< מלאכי 1 >
מַשָּׂא דְבַר־יְהֹוָה אֶל־יִשְׂרָאֵל בְּיַד מַלְאָכִֽי׃ | 1 |
इस्राएलको विषयमा मलाकीद्दारा भएको परमप्रभुको वचनको घोषणा ।
אָהַבְתִּי אֶתְכֶם אָמַר יְהֹוָה וַֽאֲמַרְתֶּם בַּמָּה אֲהַבְתָּנוּ הֲלוֹא־אָח עֵשָׂו לְיַֽעֲקֹב נְאֻם־יְהֹוָה וָאֹהַב אֶֽת־יַעֲקֹֽב׃ | 2 |
“मैले तिमीहरूलाई प्रेम गरेको छु,” परमप्रभु भन्नुहुन्छ । तर तिमीहरू भन्छौ, “तपाईंले हामीलाई कसरी प्रेम गर्नुभएको छ?” “के एसाव याकूबको दाजु थिएन र?” परमप्रभु घोषणा गर्नुहुन्छ । “तथापि मैले याकूबलाई प्रेम गरेको छु,
וְאֶת־עֵשָׂו שָׂנֵאתִי וָאָשִׂים אֶת־הָרָיו שְׁמָמָה וְאֶת־נַחֲלָתוֹ לְתַנּוֹת מִדְבָּֽר׃ | 3 |
तर मैले एसावलाई घृणा गरेको छु । मैले त्यसका पर्वतहरूलाई त्यागिएको बनाएको छु, र मैले त्यसको उत्तराधिकारलाई मरुभूमिका स्यालहरूका वासस्थान बनाइदिएको छु ।”
כִּי־תֹאמַר אֱדוֹם רֻשַּׁשְׁנוּ וְנָשׁוּב וְנִבְנֶה חֳרָבוֹת כֹּה אָמַר יְהֹוָה צְבָאוֹת הֵמָּה יִבְנוּ וַאֲנִי אֶהֱרוֹס וְקָרְאוּ לָהֶם גְּבוּל רִשְׁעָה וְהָעָם אֲשֶׁר־זָעַם יְהֹוָה עַד־עוֹלָֽם׃ | 4 |
“हामीहरू कुल्चिएकाछौँ, तर हामी हाम्रा भग्नावशेषहरूलाई पुनर्निर्माण गर्नेछौँ,” भनेर एदोमले भनेमा, परमप्रभुले भन्नुहुनेछ, “तिनीहरूले पुनर्निर्माण गर्लान्, तर म फेरि तल झारिदिनेछु । अरूहरूले तिनीहरूलाई ‘दुष्टताको देश’ र ‘परमप्रभुले सदाको निम्ति श्रापित गर्नुभएको जाति’ भनेर भन्नेछन् ।
וְעֵינֵיכֶם תִּרְאֶינָה וְאַתֶּם תֹּֽאמְרוּ יִגְדַּל יְהֹוָה מֵעַל לִגְבוּל יִשְׂרָאֵֽל׃ | 5 |
तिमीहरूका आफ्नै आँखाले यो देख्नेछन्, अनि तिमीहरूले भन्नेछौ, ‘इस्राएलका सिमानाहरूभन्दा बाहिर पनि परमप्रभु महान् हुनुहुन्छ ।’”
בֵּן יְכַבֵּד אָב וְעֶבֶד אֲדֹנָיו וְאִם־אָב אָנִי אַיֵּה כְבוֹדִי וְאִם־אֲדוֹנִים אָנִי אַיֵּה מוֹרָאִי אָמַר ׀ יְהֹוָה צְבָאוֹת לָכֶם הַכֹּֽהֲנִים בּוֹזֵי שְׁמִי וַאֲמַרְתֶּם בַּמֶּה בָזִינוּ אֶת־שְׁמֶֽךָ׃ | 6 |
“छोरोले आफ्नो बुबाको आदर गर्दछ, र दासले आफ्नो मालिकको । यदि, यसैकारण, म पिता हुँ भने, मेरो आदर कहाँ छ? म मालिक हुँ भने, मेरो निम्ति श्रद्धा कहाँ छ?” सेनाहरूका परमप्रभु तिमी पुजारीहरूलाई भन्नुहुन्छ, जसले मेरो नाउँको तिरस्कार गर्दछौ । “तर तिमीहरू भन्छौ, ‘हामीले कसरी तपाईंको नाउँको तिरस्कार गरेका छौँ?’
מַגִּישִׁים עַֽל־מִזְבְּחִי לֶחֶם מְגֹאָל וַֽאֲמַרְתֶּם בַּמֶּה גֵאַלְנוּךָ בֶּאֱמׇרְכֶם שֻׁלְחַן יְהֹוָה נִבְזֶה הֽוּא׃ | 7 |
तिमीहरूले मेरो वेदीमा अशुद्ध रोटी अर्पण गर्छौ । तर तिमीहरू परमप्रभुको टेबिल तुच्छ छ भनेर यसो भन्दछौ, ‘हामीहरूले कसरी तपाईंलाई अशुद्ध बनाएका छौँ?’
וְכִֽי־תַגִּישׁוּן עִוֵּר לִזְבֹּחַ אֵין רָע וְכִי תַגִּישׁוּ פִּסֵּחַ וְחֹלֶה אֵין רָע הַקְרִיבֵהוּ נָא לְפֶחָתֶךָ הֲיִרְצְךָ אוֹ הֲיִשָּׂא פָנֶיךָ אָמַר יְהֹוָה צְבָאֽוֹת׃ | 8 |
जब तिमीहरू बलिदानको निम्ति अन्धा पशुहरू चढाउँछौ, के त्यो खराब होइन र? जब तिमीहरू लङ्गडो र रोग लागेका पशु चढाउँछौ, के त्यो बेठिक होइन र? त्यो तिमीहरूका राज्यपाललाई चढाएर हेर! के तिनले तिमीहरूलाई स्वीकार गर्लान्, वा के तिनले तिमीहरूको शिर माथि उठाउलान्?” सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।
וְעַתָּה חַלּוּ־נָא פְנֵי־אֵל וִֽיחׇנֵּנוּ מִיֶּדְכֶם הָיְתָה זֹּאת הֲיִשָּׂא מִכֶּם פָּנִים אָמַר יְהֹוָה צְבָאֽוֹת׃ | 9 |
उहाँ तिमीहरूप्रति अनुग्रही होऊन् भनेर तिमीहरू उहाँको मुहारको खोजी गर्छौ । तर सेनाहरूका परमप्रभु भन्नुहुन्छ, तिमीहरूका हातमा त्यस्तो भेटी लिएर, के उहाँले तिमीहरूका शिर उठाउनुहुन्छ?
מִי גַם־בָּכֶם וְיִסְגֹּר דְּלָתַיִם וְלֹא־תָאִירוּ מִזְבְּחִי חִנָּם אֵֽין־לִי חֵפֶץ בָּכֶם אָמַר יְהֹוָה צְבָאוֹת וּמִנְחָה לֹא־אֶרְצֶה מִיֶּדְכֶֽם׃ | 10 |
“तिमीहरूले मेरो वेदीमा व्यर्थै आगो नबालोस् भनेर, तिमीहरूमध्ये कोही एकले मन्दिरका ढोकाहरू बन्द गरोस् भन्ने म इच्छा गर्दछु! म तिमीहरूमा प्रसन्न हुन्नँ,” सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “र म तिमीहरूका हातबाट कुनै बलिदान अर्पण गर्नेछैनँ ।
כִּי מִמִּזְרַח־שֶׁמֶשׁ וְעַד־מְבוֹאוֹ גָּדוֹל שְׁמִי בַּגּוֹיִם וּבְכׇל־מָקוֹם מֻקְטָר מֻגָּשׁ לִשְׁמִי וּמִנְחָה טְהוֹרָה כִּֽי־גָדוֹל שְׁמִי בַּגּוֹיִם אָמַר יְהֹוָה צְבָאֽוֹת׃ | 11 |
किनभने सूर्योदयदेखि सूर्यास्तसम्म जाति-जातिहरूमा मेरो नाउँ महान् हुनेछ र हरेक ठाउँमा मेरो नाउँमा धूप र शुद्ध भेटीहरू अर्पण गरिनेछन् । किनभने जाति-जातिहरूमा मेरो नाउँ महान् हुनेछ,” सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।
וְאַתֶּם מְחַלְּלִים אוֹתוֹ בֶּאֱמׇרְכֶם שֻׁלְחַן אֲדֹנָי מְגֹאָל הוּא וְנִיבוֹ נִבְזֶה אׇכְלֽוֹ׃ | 12 |
“तर तिमीहरूले परमप्रभुको टेबिल अशुद्ध छ, र त्यसमा भएका फलफुल र रोटी घृणायुक्त छन् भनेर त्यो अपवित्र बनाउँछौ ।
וַאֲמַרְתֶּם הִנֵּה מַתְּלָאָה וְהִפַּחְתֶּם אוֹתוֹ אָמַר יְהֹוָה צְבָאוֹת וַהֲבֵאתֶם גָּזוּל וְאֶת־הַפִּסֵּחַ וְאֶת־הַחוֹלֶה וַהֲבֵאתֶם אֶת־הַמִּנְחָה הַאֶרְצֶה אוֹתָהּ מִיֶּדְכֶם אָמַר יְהֹוָֽה׃ | 13 |
तिमीहरू यसो पनि भन्छौ, ‘यो कति थकानयुक्त छ,’ र आफ्नो नाक बङ्गाउँछौ,” सेनाहरूका परमप्रभु भन्नुहुन्छ । “जङ्गली पशुले लगेका र लङ्गडो वा रोग लागेको पशु तिमीहरू ल्याउँछौ, र तिमीहरू यी आफ्नो भेटीस्वरूप ल्याउँछौ । के म ती तिमीहरूका हातबाट अर्पण गरूँ?” परमप्रभु भन्नुहुन्छ ।
וְאָרוּר נוֹכֵל וְיֵשׁ בְּעֶדְרוֹ זָכָר וְנֹדֵר וְזֹבֵחַ מׇשְׁחָת לַאדֹנָי כִּי מֶלֶךְ גָּדוֹל אָנִי אָמַר יְהֹוָה צְבָאוֹת וּשְׁמִי נוֹרָא בַגּוֹיִֽם׃ | 14 |
“छलगर्नेचाहिँ श्रापित होस् जसले आफूसँग आफ्नो बगालमा भएको नर-पशु मलाई दिने प्रतिज्ञा गर्दछ, तर त्यसले परमप्रभुलाई खोट भएको पशु चढाउँछ! किनभने म महान् राजा हुँ, र सारा जातिहरूबिच मेरो नाउँको आदर हुनेछ,” सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।