< הושע 6 >
לְכוּ וְנָשׁוּבָה אֶל־יְהֹוָה כִּי הוּא טָרָף וְיִרְפָּאֵנוּ יַךְ וְיַחְבְּשֵֽׁנוּ׃ | 1 |
“आओ, हामी परमप्रभुतर्फ फर्कौं । किनकि उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ । उहाँले हामीलाई घाइते बनाउनुभएको छ, तर उहाँले हाम्रो घाउमा पट्टी लगाउनुहुनेछ ।
יְחַיֵּנוּ מִיֹּמָיִם בַּיּוֹם הַשְּׁלִישִׁי יְקִמֵנוּ וְנִחְיֶה לְפָנָֽיו׃ | 2 |
दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ । तेस्रो दिनमा उहाँले हामीलाई उठाउनुहुनेछ, र हामीहरू उहाँको सामु जिउनेछौं ।
וְנֵדְעָה נִרְדְּפָה לָדַעַת אֶת־יְהֹוָה כְּשַׁחַר נָכוֹן מֹֽצָאוֹ וְיָבוֹא כַגֶּשֶׁם לָנוּ כְּמַלְקוֹשׁ יוֹרֶה אָֽרֶץ׃ | 3 |
हामी परमप्रभुलाई चिनौं । परमप्रभुलाई चिन्नुपर्ने दवावमा हामी परौं । झिसमिसे बिहानीझैं उहाँको आगमन निश्चित छ । उहाँ हामीकहाँ झरीझैं, जमिनलाई भिजाउने बसन्त ऋतुको झरीझैं आउनुहुनेछ ।”
מָה אֶֽעֱשֶׂה־לְּךָ אֶפְרַיִם מָה אֶעֱשֶׂה־לְּךָ יְהוּדָה וְחַסְדְּכֶם כַּעֲנַן־בֹּקֶר וְכַטַּל מַשְׁכִּים הֹלֵֽךְ׃ | 4 |
ए एफ्राइम, म तँलाई के गरूँ? ए यहूदा, म तँलाई के गरूँ? तेरो विश्वस्तता बिहानीको बादलझैं, चाँडै हराएर जाने शीतझैं छ ।
עַל־כֵּן חָצַבְתִּי בַּנְּבִיאִים הֲרַגְתִּים בְּאִמְרֵי־פִי וּמִשְׁפָּטֶיךָ אוֹר יֵצֵֽא׃ | 5 |
यसैले तिनीहरूलाई मैले अगमवक्ताहरूद्वारा टुक्रा-टुक्रा पारेको छु, तिनीहरूलाई मैले आफ्नो मुखको वचनले मारेको छु । तिमीहरूका आदेशहरू चम्किने बिजुलीझैं छन् ।
כִּי חֶסֶד חָפַצְתִּי וְלֹא־זָבַח וְדַעַת אֱלֹהִים מֵעֹלֽוֹת׃ | 6 |
किनकि म बलिदान होइन, विश्वस्तता चाहन्छु, र होमबलिहरूभन्दा धैरे परमेश्वरको ज्ञान भएको चाहन्छु ।
וְהֵמָּה כְּאָדָם עָבְרוּ בְרִית שָׁם בָּגְדוּ בִֽי׃ | 7 |
आदमले झैं तिनीहरूले करार तोडेका छन्, तिनीहरू मप्रति विश्वासहीन भएका छन् ।
גִּלְעָד קִרְיַת פֹּעֲלֵי אָוֶן עֲקֻבָּה מִדָּֽם׃ | 8 |
गिलादचाहिं दुष्ट काम गर्नेहरूको सहर हो, जसका पाइलाहरूमा रगत छ ।
וּכְחַכֵּי אִישׁ גְּדוּדִים חֶבֶר כֹּהֲנִים דֶּרֶךְ יְרַצְּחוּ־שֶׁכְמָה כִּי זִמָּה עָשֽׂוּ׃ | 9 |
डाँकुहरूका समुहले कसैलाई पर्खिरहेझैं, शकेम जाने बाटोमा पुजारीहरू मार्नलाई समुहमा बस्छन् । तिनीहरूले लज्जास्पद अपराधहरू गरेका छन् ।
בְּבֵית יִשְׂרָאֵל רָאִיתִי (שעריריה) [שַׁעֲרֽוּרִיָּה] שָׁם זְנוּת לְאֶפְרַיִם נִטְמָא יִשְׂרָאֵֽל׃ | 10 |
इस्राएलको घरानामा मैले घिनलाग्दो कुरा देखेको छु । त्यहाँ एफ्राइमको वेश्यागमन छ, र इस्राएल अशुद्ध भएको छ ।
גַּם־יְהוּדָה שָׁת קָצִיר לָךְ בְּשׁוּבִי שְׁבוּת עַמִּֽי׃ | 11 |
ए यहूदा तेरो निम्ति पनि कटनी तोकिएको छ, जति बेला म आफ्ना मानिसहरूको सुदिन पुनर्स्थापना गर्नेछु ।