< קֹהֶלֶת 5 >
שְׁמֹר (רגליך) [רַגְלְךָ] כַּאֲשֶׁר תֵּלֵךְ אֶל־בֵּית הָאֱלֹהִים וְקָרוֹב לִשְׁמֹעַ מִתֵּת הַכְּסִילִים זָבַח כִּֽי־אֵינָם יוֹדְעִים לַעֲשׂוֹת רָֽע׃ | 1 |
परमेश्वरको भवनमा जाँदा आफ्ना कदमहरूको रखवाली गर् । मूर्खहरूको बलिदान चढाउनुभन्दा सुन्नलाई नजिक जा, किनकि के गल्ती गर्दै छन् भनी तिनीहरू बुझ्दैनन् ।
אַל־תְּבַהֵל עַל־פִּיךָ וְלִבְּךָ אַל־יְמַהֵר לְהוֹצִיא דָבָר לִפְנֵי הָאֱלֹהִים כִּי הָאֱלֹהִים בַּשָּׁמַיִם וְאַתָּה עַל־הָאָרֶץ עַל־כֵּן יִהְיוּ דְבָרֶיךָ מְעַטִּֽים׃ | 2 |
बोल्नमा हतार नगर्, र परमेश्वरको सामु आफ्नो विषय लैजान तेरो हृदयमा आतुरी नगर् । परमेश्वर स्वर्गमा हुनुहुन्छ, तर तँ पृथ्वीमा छस् । त्यसैले तेरा वचनहरू थोरै होऊन् ।
כִּי בָּא הַחֲלוֹם בְּרֹב עִנְיָן וְקוֹל כְּסִיל בְּרֹב דְּבָרִֽים׃ | 3 |
तैँले गर्नुपर्ने र चिन्ता लिनुपर्ने धेरै कुराहरू छन् भने तैँले सम्भवतः खराब सपना देख्ने छस् । तैँले जति धेरै बोल्छस्, सम्भवतः त्यति नै धेरै मूर्ख कुराहरू ओकल्छस् ।
כַּאֲשֶׁר תִּדֹּר נֶדֶר לֵֽאלֹהִים אַל־תְּאַחֵר לְשַׁלְּמוֹ כִּי אֵין חֵפֶץ בַּכְּסִילִים אֵת אֲשֶׁר־תִּדֹּר שַׁלֵּֽם׃ | 4 |
तैँले परमेश्वरमा भाकल गर्दा त्यसलाई पुरा गर्न ढिलो नगर्, किनकि परमेश्वर मूर्खहरूसित रमाउनुहुन्न । तैँले जे गर्छु भनेर भाकल गरेको छस्, त्यो गरिहाल् ।
טוֹב אֲשֶׁר לֹֽא־תִדֹּר מִשֶּׁתִּדּוֹר וְלֹא תְשַׁלֵּֽם׃ | 5 |
भाकल गरेर पुरा नगर्नु भन्दा भाकलै नगरेको उत्तम हुन्छ ।
אַל־תִּתֵּן אֶת־פִּיךָ לַחֲטִיא אֶת־בְּשָׂרֶךָ וְאַל־תֹּאמַר לִפְנֵי הַמַּלְאָךְ כִּי שְׁגָגָה הִיא לָמָּה יִקְצֹף הָֽאֱלֹהִים עַל־קוֹלֶךָ וְחִבֵּל אֶת־מַעֲשֵׂה יָדֶֽיךָ׃ | 6 |
तेरो शरीरलाई पाप गर्न तेरो मुखलाई अनुमति नदे । पुजारीको सन्देशवाहकलाई यसो नभन्, “त्यो भाकल भुल थियो ।” झुटो पाराले भाकल गरी परमेश्वरलाई किन रिस उठाउने? तेरा हातको कामलाई नष्ट पार्न परमेश्वरलाई किन चिढ्याउने?
כִּי בְרֹב חֲלֹמוֹת וַהֲבָלִים וּדְבָרִים הַרְבֵּה כִּי אֶת־הָאֱלֹהִים יְרָֽא׃ | 7 |
किनकि धेरै शब्दहरूमा जस्तै धेरै कल्पनामा अर्थहीन बाफ हुन्छ । त्यसैले परमेश्वरको भय मान् ।
אִם־עֹשֶׁק רָשׁ וְגֵזֶל מִשְׁפָּט וָצֶדֶק תִּרְאֶה בַמְּדִינָה אַל־תִּתְמַהּ עַל־הַחֵפֶץ כִּי גָבֹהַּ מֵעַל גָּבֹהַּ שֹׁמֵר וּגְבֹהִים עֲלֵיהֶֽם׃ | 8 |
जब तैँले तेरो प्रान्तमा गरिबहरूलाई थिचोमिचो गरिएको र तिनीहरूबाट न्याय र असल व्यवहार खोसिएको देख्छस्, तब कसैलाई थाहै नभएजस्तै गरी चकित नहो, किनकि तिनीहरूको रेखदेख गर्ने मानिसहरू शक्तिमा छन्, र तिनीहरूभन्दा अझै उच्च पदमा रहेर तिनीहरूको रेखदेख गर्ने मानिसहरू पनि हुन्छन् ।
וְיִתְרוֹן אֶרֶץ בַּכֹּל (היא) [הוּא] מֶלֶךְ לְשָׂדֶה נֶעֱבָֽד׃ | 9 |
यस बाहेक, खेतबारीको उब्जनी हरेकको लागि हो, र राजा स्वयम्ले पनि खेतबारीबाट उब्जनी बटुल्छन् ।
אֹהֵב כֶּסֶף לֹא־יִשְׂבַּע כֶּסֶף וּמִֽי־אֹהֵב בֶּהָמוֹן לֹא תְבוּאָה גַּם־זֶה הָֽבֶל׃ | 10 |
चाँदीलाई प्रेम गर्ने चाँदीबाट सन्तुष्ट हुने छैन, र धन-सम्पत्तिलाई प्रेम गर्नेले सधैँ यसको बढी चाह गर्छ । यो पनि बाफ हो ।
בִּרְבוֹת הַטּוֹבָה רַבּוּ אוֹכְלֶיהָ וּמַה־כִּשְׁרוֹן לִבְעָלֶיהָ כִּי אִם־[רְאוּת] (ראית) עֵינָֽיו׃ | 11 |
जब समृद्धि बढ्छ, तब यसलाई खाने मुख पनि बढ्छ । मालिकले आफ्ना आँखाले धन-सम्पत्तिलाई हेर्नुभन्दा बाहेक उसलाई केचाहिँ बढी लाभ हुन्छ र?
מְתוּקָה שְׁנַת הָעֹבֵד אִם־מְעַט וְאִם־הַרְבֵּה יֹאכֵל וְהַשָּׂבָע לֶֽעָשִׁיר אֵינֶנּוּ מַנִּיחַֽ לוֹ לִישֽׁוֹן׃ | 12 |
धेरै खाए पनि थोरै खाए पनि काम गर्ने मानिसको निद्रा मिठो हुन्छ, तर धनी मानिसको धन-सम्पत्तिले त्यसलाई राम्ररी सुत्न दिँदैन ।
יֵשׁ רָעָה חוֹלָה רָאִיתִי תַּחַת הַשָּׁמֶשׁ עֹשֶׁר שָׁמוּר לִבְעָלָיו לְרָעָתֽוֹ׃ | 13 |
सूर्यमूनि मैले एउटा खराबी देखेको छुः मालिकले आफ्नै दुर्दशाको निम्ति धन-सम्पत्ति थुपार्छ ।
וְאָבַד הָעֹשֶׁר הַהוּא בְּעִנְיַן רָע וְהוֹלִיד בֵּן וְאֵין בְּיָדוֹ מְאֽוּמָה׃ | 14 |
जब धनी मानिसले दुर्भाग्यबाट आफ्नो धन-सम्पत्ति गुमाउँछ, तब त्यसले पालन-पोषण गरेको त्यसको आफ्नै छोरोको हातमा केही पनि हुँदैन ।
כַּאֲשֶׁר יָצָא מִבֶּטֶן אִמּוֹ עָרוֹם יָשׁוּב לָלֶכֶת כְּשֶׁבָּא וּמְאוּמָה לֹא־יִשָּׂא בַעֲמָלוֹ שֶׁיֹּלֵךְ בְּיָדֽוֹ׃ | 15 |
मानिस आफ्नी आमाको कोखबाट नाङ्गै आएजस्तै त्यो पनि नाङ्गै छाडिने छ । त्यसले आफ्नो हातमा आफ्नो परिश्रमको कुनै फल लैजान सक्दैन ।
וְגַם־זֹה רָעָה חוֹלָה כׇּל־עֻמַּת שֶׁבָּא כֵּן יֵלֵךְ וּמַה־יִּתְרוֹן לוֹ שֶֽׁיַּעֲמֹל לָרֽוּחַ׃ | 16 |
अर्कोचाहिँ खराबी यही हो, कि मानिस जसरी आउँछ, त्यसरी नै फर्केर जान्छ । त्यसैले बतासको लागि काम गर्ने मानिसलाई केचाहिँ लाभ छ र?
גַּם כׇּל־יָמָיו בַּחֹשֶׁךְ יֹאכֵל וְכָעַס הַרְבֵּה וְחׇלְיוֹ וָקָֽצֶף׃ | 17 |
आफ्नो जीवनकालमा त्यसले नैराश्यमा खान्छ, अनि रोग र रिसबाट ज्यादै निराश हुन्छ ।
הִנֵּה אֲשֶׁר־רָאִיתִי אָנִי טוֹב אֲשֶׁר־יָפֶה לֶֽאֱכוֹל־וְלִשְׁתּוֹת וְלִרְאוֹת טוֹבָה בְּכׇל־עֲמָלוֹ ׀ שֶׁיַּעֲמֹל תַּֽחַת־הַשֶּׁמֶשׁ מִסְפַּר יְמֵי־חַיָּו אֲשֶׁר־נָֽתַן־לוֹ הָאֱלֹהִים כִּי־הוּא חֶלְקֽוֹ׃ | 18 |
परमेश्वरले हामीलाई दिनुभएको यस जीवनकालमा सूर्यमूनि हामीले परिश्रम गर्दा हाम्रा सारा कामबाट प्राप्त कुराहरूको आनन्द मनाउनु, खानु र पिउनु नै ठिक र उचित हो भनी मैले देखेको छु । किनकि यो नै मानिसको जिम्मेवारी हो ।
גַּם כׇּֽל־הָאָדָם אֲשֶׁר נָֽתַן־לוֹ הָאֱלֹהִים עֹשֶׁר וּנְכָסִים וְהִשְׁלִיטוֹ לֶאֱכֹל מִמֶּנּוּ וְלָשֵׂאת אֶת־חֶלְקוֹ וְלִשְׂמֹחַ בַּעֲמָלוֹ זֹה מַתַּת אֱלֹהִים הִֽיא׃ | 19 |
जसलाई परमेश्वरले धन-सम्पत्ति र जग्गा-जमिन, अनि त्यसको काममा त्यसको हिस्सा प्राप्त गर्ने र आनन्द मनाउने खुबी दिनुभएको छ, त्योचाहिँ परमेश्वरको वरदान हो ।
כִּי לֹא הַרְבֵּה יִזְכֹּר אֶת־יְמֵי חַיָּיו כִּי הָאֱלֹהִים מַעֲנֶה בְּשִׂמְחַת לִבּֽוֹ׃ | 20 |
किनकि त्यसले आफ्नो जीवनका दिनहरूको प्रायः स्मरण गर्दैन, किनकि परमेश्वरले त्यसलाई यस्ता कुराहरूमा व्यस्त पारिदिनुहुन्छ जसमा त्यो काम गर्नमा रमाउँछ ।