< תְהִלִּים 21 >
לַמְנַצֵּ֗חַ מִזְמֹ֥ור לְדָוִֽד׃ יְֽהוָ֗ה בְּעָזְּךָ֥ יִשְׂמַח־מֶ֑לֶךְ וּ֝בִישׁ֥וּעָתְךָ֗ מַה־יָּ֥גֶיל מְאֹֽד׃ | 1 |
हे परमप्रभु, तपाईंको बलमा राजा आनन्दित हुन्छन् । तपाईंले दिनुहुने उद्धारमा तिनी कति धेरै आनन्दित हुन्छन्!
תַּאֲוַ֣ת לִ֭בֹּו נָתַ֣תָּה לֹּ֑ו וַאֲרֶ֥שֶׁת שְׂ֝פָתָ֗יו בַּל־מָנַ֥עְתָּ סֶּֽלָה׃ | 2 |
तिनको मन इच्छा तपाईंले तिनलाई पुरा गर्नुभएको छ र तिनको ओठको बिन्ती तपाईंले बाँकी राख्नुभएको छैन ।
כִּֽי־תְ֭קַדְּמֶנּוּ בִּרְכֹ֣ות טֹ֑וב תָּשִׁ֥ית לְ֝רֹאשֹׁ֗ו עֲטֶ֣רֶת פָּֽז׃ | 3 |
किनकि तपाईंले तिनलाई भरपूर आशिष्हरू दिनुहुन्छ, तपाईंले तिनको शिरमा शुद्ध सुनको मुकुट लगाउनुहुन्छ ।
חַיִּ֤ים ׀ שָׁאַ֣ל מִ֭מְּךָ נָתַ֣תָּה לֹּ֑ו אֹ֥רֶךְ יָ֝מִ֗ים עֹולָ֥ם וָעֶֽד׃ | 4 |
तिनले तपाईंलाई जीवन मागे । तपाईंले त्यो तिनलाई दिनुभयो । तपाईंले तिनलाई सदासर्वदाको निम्ति लामो आयु दिनुभयो ।
גָּדֹ֣ול כְּ֭בֹודֹו בִּישׁוּעָתֶ֑ךָ הֹ֥וד וְ֝הָדָר תְּשַׁוֶּ֥ה עָלָֽיו׃ | 5 |
तपाईंको विजयको कारणले तिनको गौरव महान् छ । तपाईंले तिनलाई वैभव र ऐश्वर्य दिनुभएको छ ।
כִּֽי־תְשִׁיתֵ֣הוּ בְרָכֹ֣ות לָעַ֑ד תְּחַדֵּ֥הוּ בְ֝שִׂמְחָ֗ה אֶת־פָּנֶֽיךָ׃ | 6 |
किनकि तपाईंले तिनलाई सदाको आशिष् दिनुहुन्छ । आफ्नो उपस्थितिले आनन्दते तपाईंले तिनलाई खुसी तुल्याउनुहुन्छ ।
כִּֽי־הַ֭מֶּלֶךְ בֹּטֵ֣חַ בַּיהוָ֑ה וּבְחֶ֥סֶד עֶ֝לְיֹ֗ון בַּל־יִמֹּֽוט׃ | 7 |
राजाले परमप्रभुमा भरोसा गर्छन् । सर्वोच्चको करारको विश्वस्तताले तिनी डग्नेछैनन् ।
תִּמְצָ֣א יָ֭דְךָ לְכָל־אֹיְבֶ֑יךָ יְ֝מִֽינְךָ תִּמְצָ֥א שֹׂנְאֶֽיךָ׃ | 8 |
तपाईंका हातले तपाईंका सबै शत्रुलाई समात्नेछन् । तपाईंका दाहिले हातले तपाईंलाई घृणा गर्नेहरूलाई समात्नेछ ।
תְּשִׁיתֵ֤מֹו ׀ כְּתַנּ֥וּר אֵשׁ֮ לְעֵ֪ת פָּ֫נֶ֥יךָ יְ֭הוָה בְּאַפֹּ֣ו יְבַלְּעֵ֑ם וְֽתֹאכְלֵ֥ם אֵֽשׁ׃ | 9 |
तपाईंको क्रोधको दिनमा, आगोको भट्टीमा झैं तपाईंले तिनीहरूलाई जलाउनुहुन्छ । परमप्रभुले आफ्नो क्रोधमा तिनीहरूलाई भस्मा पार्नुहुनेछ र आगोले तिनीहरूलाई सखाप पार्नेछ ।
פִּ֭רְיָמֹו מֵאֶ֣רֶץ תְּאַבֵּ֑ד וְ֝זַרְעָ֗ם מִבְּנֵ֥י אָדָֽם׃ | 10 |
तिनीहरूकाई सन्तानलाई पृथ्वीबाट र तिनीहरूका छोराछोरीलाई मानवजातिको माझबाट तपाईंले नाश पार्नुहुनेछ ।
כִּי־נָט֣וּ עָלֶ֣יךָ רָעָ֑ה חָֽשְׁב֥וּ מְ֝זִמָּ֗ה בַּל־יוּכָֽלוּ׃ | 11 |
किनकि तिनीहरूले तपाईंको विरुद्धमा खराब इच्छा गरे । तिनीहरूले एउटा षड्यन्त्र रचे जसद्वारा तिनीहरू सफल हुनेछैनन् ।
כִּ֭י תְּשִׁיתֵ֣מֹו שֶׁ֑כֶם בְּ֝מֵֽיתָרֶ֗יךָ תְּכֹונֵ֥ן עַל־פְּנֵיהֶֽם׃ | 12 |
किनकि तपाईंले तिनीहरूलाई फर्काउनुहुनेछ । तिनीहरूको सामु तपाईंले आफ्नो धनुमा तान्नुहुनेछ ।
ר֣וּמָה יְהוָ֣ה בְעֻזֶּ֑ךָ נָשִׁ֥ירָה וּֽ֝נְזַמְּרָה גְּבוּרָתֶֽךָ׃ | 13 |
हे परमप्रभु, आफ्नो बलमा उच्च हुनुहोस् । तपाईंको शक्तिको गीत हामी गाउछौं र स्तुति गर्छौं ।