< תהילים 129 >
שִׁיר הַֽמַּעֲלוֹת רַבַּת צְרָרוּנִי מִנְּעוּרַי יֹאמַר־נָא יִשְׂרָאֵֽל׃ | 1 |
“मेरो युवावस्थादेखि नै तिनीहरूले मलाई आक्रमण गरेका छन्,” इस्राएलले भनोस् ।
רַבַּת צְרָרוּנִי מִנְּעוּרָי גַּם לֹא־יָכְלוּ לִֽי׃ | 2 |
“मेरो युवावस्थादेखि नै तिनीहरूले मलाई आक्रमण गरेका छन्, तापनि तिनीहरूले मलाई पराजित गरेका छैनन् ।
עַל־גַּבִּי חָרְשׁוּ חֹרְשִׁים הֶאֱרִיכוּ (למענותם) [לְמַעֲנִיתָֽם]׃ | 3 |
हलो जोत्नेहरूले मेरो ढाडमा जोते । तिमीहरूले आफ्ना हलोको डोबलाई लामो बनाए ।
יְהֹוָה צַדִּיק קִצֵּץ עֲבוֹת רְשָׁעִֽים׃ | 4 |
परमप्रभु धर्मी हुनुहुन्छ । उहाँले दुष्टहरूका डोरीहरू काट्नुभएको छ ।”
יֵבֹשׁוּ וְיִסֹּגוּ אָחוֹר כֹּל שֹׂנְאֵי צִיּֽוֹן׃ | 5 |
सियोनलाई घृणा गर्नेहरू सबै जना लाजमा परून् र फर्केर जाऊन् ।
יִהְיוּ כַּחֲצִיר גַּגּוֹת שֶׁקַּדְמַת שָׁלַף יָבֵֽשׁ׃ | 6 |
तिनीहरू घरमाथिका घाँसहरूजस्ता होऊन् जुन बढ्नअगि नै ओइलाउँछ,
שֶׁלֹּא מִלֵּא כַפּוֹ קוֹצֵר וְחִצְנוֹ מְעַמֵּֽר׃ | 7 |
जसले कटनी गर्नेको हात भर्न सक्दैन वा अन्नको बिटा बाँध्नेको छाती ढाक्न सक्दैन ।
וְלֹא אָמְרוּ ׀ הָעֹבְרִים בִּרְכַּֽת־יְהֹוָה אֲלֵיכֶם בֵּרַכְנוּ אֶתְכֶם בְּשֵׁם יְהֹוָֽה׃ | 8 |
त्यो बाटो हिंड्नेहरूले यसो नभनून्, “परमप्रभुको आशिष् तिमीमाथि रहोस् । तिमीलाई परमप्रभुको नाउँमा हामी आशिष् दिन्छौं ।”