< יחזקאל 12 >

וַיְהִי דְבַר־יְהֹוָה אֵלַי לֵאמֹֽר׃ 1
परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
בֶּן־אָדָם בְּתוֹךְ בֵּית־הַמֶּרִי אַתָּה יֹשֵׁב אֲשֶׁר עֵינַיִם לָהֶם לִרְאוֹת וְלֹא רָאוּ אׇזְנַיִם לָהֶם לִשְׁמֹעַ וְלֹא שָׁמֵעוּ כִּי בֵּית מְרִי הֵֽם׃ 2
“ए मानिसको छोरो, तँ एउटा विद्रोही घरानाको बिचमा बस्छस्, जहाँ तिनीहरूका हेर्ने आँखा त छन्‌ तर तिनीहरू देख्‍दैनन् । अनि तिनीहरूका सुन्‍ने कान त छन्‌ तर सुन्‍दैनन्‌, किनभने तिनीहरू विद्रोही घराना हुन्‌ ।
וְאַתָּה בֶן־אָדָם עֲשֵׂה לְךָ כְּלֵי גוֹלָה וּגְלֵה יוֹמָם לְעֵינֵיהֶם וְגָלִיתָ מִמְּקוֹמְךָ אֶל־מָקוֹם אַחֵר לְעֵינֵיהֶם אוּלַי יִרְאוּ כִּי בֵּית מְרִי הֵֽמָּה׃ 3
यसकारण ए मानिसको छोरो, निर्वासित भएको व्‍यक्तिझैं आफ्ना सामान पोको पार्, र दिउँसै तिनीहरूले देख्‍ने गरी जान सुरु गर्, किनकि तिनीहरूकै सामु तँलाई म निर्वासित तुल्याउनेछु । तिनीहरू विद्रोही घराना भए तापनि शायद तिनीहरूले बुझ्‍लान्‌ ।
וְהוֹצֵאתָ כֵלֶיךָ כִּכְלֵי גוֹלָה יוֹמָם לְעֵינֵיהֶם וְאַתָּה תֵּצֵא בָעֶרֶב לְעֵינֵיהֶם כְּמוֹצָאֵי גּוֹלָֽה׃ 4
निर्वासनको लागि तेरा सामनाहरू दिउँसै तिनीहरूका आँखाकै सामुन्‍ने बाहिर निकाल्‍नेछस् । तिनीहरूका आँखाकै सामुन्‍ने कोही निर्वासनमा जानेझैं बेलुकी जानेछस् ।
לְעֵינֵיהֶם חֲתׇר־לְךָ בַקִּיר וְהוֹצֵאתָ בּֽוֹ׃ 5
तिनीहरूले देख्‍ने गरी पर्खालमा प्‍वाल पार्, र त्‍यसैबाट बाहिर निक्लेर जा ।
לְעֵינֵיהֶם עַל־כָּתֵף תִּשָּׂא בָּעֲלָטָה תוֹצִיא פָּנֶיךָ תְכַסֶּה וְלֹא תִרְאֶה אֶת־הָאָרֶץ כִּֽי־מוֹפֵת נְתַתִּיךָ לְבֵית יִשְׂרָאֵֽל׃ 6
तिनीहरूले हेरिरहँदा तैंले आफ्‍नो सामान काँधमा उठा, र ती अँध्यारोमा बोकेर बाहिर लैजा । आफ्‍नो मुख छोप्‌, किनकि तैंले भुइँ देख्‍नुहुँदैन, किनभने इस्राएलका घरानाको निम्‍ति मैले तँलाई एउटा चिन्‍हको रूपमा अलग गरेको छु ।”
וָאַעַשׂ כֵּן כַּאֲשֶׁר צֻוֵּיתִי כֵּלַי הוֹצֵאתִי כִּכְלֵי גוֹלָה יוֹמָם וּבָעֶרֶב חָתַֽרְתִּי־לִי בַקִּיר בְּיָד בָּעֲלָטָה הוֹצֵאתִי עַל־כָּתֵף נָשָׂאתִי לְעֵינֵיהֶֽם׃ 7
यसरी जस्‍तो मलाई आज्ञा गरियो त्‍यस्‍तै मैले गरें । निर्वासनको लागि मैले आफ्‍ना सामानहरू दिउँसो बाहिर निकालें, र बेलुका हातले पर्खालमा प्‍वाल पारें । मैले आफ्‍ना सामानहरू अँध्‍यारोमा बाहिर निकालें, र तिनीहरूले हेर्दाहेर्दै ती आफ्‍ना काँधमा बोकें ।
וַיְהִי דְבַר־יְהֹוָה אֵלַי בַּבֹּקֶר לֵאמֹֽר׃ 8
त्‍यसपछि बिहान परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
בֶּן־אָדָם הֲלֹא אָמְרוּ אֵלֶיךָ בֵּית יִשְׂרָאֵל בֵּית הַמֶּרִי מָה אַתָּה עֹשֶֽׂה׃ 9
“ए मानिसको छोरो, के इस्राएलका घराना, त्‍यो विद्रोही घरानाले, 'तिमी यो के गर्दैछौ?' भनेर सोधेन?
אֱמֹר אֲלֵיהֶם כֹּה אָמַר אֲדֹנָי יֱהֹוִה הַנָּשִׂיא הַמַּשָּׂא הַזֶּה בִּירוּשָׁלַ͏ִם וְכׇל־בֵּית יִשְׂרָאֵל אֲשֶׁר־הֵמָּה בְתוֹכָֽם׃ 10
तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः यो भविष्‍य सुचक कामले यरूशलेमका शासक र सारा इस्राएलका घरानासित सम्बन्‍ध राख्‍छ ।’
אֱמֹר אֲנִי מֽוֹפֶתְכֶם כַּאֲשֶׁר עָשִׂיתִי כֵּן יֵעָשֶׂה לָהֶם בַּגּוֹלָה בַשְּׁבִי יֵלֵֽכוּ׃ 11
यसो भन्, 'तिमीहरूका निम्‍ति म एउटा चिन्‍ह हुँ ।’ मैले जसो गरेको छु, तिनीहरूलाई त्‍यस्‍तै गरिनेछ । तिनीहरू निर्वासन र कैदमा जानेछन् ।
וְהַנָּשִׂיא אֲשֶׁר־בְּתוֹכָם אֶל־כָּתֵף יִשָּׂא בָּעֲלָטָה וְיֵצֵא בַּקִּיר יַחְתְּרוּ לְהוֹצִיא בוֹ פָּנָיו יְכַסֶּה יַעַן אֲשֶׁר לֹֽא־יִרְאֶה לַעַיִן הוּא אֶת־הָאָֽרֶץ׃ 12
तिनीहरूका बिचमा हुने शासकले साँझमा आफ्‍नो काँधमा सामान बोक्‍नेछ, र पर्खालबाट बाहिर जानेछ । तिनीहरूले पर्खाल फोर्नेछन् र आफ्ना सामानहरू बाहिर निकाल्नेछन् । आफ्‍ना आँखाले भूइँ नदेखोस्‌ भनेर त्‍यसले आफ्‍नो मुख छोप्‍नेछ ।
וּפָרַשְׂתִּי אֶת־רִשְׁתִּי עָלָיו וְנִתְפַּשׂ בִּמְצוּדָתִי וְהֵבֵאתִי אֹתוֹ בָבֶלָה אֶרֶץ כַּשְׂדִּים וְאוֹתָהּ לֹֽא־יִרְאֶה וְשָׁם יָמֽוּת׃ 13
म आफ्‍नो जाल त्‍यसमाथि फिंजाउनेछु, र त्‍यो मेरो पासोमा पर्नेछ । तब म त्‍यसलाई कल्‍दीहरूको देश बेबिलोनियामा लानेछु, तर त्‍यसले त्‍यो देख्‍नेछैन । त्‍यो त्‍यहीं मर्नेछ ।
וְכֹל אֲשֶׁר סְבִֽיבֹתָיו עֶזְרֹה וְכׇל־אֲגַפָּיו אֱזָרֶה לְכׇל־רוּחַ וְחֶרֶב אָרִיק אַחֲרֵיהֶֽם׃ 14
त्‍यसका वरिपरि हुनेहरू जसले त्‍यसलाई मदत गर्छन् र त्‍यसका सम्‍पूर्ण फौजलाई म तितरबितर पार्नेछु, र तिनीहरूको पछि म तरवार पठाउनेछु ।
וְיָדְעוּ כִּֽי־אֲנִי יְהֹוָה בַּהֲפִיצִי אוֹתָם בַּגּוֹיִם וְזֵרִיתִי אוֹתָם בָּאֲרָצֽוֹת׃ 15
जब जातिहरूका बिचमा तिनीहरूलाई म छरपष्‍ट पार्नेछु र देश-देशमा तिनीहरूलाई तितरबितर पार्नेछु, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌ ।
וְהוֹתַרְתִּי מֵהֶם אַנְשֵׁי מִסְפָּר מֵחֶרֶב מֵרָעָב וּמִדָּבֶר לְמַעַן יְסַפְּרוּ אֶת־כׇּל־תּוֹעֲבֽוֹתֵיהֶם בַּגּוֹיִם אֲשֶׁר־בָּאוּ שָׁם וְיָדְעוּ כִּי־אֲנִי יְהֹוָֽה׃ 16
तर म तिनीहरूमध्‍येका थोरैलाई तरवार, अनिकाल र रूढीबाट जोगाउनेछु, ताकि जहाँ तिनीहरू जानेछन्, त्‍यहाँका जातिहरूका बिचमा आफ्‍ना घिनलाग्‍दा व्‍यवहारहरूका लेखा तिनीहरूले राख्‍नेछन्, यसरी म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌ ।”
וַיְהִי דְבַר־יְהֹוָה אֵלַי לֵאמֹֽר׃ 17
परमेश्‍वरको वचन यसो भनेर मकहाँ आयो,
בֶּן־אָדָם לַחְמְךָ בְּרַעַשׁ תֹּאכֵל וּמֵימֶיךָ בְּרׇגְזָה וּבִדְאָגָה תִּשְׁתֶּֽה׃ 18
“ए मानिसको छोरो, आफ्‍नो भोजन थरथर हुँदै खा, र काम्दै र चिन्ता गर्दै पानी पी ।
וְאָמַרְתָּ אֶל־עַם הָאָרֶץ כֹּֽה־אָמַר אֲדֹנָי יֱהֹוִה לְיוֹשְׁבֵי יְרוּשָׁלַ͏ִם אֶל־אַדְמַת יִשְׂרָאֵל לַחְמָם בִּדְאָגָה יֹאכֵלוּ וּמֵימֵיהֶם בְּשִׁמָּמוֹן יִשְׁתּוּ לְמַעַן תֵּשַׁם אַרְצָהּ מִמְּלֹאָהּ מֵחֲמַס כׇּֽל־הַיֹּשְׁבִים בָּֽהּ׃ 19
अनि देशका मानिसहरूलाई यसो भन्‌: 'यरूशलेमका बासिन्‍दाहरू र इस्राएल देश बारेमा परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः “तिनीहरूले आफ्‍नो भोजन काम्दै खानेछन्, र थरथर काम्दै तिनीहरूले आफ्‍नो पानी पिउनेछन्, किनकि त्‍यहाँ बस्‍नेहरूका हिंसाको कारणले त्‍यसमा भएका सबै कुरासमेत तिनीहरूका देश उजाड पारिनेछ ।
וְהֶעָרִים הַנּֽוֹשָׁבוֹת תֶּחֱרַבְנָה וְהָאָרֶץ שְׁמָמָה תִֽהְיֶה וִידַעְתֶּם כִּֽי־אֲנִי יְהֹוָֽה׃ 20
मानिसहरू बसेका सहरहरू उजाड हुनेछन्, र देश उजाड-स्‍थान हुनेछ । तब म नै परमप्रभु हुँ भी तिमीहरूले जान्‍नेछौ ।’”
וַיְהִי דְבַר־יְהֹוָה אֵלַי לֵאמֹֽר׃ 21
फेरि पनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
בֶּן־אָדָם מָֽה־הַמָּשָׁל הַזֶּה לָכֶם עַל־אַדְמַת יִשְׂרָאֵל לֵאמֹר יַֽאַרְכוּ הַיָּמִים וְאָבַד כׇּל־חָזֽוֹן׃ 22
“ए मानिसको छोरो, ‘समय लामो पारिएको छ, र हरेक दर्शन फेल हुन्छ' भन्‍ने इस्राएलमा चल्‍दैआएको उखान के हो?
לָכֵן אֱמֹר אֲלֵיהֶם כֹּה־אָמַר אֲדֹנָי יֱהֹוִה הִשְׁבַּתִּי אֶת־הַמָּשָׁל הַזֶּה וְלֹֽא־יִמְשְׁלוּ אֹתוֹ עוֹד בְּיִשְׂרָאֵל כִּי אִם־דַּבֵּר אֲלֵיהֶם קָֽרְבוּ הַיָּמִים וּדְבַר כׇּל־חָזֽוֹן׃ 23
यसकारण तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म यस उखानको अन्‍त गरिदिनेछु, र इस्राएलका मानिसहरूले फेरि कहिल्‍यै यो प्रयोग गर्नेछैनन्‌ ।' तिनीहरूलाई यसो भन्, ‘समय नजिकै आएको छ, जति बेला हरेक दर्शन पुरा हुनेछ ।
כִּי לֹא יִהְיֶה עוֹד כׇּל־חֲזוֹן שָׁוְא וּמִקְסַם חָלָק בְּתוֹךְ בֵּית יִשְׂרָאֵֽל׃ 24
किनकि अब फेरि कहिल्‍यै इस्राएलका मानिसहरूका बिचमा झूटा दर्शन र जोखना हेर्नेहरू हुनेछैनन्‌ ।
כִּי ׀ אֲנִי יְהֹוָה אֲדַבֵּר אֵת אֲשֶׁר אֲדַבֵּר דָּבָר וְיֵעָשֶׂה לֹא תִמָּשֵׁךְ עוֹד כִּי בִימֵיכֶם בֵּית הַמֶּרִי אֲדַבֵּר דָּבָר וַעֲשִׂיתִיו נְאֻם אֲדֹנָי יֱהֹוִֽה׃ 25
किनकि म परमप्रभु हुँ! म बोल्छु र आफूले बोलेका कुरा पुरा गर्छु । यो कुरा ढिलो हुनेछैन । किनकि ए विद्रोही घराना, तिमीहरूका समयमा नै मैले भनेको यो कुरा म पुरा गर्नेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”
וַיְהִי דְבַר־יְהֹוָה אֵלַי לֵאמֹֽר׃ 26
फेरि पनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
בֶּן־אָדָם הִנֵּה בֵֽית־יִשְׂרָאֵל אֹֽמְרִים הֶחָזוֹן אֲשֶׁר־הוּא חֹזֶה לְיָמִים רַבִּים וּלְעִתִּים רְחוֹקוֹת הוּא נִבָּֽא׃ 27
“ए मानिसको छोरो, हेर्, इस्राएलका घरानाले यसो भनेको छ, 'त्‍यसले देखेको दर्शन अबदेखि धेरै दिनसम्‍मको लागि हो र त्‍यसले बोलेको अगमवाणी धेरै समयपछिका लागि हो ।'
לָכֵן אֱמֹר אֲלֵיהֶם כֹּה אָמַר אֲדֹנָי יֱהֹוִה לֹא־תִמָּשֵׁךְ עוֹד כׇּל־דְּבָרָי אֲשֶׁר אֲדַבֵּר דָּבָר וְיֵעָשֶׂה נְאֻם אֲדֹנָי יֱהֹוִֽה׃ 28
यसकारण तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः मेरा वचन पुरा हुन अब ढिलो हुनेछैन, तर मैले बोलेका वचन पुरा हुनेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

< יחזקאל 12 >