< דברי הימים א 20 >

וַיְהִי לְעֵת תְּשׁוּבַת הַשָּׁנָה לְעֵת ׀ צֵאת הַמְּלָכִים וַיִּנְהַג יוֹאָב אֶת־חֵיל הַצָּבָא וַיַּשְׁחֵת ׀ אֶת־אֶרֶץ בְּנֵי־עַמּוֹן וַיָּבֹא וַיָּצַר אֶת־רַבָּה וְדָוִיד יֹשֵׁב בִּירוּשָׁלָ͏ִם וַיַּךְ יוֹאָב אֶת־רַבָּה וַיֶּהֶרְסֶֽהָ׃ 1
बसन्‍त ऋतुको समय, अर्थात् समान्‍यतया राजाहरू लडाइँ गर्न जाने समयमा योआबले सेनालाई युद्ध गर्न लगे र अम्‍मोनीहरूको देशलाई उजाड पारे । तिनले गए र रब्‍बालाई घेरा हाले । दाऊदचाहिं यरूशलेममा नै रहे । योआबले रब्बालाई आक्रमण गरे र त्यसलाई पराजित गरे ।
וַיִּקַּח דָּוִיד אֶת־עֲטֶֽרֶת־מַלְכָּם מֵעַל רֹאשׁוֹ וַֽיִּמְצָאָהּ ׀ מִשְׁקַל כִּכַּר־זָהָב וּבָהּ אֶבֶן יְקָרָה וַתְּהִי עַל־רֹאשׁ דָּוִיד וּשְׁלַל הָעִיר הוֹצִיא הַרְבֵּה מְאֹֽד׃ 2
दाऊदले उनीहरूका राजाको शिरबाट शिरपेच लगे, र त्‍यसको तौल सुनको एक तोडा भएको भेट्टाए, र त्‍यसमा बहुमूल्‍य रत्‍नहरू जडिएका थिए । त्‍यो शिरपेच दाऊदको आफ्‍नो शिरमा लाइयो, र तिनले त्‍यस सहरबाट धेरै परिणाममा लुटपाट गरे ।
וְאֶת־הָעָם אֲשֶׁר־בָּהּ הוֹצִיא וַיָּשַׂר בַּמְּגֵרָה וּבַחֲרִיצֵי הַבַּרְזֶל וּבַמְּגֵרוֹת וְכֵן יַעֲשֶׂה דָוִיד לְכֹל עָרֵי בְנֵי־עַמּוֹן וַיָּשׇׁב דָּוִיד וְכׇל־הָעָם יְרֽוּשָׁלָֽ͏ִם׃ 3
त्‍यस सहरमा भएका मानिसहरूलाई तिनले लिएर आए र उनीहरूलाई आरा र फलामका औजारहरू तथा बन्‍चराहरूका काममा लगाए । दाऊदले अम्‍मोनीहरूका सबै सहरका मानिसहरूलाई यस्‍तो कामका लगाए । तब दाऊद र तिनका सबै सेना यरूशलेममा फर्के ।
וַֽיְהִי אַחֲרֵי־כֵן וַתַּעֲמֹד מִלְחָמָה בְּגֶזֶר עִם־פְּלִשְׁתִּים אָז הִכָּה סִבְּכַי הַחֻשָׁתִי אֶת־סִפַּי מִילִידֵי הָרְפָאִים וַיִּכָּנֵֽעוּ׃ 4
यसको केही समयपछि गेजेरमा पलिश्‍तीहरूसँग लडाइँ भयो । हूशाती सिब्‍बकैले रपाईहरूका सन्‍तानमध्‍ये एक सिप्‍पैलाई मारे, र पलिश्‍तीहरूलाई अधीन गरियो ।
וַתְּהִי־עוֹד מִלְחָמָה אֶת־פְּלִשְׁתִּים וַיַּךְ אֶלְחָנָן בֶּן־[יָעִיר] (יעור) אֶת־לַחְמִי אֲחִי גׇּלְיָת הַגִּתִּי וְעֵץ חֲנִיתוֹ כִּמְנוֹר אֹרְגִֽים׃ 5
पलिश्‍तीहरूसँगको अर्को एउटा युद्धमा याईरका छोरा एल्‍हानानले गित्तीको गोल्‍यतको भाइ लहमीलाई मारे, जसको भालाको बींड कपडा बुन्‍ने जुलाहाको डन्‍डा जत्रो थियो ।
וַתְּהִי־עוֹד מִלְחָמָה בְּגַת וַיְהִי ׀ אִישׁ מִדָּה וְאֶצְבְּעֹתָיו שֵׁשׁ־וָשֵׁשׁ עֶשְׂרִים וְאַרְבַּע וְגַם־הוּא נוֹלַד לְהָרָפָֽא׃ 6
गातमा भएको अर्को युद्धमा हरेक हातमा छवटा औंला र हरेक खुट्टामा छवटा औंला भएको एक जना धेरै अग्लो मानिस थियो । त्‍यो पनि रफाको सन्‍तान थियो ।
וַיְחָרֵף אֶת־יִשְׂרָאֵל וַיַּכֵּהוּ יְהוֹנָתָן בֶּן־שִׁמְעָא אֲחִי דָוִֽיד׃ 7
जब त्‍यसले इस्राएललाई निन्‍दा गर्‍यो, तब दाऊदका दाजु शिमेअका छोरा जोनाथनले त्‍यसलाई मारे ।
אֵל נוּלְּדוּ לְהָרָפָא בְּגַת וַיִּפְּלוּ בְיַד־דָּוִיד וּבְיַד־עֲבָדָֽיו׃ 8
तिनीहरू गातका रफाका सन्‍तानहरू थिए, र तिनीहरू सबै दाऊदका हातबाट र तिनका सिपाहीहरूका हातबाट मारिए ।

< דברי הימים א 20 >