< תהילים 72 >
לִשְׁלֹמֹה ׀ אֱֽלֹהִים מִשְׁפָּטֶיךָ לְמֶלֶךְ תֵּן וְצִדְקָתְךָ לְבֶן־מֶֽלֶךְ׃ | 1 |
हे परमेश्वर, राजालाई आफ्नो धार्मिक आदेशहरू दिनुहोस् । राजाको छोरालाई तपाईंको धार्मिकता दिनुहोस् ।
יָדִין עַמְּךָ בְצֶדֶק וַעֲנִיֶּיךָ בְמִשְׁפָּֽט׃ | 2 |
तिनले तपाईंका मानिसहरूलाई धार्मिकताले र तपाईंका गरीबहरूलाई न्यायले फैसला गरून् ।
יִשְׂאוּ הָרִים שָׁלוֹם לָעָם וּגְבָעוֹת בִּצְדָקָֽה׃ | 3 |
पहाडहरूले मानिसहरूका निम्ति शान्ति उत्पन्न गरून् । डाँडाहरूले धर्मिकता उत्पन्न गरून् ।
יִשְׁפֹּט ׀ עֲֽנִיֵּי־עָם יוֹשִׁיעַ לִבְנֵי אֶבְיוֹן וִידַכֵּא עוֹשֵֽׁק׃ | 4 |
उनले मानिसहरूका गरीबलाई न्याय देऊन् । उनले दरिद्रहरूका छोराछोरीलाई बचाऊन् र थिचोमिचो गर्नेहरूलाई चकनाचूर पारून् ।
יִירָאוּךָ עִם־שָׁמֶשׁ וְלִפְנֵי יָרֵחַ דּוֹר דּוֹרִֽים׃ | 5 |
सूर्य रहेसम्म र चद्रमा रहुन्जेलसम्म सबै पुस्ताहरूमा, तिनीहरूले तपाईंको आदर गरून् ।
יֵרֵד כְּמָטָר עַל־גֵּז כִּרְבִיבִים זַרְזִיף אָֽרֶץ׃ | 6 |
काटेको घाँसमा झरीपरेझैं र पृथ्वीलाई भिजाउने झरीझैं उनी तल आऊन् ।
יִֽפְרַח־בְּיָמָיו צַדִּיק וְרֹב שָׁלוֹם עַד־בְּלִי יָרֵֽחַ׃ | 7 |
उनको समयमा धर्मीहरूको फलिफाप होस् र चद्रमाको लोप नभएसम्म त्यहाँ प्रशस्त शान्ति होस् ।
וְיֵרְדְּ מִיָּם עַד־יָם וּמִנָּהָר עַד־אַפְסֵי־אָֽרֶץ׃ | 8 |
उनले समुद्रदेखि समुद्रसम्म र नदीदेखि पृथ्वीको अन्तिम छेउसम्म अधीन गरून् ।
לְפָנָיו יִכְרְעוּ צִיִּים וְאֹיְבָיו עָפָר יְלַחֵֽכוּ׃ | 9 |
उजाडस्थानमा बस्नेहरू उनको सामु घोप्टो परेर दण्डवत गरून् । उनका शत्रुहरूले धूलो चाटून् ।
מַלְכֵי תַרְשִׁישׁ וְאִיִּים מִנְחָה יָשִׁיבוּ מַלְכֵי שְׁבָא וּסְבָא אֶשְׁכָּר יַקְרִֽיבוּ׃ | 10 |
तर्शीश र टापूहरूका राजाहरूले कर तिरून् । शेबा र शेबाका राजहरूले उपहारहरू ल्याऊन् ।
וְיִשְׁתַּחֲווּ־לוֹ כׇל־מְלָכִים כׇּל־גּוֹיִם יַעַבְדֽוּהוּ׃ | 11 |
वास्तवमा, सबै राजा उनको सामु घोप्टो परून् । सबै जातिहरूले तिनको सेवा गरून् ।
כִּֽי־יַצִּיל אֶבְיוֹן מְשַׁוֵּעַ וְעָנִי וְֽאֵין־עֹזֵר לֽוֹ׃ | 12 |
उनले पुकारा गर्ने दरिद्रलाई र अरू कुनै सहायक नभएका गरीबलाई सहायता गर्छन् ।
יָחֹס עַל־דַּל וְאֶבְיוֹן וְנַפְשׁוֹת אֶבְיוֹנִים יוֹשִֽׁיעַ׃ | 13 |
उनले गरीब र दरिद्रहरूलाई दया गर्छन् र उनले दरिद्रहरूको जीवन बचाउँछन् ।
מִתּוֹךְ וּמֵחָמָס יִגְאַל נַפְשָׁם וְיֵיקַר דָּמָם בְּעֵינָֽיו׃ | 14 |
उनले थिचोमिचो र हिंसाबाट तिनीहरूको जीवन बचाउँछन्, उनको दृष्टिमा तिनीहरूका रगत बहुमूल्य हुन्छ ।
וִיחִי וְיִתֶּן־לוֹ מִזְּהַב שְׁבָא וְיִתְפַּלֵּל בַּעֲדוֹ תָמִיד כׇּל־הַיּוֹם יְבָרְכֶֽנְהוּ׃ | 15 |
उनी जीवित रहून्! शेबाको सुन उनलाई दिइयोस् । मानिसहरूले उनको निम्ति सधैं प्रर्थना गरून् । परमेश्वरले उनलाई दिनभरि आशिष् देऊन् ।
יְהִי פִסַּת־בַּר ׀ בָּאָרֶץ בְּרֹאשׁ הָרִים יִרְעַשׁ כַּלְּבָנוֹן פִּרְיוֹ וְיָצִיצוּ מֵעִיר כְּעֵשֶׂב הָאָֽרֶץ׃ | 16 |
देशमा अन्नको प्रशस्त होस् । पहाड टुप्पाहरूमा उनीहरूका बाली लहलह होऊन् । यसको फल लेबनानको जस्तै होस् । सहरका मानिसहरू मैदानको घाँसझैं फल्दोफुल्दो होऊन् ।
יְהִי שְׁמוֹ ׀ לְֽעוֹלָם לִפְנֵי־שֶׁמֶשׁ (ינין) [יִנּוֹן] שְׁמוֹ וְיִתְבָּרְכוּ בוֹ כׇּל־גּוֹיִם יְאַשְּׁרֽוּהוּ׃ | 17 |
उनको नाउँ अमर रहोस् । सूर्य रहेसम्म उनको नाउँ निरन्तर रहोस् । मानिसहरू उनमा आशोषित् होऊन् । सबै जातिहरूले उनलाई धन्यको भनून् ।
בָּרוּךְ ׀ יְהֹוָה אֱלֹהִים אֱלֹהֵי יִשְׂרָאֵל עֹשֵׂה נִפְלָאוֹת לְבַדּֽוֹ׃ | 18 |
परमप्रभु परमेश्वर, इस्राएलको परमेश्वर धन्यको होऊन्, जसले मात्र अचम्मका कामहरू गर्नुहुन्छ ।
וּבָרוּךְ ׀ שֵׁם כְּבוֹדוֹ לְעוֹלָם וְיִמָּלֵא כְבוֹדוֹ אֶת־כֹּל הָאָרֶץ אָמֵן ׀ וְאָמֵֽן׃ | 19 |
उहाँको महिमित नाउँ सदासर्वदा धन्यको होस् र सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण होस् । आमेन र आमेन ।
כָּלּוּ תְפִלּוֹת דָּוִד בֶּן־יִשָֽׁי׃ | 20 |
यिशैका छोरा दाऊदका प्रार्थनाहरू सकिएको छ ।