< יחזקאל 13 >
וַיְהִי דְבַר־יְהֹוָה אֵלַי לֵאמֹֽר׃ | 1 |
फेरि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
בֶּן־אָדָם הִנָּבֵא אֶל־נְבִיאֵי יִשְׂרָאֵל הַנִּבָּאִים וְאָֽמַרְתָּ לִנְבִיאֵי מִלִּבָּם שִׁמְעוּ דְּבַר־יְהֹוָֽה׃ | 2 |
“ए मानिसको छोरो, इस्राएलमा अगमवाणी बोलिरहेका अगमवक्ताहरूका विरुद्धमा अगमवाणी बोल्, र आफ्नै कल्पनाहरूका अगमवाणी बोल्नेहरूलाई यसो भन्, 'परमप्रभुको वचन सुन ।
כֹּה אָמַר אֲדֹנָי יֱהֹוִה הוֹי עַל־הַנְּבִיאִים הַנְּבָלִים אֲשֶׁר הֹלְכִים אַחַר רוּחָם וּלְבִלְתִּי רָאֽוּ׃ | 3 |
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः आफ्नै आत्माका कुरा पछ्याउने तर केही पनि नदेख्ने मूर्ख अगमवक्ताहरूलाई धिक्कार ।
כְּשֻׁעָלִים בׇּחֳרָבוֹת נְבִיאֶיךָ יִשְׂרָאֵל הָיֽוּ׃ | 4 |
ए इस्राएल, तिमीहरूका अगमवक्ताहरू त उजाड-स्थानहरूमा बस्ने स्यालहरूजस्ता भएका छन् ।
לֹא עֲלִיתֶם בַּפְּרָצוֹת וַתִּגְדְּרוּ גָדֵר עַל־בֵּית יִשְׂרָאֵל לַעֲמֹד בַּמִּלְחָמָה בְּיוֹם יְהֹוָֽה׃ | 5 |
परमप्रभुको दिनमा हुने युद्धमा सुरक्षा होस् भनेर इस्राएलका घरानाको वरिपरिका पर्खालमा भएका भत्केका ठाउँहरू मरम्मत गर्न पनि तिमीहरू गएका छैनौ ।
חָזוּ שָׁוְא וְקֶסֶם כָּזָב הָאֹֽמְרִים נְאֻם־יְהֹוָה וַיהֹוָה לֹא שְׁלָחָם וְיִחֲלוּ לְקַיֵּם דָּבָֽר׃ | 6 |
मानिसहरूसँग झूटा दर्शनहरू छन् र तिनीहरू झुटा भविष्यवाणी गर्छन् । तिनीहरू यसो भन्छन्, “परमप्रभुको घोषणा यस्तो-यस्तो छ ।” परमप्रभुले तिनीहरूलाई पठाउनुभएको होइन । तापनि आफ्ना सन्देश पुरा हुनेछन् भनी तिनीहरूले मानिसहरूलाई आशा गर्ने बनाएका छन् ।
הֲלוֹא מַֽחֲזֵה־שָׁוְא חֲזִיתֶם וּמִקְסַם כָּזָב אֲמַרְתֶּם וְאֹֽמְרִים נְאֻם־יְהֹוָה וַאֲנִי לֹא דִבַּֽרְתִּי׃ | 7 |
के तिमीहरूले झूटा दर्शनहरू देखेका र झुटा भविष्यवाणीहरू बोलेका होइनौ र, तिमीहरू जसले “परमप्रभु यस्तो-यस्तो भन्नुहुन्छ,” भन्दछौ, जबकि म आफैले ती भनेकै होइन?
לָכֵן כֹּה אָמַר אֲדֹנָי יֱהֹוִה יַעַן דַּבֶּרְכֶם שָׁוְא וַחֲזִיתֶם כָּזָב לָכֵן הִנְנִי אֲלֵיכֶם נְאֻם אֲדֹנָי יֱהֹוִֽה׃ | 8 |
यसैकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः किनभने तिमीहरूले झूटा दर्शनहरू देखेका र झुटा बोलेको छौ । त्यसकारण तिमीहरूका विरुद्धमा परमप्रभु परमेश्वरको घोषणा यस्तो छः
וְהָיְתָה יָדִי אֶֽל־הַנְּבִיאִים הַחֹזִים שָׁוְא וְהַקֹּסְמִים כָּזָב בְּסוֹד עַמִּי לֹֽא־יִֽהְיוּ וּבִכְתָב בֵּֽית־יִשְׂרָאֵל לֹא יִכָּתֵבוּ וְאֶל־אַדְמַת יִשְׂרָאֵל לֹא יָבֹאוּ וִידַעְתֶּם כִּי אֲנִי אֲדֹנָי יֱהֹוִֽה׃ | 9 |
मेरो हात ती अगमवक्ताहरूका विरुद्धमा हुनेछ, जसले असत्य दर्शनहरू देख्छन् र झूटा जोखनाहरू भन्छन् । तिनीहरू मेरो मानिसहरूका सभामा हुनेछैनन्, वा इस्राएलका घरानाको सूचीमा तिनका नाउँ लेखिनेछैनन् । तिनीहरू इस्राएल देशमा जानुहुँदैन । किनकि परमप्रभु परमेश्वर म नै हुँ भनी तिमीहरूले जान्नेछौ ।
יַעַן וּבְיַעַן הִטְעוּ אֶת־עַמִּי לֵאמֹר שָׁלוֹם וְאֵין שָׁלוֹם וְהוּא בֹּנֶה חַיִץ וְהִנָּם טָחִים אֹתוֹ תָּפֵֽל׃ | 10 |
यो कारणले र तिनीहरूले मेरो मानिसहरूलाई टाढा लगेका र यसो भनेका कारणले, “शान्ति,” जब शान्ति नै छैन । तिनीहरू एउटा पर्खाल बनाउँदैछन् जसलाई तिनीहरूले चुन लगाउनेछन् ।'
אֱמֹר אֶל־טָחֵי תָפֵל וְיִפֹּל הָיָה ׀ גֶּשֶׁם שׁוֹטֵף וְאַתֵּנָה אַבְנֵי אֶלְגָּבִישׁ תִּפֹּלְנָה וְרוּחַ סְעָרוֹת תְּבַקֵּֽעַ׃ | 11 |
ती पर्खालमा चुना लगाउनेहरूलाई यसो भन्, 'यो ढल्नेछ । घनघोर वृष्टि हुनेछ र यसलाई ढाल्नलाई ठुला असिना र यलाई नष्ट गर्नलाई आँधीबेहरी म पठाउनेछु ।
וְהִנֵּה נָפַל הַקִּיר הֲלוֹא יֵאָמֵר אֲלֵיכֶם אַיֵּה הַטִּיחַ אֲשֶׁר טַחְתֶּֽם׃ | 12 |
हेर, त्यो पर्खाल ढल्नेछ । के अरूले तिमीहरूलाई यसो भनेका छैनन् र, “तिमीहरूले पोतेको चुन कहाँ छ?”
לָכֵן כֹּה אָמַר אֲדֹנָי יֱהֹוִה וּבִקַּעְתִּי רוּחַ־סְעָרוֹת בַּחֲמָתִי וְגֶשֶׁם שֹׁטֵף בְּאַפִּי יִֽהְיֶה וְאַבְנֵי אֶלְגָּבִישׁ בְּחֵמָה לְכָלָֽה׃ | 13 |
यसैकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः म आफ्नो क्रोधमा एउटा डरलाग्दो आँधीबेहरी ल्याउनेछु, र मेरो रिसमा पानीको बाढी आउनेछन् । मेरो क्रोधको असिनाले त्यसलाई पूर्ण रूपमा भत्काउनेछ ।
וְהָרַסְתִּי אֶת־הַקִּיר אֲשֶׁר־טַחְתֶּם תָּפֵל וְהִגַּעְתִּיהוּ אֶל־הָאָרֶץ וְנִגְלָה יְסֹדוֹ וְנָֽפְלָה וּכְלִיתֶם בְּתוֹכָהּ וִידַעְתֶּם כִּֽי־אֲנִי יְהֹוָֽה׃ | 14 |
किनकि तिमीहरूले चुना पोतेको त्यो पर्खाललाई भत्काउनेछु र त्यसलाई म भूइँसम्मै लडाउनेछु, र त्यसको जग देखाउनेछु । यसरी त्यो ढल्नेछ र तिमीहरू सबै पनि त्यसको माझमा नष्ट हुनेछौ । तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ ।
וְכִלֵּיתִי אֶת־חֲמָתִי בַּקִּיר וּבַטָּחִים אֹתוֹ תָּפֵל וְאֹמַר לָכֶם אֵין הַקִּיר וְאֵין הַטָּחִים אֹתֽוֹ׃ | 15 |
किनकि म आफ्नो क्रोधमा त्यो पर्खाल र त्यसलाई चुनले पोत्नेहरूलाई नष्ट पार्नेछु । म तिमीहरूलाई भन्नेछु, “त्यो पर्खाल अब छैन न त त्यसलाई चुनले पोत्ने मानिसहरू नै छन्—
נְבִיאֵי יִשְׂרָאֵל הַֽנִּבְּאִים אֶל־יְרוּשָׁלַ͏ִם וְהַֽחֹזִים לָהּ חֲזוֹן שָׁלֹם וְאֵין שָׁלֹם נְאֻם אֲדֹנָי יֱהֹוִֽה׃ | 16 |
यरूशलेमको बारेमा अगमवाणी बोल्ने इस्राएलका यी अगमवक्ताहरू र त्यसको निम्ति शान्तिको दर्शन देख्नेहरू । तर त्यहाँ शान्ति नै छैन! यो परमप्रभु परमेश्वरको घोषणा हो' ।”
וְאַתָּה בֶן־אָדָם שִׂים פָּנֶיךָ אֶל־בְּנוֹת עַמְּךָ הַמִּֽתְנַבְּאוֹת מִֽלִּבְּהֶן וְהִנָּבֵא עֲלֵיהֶֽן׃ | 17 |
यसैले अब ए मानिसको छोरो, तेरा मानिसहरूका छोरीहरू, जसले आफ्नै कल्पनाको अगमवाणी बोल्नेहरूतिर तेरो मुख फर्का, रर तिनीहरूका विरुद्धमा अगमवाणी बोल् ।
וְאָמַרְתָּ כֹּה־אָמַר ׀ אֲדֹנָי יֱהֹוִה הוֹי לִֽמְתַפְּרוֹת כְּסָתוֹת עַל ׀ כׇּל־אַצִּילֵי יָדַי וְעֹשׂוֹת הַמִּסְפָּחוֹת עַל־רֹאשׁ כׇּל־קוֹמָה לְצוֹדֵד נְפָשׁוֹת הַנְּפָשׁוֹת תְּצוֹדֵדְנָה לְעַמִּי וּנְפָשׁוֹת לָכֶנָה תְחַיֶּֽינָה׃ | 18 |
यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः धिक्कार ती स्त्रीहरू, जसले आफ्ना हातका हरेक भागमा जादुका बुटीहरू बाँध्छन् र मानिसहरूको शिकार गर्न विभिन्न आकारका शिर ढाक्ने घुम्टा बनाउँछन् । के तिमीहरूले मेरा मानिसहरूका शिकार गर्ने तर आफ्नै जीवनचाहिं बचाउने छौ र?
וַתְּחַלֶּלְנָה אֹתִי אֶל־עַמִּי בְּשַׁעֲלֵי שְׂעֹרִים וּבִפְתוֹתֵי לֶחֶם לְהָמִית נְפָשׁוֹת אֲשֶׁר לֹֽא־תְמוּתֶנָה וּלְחַיּוֹת נְפָשׁוֹת אֲשֶׁר לֹא־תִֽחְיֶינָה בְּכַזֶּבְכֶם לְעַמִּי שֹׁמְעֵי כָזָֽב׃ | 19 |
मर्नु नपर्ने मानिसहरूलाई मार्नलाई र बाँच्न नपर्नेहरूको जीवन बचाउनलाई तिमीहरूका कुरा सुन्ने मेरा मानिसहरूलाई झुटा कुरा गरेर र आफ्ना दुई-चार मुट्ठी जौ र रोटीका केही टुक्राहरूका निम्ति मेरो मानिसहरूका बिचमा तिमीहरूले मलाई बिटुलो पार्यौ ।
לָכֵן כֹּה־אָמַר ׀ אֲדֹנָי יֱהֹוִה הִנְנִי אֶל־כִּסְּתוֹתֵיכֶנָה אֲשֶׁר אַתֵּנָה מְצֹדְדוֹת שָׁם אֶת־הַנְּפָשׁוֹת לְפֹרְחוֹת וְקָרַעְתִּי אֹתָם מֵעַל זְרוֹעֹֽתֵיכֶם וְשִׁלַּחְתִּי אֶת־הַנְּפָשׁוֹת אֲשֶׁר אַתֶּם מְצֹדְדוֹת אֶת־נְפָשִׁים לְפֹרְחֹֽת׃ | 20 |
यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः म तिमीहरूका जादुका विरुद्धमा छु, जुन चरालाई झैं मानिसहरूलाई पासोमा पार्न तिमीहरूले प्रयोग गरेका छौ । साँच्चै ती म तिमीहरूका पाखुराहरूदेखि ती चुडाउँनेछु । अनि तिमीहरूले चरालाई झैं पासोमा पारेका मानिसहरूलाई म छुटकारा दिनेछु ।
וְקָרַעְתִּי אֶת־מִסְפְּחֹֽתֵיכֶם וְהִצַּלְתִּי אֶת־עַמִּי מִיֶּדְכֶן וְלֹא־יִהְיוּ עוֹד בְּיֶדְכֶן לִמְצוּדָה וִידַעְתֶּן כִּֽי־אֲנִי יְהֹוָֽה׃ | 21 |
म तिमीहरूका घुम्टा पनि च्यातिदिनेछु, र मेरो प्रजालाई तिमीहरूका हातदेखि छुटाउनेछु, यसरी तिनीहरू फेरि कहिल्यै तिमीहरूका हातमा पर्नेछैनन् । म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ ।
יַעַן הַכְאוֹת לֵב־צַדִּיק שֶׁקֶר וַאֲנִי לֹא הִכְאַבְתִּיו וּלְחַזֵּק יְדֵי רָשָׁע לְבִלְתִּי־שׁוּב מִדַּרְכּוֹ הָרָע לְהַחֲיֹתֽוֹ׃ | 22 |
किनकि तिमीहरूले झुटा बोलेर धर्मीहरूलाई निराश तुल्याएका हुनाले, जबकि मैले उसलाई निरास तुल्याउने इच्छा गरिनँ, र तिमीहरूले दुष्ट व्यक्तिका कामहरूलाई उत्साह दियौ ताकि आफ्नो प्राण बचाउन आफ्ना चालबाट ऊ फर्कनेछैन—
לָכֵן שָׁוְא לֹא תֶחֱזֶינָה וְקֶסֶם לֹא־תִקְסַמְנָה עוֹד וְהִצַּלְתִּי אֶת־עַמִּי מִיֶּדְכֶן וִידַעְתֶּן כִּֽי־אֲנִי יְהֹוָֽה׃ | 23 |
यसैकारण तिमीहरूले अब फेरि कहिल्यै झुटा दर्शन देख्नेछैनौ नत भविष्यवाणी गरिरहनेछौ, किनकि म आफ्ना मानिसहरूलाई तिमीहरूका हातदेखि बचाउनेछु । म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ।'”