< תהילים 32 >
לְדָוִד מַשְׂכִּיל אַשְׁרֵי נְֽשׂוּי־פֶּשַׁע כְּסוּי חֲטָאָֽה׃ | 1 |
त्यो व्यक्ति धन्यको हो जसको अपराध क्षमा भएको छ, जसको पाप ढाकिएको छ ।
אַשְֽׁרֵי אָדָם לֹא יַחְשֹׁב יְהֹוָה לוֹ עָוֺן וְאֵין בְּרוּחוֹ רְמִיָּֽה׃ | 2 |
त्यो मानिस धन्यको हो जसको दोषको लेखा परमप्रभुले लिनुहुन्न र जसको आत्मामा छल छैन ।
כִּֽי־הֶחֱרַשְׁתִּי בָּלוּ עֲצָמָי בְּשַׁאֲגָתִי כׇּל־הַיּֽוֹם׃ | 3 |
जब म चूप लागें, तब दिनभरिको मेरो सुस्केराले मेरा हाडहरू खिइएर गए ।
כִּי ׀ יוֹמָם וָלַיְלָה תִּכְבַּד עָלַי יָדֶךָ נֶהְפַּךְ לְשַׁדִּי בְּחַרְבֹנֵי קַיִץ סֶֽלָה׃ | 4 |
किनकि दिन र रात ममाथि तपाईंको हात गह्रौं भयो । ग्रीष्टमको सुख्खाझैं मेरो बल सुक्यो ।
חַטָּאתִי אוֹדִיעֲךָ וַעֲוֺנִי לֹֽא־כִסִּיתִי אָמַרְתִּי אוֹדֶה עֲלֵי פְשָׁעַי לַיהֹוָה וְאַתָּה נָשָׂאתָ עֲוֺן חַטָּאתִי סֶֽלָה׃ | 5 |
तब मैले आफ्नो पाप तपाईंमा स्वीकार गरें र मैले फेरि मेरो अधर्म लुकाइनँ । मैले भनें, “म आफ्ना अपराधहरू परमप्रभुमा स्वीकार गर्नेछु,” र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो । सेल
עַל־זֹאת יִתְפַּלֵּל כׇּל־חָסִיד ׀ אֵלֶיךָ לְעֵת מְצֹא רַק לְשֵׁטֶף מַיִם רַבִּים אֵלָיו לֹא יַגִּֽיעוּ׃ | 6 |
यसैले सबै धर्मीहरूले ठुलो कष्टको समयमा तपाईंमा प्रार्थना गर्नुपर्छ । तब पानीको उर्लने भेल ती मानिसहरूकहाँ पुग्नेछैन ।
אַתָּה ׀ סֵתֶר לִי מִצַּר תִּצְּרֵנִי רׇנֵּי פַלֵּט תְּסוֹבְבֵנִי סֶֽלָה׃ | 7 |
तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ । तपाईंले मलाई कष्टबाट सुरक्षा दिनुहुन्छ । तपाईंले मलाई विजयको गीतहरू घेर्नुहुनेछ ।
אַשְׂכִּֽילְךָ ׀ וְֽאוֹרְךָ בְּדֶֽרֶךְ־זוּ תֵלֵךְ אִיעֲצָה עָלֶיךָ עֵינִֽי׃ | 8 |
म तँलाई शिक्षा दिनेछु र तँ हिंड्नुपर्ने बाटो सिकाउनेछु । तँमाथि मेरो दृष्टि राखेर म तँलाई शिक्षा दिनेछु ।
אַל־תִּהְיוּ ׀ כְּסוּס כְּפֶרֶד אֵין הָבִין בְּמֶתֶג־וָרֶסֶן עֶדְיוֹ לִבְלוֹם בַּל קְרֹב אֵלֶֽיךָ׃ | 9 |
घोडा वा खच्चरजस्तो नहो, जसको कुनै समझ हुँदैन । जहाँ तैंले इच्छा गर्छस् त्यहाँ तिनीहरूलाई लान तिनीहरूलाई अधीन गर्न लगाम र मुखारीले मात्र सकिन्छ ।
רַבִּים מַכְאוֹבִים לָרָשָׁע וְהַבּוֹטֵחַ בַּֽיהֹוָה חֶסֶד יְסוֹבְבֶֽנּוּ׃ | 10 |
दुष्टलाई धेरै दुःखहरू हुन्छन्, तर परमप्रभुमा भरोसा गर्नेलाई उहाँको करारको विश्वस्तताले घेरा हाल्छ ।
שִׂמְחוּ בַיהֹוָה וְגִילוּ צַדִּיקִים וְהַרְנִינוּ כׇּל־יִשְׁרֵי־לֵֽב׃ | 11 |
ए धर्मीहरू हो, परमप्रभुमा खुसी होओ र आनन्दित होओ । सोझो हृदय हुनेहरू सबै जना आनन्दले कराओ ।