< יוֹנָה 2 >
וַיִּתְפַּלֵּ֣ל יֹונָ֔ה אֶל־יְהוָ֖ה אֱלֹהָ֑יו מִמְּעֵ֖י הַדָּגָֽה׃ | 1 |
तब योनाले त्यस माछाको पेटबाट आफ्ना परमप्रभु परमेश्वरसँग प्रार्थना गरे ।
וַיֹּ֗אמֶר קָ֠רָאתִי מִצָּ֥רָה לִ֛י אֶל־יְהוָ֖ה וַֽיַּעֲנֵ֑נִי מִבֶּ֧טֶן שְׁאֹ֛ול שִׁוַּ֖עְתִּי שָׁמַ֥עְתָּ קֹולִֽי׃ (Sheol ) | 2 |
तिनले भने, “मेरो सङ्कष्टको बारेमा मैले परमप्रभुलाई पुकारें र उहाँले मलाई जवाज दिनुभयो । चिहानको गर्भबाट मैले सहायताको निम्ति पुकारें! तपाईंले मेरो सोर सुन्नुभयो । (Sheol )
וַתַּשְׁלִיכֵ֤נִי מְצוּלָה֙ בִּלְבַ֣ב יַמִּ֔ים וְנָהָ֖ר יְסֹבְבֵ֑נִי כָּל־מִשְׁבָּרֶ֥יךָ וְגַלֶּ֖יךָ עָלַ֥י עָבָֽרוּ׃ | 3 |
तपाईंले मलाई गहिरा ठाउँहरूमा, समुद्रको अन्तस्करणमा नै फाल्नुभएको थियो, अनि धारहरूले मलाई घेरे, र तपाईंका सबै छालहरू र लहरहरू ममाथि भए ।
וַאֲנִ֣י אָמַ֔רְתִּי נִגְרַ֖שְׁתִּי מִנֶּ֣גֶד עֵינֶ֑יךָ אַ֚ךְ אֹוסִ֣יף לְהַבִּ֔יט אֶל־הֵיכַ֖ל קָדְשֶֽׁךָ׃ | 4 |
मैले भनें, ‘तपाईंको नजरबाट म हटाइएको छु, अझै म फेरि तपाईंको पवित्र मन्दिरतिर आफ्ना आँखा लगाउनेछु ।’
אֲפָפ֤וּנִי מַ֙יִם֙ עַד־נֶ֔פֶשׁ תְּהֹ֖ום יְסֹבְבֵ֑נִי ס֖וּף חָב֥וּשׁ לְרֹאשִֽׁי׃ | 5 |
पानीले मेरा घाँटीसम्म नै भर्यो । र मेरो सबैतिर समुद्रको गहिराइ थियो, र मेरो टाउकोमा समुद्रका झारहरू बेहेरिए ।
לְקִצְבֵ֤י הָרִים֙ יָרַ֔דְתִּי הָאָ֛רֶץ בְּרִחֶ֥יהָ בַעֲדִ֖י לְעֹולָ֑ם וַתַּ֧עַל מִשַּׁ֛חַת חַיַּ֖י יְהוָ֥ה אֱלֹהָֽי׃ | 6 |
पहाडका फेदहरूमा म तल गएँ, र पृथ्वीले आफ्ना घेराहरूले सदाको निम्ति मलाई थुनिदियो । तापनि हे परमप्रभु, मेरा परमेश्वर, तपाईंले मेरो जीवनलाई खाडलबाट माथि ल्याउनुभयो ।
בְּהִתְעַטֵּ֤ף עָלַי֙ נַפְשִׁ֔י אֶת־יְהוָ֖ה זָכָ֑רְתִּי וַתָּבֹ֤וא אֵלֶ֙יךָ֙ תְּפִלָּתִ֔י אֶל־הֵיכַ֖ל קָדְשֶֽׁךָ׃ | 7 |
जब मेरो प्राणले मभित्रै मुर्छा खायो, तब मैले परमप्रभुलाई याद गरें, अनि मेरो प्रार्थना तपाईंकहाँ, तपाईंको पवित्र मन्दिरमा आयो ।
מְשַׁמְּרִ֖ים הַבְלֵי־שָׁ֑וְא חַסְדָּ֖ם יַעֲזֹֽבוּ׃ | 8 |
तिनीहरूले प्रेमपुर्ण विश्वस्ततालाई प्रेम गर्न छोड्दा, तिनीहरूले बेकारका देवताहरूमाथि ध्यान लगाए ।
וַאֲנִ֗י בְּקֹ֤ול תֹּודָה֙ אֶזְבְּחָה־לָּ֔ךְ אֲשֶׁ֥ר נָדַ֖רְתִּי אֲשַׁלֵּ֑מָה יְשׁוּעָ֖תָה לַיהוָֽה׃ ס | 9 |
तर मेरो बारेमा, उच्च सोरले म तपाईंलाई धन्यवादको बलिदान चढाउँछु । मैले गरेको भाकल म पुरा गर्नेछु । मुक्ति परमप्रभुबाट नै आउँछ!”
וַיֹּ֥אמֶר יְהוָ֖ה לַדָּ֑ג וַיָּקֵ֥א אֶת־יֹונָ֖ה אֶל־הַיַּבָּשָֽׁה׃ פ | 10 |
त्यसपछि परमप्रभुले माछालाई आज्ञा गर्नुभयो, र त्यसले योनालाई सुख्खा जमिनमा उकेलिदियो ।