< יחזקאל 35 >
וַיְהִי דְבַר־יְהֹוָה אֵלַי לֵאמֹֽר׃ | 1 |
त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
בֶּן־אָדָם שִׂים פָּנֶיךָ עַל־הַר שֵׂעִיר וְהִנָּבֵא עָלָֽיו׃ | 2 |
“ए मानिसको छोरो, सेइर पर्वतको विरुद्धमा आफ्नो मुख फर्का र त्यसको विरुद्धमा अगमवाणी गर् ।
וְאָמַרְתָּ לּוֹ כֹּה אָמַר אֲדֹנָי יֱהֹוִה הִנְנִי אֵלֶיךָ הַר־שֵׂעִיר וְנָטִיתִי יָדִי עָלֶיךָ וּנְתַתִּיךָ שְׁמָמָה וּמְשַׁמָּֽה׃ | 3 |
त्यसलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हेर्, सेइर पर्वत, म तेरो विरुद्धमा छु, र तँलाई म आफ्नो हातले प्रहार गर्नेछु र तँलाई निर्जन र उजाड बनाउनेछु ।
עָרֶיךָ חׇרְבָּה אָשִׂים וְאַתָּה שְׁמָמָה תִֽהְיֶה וְיָדַעְתָּ כִּֽי־אֲנִי יְהֹוָֽה׃ | 4 |
तेरा सहरहरूलाई म भग्नावशेष बनाउनेछु, र तँ आफैचाहिं उजाड हुनेछस् । तब म नै परमप्रभु हुँ भनी तैंले जान्नेछस् ।
יַעַן הֱיוֹת לְךָ אֵיבַת עוֹלָם וַתַּגֵּר אֶת־בְּנֵֽי־יִשְׂרָאֵל עַל־יְדֵי־חָרֶב בְּעֵת אֵידָם בְּעֵת עֲוֺן קֵֽץ׃ | 5 |
किनभने तैंले सधैं इस्राएलका मानिसहरूसँग शत्रुतापूर्ण व्यवहार गरिस्, र किनभने तिनीहरूका निराशाको समयमा, र तिनीहरूका ठुलो दण्डको समयमा तैंले तिनीहरूलाई तरवारको हातहरूमा सुम्पिस् ।
לָכֵן חַי־אָנִי נְאֻם אֲדֹנָי יֱהֹוִה כִּֽי־לְדָם אֶעֶשְׂךָ וְדָם יִרְדְּפֶךָ אִם־לֹא דָם שָׂנֵאתָ וְדָם יִרְדְּפֶֽךָ׃ | 6 |
यसकारण, यो परमप्रभु परमेश्वरको घोषणा हो, जस्तो म जीवित छु, म तँलाई रक्तपातको निम्ति तयार गर्नेछु, र रक्तपातले तँलाई खेद्नेछ । तैंले रक्तपातलाई घृणा नगरेको कारणले रक्तपात तँलाई खेद्नेछ ।
וְנָֽתַתִּי אֶת־הַר שֵׂעִיר לְשִֽׁמְמָה וּשְׁמָמָה וְהִכְרַתִּי מִמֶּנּוּ עֹבֵר וָשָֽׁב׃ | 7 |
सेइर पर्वतको नजिकबाट जाने र फेरि फर्किने कुनै पनि व्यक्तिलाई जब म हटाउँछु तब म त्यसलाई पूरा उजाड बनाउनेछु ।
וּמִלֵּאתִי אֶת־הָרָיו חֲלָלָיו גִּבְעוֹתֶיךָ וְגֵיאוֹתֶיךָ וְכׇל־אֲפִיקֶיךָ חַלְלֵי־חֶרֶב יִפְּלוּ בָהֶֽם׃ | 8 |
मारिएकाहरूले म त्यसका पर्वतहरूलाई भरिदिनेछु । तरवारद्वारा मारिएकाहरूचाहिं तेरा अग्ला पहाडहरू र बेसीहरू र तेरा सबै खोलाहरूमा ढल्नेछन् ।
שִֽׁמְמוֹת עוֹלָם אֶתֶּנְךָ וְעָרֶיךָ לֹא (תישבנה) [תָשֹׁבְנָה] וִידַעְתֶּם כִּֽי־אֲנִי יְהֹוָֽה׃ | 9 |
तँलाई म सधैंको निम्ति उजाड बनाउनेछु । तेरा सहरहरूमा कोही बास गर्नेछैनन्, तर म नै परमप्रभु हुँ भनी तैंले जान्नेछस् ।
יַעַן אֲמׇרְךָ אֶת־שְׁנֵי הַגּוֹיִם וְאֶת־שְׁתֵּי הָאֲרָצוֹת לִי תִהְיֶינָה וִֽירַשְׁנוּהָ וַיהֹוָה שָׁם הָיָֽה׃ | 10 |
तैंले यसो भनेको छस्, “यी दुई जाति र यी दुई देश मेरा हुनेछन्, र हामी तीमाथि अधिकार गर्नेछौं ।” तापनि परमप्रभु तिनीहरूसँग हुनुभयो ।
לָכֵן חַי־אָנִי נְאֻם אֲדֹנָי יֱהֹוִה וְעָשִׂיתִי כְּאַפְּךָ וּכְקִנְאָתְךָ אֲשֶׁר עָשִׂיתָה מִשִּׂנְאָתֶיךָ בָּם וְנוֹדַעְתִּי בָם כַּאֲשֶׁר אֶשְׁפְּטֶֽךָ׃ | 11 |
यसकारण यो परमप्रभु परमेश्वरको घोषणा हो, जस्तो म जीवित छु, इस्राएलको बारेमा तेरो घृणामा भएको तेरो डाहअनुसार र तेरो रिसअनुसार म व्यवहार गर्नेछु, र मैले तेरो न्याय गर्दा म आफैलाई तिनीहरूकहाँ प्रकट गर्नेछु ।
וְֽיָדַעְתָּ כִּי אֲנִי יְהֹוָה שָׁמַעְתִּי ׀ אֶת־כׇּל־נָאָֽצוֹתֶיךָ אֲשֶׁר אָמַרְתָּ עַל־הָרֵי יִשְׂרָאֵל לֵאמֹר ׀ [שָׁמֵמוּ] (שממה) לָנוּ נִתְּנוּ לְאׇכְלָֽה׃ | 12 |
यसरी म परमप्रभु हुँ भनी तैंले जान्नेछस् । तैंले इस्राएलका पर्वतहरूको विरुद्धमा सबै अपमान्साथ यसो भन्दा, “तिनीहरू नष्ट भएका छन्, र तिनीहरूलाई सखाप पार्न हामीलाई सुम्पिएको छ,” मैले सुनेको छु ।
וַתַּגְדִּילוּ עָלַי בְּפִיכֶם וְהַעְתַּרְתֶּם עָלַי דִּבְרֵיכֶם אֲנִי שָׁמָֽעְתִּי׃ | 13 |
तैंले जे भनिस् त्यसले तैंले आफैलाई मेरो विरुद्ध उचालिस्, र मेरो विरुद्धमा तैंले भनेका कुरामा तैंले धेरै बढाइस् । अनि मैले ती सबै सुनें ।
כֹּה אָמַר אֲדֹנָי יֱהֹוִה כִּשְׂמֹחַ כׇּל־הָאָרֶץ שְׁמָמָה אֶעֱשֶׂה־לָּֽךְ׃ | 14 |
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: सारा पृथ्वीले खुशी मनाइरहँदा म तँलाई उजाड बनाउनेछु ।
כְּשִׂמְחָתְךָ לְנַחֲלַת בֵּֽית־יִשְׂרָאֵל עַל אֲשֶׁר־שָׁמֵמָה כֵּן אֶעֱשֶׂה־לָּךְ שְׁמָמָה תִֽהְיֶה הַר־שֵׂעִיר וְכׇל־אֱדוֹם כֻּלָּהּ וְיָדְעוּ כִּי־אֲנִי יְהֹוָֽה׃ | 15 |
इस्राएलका मानिसको उत्तराधिकार उजाड भएको हुनाले जसरी तँ आनन्दित भइस्, तँलाई म त्यस्तै गर्नेछु । ए सेइर पर्वत, र सारा एदोम, तिमीहरू उजाड हुनेछस् । तब म परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।’”