< יחזקאל 20 >
וַיְהִי ׀ בַּשָּׁנָה הַשְּׁבִיעִית בַּחֲמִשִׁי בֶּעָשׂוֹר לַחֹדֶשׁ בָּאוּ אֲנָשִׁים מִזִּקְנֵי יִשְׂרָאֵל לִדְרֹשׁ אֶת־יְהֹוָה וַיֵּשְׁבוּ לְפָנָֽי׃ | 1 |
सातौं वर्षको पाँचौं महिनाको दशौं दिनमा इस्राएलका धर्म-गुरुहरू परमप्रभुसित सोधपूछ गर्न आए र मेरो सामु बसे ।
וַיְהִי דְבַר־יְהֹוָה אֵלַי לֵאמֹֽר׃ | 2 |
तब परमप्रभुको वचन यस भनेर मकहाँ आयो,
בֶּן־אָדָם דַּבֵּר אֶת־זִקְנֵי יִשְׂרָאֵל וְאָמַרְתָּ אֲלֵהֶם כֹּה אָמַר אֲדֹנָי יֱהֹוִה הֲלִדְרֹשׁ אֹתִי אַתֶּם בָּאִים חַי־אָנִי אִם־אִדָּרֵשׁ לָכֶם נְאֻם אֲדֹנָי יֱהֹוִֽה׃ | 3 |
“ए मानिसको छोरो, इस्राएलका धर्म-गुरुहरूलाई घोषणा गर् र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः के तिमीहरू मसित सोधपूछ गर्न आएका छौ? जस्तो म जीवित छु, तिमीहरूले मलाई सोधपूछ गर्नेछैनौ— यो परमप्रभु परमेश्वरको घोषणा हो ।'
הֲתִשְׁפֹּט אֹתָם הֲתִשְׁפּוֹט בֶּן־אָדָם אֶת־תּוֹעֲבֹת אֲבוֹתָם הוֹדִיעֵֽם׃ | 4 |
के तँ तिनीहरूको न्याय गर्नेछस्? ए मानिसको छोरो, के तँ तिनीहरूको न्याय गर्नेछस्? तिनीहरूका आफ्ना पुर्खाहरूका घिनलाग्दा कामको बारेमा तिनीहरूलाई जानकारी दे ।
וְאָמַרְתָּ אֲלֵיהֶם כֹּה־אָמַר אֲדֹנָי יֱהֹוִה בְּיוֹם בׇּחֳרִי בְיִשְׂרָאֵל וָאֶשָּׂא יָדִי לְזֶרַע בֵּית יַעֲקֹב וָאִוָּדַע לָהֶם בְּאֶרֶץ מִצְרָיִם וָאֶשָּׂא יָדִי לָהֶם לֵאמֹר אֲנִי יְהֹוָה אֱלֹֽהֵיכֶֽם׃ | 5 |
तिनीहरूलाई भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः जुन दिन मैले इस्राएललाई छानें, र याकूबको घरानासित शपथ खानलाई मैले हात उचाले र मैले आफूलाई मिश्रदेशमा तिनीहरूका बिचमा प्रकट गरें । जति बेला तिनीहरूसित शपथ खान मैले आफ्नो हात उचालें । मैले भनें, “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ”—
בַּיּוֹם הַהוּא נָשָׂאתִי יָדִי לָהֶם לְהוֹצִיאָם מֵאֶרֶץ מִצְרָיִם אֶל־אֶרֶץ אֲשֶׁר־תַּרְתִּי לָהֶם זָבַת חָלָב וּדְבַשׁ צְבִי הִיא לְכׇל־הָאֲרָצֽוֹת׃ | 6 |
त्यस दिन मैले तिनीहरूसित यो शपथ खाएँ, कि म तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर मैले तिनीहरूका निम्ति मैले होसियारीसाथ छानेको देशमा ल्याउनेछु । त्यहाँ दूध र मह बग्दैथियो । यो सबै देशहरूभन्दा बढी सुन्दर गहना थियो ।
וָאֹמַר אֲלֵהֶם אִישׁ שִׁקּוּצֵי עֵינָיו הַשְׁלִיכוּ וּבְגִלּוּלֵי מִצְרַיִם אַל־תִּטַּמָּאוּ אֲנִי יְהֹוָה אֱלֹהֵיכֶֽם׃ | 7 |
मैले तिनीहरूलाई भनें, “हरेक मानिसले आफ्ना दृष्टिबाट घिनलाग्दा कुराहरू र मिश्रदेशका मूर्तिहरू हटाओस् । आफूलाई अशुद्ध नपार । म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।”
וַיַּמְרוּ־בִי וְלֹא אָבוּ לִשְׁמֹעַ אֵלַי אִישׁ אֶת־שִׁקּוּצֵי עֵֽינֵיהֶם לֹא הִשְׁלִיכוּ וְאֶת־גִּלּוּלֵי מִצְרַיִם לֹא עָזָבוּ וָאֹמַר לִשְׁפֹּךְ חֲמָתִי עֲלֵיהֶם לְכַלּוֹת אַפִּי בָּהֶם בְּתוֹךְ אֶרֶץ מִצְרָֽיִם׃ | 8 |
तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरे र मेरो कुरा सुन्न इच्छुक भएनन् । हरेक मानिसले आफ्ना दृष्टिबाट ती घिनलाग्दा कुराहरूलाई फालेनन् न त तिनीहरूले मिश्रदेशका मूर्तिहरूलाई नै त्यागे । यसैले मिश्रदेशको बिचमा तिनीहरूका माझमा मेरो क्रोध शान्त पार्नको निम्ति तिनीहरूमाथि मेरो रिस पोख्ने निश्चय मैले गरें ।
וָאַעַשׂ לְמַעַן שְׁמִי לְבִלְתִּי הֵחֵל לְעֵינֵי הַגּוֹיִם אֲשֶׁר־הֵמָּה בְתוֹכָם אֲשֶׁר נוֹדַעְתִּי אֲלֵיהֶם לְעֵינֵיהֶם לְהוֹצִיאָם מֵאֶרֶץ מִצְרָֽיִם׃ | 9 |
आफ्नो नाउँको खातिर मैले यो काम गरें, यसरी तिनीहरू बसोबास गरेका जातिहरूका दृष्टिमा मेरो नाउँ अपवित्र नहोस् । तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्याएर मैले आफूलाई तिनीहरूका अघि प्रकट गरें ।
וָאוֹצִיאֵם מֵאֶרֶץ מִצְרָיִם וָאֲבִאֵם אֶל־הַמִּדְבָּֽר׃ | 10 |
यसैले मैले तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालें र तिनीहरूलाई उजाड-स्थान ल्याएँ ।
וָאֶתֵּן לָהֶם אֶת־חֻקּוֹתַי וְאֶת־מִשְׁפָּטַי הוֹדַעְתִּי אוֹתָם אֲשֶׁר יַעֲשֶׂה אוֹתָם הָאָדָם וָחַי בָּהֶֽם׃ | 11 |
तब मैले तिनीहरूलाई मेरा विधिहरू दिएँ र मेरा नियमहरू तिनीहरूलाई प्रकट गरें । मानिसले ती पालन गर्यो भने त्यसद्वारा ऊ बाँच्नेछ ।
וְגַם אֶת־שַׁבְּתוֹתַי נָתַתִּי לָהֶם לִהְיוֹת לְאוֹת בֵּינִי וּבֵינֵיהֶם לָדַעַת כִּי אֲנִי יְהֹוָה מְקַדְּשָֽׁם׃ | 12 |
म परमप्रभु नै हुँ जसले तिनीहरूलाई पवित्र पार्छु भनी तिनीहरूले जानून् भनेर तिनीहरू र मेरो बिचमा चिन्हको रूपमा मैले तिनीहरूलाई शबाथदिनहरू पनि दिएँ ।
וַיַּמְרוּ־בִי בֵֽית־יִשְׂרָאֵל בַּמִּדְבָּר בְּחֻקּוֹתַי לֹא־הָלָכוּ וְאֶת־מִשְׁפָּטַי מָאָסוּ אֲשֶׁר יַעֲשֶׂה אֹתָם הָֽאָדָם וָחַי בָּהֶם וְאֶת־שַׁבְּתֹתַי חִלְּלוּ מְאֹד וָאֹמַר לִשְׁפֹּךְ חֲמָתִי עֲלֵיהֶם בַּמִּדְבָּר לְכַלּוֹתָֽם׃ | 13 |
तर इस्राएल घरानाले उजाड-स्थान मेरो विरुद्धमा विद्रोह गरे । तिनीहरू मेरो विधिहरूमा चलेनन् । बरु, तिनीहरूले मेरा नियमहरूलाई इन्कार गरे । मानिसले ती पालन गर्यो भने त्यसद्वारा ऊ बाँच्नेछ । तिनीहरूले मेरा शबाथहरूलाई एकदमै बिटुलो पारे । यसैले मैले भनें, म तिनीहरूको नाश गर्नलाई यही उजाड-स्थान तिनीहरूमाथि आफ्नो क्रोध पोखाउनेछु ।
וָאֶעֱשֶׂה לְמַעַן שְׁמִי לְבִלְתִּי הֵחֵל לְעֵינֵי הַגּוֹיִם אֲשֶׁר הוֹצֵאתִים לְעֵינֵיהֶֽם׃ | 14 |
तर जुन जातिहरूका दृष्टिमा मैले तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्याएँ, तिनीहरूका दृष्टिमा मेरो नाउँ अपवित्र नहोस् भनेर मेरो नाउँको खातिर मैले काम गरें ।
וְגַם־אֲנִי נָשָׂאתִי יָדִי לָהֶם בַּמִּדְבָּר לְבִלְתִּי הָבִיא אוֹתָם אֶל־הָאָרֶץ אֲשֶׁר־נָתַתִּי זָבַת חָלָב וּדְבַשׁ צְבִי הִיא לְכׇל־הָאֲרָצֽוֹת׃ | 15 |
यसैले मैले तिनीहरूलाई दिन लागेको देशमा म तिनीहरूलाई लानेछैनँ भनेर तिनीहरूसित उजाड-स्थान एउटा शपथ खानलाई म आफैले पनि आफ्नो हात उठाएँ । त्यो देश सबै देशहरूभन्दा सुन्दर गहनाको दूध र मह बग्ने देश हो ।
יַעַן בְּמִשְׁפָּטַי מָאָסוּ וְאֶת־חֻקּוֹתַי לֹא־הָלְכוּ בָהֶם וְאֶת־שַׁבְּתוֹתַי חִלֵּלוּ כִּי אַחֲרֵי גִלּוּלֵיהֶם לִבָּם הֹלֵֽךְ׃ | 16 |
मैले यो शपथ खाएँ किनभने तिनीहरूले मेरा नियमहरूलाई इन्कार गरे र मेरा विधिहरूमा हिंडेनन्, र तिनीहरूले मेरा शबाथहरूलाई बिटुलो पारे, किनकि तिनीहरूका हृदय तिनीहरूका मूर्तिहरूका पछि लागेका थिए ।
וַתָּחׇס עֵינִי עֲלֵיהֶם מִֽשַּׁחֲתָם וְלֹא־עָשִׂיתִי אוֹתָם כָּלָה בַּמִּדְבָּֽר׃ | 17 |
तर तिनीहरूको सर्वनाश हुनबाट मैले तिनीहरूमा दया गरें, र मैले उजाड-स्थान तिनीहरूको अस्तित्व मेटाइन ।
וָאֹמַר אֶל־בְּנֵיהֶם בַּמִּדְבָּר בְּחוּקֵּי אֲבֽוֹתֵיכֶם אַל־תֵּלֵכוּ וְאֶת־מִשְׁפְּטֵיהֶם אַל־תִּשְׁמֹרוּ וּבְגִלּוּלֵיהֶם אַל־תִּטַּמָּֽאוּ׃ | 18 |
उजाड-स्थान मैले तिनीहरूका छोराछोरीलाई भनें, “तिमीहरूका पुर्खाहरूका विधिहरूमा नहिंड न त तिनीहरूका नियमहरू पालन गर, न त तिनीहरूका मूर्तिहरूले आफूलाई बिटुलो पार्ने काम गर ।
אֲנִי יְהֹוָה אֱלֹהֵיכֶם בְּחֻקּוֹתַי לֵכוּ וְאֶת־מִשְׁפָּטַי שִׁמְרוּ וַעֲשׂוּ אוֹתָֽם׃ | 19 |
म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, मेरा विधिहरूमा हिंड, र मेरा नियमहरू मान र पालन गर ।
וְאֶת־שַׁבְּתוֹתַי קַדֵּשׁוּ וְהָיוּ לְאוֹת בֵּינִי וּבֵינֵיכֶם לָדַעַת כִּי אֲנִי יְהֹוָה אֱלֹהֵיכֶֽם׃ | 20 |
मेरा शबाथहरूलाई पवित्र राख, ताकि मेरो र तिमीहरूका बिचमा ती एउटा चिन्ह हुनेछन्, ताकि म नै परमप्रभु तिमीहरूका परमेश्वर हुँ भनी तिमीहरूले जान्नेछौ ।”
וַיַּמְרוּ־בִי הַבָּנִים בְּחֻקּוֹתַי לֹֽא־הָלָכוּ וְאֶת־מִשְׁפָּטַי לֹֽא־שָׁמְרוּ לַעֲשׂוֹת אוֹתָם אֲשֶׁר יַעֲשֶׂה אוֹתָם הָאָדָם וָחַי בָּהֶם אֶת־שַׁבְּתוֹתַי חִלֵּלוּ וָֽאֹמַר לִשְׁפֹּךְ חֲמָתִי עֲלֵיהֶם לְכַלּוֹת אַפִּי בָּם בַּמִּדְבָּֽר׃ | 21 |
तर तिनीहरूका छोराछोरीले मेरो विरुद्धमा विद्रोह गरे । तिनीहरू मेरा उर्दीहरूमा हिंडेनन्, न त मेरा व्यवस्थाहरू पालन गरे । मानिसले ती पालन गर्यो भने त्यसद्वारा ऊ बाँच्नेछ । तिनीहरूले मेरा शबाथहरूलाई बिटुलो पारे, यसैले मेरो क्रोध शान्त पार्न मैले उजाड-स्थान आफ्नो रिस तिनीहरूका विरुद्धमा खन्याउने निश्चय गरें ।
וַהֲשִׁבֹתִי אֶת־יָדִי וָאַעַשׂ לְמַעַן שְׁמִי לְבִלְתִּי הֵחֵל לְעֵינֵי הַגּוֹיִם אֲשֶׁר־הוֹצֵאתִי אוֹתָם לְעֵינֵיהֶֽם׃ | 22 |
तर मैले आफ्नो हात फर्काएँ, र मेरो नाउँको खातिर काम गरें यसरी मैले इस्राएलीहरूलाई निकालेर ल्याएको देखेका जातिहरूका दृष्टिमा त्यो अपवित्र नहोस् ।
גַּם־אֲנִי נָשָׂאתִי אֶת־יָדִי לָהֶם בַּמִּדְבָּר לְהָפִיץ אֹתָם בַּגּוֹיִם וּלְזָרוֹת אוֹתָם בָּאֲרָצֽוֹת׃ | 23 |
तिनीहरूलाई म जातिहरूका बिचमा छरपष्ट पार्नेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पार्नेछु भनेर तिनीहरूसित उजाड-स्थान एउटा शपथ खानलाई म आफैले पनि आफ्नो हात उठाएँ ।
יַעַן מִשְׁפָּטַי לֹֽא־עָשׂוּ וְחֻקּוֹתַי מָאָסוּ וְאֶת־שַׁבְּתוֹתַי חִלֵּלוּ וְאַֽחֲרֵי גִּלּוּלֵי אֲבוֹתָם הָיוּ עֵינֵיהֶֽם׃ | 24 |
तिनीहरूले मेरा नियमहरू नमानेका हुनाले र तिनीहरूले मेरा विधिहरूलाई इन्कार गरेका र मेरा शबाथहरूलाई बिटुलो पारेका हुनाले मैले यसो गर्ने निर्णय गरें । तिनीहरूका आँखाहरूले आफ्ना पुर्खाहरूका मूर्तिहरूको लालसा गरे ।
וְגַם־אֲנִי נָתַתִּי לָהֶם חֻקִּים לֹא טוֹבִים וּמִשְׁפָּטִים לֹא יִֽחְיוּ בָּהֶֽם׃ | 25 |
तब मैले तिनीहरूलाई यस्ता विधानहरू पनि दिएँ जो असल थिएनन्, र यस्ता नियमहरू दिएँ जसद्वारा तिनीहरू बाँच्न सकेनन् ।
וָאֲטַמֵּא אוֹתָם בְּמַתְּנוֹתָם בְּהַעֲבִיר כׇּל־פֶּטֶר רָחַם לְמַעַן אֲשִׁמֵּם לְמַעַן אֲשֶׁר יֵדְעוּ אֲשֶׁר אֲנִי יְהֹוָֽה׃ | 26 |
तिनीहरूका उपहारहरूद्वारा मैले तिनीहरूलाई अशुद्ध घोषणा गरें— तिनीहरूले गर्भका हरेक जेठोको बलिदान चढाए र तिनीहरूलाई आगोमा हिंड्न लगाए—कि मैले तिनीहरूलाई त्रसित बनाउन सकूँ यसरी म परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।’
לָכֵן דַּבֵּר אֶל־בֵּית יִשְׂרָאֵל בֶּן־אָדָם וְאָמַרְתָּ אֲלֵיהֶם כֹּה אָמַר אֲדֹנָי יֱהֹוִה עוֹד זֹאת גִּדְּפוּ אוֹתִי אֲבוֹתֵיכֶם בְּמַעֲלָם בִּי מָֽעַל׃ | 27 |
यसकारण, ए मानिसको छोरो, इस्राएलका घरानासँग बोल् र तिनीहरूलाई भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः यसमा पनि तिमीहरूका पुर्खाहरू मप्रति विश्वासघाती बनेर मेरो निन्दा गरे ।
וָאֲבִיאֵם אֶל־הָאָרֶץ אֲשֶׁר נָשָׂאתִי אֶת־יָדִי לָתֵת אוֹתָהּ לָהֶם וַיִּרְאוּ כׇל־גִּבְעָה רָמָה וְכׇל־עֵץ עָבֹת וַיִּזְבְּחוּ־שָׁם אֶת־זִבְחֵיהֶם וַיִּתְּנוּ־שָׁם כַּעַס קׇרְבָּנָם וַיָּשִׂימוּ שָׁם רֵיחַ נִיחוֹחֵיהֶם וַיַּסִּיכוּ שָׁם אֶת־נִסְכֵּיהֶֽם׃ | 28 |
जब मैले शपथ खाएर तिनीहरूलाई दिन्छु भनेको देशमा मैले तिनीहरूलाई ल्याएँ, तब जहाँ तिनीहरूले कुनै अग्लो डाँडा वा कुनै झ्याम्म पातहरू भएको रूख देखे, त्यहाँ तिनीहरूले आफ्ना बलिदानहरू चढाए । अनि आफ्ना भेटीहरूद्वारा तिनीहरूले मलाई रिस उठाए, र त्यहाँ तिनीहरूले आफ्ना सुगन्धित धूप पनि बाले र आफ्ना अर्घ-बलि चढाए ।
וָאֹמַר אֲלֵהֶם מָה הַבָּמָה אֲשֶׁר־אַתֶּם הַבָּאִים שָׁם וַיִּקָּרֵא שְׁמָהּ בָּמָה עַד הַיּוֹם הַזֶּֽה׃ | 29 |
तब मैले तिनीहरूलाई सोधें, “तिमीहरूले भेटी चढाउने गरेको अग्लो ठाउँ के हो?” आजको दिनसम्म त्यो ठाउँलाई बामा भनिन्छ ।
לָכֵן אֱמֹר ׀ אֶל־בֵּית יִשְׂרָאֵל כֹּה אָמַר אֲדֹנָי יֱהֹוִה הַבְּדֶרֶךְ אֲבוֹתֵיכֶם אַתֶּם נִטְמְאִים וְאַחֲרֵי שִׁקּֽוּצֵיהֶם אַתֶּם זֹנִֽים׃ | 30 |
यसकारण इस्राएलको घरानालाई यसो भन्: 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तिमीहरू आफ्ना पुर्खाहरूका चालमा हिंडेर तिमीहरू आफूलाई पनि किन बिटुलो पार्छौ? घिनलाग्दा कुराहरूको खोजी गरेर किन तिमीहरू वेश्याहरूझैं काम गर्छौ?
וּבִשְׂאֵת מַתְּנֹתֵיכֶם בְּֽהַעֲבִיר בְּנֵיכֶם בָּאֵשׁ אַתֶּם נִטְמְאִים לְכׇל־גִּלּֽוּלֵיכֶם עַד־הַיּוֹם וַאֲנִי אִדָּרֵשׁ לָכֶם בֵּית יִשְׂרָאֵל חַי־אָנִי נְאֻם אֲדֹנָי יֱהֹוִה אִם־אִדָּרֵשׁ לָכֶֽם׃ | 31 |
जब तिमीहरू आफ्ना उपहारहरू चढाउँछौ— जब तिमीहरू आफ्ना छोराहरूलाई आगोमा हिंड्न लगाउँछौ— तब आजको दिनसम्म पनि तिमीहरूले आफ्ना मूर्तिहरूको कारणले आफैलाई बिटुलो पार्छौ । यसैले ए इस्राएलको घराना, मसँग सोधपूछ गर्न मैले तिमीहरूलाई किन दिनु? जस्तो म जीवित छु— यो परमप्रभु परमेश्वरको घोषणा हो— तिमीहरूले मलाई सोधपूछ गर्न म दिनेछैनँ ।
וְהָֽעֹלָה עַל־רוּחֲכֶם הָיוֹ לֹא תִֽהְיֶה אֲשֶׁר ׀ אַתֶּם אֹמְרִים נִֽהְיֶה כַגּוֹיִם כְּמִשְׁפְּחוֹת הָאֲרָצוֹת לְשָׁרֵת עֵץ וָאָֽבֶן׃ | 32 |
तिमीहरूको मनमा उठेको विचार कहिले पुरा हुँनेछैन । तिमीहरू भन्छौ, “हामीहरू अरू जातिहरूजस्तै, काठ र ढुङ्गालाई पुज्ने अरू देशका जातिहरूजस्तै बनौं ।”
חַי־אָנִי נְאֻם אֲדֹנָי יֱהֹוִה אִם־לֹא בְּיָד חֲזָקָה וּבִזְרוֹעַ נְטוּיָה וּבְחֵמָה שְׁפוּכָה אֶמְלוֹךְ עֲלֵיכֶֽם׃ | 33 |
जस्तो म जीवित छु— यो परमप्रभु परमेश्वरको घोषणा हो— शक्तिशाली हात र पसारेको पाखुराद्वारा म तिमीहरूमाथि राज्य गर्नेछु र तिमीहरूमाथि क्रोध खन्याउनेछु ।
וְהוֹצֵאתִי אֶתְכֶם מִן־הָעַמִּים וְקִבַּצְתִּי אֶתְכֶם מִן־הָאֲרָצוֹת אֲשֶׁר נְפוֹצֹתֶם בָּם בְּיָד חֲזָקָה וּבִזְרוֹעַ נְטוּיָה וּבְחֵמָה שְׁפוּכָֽה׃ | 34 |
तिमीहरूलाई म अरू जातिहरूका बिचबाट निकालेर ल्याउनेछु, र तिमीहरू छरपष्ट भएका देशहरूबाट म तिमीहरूलाई भेला गर्नेछु । मेरो शक्तिशाली हातले म यसो गर्नेछु र क्रोध खन्याउनेछु ।
וְהֵבֵאתִי אֶתְכֶם אֶל־מִדְבַּר הָעַמִּים וְנִשְׁפַּטְתִּי אִתְּכֶם שָׁם פָּנִים אֶל־פָּנִֽים׃ | 35 |
तब म तिमीहरूलाई जातिहरूको उजाड-स्थान ल्याउनेछु, र त्यहाँ म तिमीहरूको न्याय आमने-सामनेमा गर्नेछु ।
כַּאֲשֶׁר נִשְׁפַּטְתִּי אֶת־אֲבוֹתֵיכֶם בְּמִדְבַּר אֶרֶץ מִצְרָיִם כֵּן אִשָּׁפֵט אִתְּכֶם נְאֻם אֲדֹנָי יֱהֹוִֽה׃ | 36 |
जसरी मिश्रदेशको उजाड-स्थान मैले तिमीहरूका पुर्खाहरूको न्याय गरें, त्यसरी नै म तिमीहरूको न्याय म गर्नेछु— यो परमप्रभु परमेश्वरको घोषणा हो ।
וְהַעֲבַרְתִּי אֶתְכֶם תַּחַת הַשָּׁבֶט וְהֵבֵאתִי אֶתְכֶם בְּמָסֹרֶת הַבְּרִֽית׃ | 37 |
म तिमीहरूलाई मेरो लौरो मुनि छिर्न लाउनेछु, र तिमीहरूलाई करारमा भएका कुराहरू मान्न लगाउनेछु ।
וּבָרוֹתִי מִכֶּם הַמֹּרְדִים וְהַפּֽוֹשְׁעִים בִּי מֵאֶרֶץ מְגֽוּרֵיהֶם אוֹצִיא אוֹתָם וְאֶל־אַדְמַת יִשְׂרָאֵל לֹא יָבוֹא וִידַעְתֶּם כִּי־אֲנִי יְהֹוָֽה׃ | 38 |
तिमीहरूका माझबाट विद्रोह गर्नेहरू र मेरो विरुद्धमा अपराध गर्नेहरूलाई म हटाउनेछु । तिनीहरू प्रवासी भएर बसेको देशबाट म तिनीहरूलाई बाहिर पठाउनेछु, तर तिनीहरू इस्राएल देशमा पस्नेछैनन् । तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ ।
וְאַתֶּם בֵּֽית־יִשְׂרָאֵל כֹּה־אָמַר ׀ אֲדֹנָי יֱהֹוִה אִישׁ גִּלּוּלָיו לְכוּ עֲבֹדוּ וְאַחַר אִם־אֵינְכֶם שֹׁמְעִים אֵלָי וְאֶת־שֵׁם קׇדְשִׁי לֹא תְחַלְּלוּ־עוֹד בְּמַתְּנוֹתֵיכֶם וּבְגִלּוּלֵיכֶֽם׃ | 39 |
यसैले ए इस्राएलका घराना, परमप्रभु परमेश्वर तिमीहरूलाई यसो भन्नुहुन्छः तिमीहरू हरेक आ-आफ्नो मूर्तिहरूतिर जानुपर्छ । तिमीहरू मेरो कुरा सुन्न इन्कार गर्छौ भने तिनीहरूकै पुजा गर, तर आफ्ना उपहारहरू र मूर्तिहरूले मेरो पवित्र नाउँलाई तिमीहरूले अपवित्र पार्नुहुँदैन ।
כִּי בְהַר־קׇדְשִׁי בְּהַר ׀ מְרוֹם יִשְׂרָאֵל נְאֻם אֲדֹנָי יֱהֹוִה שָׁם יַעַבְדֻנִי כׇּל־בֵּית יִשְׂרָאֵל כֻּלֹּה בָּאָרֶץ שָׁם אֶרְצֵם וְשָׁם אֶדְרוֹשׁ אֶת־תְּרוּמֹֽתֵיכֶם וְאֶת־רֵאשִׁית מַשְׂאוֹתֵיכֶם בְּכׇל־קׇדְשֵׁיכֶֽם׃ | 40 |
किनकि मेरो पवित्र पर्वतमा, इस्राएलको पहाडको टाकुरामा— यो परमप्रभु परमेश्वरको घोषणा हो— इस्राएलका जम्मै घरानाले त्यहाँ मेरो आराधना गर्नेछन् । त्यहीं नै म तिमीहरूका भेटीहरू, तिमीहरूका सबैभन्दा उत्तम उपहारहरू, तिमीहरूका सबै पवित्र थोकहरूको बलिदानहरू ग्रहण गर्नेछु ।
בְּרֵיחַ נִיחֹחַ אֶרְצֶה אֶתְכֶם בְּהוֹצִיאִי אֶתְכֶם מִן־הָעַמִּים וְקִבַּצְתִּי אֶתְכֶם מִן־הָאֲרָצוֹת אֲשֶׁר נְפֹצֹתֶם בָּם וְנִקְדַּשְׁתִּי בָכֶם לְעֵינֵי הַגּוֹיִֽם׃ | 41 |
जब म तिमीहरूलाई मानिसहरूबाट निकालेर ल्याउँछ र तिमीहरू छरपष्ट भएका देशहरूबाट तिमीहरूलाई भेला गराउनेछु, तब म तिमीहरूलाई बास्ना आउने धूपझैं ग्रहण गर्नेछु । जातिहरूका दृष्टिमा म तिमीहरूका बिचमा आफैलाई पवित्र प्रकट गर्नेछु ।
וִֽידַעְתֶּם כִּֽי־אֲנִי יְהֹוָה בַּהֲבִיאִי אֶתְכֶם אֶל־אַדְמַת יִשְׂרָאֵל אֶל־הָאָרֶץ אֲשֶׁר נָשָׂאתִי אֶת־יָדִי לָתֵת אוֹתָהּ לַאֲבוֹתֵיכֶֽם׃ | 42 |
जब म तिमीहरूलाई इस्राएल देशमा ल्याउनेछु, जुन देश तिमीहरूका पुर्खाहरूलाई दिन्छु भनी मैले आफ्ना हात उचालेर शपथ खाएको थिएँ, तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ ।
וּזְכַרְתֶּם־שָׁם אֶת־דַּרְכֵיכֶם וְאֵת כׇּל־עֲלִילוֹתֵיכֶם אֲשֶׁר נִטְמֵאתֶם בָּם וּנְקֹֽטֹתֶם בִּפְנֵיכֶם בְּכׇל־רָעוֹתֵיכֶם אֲשֶׁר עֲשִׂיתֶֽם׃ | 43 |
आफ्ना जुन व्यवहार र कामहरूले तिमीहरूले आफूलाई अशुद्ध पार्यौ, ती त्यहाँ तिमीहरूले सम्झनेछौ, र तिमीहरूले गरेका सबै दुष्ट कामहरूका निम्ति आफ्नै दृष्टिमा तिमीहरूले आफूलाई तुच्छ ठान्नेछौ ।
וִֽידַעְתֶּם כִּֽי־אֲנִי יְהֹוָה בַּעֲשׂוֹתִי אִתְּכֶם לְמַעַן שְׁמִי לֹא כְדַרְכֵיכֶם הָרָעִים וְכַעֲלִילוֹתֵיכֶם הַנִּשְׁחָתוֹת בֵּית יִשְׂרָאֵל נְאֻם אֲדֹנָי יֱהֹוִֽה׃ | 44 |
यसरी, ए इस्राएलका घराना, तिमीहरूका दुष्ट कामहरू र तिमीहरूका भ्रष्टा कामहरूका कारणले होइन, तर मेरो नाउँको खातिर मैले तिमीहरूसित व्यवहार गर्दा, तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ— यो परमप्रभु परमेश्वरको घोषणा हो'।”
וַיְהִי דְבַר־יְהֹוָה אֵלַי לֵאמֹֽר׃ | 45 |
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
בֶּן־אָדָם שִׂים פָּנֶיךָ דֶּרֶךְ תֵּימָנָה וְהַטֵּף אֶל־דָּרוֹם וְהִנָּבֵא אֶל־יַעַר הַשָּׂדֶה נֶֽגֶב׃ | 46 |
ए मानिसको छोरो, आफ्नो अनुहार दक्षिण देशतिर फर्का र दक्षिणको विरुद्धमा बपल् । नेगेभको वनको विरुद्धमा अगमवाणी भन् ।
וְאָֽמַרְתָּ לְיַעַר הַנֶּגֶב שְׁמַע דְּבַר־יְהֹוָה כֹּה־אָמַר אֲדֹנָי יֱהֹוִה הִנְנִי מַֽצִּית־בְּךָ ׀ אֵשׁ וְאָכְלָה בְךָ כׇל־עֵֽץ־לַח וְכׇל־עֵץ יָבֵשׁ לֹֽא־תִכְבֶּה לַהֶבֶת שַׁלְהֶבֶת וְנִצְרְבוּ־בָהּ כׇּל־פָּנִים מִנֶּגֶב צָפֽוֹנָה׃ | 47 |
नेगेभको वनलाई भन्, 'यो परमप्रभुको घोषणा हो— परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर्, म तेरो माझमा आगो सल्काउनेछु । त्यसले तेरा माझमा भएका हरेक हरिया रूख र हरेक सुकेका रूखलाई भष्म गर्नेछ । त्यो दन्केको ज्वाला निभाइनेछैन । दक्षिणदेखि उत्तरसम्मका हरेक अनुहार जल्नेछन् ।
וְרָאוּ כׇּל־בָּשָׂר כִּי אֲנִי יְהֹוָה בִּֽעַרְתִּיהָ לֹא תִּכְבֶּֽה׃ | 48 |
जब म आगो सल्काउँछु र त्यसलाई निभइनेछैन, तब हरेक प्रणीले म परमप्रभुले हुँ भनी देख्नेछ ।’”
וָאֹמַר אֲהָהּ אֲדֹנָי יֱהֹוִה הֵמָּה אֹמְרִים לִי הֲלֹא מְמַשֵּׁל מְשָׁלִים הֽוּא׃ | 49 |
तब मैले भने, “धिक्कार! हे परमप्रभु परमेश्वर, तिनीहरूले मलाई यसो भन्दैछन्, ‘के उसले उखानहरू मात्र भनेको होइन र'?”