּשְׁנֵ֣ים עָשָׂ֑ר הֵ֤מָּה בְחַצְרֵיהֶם֙ הִתְיַחְשָׂ֔ם הֵ֣מָּה יִסַּ֥ד דָּוִ֛יד וּשְׁמוּאֵ֥ל הָרֹאֶ֖ה בֶּאֱמוּנָתָֽם׃ | 22 |
प्रवेशद्वारका रक्षक हुनलाई चुनिएका सबै जनाको संख्या २१२ थियो । तिनीहरूका नाउँहरू आ-आफ्ना गाउँका मानिसहरूको सूचीमा लेखिएका थिए । दाऊद र दर्शी शमूएलले तिनीहरूलाई आफ्नो भरोसाको ओहदाहरूमा नियुक्ति गरेका थिए ।
וְהֵ֨ם וּבְנֵיהֶ֜ם עַל־הַשְּׁעָרִ֧ים לְבֵית־יְהוָ֛ה לְבֵ֥ית־הָאֹ֖הֶל לְמִשְׁמָרֽוֹת׃ | 23 |
यसैले तिनीहरू र तिनीहरूका सन्तानले परमप्रभुको भवन अर्थात् भेट हुने पालको मूल ढोकाहरूको सुरक्षा गरे ।
לְאַרְבַּ֣ע רוּח֔וֹת יִהְי֖וּ הַשֹּׁעֲרִ֑ים מִזְרָ֥ח יָ֖מָּה צָפ֥וֹנָה וָנֶֽגְבָּה׃ | 24 |
ती ढोकाका सुरक्षा गर्नेहरूलाई पूर्व, पश्चिम, उत्तर, दक्षिण, चारैतिर राखिएको थियो ।
וַאֲחֵיהֶ֨ם בְּחַצְרֵיהֶ֜ם לָב֨וֹא לְשִׁבְעַ֧ת הַיָּמִ֛ים מֵעֵ֥ת אֶל־עֵ֖ת עִם־אֵֽלֶּה׃ | 25 |
आफ्ना गाउँहरूमा बस्ने तिनीहरूका दाजुभाइ एक पल्टमा सात दिनका लागि पालैपालो आउँथे ।
כִּ֣י בֶאֱמוּנָ֞ה הֵ֗מָּה אַרְבַּ֙עַת֙ גִּבֹּרֵ֣י הַשֹּׁעֲרִ֔ים הֵ֖ם הַלְוִיִּ֑ם וְהָיוּ֙ עַל־הַלְּשָׁכ֔וֹת וְעַ֥ל הָאֹצְר֖וֹת בֵּ֥ית הָאֱלֹהִֽים׃ | 26 |
तर ढोकाका सुरक्षा गर्नेमध्येका चार जना लेवी अगुवाहरूलाई परमेश्वरको मन्दिरमा भएका कोठाहरू र भण्डारहरूका सुरक्षा गर्ने जिम्मेवारी दिइयो ।
וּסְבִיב֥וֹת בֵּית־הָאֱלֹהִ֖ים יָלִ֑ינוּ כִּֽי־עֲלֵיהֶ֣ם מִשְׁמֶ֔רֶת וְהֵ֥ם עַל־הַמַּפְתֵּ֖חַ וְלַבֹּ֥קֶר לַבֹּֽקֶר׃ | 27 |
तिनीहरू परमेश्वरको भवनमा आ-आफ्ना जिम्मेवारीको ठाउँमा नै रात बिताउँथे, किनकी त्यसको सुरक्षा गर्नु तिनीहरूको जिम्मेवारी थियो । तिनीहरूले हरेक बिहान त्यसलाई खोल्थे ।
וּמֵהֶ֖ם עַל־כְּלֵ֣י הָעֲבוֹדָ֑ה כִּֽי־בְמִסְפָּ֣ר יְבִיא֔וּם וּבְמִסְפָּ֖ר יוֹצִיאֽוּם׃ | 28 |
तिमध्ये कोहीले मन्दिरका सामानहरूको जिम्मेवार थिए । सरसामान भित्र ल्याउँदा र बाहिर लैजाँदा तिनीहरूले ति गणना गर्थे ।
וּמֵהֶ֗ם מְמֻנִּים֙ עַל־הַכֵּלִ֔ים וְעַ֖ל כָּל־כְּלֵ֣י הַקֹּ֑דֶשׁ וְעַל־הַסֹּ֙לֶת֙ וְהַיַּ֣יִן וְהַשֶּׁ֔מֶן וְהַלְּבוֹנָ֖ה וְהַבְּשָׂמִֽים׃ | 29 |
तिमध्ये कोहीचाहिं पवित्र सामानहरू, अन्य सामानहरू र पीठो, दाखमद्य, तेल, धूप र मसलाजस्ता सामानका रेखदेख गर्न खटिइएका थिए ।
וּמִן־בְּנֵי֙ הַכֹּ֣הֲנִ֔ים רֹקְחֵ֥י הַמִּרְקַ֖חַת לַבְּשָׂמִֽים׃ | 30 |
पुजारीहरूका छोराहरूमध्ये कसैले मसला मिसाउँथे ।
וּמַתִּתְיָה֙ מִן־הַלְוִיִּ֔ם ה֥וּא הַבְּכ֖וֹר לְשַׁלֻּ֣ם הַקָּרְחִ֑י בֶּאֱמוּנָ֕ה עַ֖ל מַעֲשֵׂ֥ה הַחֲבִתִּֽים׃ | 31 |
कोरही शल्लूमका जेठा छोरा लेवी मत्तित्याहको भेटीका रोटीहरू तयार गर्ने कामका निरीक्षक थिए ।
וּמִן־בְּנֵ֧י הַקְּהָתִ֛י מִן־אֲחֵיהֶ֖ם עַל־לֶ֣חֶם הַֽמַּעֲרָ֑כֶת לְהָכִ֖ין שַׁבַּ֥ת שַׁבָּֽת׃ ס | 32 |
तिनीहरूका दाजुभाइहरूमध्ये कोही, कोहातीहरूका सन्तानहरू, हरेक शबाथ-दिनमा उपस्थितिका रोटीहरू तयार पार्ने कामका निरीक्षकहरू थिए ।
וְאֵ֣לֶּה הַ֠מְשֹׁרְרִים רָאשֵׁ֨י אָב֧וֹת לַלְוִיִּ֛ם בַּלְּשָׁכֹ֖ת פְּטוּרִ֑ים כִּֽי־יוֹמָ֥ם וָלַ֛יְלָה עֲלֵיהֶ֖ם בַּמְּלָאכָֽה׃ | 33 |
गायकहरू र लेवीहरूका पिताका घरानाका मुखियाहरू आ-आफ्ना कामहरू नभएका बेलामा मन्दिरका कोठाहरूमा बस्थे, किनभने तिनीहरूले दिन-रात तिनीहरूलाई सुम्पिएको काम गर्नुपर्थ्यो ।
אֵלֶּה֩ רָאשֵׁ֨י הָאָב֧וֹת לַלְוִיִּ֛ם לְתֹלְדוֹתָ֖ם רָאשִׁ֑ים אֵ֖לֶּה יָשְׁב֥וּ בִירוּשָׁלִָֽם׃ פ | 34 |
ती सबै जना आफ्ना वंशाक्रमको सूचीमा लेखिएका लेवी घरानाका मुख्य मानिसहरू थिए । तिनीहरू यरूशलेममा बस्थे ।
וּבְגִבְע֛וֹן יָשְׁב֥וּ אֲבִֽי־גִבְע֖וֹן יְעִיאֵ֑ל וְשֵׁ֥ם אִשְׁתּ֖וֹ מַעֲכָֽה׃ | 35 |
गिबोनका पिता यीएल गिबोनमा बस्थे, जसकी पत्नीको नाउँ माका थियो ।
וּבְנ֥וֹ הַבְּכ֖וֹר עַבְדּ֑וֹן וְצ֣וּר וְקִ֔ישׁ וּבַ֥עַל וְנֵ֖ר וְנָדָֽב׃ | 36 |
तिनका जेठा छोरा अब्दोन, अनि तिनका छोराहरू सूर, कीश, बाल, नेर, नादाब,
וּגְד֣וֹר וְאַחְי֔וֹ וּזְכַרְיָ֖ה וּמִקְלֽוֹת׃ | 37 |
गदोर, अहियो, जकरिया र मिक्लोत थिए ।
וּמִקְל֖וֹת הוֹלִ֣יד אֶת־שִׁמְאָ֑ם וְאַף־הֵ֗ם נֶ֧גֶד אֲחֵיהֶ֛ם יָשְׁב֥וּ בִירֽוּשָׁלִַ֖ם עִם־אֲחֵיהֶֽם׃ ס | 38 |
मिक्लोत शिमामका पिता थिए । तिनीहरू पनि यरूशलेममा आफ्ना दाजुभाइको नजिकै बस्थे ।
וְנֵר֙ הוֹלִ֣יד אֶת־קִ֔ישׁ וְקִ֖ישׁ הוֹלִ֣יד אֶת־שָׁא֑וּל וְשָׁא֗וּל הוֹלִ֤יד אֶת־יְהֽוֹנָתָן֙ וְאֶת־מַלְכִּי־שׁ֔וּעַ וְאֶת־אֲבִינָדָ֖ב וְאֶת־אֶשְׁבָּֽעַל׃ | 39 |
नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्कीशूअ, अबीनादाब र एश्बालका पिता थिए ।
וּבֶן־יְהוֹנָתָ֖ן מְרִ֣יב בָּ֑עַל וּמְרִי־בַ֖עַל הוֹלִ֥יד אֶת־מִיכָֽה׃ | 40 |
जोनाथनका छोरा मरीब्बाल थिए । मरीब्बाल मीकाका पिता थिए ।
וּבְנֵ֖י מִיכָ֑ה פִּית֥וֹן וָמֶ֖לֶךְ וְתַחְרֵֽעַ׃ וְאָחָֽז׃ | 41 |
मीकाका छोराहरू पीतोन, मेलेक, तहरै र आहाज थिए ।
וְאָחָז֙ הוֹלִ֣יד אֶת־יַעְרָ֔ה וְיַעְרָ֗ה הוֹלִ֛יד אֶת־עָלֶ֥מֶת וְאֶת־עַזְמָ֖וֶת וְאֶת־זִמְרִ֑י וְזִמְרִ֖י הוֹלִ֥יד אֶת־מוֹצָֽא׃ | 42 |
आहाज यादाहका पिता थिए । यादाह आलेमेत, अज्मावेत र जिम्रीका पिता थिए । जिम्री मोसका पिता थिए ।
וּמוֹצָ֖א הוֹלִ֣יד אֶת־בִּנְעָ֑א וּרְפָיָ֥ה בְנ֛וֹ אֶלְעָשָׂ֥ה בְנ֖וֹ אָצֵ֥ל בְּנֽוֹ׃ | 43 |
मोस बेनेका पिता थिए । बेने रपायाहका पिता थिए । रपायाह एलासाका पिता थिए । एलासा आसेलका पिता थिए ।
וּלְאָצֵל֮ שִׁשָּׁ֣ה בָנִים֒ וְאֵ֣לֶּה שְׁמוֹתָ֗ם עַזְרִיקָ֥ם ׀ בֹּ֙כְרוּ֙ וְיִשְׁמָעֵ֣אל וּשְׁעַרְיָ֔ה וְעֹבַדְיָ֖ה וְחָנָ֑ן אֵ֖לֶּה בְּנֵ֥י אָצַֽל׃ פ | 44 |
आसेलका छ जना छोराहरू अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदिया र हानान थिए । यी सबै आसेलका छोराहरू थिए ।