< דברי הימים ב 29 >
יְחִזְקִיָּהוּ מָלַךְ בֶּן־עֶשְׂרִים וְחָמֵשׁ שָׁנָה וְעֶשְׂרִים וָתֵשַׁע שָׁנָה מָלַךְ בִּירוּשָׁלָ͏ִם וְשֵׁם אִמּוֹ אֲבִיָּה בַּת־זְכַרְיָֽהוּ׃ | 1 |
हिजकियाले राज्य गर्न सुरु गर्दा तिनी पच्चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्तिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अबिया थियो । तिनी जकरियाकी छोरी थिइन् ।
וַיַּעַשׂ הַיָּשָׁר בְּעֵינֵי יְהֹוָה כְּכֹל אֲשֶׁר־עָשָׂה דָּוִיד אָבִֽיו׃ | 2 |
आफ्ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्टिमा जे असल थियो सो तिनले गरे ।
הוּא בַשָּׁנָה הָרִאשׁוֹנָה לְמׇלְכוֹ בַּחֹדֶשׁ הָרִאשׁוֹן פָּתַח אֶת־דַּלְתוֹת בֵּית־יְהֹוָה וַֽיְחַזְּקֵֽם׃ | 3 |
तिनको राजकालको पहिलो वर्षको पहिलो महिनामा हिजकियाले परमप्रभुको मन्दिरका ढोकाहरू खोले र तिनको मरम्मत गरे ।
וַיָּבֵא אֶת־הַכֹּהֲנִים וְאֶת־הַלְוִיִּם וַיַּאַסְפֵם לִרְחוֹב הַמִּזְרָֽח׃ | 4 |
तिनले पुजारीहरू र लेवीहरूलाई ल्याए र तिनीहरूलाई पूर्वपट्टिको चोकमा एकसाथ भेला गराए ।
וַיֹּאמֶר לָהֶם שְׁמָעוּנִי הַלְוִיִּם עַתָּה הִֽתְקַדְּשׁוּ וְקַדְּשׁוּ אֶת־בֵּית יְהֹוָה אֱלֹהֵי אֲבֹתֵיכֶם וְהוֹצִיאוּ אֶת־הַנִּדָּה מִן־הַקֹּֽדֶשׁ׃ | 5 |
तिनले तिनीहरूलाई भने, “ए लेवीहरू हो, मेरा कुरा सुन! आफू-आफूलाई पवित्र गर, र आफ्ना पुर्खाहरूका परमप्रभु परमेश्वरको मन्दिरलाई पवित्र पार, र पवित्रस्थानबाट अपवित्र कुरा हटाइदेओ ।
כִּֽי־מָעֲלוּ אֲבֹתֵינוּ וְעָשׂוּ הָרַע בְּעֵינֵי יְהֹוָֽה־אֱלֹהֵינוּ וַיַּעַזְבֻהוּ וַיַּסֵּבּוּ פְנֵיהֶם מִמִּשְׁכַּן יְהֹוָה וַיִּתְּנוּ־עֹֽרֶף׃ | 6 |
किनकि हाम्रा पुर्खाहरूले पाप गरे र परमप्रभु हाम्रा परमेश्वरको दृष्टिमा जे खराब थियो सो गरे । तिनीहरूले उहाँलाई त्यागे, परमप्रभुको बस्नुहुने ठाउँबाट आफ्नो मुहारहरू फर्काए, र त्यसतर्फ आफ्ना पीठ फर्काए ।
גַּם סָגְרוּ דַּלְתוֹת הָאוּלָם וַיְכַבּוּ אֶת־הַנֵּרוֹת וּקְטֹרֶת לֹא הִקְטִירוּ וְעֹלָה לֹא־הֶעֱלוּ בַקֹּדֶשׁ לֵאלֹהֵי יִשְׂרָאֵֽל׃ | 7 |
तिनीहरूले दलानका ढोकाहरू पनि बन्द गरिदिए र बत्तीहरू निभाए । तिनीहरूले इस्राएलका परमेश्वरको पवित्रस्थानमा धूप बाल्न र होमबलि चढाउन छोडिदिए ।
וַֽיְהִי קֶצֶף יְהֹוָה עַל־יְהוּדָה וִירוּשָׁלָ͏ִם וַיִּתְּנֵם (לזועה) [לְזַעֲוָה] לְשַׁמָּה וְלִשְׁרֵקָה כַּאֲשֶׁר אַתֶּם רֹאִים בְּעֵינֵיכֶֽם׃ | 8 |
यसकारण परमप्रभुको क्रोध यहूदा र यरूशलेममाथि परेको थियो, र उहाँले तिनीहरूलाई डर, आतङ्क र घृणाका पात्र बनाउनुभएको छ, जस्तो तिमीहरूका आफ्नै आँखाले तिमीहरू देख्न सक्छौ ।
וְהִנֵּה נָפְלוּ אֲבוֹתֵינוּ בֶּחָרֶב וּבָנֵינוּ וּבְנוֹתֵינוּ וְנָשֵׁינוּ בַּשְּׁבִי עַל־זֹֽאת׃ | 9 |
त्यसकाणले हाम्रा पुर्खाहरू तरवारले मारिएका छन्, र हाम्रा छोराहरू, हाम्री छोरीहरू र हाम्री पत्नीहरू यसैले कैदमा छन् ।
עַתָּה עִם־לְבָבִי לִכְרוֹת בְּרִית לַיהֹוָה אֱלֹהֵי יִשְׂרָאֵל וְיָשֹׁב מִמֶּנּוּ חֲרוֹן אַפּֽוֹ׃ | 10 |
अब इस्राएलका परमप्रभु परमेश्वरसँग एउटा करार गर्ने कुरा मेरो हृदयमा छ, ताकि उहाँको प्रचण्ड क्रोध हामीहरूबाट हटोस् ।
בָּנַי עַתָּה אַל־תִּשָּׁלוּ כִּֽי־בָכֶם בָּחַר יְהֹוָה לַעֲמֹד לְפָנָיו לְשָׁרְתוֹ וְלִהְיוֹת לוֹ מְשָׁרְתִים וּמַקְטִרִֽים׃ | 11 |
ए मेरा छोराहरू, अब अल्छे नहोओ, किनकि परमप्रभुले उहाँको आराधना गर्नलाई उहाँको सामु खडा हुन, र तिमीहरू उहाँका सेवकहरू होऊ र धूप बाल भनेर तिमीहरूलाई चुन्नुभएको छ ।”
וַיָּקֻמוּ הַלְוִיִּם מַחַת בֶּן־עֲמָשַׂי וְיוֹאֵל בֶּן־עֲזַרְיָהוּ מִן־בְּנֵי הַקְּהָתִי וּמִן־בְּנֵי מְרָרִי קִישׁ בֶּן־עַבְדִּי וַעֲזַרְיָהוּ בֶּן־יְהַלֶּלְאֵל וּמִן־הַגֵּרְשֻׁנִּי יוֹאָח בֶּן־זִמָּה וְעֵדֶן בֶּן־יוֹאָֽח׃ | 12 |
तब लेवीहरू खडा भएः कहातीहरूका मानिसहरूबाट अमासैका छोरा महत र अजर्याहका छोरा योएल, अनि मरारीहरूका मानिसहरूबाट अब्दीका छोरा कीश र यहललेलका छोरा अजर्याह, अनि गेर्शोनीहरूबाट जिम्माहका छोरा योआ र योआका छोरा अदन ।
וּמִן־בְּנֵי אֱלִיצָפָן שִׁמְרִי (ויעואל) [וִיעִיאֵל] וּמִן־בְּנֵי אָסָף זְכַרְיָהוּ וּמַתַּנְיָֽהוּ׃ | 13 |
एलीजापानका छोराहरूबाट शिम्री र यहीएल, अनि आसापका छोराहरूबाट जकरिया र मत्तन्याह ।
וּמִן־בְּנֵי הֵימָן (יחואל) [יְחִיאֵל] וְשִׁמְעִי וּמִן־בְּנֵי יְדוּתוּן שְׁמַֽעְיָה וְעֻזִּיאֵֽל׃ | 14 |
हेमानका छोराहरूबाट यहीएल र शिमी, अनि यदूतूनका छोराहरूबाट शमायाह र उज्जीएल ।
וַיַּאַסְפוּ אֶת־אֲחֵיהֶם וַיִּֽתְקַדְּשׁוּ וַיָּבֹאוּ כְמִצְוַת־הַמֶּלֶךְ בְּדִבְרֵי יְהֹוָה לְטַהֵר בֵּית יְהֹוָֽה׃ | 15 |
तिनीहरूले आआफ्ना दाजुभाइलाई भेला गराए, र तिनीहरूले आफैलाई पवित्र गरे, अनि परमप्रभुको वचनको अनुसरण गर्दै राजाले हुकुम गरेबमोजिम परमप्रभुको मन्दिरलाई शुद्ध पार्न तिनीहरू त्यसभित्र पसे ।
וַיָּבֹאוּ הַכֹּהֲנִים לִפְנִימָה בֵית־יְהֹוָה לְטַהֵר וַיּוֹצִיאוּ אֵת כׇּל־הַטֻּמְאָה אֲשֶׁר מָֽצְאוּ בְּהֵיכַל יְהֹוָה לַחֲצַר בֵּית יְהֹוָה וַֽיְקַבְּלוּ הַלְוִיִּם לְהוֹצִיא לְנַחַל־קִדְרוֹן חֽוּצָה׃ | 16 |
परमप्रभुको मन्दिर शुद्ध गर्न पुजारीहरू त्यसको भित्री भागमा पसे । तिनीहरूले परमप्रभुको मन्दिरभित्र भेट्टाएका सबै अशुद्ध कुराहरू बाहिर परमप्रभुका मन्दिरको चोकमा ल्याए । लेवीहरूले ती कुराहरू बोकेर किद्रोन खोल्सामा लगे ।
וַיָּחֵלּוּ בְּאֶחָד לַחֹדֶשׁ הָרִאשׁוֹן לְקַדֵּשׁ וּבְיוֹם שְׁמוֹנָה לַחֹדֶשׁ בָּאוּ לְאוּלָם יְהֹוָה וַיְקַדְּשׁוּ אֶת־בֵּית־יְהֹוָה לְיָמִים שְׁמוֹנָה וּבְיוֹם שִׁשָּׁה עָשָׂר לַחֹדֶשׁ הָרִאשׁוֹן כִּלּֽוּ׃ | 17 |
पहिलो महिनाको पहिलो दिनमा तिनीहरूले शुद्ध पार्ने काम सुरु गरे । आठौँ दिनमा तिनीहरू परमप्रभुको दलानसम्म पुगेका थिए । अनि अझै आठ दिनसम्म तिनीहरूले परमप्रभुको मन्दिर पवित्र गरिरहे । पहिलो महिनाको सोह्रौँ दिनमा तिनीहरूले त्यो काम सिद्ध्याए ।
וַיָּבוֹאוּ פְנִימָה אֶל־חִזְקִיָּהוּ הַמֶּלֶךְ וַיֹּאמְרוּ טִהַרְנוּ אֶת־כׇּל־בֵּית יְהֹוָה אֶת־מִזְבַּח הָעוֹלָה וְאֶת־כׇּל־כֵּלָיו וְאֶת־שֻׁלְחַן הַֽמַּעֲרֶכֶת וְאֶת־כׇּל־כֵּלָֽיו׃ | 18 |
त्यसपछि तिनीहरू राजमहलभित्र हिजकिया राजाकहाँ गए र भने, “हामीले परमप्रभुको मन्दिर जम्मै पवित्र गरिसक्यौं, अर्थात् होमबलिको वेदी, त्यसका सबै भाँडाकुँडासमेत, अनि अर्पण गरिएको रोटी राख्ने टेबल, त्यसका सबै सामानसमेत ।
וְאֵת כׇּל־הַכֵּלִים אֲשֶׁר הִזְנִיחַ הַמֶּלֶךְ אָחָז בְּמַלְכוּתוֹ בְּמַעֲלוֹ הֵכַנּוּ וְהִקְדָּשְׁנוּ וְהִנָּם לִפְנֵי מִזְבַּח יְהֹוָֽה׃ | 19 |
यसैले हामीले राजा आहाजले आफ्नो शासनकालमा विश्वासघाती भएर हटाएका जम्मै सरसामान पनि हामीले तयारी र पवित्र गर्यौँ । हेर्नुहोस्, ती परमप्रभुका वेदीको सामुन्ने राखिएका छन् ।”
וַיַּשְׁכֵּם יְחִזְקִיָּהוּ הַמֶּלֶךְ וַיֶּאֱסֹף אֵת שָׂרֵי הָעִיר וַיַּעַל בֵּית יְהֹוָֽה׃ | 20 |
तब राजा हिजकिया बिहान सबेरै उठेर सहरका अगुवाहरूलाई भेला गराए । तिनी परमप्रभुको मन्दिरमा उक्लेर गए ।
וַיָּבִיאוּ פָֽרִים־שִׁבְעָה וְאֵילִים שִׁבְעָה וּכְבָשִׂים שִׁבְעָה וּצְפִירֵי עִזִּים שִׁבְעָה לְחַטָּאת עַל־הַמַּמְלָכָה וְעַל־הַמִּקְדָּשׁ וְעַל־יְהוּדָה וַיֹּאמֶר לִבְנֵי אַֽהֲרֹן הַכֹּהֲנִים לְהַעֲלוֹת עַל־מִזְבַּח יְהֹוָֽה׃ | 21 |
तिनीहरूले सात वटा साँढे, सात वटा भेडा र सात वटा थुमा ल्याए, अनि राज्य, पवित्रस्थान र यहूदाको लागि पापबलिको निम्ति सात वटा बोका ल्याए । तिनले पुजारीहरू, हारूनका छोराहरूलाई यी सबै परमप्रभुको वेदीमा चढाउने हुकुम गरे ।
וַֽיִּשְׁחֲטוּ הַבָּקָר וַיְקַבְּלוּ הַכֹּֽהֲנִים אֶת־הַדָּם וַֽיִּזְרְקוּ הַמִּזְבֵּחָה וַיִּשְׁחֲטוּ הָאֵלִים וַיִּזְרְקוּ הַדָּם הַמִּזְבֵּחָה וַֽיִּשְׁחֲטוּ הַכְּבָשִׂים וַיִּזְרְקוּ הַדָּם הַמִּזְבֵּֽחָה׃ | 22 |
यसैले तिनीहरूले ती साँढेहरू मारे, र पुजारीहरूले तिनका रगत लिएर वेदीमा छर्के । त्यसपछि तिनीहरूले भेडाहरू मारे, र तिनका रगत लिएर वेदीमा छर्के, र तिनीहरूले थुमाहरू पनि मारे र तिनका रगत वेदीमा छर्के ।
וַיַּגִּישׁוּ אֶת־שְׂעִירֵי הַחַטָּאת לִפְנֵי הַמֶּלֶךְ וְהַקָּהָל וַיִּסְמְכוּ יְדֵיהֶם עֲלֵיהֶֽם׃ | 23 |
तिनीहरूले पापबलिको निम्ति बोकाहरू राजा र समुदायको अघि ल्याए । तिनीहरूले तीमाथि आआफ्ना हात राखे ।
וַיִּשְׁחָטוּם הַכֹּהֲנִים וַֽיְחַטְּאוּ אֶת־דָּמָם הַמִּזְבֵּחָה לְכַפֵּר עַל־כׇּל־יִשְׂרָאֵל כִּי לְכׇל־יִשְׂרָאֵל אָמַר הַמֶּלֶךְ הָעוֹלָה וְהַחַטָּֽאת׃ | 24 |
पुजारीहरूले ती बोकाहरू मारे, र सारा इस्राएलको निम्ति प्रायश्चित गर्न पापबलि स्वरूप वेदीमा चढाए, किनकि होमबलि र पापबलिचाहिं सारा इस्राएलको निम्ति चढाउनुपर्छ भन्ने हुकुम राजाले दिएका थिए ।
וַיַּעֲמֵד אֶת־הַלְוִיִּם בֵּית יְהֹוָה בִּמְצִלְתַּיִם בִּנְבָלִים וּבְכִנֹּרוֹת בְּמִצְוַת דָּוִיד וְגָד חֹזֵֽה־הַמֶּלֶךְ וְנָתָן הַנָּבִיא כִּי בְיַד־יְהֹוָה הַמִּצְוָה בְּיַד־נְבִיאָֽיו׃ | 25 |
हिजकियाले लेवीहरूलाई परमेश्वरको मन्दिरमा दाऊद राजा, राजाका दर्शी गाद र नातान अगमवक्ताले आज्ञा गरेअनुसार झ्याली, वीणा र सारङ्गीका साथमा आआफ्नो काममा खटाए, किनकि यो आज्ञा परमप्रभुले आफ्ना अगमवक्ताहरूद्वारा दिनुभएको थियो ।
וַיַּעַמְדוּ הַלְוִיִּם בִּכְלֵי דָוִיד וְהַכֹּהֲנִים בַּחֲצֹצְרֽוֹת׃ | 26 |
लेवीहरू दाऊदका बाजाहरू र पुजारीहरू तुरहीहरू लिएर खडा भए ।
וַיֹּאמֶר חִזְקִיָּהוּ לְהַעֲלוֹת הָעֹלָה לְהַמִּזְבֵּחַ וּבְעֵת הֵחֵל הָעוֹלָה הֵחֵל שִׁיר־יְהֹוָה וְהַחֲצֹצְרוֹת וְעַל־יְדֵי כְּלֵי דָּוִיד מֶלֶךְ־יִשְׂרָאֵֽל׃ | 27 |
हिजकियाले वेदीमा होमबलि वेदीमा चढाउने हुकुम दिए । जब होमबलि सुरु भयो, तब तुरहीहरू र इस्राएलका राजा दाऊदका बाजाहरूका साथमा परमप्रभुको गीत पनि सुरु भयो ।
וְכׇל־הַקָּהָל מִֽשְׁתַּחֲוִים וְהַשִּׁיר מְשׁוֹרֵר וְהַחֲצֹצְרוֹת (מחצצרים) [מַחְצְרִים] הַכֹּל עַד לִכְלוֹת הָעֹלָֽה׃ | 28 |
सारा समुदायले आराधना गरे, गायकहरूले गाए, र तुरही बजाउनेहरूले बजाए । यो काम होमबलि खतम नहोउञ्जेल निरन्तर जारी रह्यो ।
וּכְכַלּוֹת לְהַעֲלוֹת כָּֽרְעוּ הַמֶּלֶךְ וְכׇֽל־הַנִּמְצְאִים אִתּוֹ וַיִּֽשְׁתַּחֲוֽוּ׃ | 29 |
जब तिनीहरूले बलिदान चढाइसके, राजा र तिनीसँग भएका सबैले घोप्टो परे र आराधना गरे ।
וַיֹּאמֶר יְחִזְקִיָּהוּ הַמֶּלֶךְ וְהַשָּׂרִים לַלְוִיִּם לְהַלֵּל לַֽיהֹוָה בְּדִבְרֵי דָוִיד וְאָסָף הַחֹזֶה וַֽיְהַלְלוּ עַד־לְשִׂמְחָה וַֽיִּקְּדוּ וַיִּֽשְׁתַּחֲוֽוּ׃ | 30 |
यसको साथै राजा हिजकिया र तिनका अगुवाहरूले लेवीहरूलाई दाऊद र दर्शी आसापका शब्दमा परमप्रभुको स्तुतिगान गर्न लाए । तिनीहरूले खुसीसाथ स्तुति गाए र घोप्टो परे र आरधना गरे ।
וַיַּעַן יְחִזְקִיָּהוּ וַיֹּאמֶר עַתָּה מִלֵּאתֶם יֶדְכֶם לַֽיהֹוָה גֹּשׁוּ וְהָבִיאוּ זְבָחִים וְתוֹדוֹת לְבֵית יְהֹוָה וַיָּבִיאוּ הַקָּהָל זְבָחִים וְתוֹדוֹת וְכׇל־נְדִיב לֵב עֹלֽוֹת׃ | 31 |
तब हिजकियाले भने, “अब तिमीहरूले परमप्रभुमा आफैलाई अर्पण गरेका छौ । यहाँ आओ र परमप्रभुको मन्दिरमा बलिदान र धन्यवादका बलिहरू ल्याओ ।” समुदायले बलिदानहरू र धन्यवाद बलिहरू ल्याए, र राजीखुशी हृदय हुनेहरू सबैले आआफ्ना होमबलि ल्याए ।
וַיְהִי מִסְפַּר הָעֹלָה אֲשֶׁר הֵבִיאוּ הַקָּהָל בָּקָר שִׁבְעִים אֵילִים מֵאָה כְּבָשִׂים מָאתָיִם לְעֹלָה לַֽיהֹוָה כׇּל־אֵֽלֶּה׃ | 32 |
समुदायले ल्याएका होमबलिको संख्या सत्तरी वटा साँढे, एक सय वटा भेडा, र दुई सय वटा थुमा थिए । यी सबै परमप्रभुको निम्ति होमबलि थिए ।
וְֽהַקֳּדָשִׁים בָּקָר שֵׁשׁ מֵאוֹת וְצֹאן שְׁלֹשֶׁת אֲלָפִֽים׃ | 33 |
परमप्रभुमा अर्पण गरिएका बलिदानहरू छ सय साँढे र तीन हजार भेडा थिए ।
רַק הַכֹּֽהֲנִים הָיוּ לִמְעָט וְלֹא יָכְלוּ לְהַפְשִׁיט אֶת־כׇּל־הָעֹלוֹת וַֽיְחַזְּקוּם אֲחֵיהֶם הַלְוִיִּם עַד־כְּלוֹת הַמְּלָאכָה וְעַד יִתְקַדְּשׁוּ הַכֹּהֲנִים כִּי הַלְוִיִּם יִשְׁרֵי לֵבָב לְהִתְקַדֵּשׁ מֵהַכֹּהֲנִֽים׃ | 34 |
तर सबै होमबलिका छाला काढ्नका निम्ति पुजारीहरू साह्रै थोरै थिए, यसैले तिनीहरूका दाजुभाइ लेवीहरूले त्यो काम नसिद्धिएसम्म र पुजारीहरूले आफूलाई पवित्र नपारेसम्म तिनीहरूलाई सघाए, किनकि आआफूलाई पवित्र पार्नलाई पुजारीहरूभन्दा लेवीहरू नै बढी होसियार भएका थिए ।
וְגַם־עֹלָה לָרֹב בְּחֶלְבֵי הַשְּׁלָמִים וּבַנְּסָכִים לָֽעֹלָה וַתִּכּוֹן עֲבוֹדַת בֵּית־יְהֹוָֽה׃ | 35 |
यसबाहेक, त्यहाँ धेरै होमबलिहरू थिए । मेलबलिको बोसोको साथमा ती चढाइए र हरेक होमबलिको निम्ति त्यहाँ अर्घबलि थिए । यसरी परमप्रभुका मन्दिरको सेवा व्यवस्थित गरियो ।
וַיִּשְׂמַח יְחִזְקִיָּהוּ וְכׇל־הָעָם עַל הַהֵכִין הָאֱלֹהִים לָעָם כִּי בְּפִתְאֹם הָיָה הַדָּבָֽר׃ | 36 |
परमेश्वरले मानिसहरूका निम्ति तयार पार्नुभएको कामको कारणले हिजकिया र सबै मानिसहरू आनन्दित भए, किनकि त्यो काम चाँडै नै पूरा भयो ।