< דברי הימים א 16 >
וַיָּבִיאוּ אֶת־אֲרוֹן הָאֱלֹהִים וַיַּצִּיגוּ אֹתוֹ בְּתוֹךְ הָאֹהֶל אֲשֶׁר נָטָה־לוֹ דָּוִיד וַיַּקְרִיבוּ עֹלוֹת וּשְׁלָמִים לִפְנֵי הָאֱלֹהִֽים׃ | 1 |
तिनीहरूले परमेश्वरको सन्दूक ल्याए, अनि त्यसको निम्ति दाऊदले टाँगेको पालभित्र बिचमा राखे । तब तिनीहरूले परमेश्वरको सामु होमबलि र मेलबलि चढाए ।
וַיְכַל דָּוִיד מֵהַעֲלוֹת הָעֹלָה וְהַשְּׁלָמִים וַיְבָרֶךְ אֶת־הָעָם בְּשֵׁם יְהֹוָֽה׃ | 2 |
दाऊदले होमबल र मेलबलि चढाइसकेपछि, तिनले परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए ।
וַיְחַלֵּק לְכׇל־אִישׁ יִשְׂרָאֵל מֵאִישׁ וְעַד־אִשָּׁה לְאִישׁ כִּכַּר־לֶחֶם וְאֶשְׁפָּר וַאֲשִׁישָֽׁה׃ | 3 |
तिनले हरेक इस्राएली, पुरुष र स्त्री दुबैलाई एउटा रोटी, एक टुक्रा मासु र किसमिसको केक खान दिए ।
וַיִּתֵּן לִפְנֵי אֲרוֹן יְהֹוָה מִן־הַלְוִיִּם מְשָׁרְתִים וּלְהַזְכִּיר וּלְהוֹדוֹת וּלְהַלֵּל לַיהֹוָה אֱלֹהֵי יִשְׂרָאֵֽל׃ | 4 |
परमप्रभुका सन्दूकअघि सेवा गर्न, र परमप्रभु इस्राएलका परमेश्वरको उत्सव मनाउन, धन्यवाद चढाउन र प्रशंसा गर्न दाऊदले केही लेवीहरूलाई नियुक्त गरे ।
אָסָף הָרֹאשׁ וּמִשְׁנֵהוּ זְכַרְיָה יְעִיאֵל וּשְׁמִירָמוֹת וִיחִיאֵל וּמַתִּתְיָה וֶאֱלִיאָב וּבְנָיָהוּ וְעֹבֵד אֱדֹם וִיעִיאֵל בִּכְלֵי נְבָלִים וּבְכִנֹּרוֹת וְאָסָף בַּֽמְצִלְתַּיִם מַשְׁמִֽיעַ׃ | 5 |
ती लेवीहरू अगुवा आसाप, तिनीपछि दोस्रा जकरिया, यीएल, शमीरामोत, यहीएल, मत्तित्याह, एलीआब, बनायाह, ओबेद-एदोम र यीएल थिए । तिनीहरूले सारङ्गी र वीणा बजाउँथे । आसापले चाहिं ठुलो स्वरमा झ्याली बजाउनुपर्थ्यो ।
וּבְנָיָהוּ וְיַחֲזִיאֵל הַכֹּהֲנִים בַּחֲצֹצְרוֹת תָּמִיד לִפְנֵי אֲרוֹן בְּרִית־הָאֱלֹהִֽים׃ | 6 |
बनायाह र यहासेल पुजारीहरूले परमेश्वरका करारको सन्दूकको अगि निरन्तर रूपमा तुरही बजाउनुपर्थ्यो ।
בַּיּוֹם הַהוּא אָז נָתַן דָּוִיד בָּרֹאשׁ לְהֹדוֹת לַיהֹוָה בְּיַד־אָסָף וְאֶחָֽיו׃ | 7 |
तब त्यस दिन दाऊदले पहिलो पल्ट आसाप र तिनका दाजुभाइलाई परमप्रभुको निम्ति धन्यवादको यो गीत गाउनलाई नियुक्त गरे ।
הוֹדוּ לַֽיהֹוָה קִרְאוּ בִשְׁמוֹ הוֹדִיעוּ בָעַמִּים עֲלִילֹתָֽיו׃ | 8 |
परमप्रभुलाई धन्यवाद चढाओ, उहाँका नाउँको पुकारा गर, जातिहरूका बीचमा उहाँका कार्यहरू प्रचार गर ।
שִׁירוּ לוֹ זַמְּרוּ־לוֹ שִׂיחוּ בְּכׇל־נִפְלְאֹתָֽיו׃ | 9 |
उहाँको निम्ति गाओ, उहाँको स्तुति गाओ, उहाँका सबै अचम्मका कार्यहरूको बयान गर ।
הִֽתְהַלְלוּ בְּשֵׁם קׇדְשׁוֹ יִשְׂמַח לֵב מְבַקְשֵׁי יְהֹוָֽה׃ | 10 |
उहाँको पवित्र नाउँमा गौरव गर । परमप्रभुको खोजी गर्नेहरूको हृदय आनन्दित होस् ।
דִּרְשׁוּ יְהֹוָה וְעֻזּוֹ בַּקְּשׁוּ פָנָיו תָּמִֽיד׃ | 11 |
परमप्रभु र उहाँका शक्तिको खोजी गर । निरन्तर उहाँको उपस्थिति खोज ।
זִכְרוּ נִפְלְאֹתָיו אֲשֶׁר עָשָׂה מֹפְתָיו וּמִשְׁפְּטֵי־פִֽיהוּ׃ | 12 |
उहाँले गर्नुभएका अचम्मका कामहरू, उहाँका आश्चर्यकर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्मरण गर,
זֶרַע יִשְׂרָאֵל עַבְדּוֹ בְּנֵי יַעֲקֹב בְּחִירָֽיו׃ | 13 |
ए उहाँका दास इस्राएलका सन्तान हो, ए याकूबका मानिसहरू, उहाँका चुनिएकाहरू हो ।
הוּא יְהֹוָה אֱלֹהֵינוּ בְּכׇל־הָאָרֶץ מִשְׁפָּטָֽיו׃ | 14 |
उहाँ परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ, समस्त पृथ्वीमा उहाँका फैसलाहरू रहन्छन् ।
זִכְרוּ לְעוֹלָם בְּרִיתוֹ דָּבָר צִוָּה לְאֶלֶף דּֽוֹר׃ | 15 |
आफ्नो करारलाई उहाँले सदासर्वदा स्मरण गर्नुहुन्छ, हजार पुस्तालाई उहाँले आज्ञा गर्नभएका वचन सम्झनुहुन्छ।
אֲשֶׁר כָּרַת אֶת־אַבְרָהָם וּשְׁבוּעָתוֹ לְיִצְחָֽק׃ | 16 |
उहाँले अब्राहामसित बाँध्नुभएको करार र इसहाकसँग गर्नुभएको प्रतिज्ञा सम्झनुहुन्छ ।
וַיַּעֲמִידֶהָ לְיַֽעֲקֹב לְחֹק לְיִשְׂרָאֵל בְּרִית עוֹלָֽם׃ | 17 |
यस कुरालाई उहाँले आदेशको रूपमा याकूबसित, र इस्राएलसँग अनन्त करारको रूपमा पुष्टि गर्नुभयो ।
לֵאמֹר לְךָ אֶתֵּן אֶֽרֶץ־כְּנָעַן חֶבֶל נַחֲלַתְכֶֽם׃ | 18 |
उहाँले भन्नुभयो “तेरो उत्तराधिकारको तेरो अंशको रूपमा, तँलाई म कनान देश दिनेछु ।”
בִּהְיֽוֹתְכֶם מְתֵי מִסְפָּר כִּמְעַט וְגָרִים בָּֽהּ׃ | 19 |
तिनीहरू थोरै सङ्ख्यामा मात्र हुँदा, साह्रै थोरै हुँदा र तिनीहरू त्यो देशमा विदेशीहरू थिए,
וַיִּֽתְהַלְּכוּ מִגּוֹי אֶל־גּוֹי וּמִמַּמְלָכָה אֶל־עַם אַחֵֽר׃ | 20 |
तिनीहरू एक जातिबाट अर्को जातिमा, र एक राज्यबाट अर्को राज्यमा फिरन्ता भए ।
לֹֽא־הִנִּיחַ לְאִישׁ לְעׇשְׁקָם וַיּוֹכַח עֲלֵיהֶם מְלָכִֽים׃ | 21 |
उहाँले कसैलाई पनि तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन । तिनीहरूका खातिर उहाँले राजाहरूलाई दण्ड दिनुभयो ।
אַֽל־תִּגְּעוּ בִּמְשִׁיחָי וּבִנְבִיאַי אַל־תָּרֵֽעוּ׃ | 22 |
उहाँले भन्नुभयो, “मेरा अभिषिक्त जनहरूलाई नछोओ, र मेरा अगमवक्ताहरूलाई केही हानि नगर ।”
שִׁירוּ לַֽיהֹוָה כׇּל־הָאָרֶץ בַּשְּׂרוּ מִיּֽוֹם־אֶל־יוֹם יְשׁוּעָתֽוֹ׃ | 23 |
हे सारा पृथ्वी, परमप्रभुको निम्ति गाओ, दिनहुँ उहाँले दिनुभएको उद्धारको घोषणा गर ।
סַפְּרוּ בַגּוֹיִם אֶת־כְּבוֹדוֹ בְּכׇל־הָעַמִּים נִפְלְאֹתָֽיו׃ | 24 |
जातिहरूका बिचमा उहाँका महिमाको घोषणा गर, सारा जातिहरूका बिचमा उहाँका अचम्मका कामहरूको वर्णन गर ।
כִּי גָדוֹל יְהֹוָה וּמְהֻלָּל מְאֹד וְנוֹרָא הוּא עַל־כׇּל־אֱלֹהִֽים׃ | 25 |
किनकि परमप्रभु महान् हुनुहुन्छ, र उच्च प्रशंसा हुनुपर्छ, र सारा देवताहरूभन्दा बढी उहाँकै भय राखिनुपर्छ ।
כִּי כׇּל־אֱלֹהֵי הָֽעַמִּים אֱלִילִים וַיהֹוָה שָׁמַיִם עָשָֽׂה׃ | 26 |
किनकि जातिहरूका सबै देवताहरू केवल मूर्ति मात्र हुन्, तर परमप्रभुले त आकाशको सृष्टि गर्नुभयो ।
הוֹד וְהָדָר לְפָנָיו עֹז וְחֶדְוָה בִּמְקֹמֽוֹ׃ | 27 |
उहाँको उपस्थितिमा प्रताप र गौरव छन्, उहाँको वासस्थानमा शक्ति र महिमा छन् ।
הָבוּ לַֽיהֹוָה מִשְׁפְּחוֹת עַמִּים הָבוּ לַיהֹוָה כָּבוֹד וָעֹֽז׃ | 28 |
मानिसहरूका वंश हो, परमप्रभुलाई प्रशंसा चढाओ, परमप्रभुलाई महिमा र शक्ति चढाओ ।
הָבוּ לַֽיהֹוָה כְּבוֹד שְׁמוֹ שְׂאוּ מִנְחָה וּבֹאוּ לְפָנָיו הִשְׁתַּחֲווּ לַֽיהֹוָה בְּהַדְרַת־קֹֽדֶשׁ׃ | 29 |
परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढाओ । भेटी ल्याओ र उहाँको सामु आओ । पवित्रताको वैभवमा परमप्रभुलाई दण्डवत् गर ।
חִילוּ מִלְּפָנָיו כׇּל־הָאָרֶץ אַף־תִּכּוֹן תֵּבֵל בַּל־תִּמּֽוֹט׃ | 30 |
हे सारा पृथ्वी, उहाँको सामु थरथरी हो । संसार पनि स्थापित भएको छ । यसलाई हल्लाउन सकिंदैन ।
יִשְׂמְחוּ הַשָּׁמַיִם וְתָגֵל הָאָרֶץ וְיֹאמְרוּ בַגּוֹיִם יְהֹוָה מָלָֽךְ׃ | 31 |
स्वर्ग आनन्दित होस्, र पृथ्वी रमाओस् । तिनले जातिहरूका बीचमा भनून्, “परमप्रभु नै राज्य गर्नुहुन्छ ।”
יִרְעַם הַיָּם וּמְלוֹאוֹ יַעֲלֹץ הַשָּׂדֶה וְכׇל־אֲשֶׁר־בּֽוֹ׃ | 32 |
समुद्र गर्जियोस् र तिनमा भरिएका सबै थोकले हर्षनाद गरून् । जमिन र त्यसमा भएका सबै कुरा उल्लसित होऊन् ।
אָז יְרַנְּנוּ עֲצֵי הַיָּעַר מִלִּפְנֵי יְהֹוָה כִּי־בָא לִשְׁפּוֹט אֶת־הָאָֽרֶץ׃ | 33 |
अनि जङ्गलमा भएका रूखहरू परमप्रभुको सम्मुख आनन्दले गाउन्, किनकि उहाँ पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ ।
הוֹדוּ לַֽיהֹוָה כִּי טוֹב כִּי לְעוֹלָם חַסְדּֽוֹ׃ | 34 |
परमप्रभुलाई धन्यवाद देओ, किनकि उहाँ असल हुनुहुन्छ, किनकि उहाँको करारको विश्वस्तताको सदासर्वदा रहन्छ ।
וְאִמְרוּ הוֹשִׁיעֵנוּ אֱלֹהֵי יִשְׁעֵנוּ וְקַבְּצֵנוּ וְהַצִּילֵנוּ מִן־הַגּוֹיִם לְהֹדוֹת לְשֵׁם קׇדְשֶׁךָ לְהִשְׁתַּבֵּחַ בִּתְהִלָּתֶֽךָ׃ | 35 |
तब यसो भन, “हे हाम्रा उद्धारका परमेश्वर, हामीलाई बचाउनुहोस् । हामीलाई एकसाथ भेला गर्नुहोस्, र अरू जातिहरूबाट छुटकारा हामीलाई दिनुहोस्, ताकि हामी तपाईंको पवित्र नाउँलाई धन्यवाद दिन, र तपाईंको प्रशंसामा महिमा दिन सकौं ।”
בָּרוּךְ יְהֹוָה אֱלֹהֵי יִשְׂרָאֵל מִן־הָעוֹלָם וְעַד הָעֹלָם וַיֹּאמְרוּ כׇל־הָעָם אָמֵן וְהַלֵּל לַיהֹוָֽה׃ | 36 |
परमप्रभु इस्राएलका परमेश्वरको, सदासर्वदै प्रशंसा होस् । सबै मानिसहरूले “आमेन” भने र परमप्रभुको स्तुति गरे ।”
וַיַּעֲזׇב־שָׁם לִפְנֵי אֲרוֹן בְּרִית־יְהֹוָה לְאָסָף וּלְאֶחָיו לְשָׁרֵת לִפְנֵי הָאָרוֹן תָּמִיד לִדְבַר־יוֹם בְּיוֹמֽוֹ׃ | 37 |
यसैले दाऊदले दिन-दिनको आवश्यक काम निरन्तर रूपमा गर्न त्यहाँ परमप्रभुका करारको सन्दूकको सामु आसाप र तिनका दाजुभाइलाई राखे ।
וְעֹבֵד אֱדֹם וַאֲחֵיהֶם שִׁשִּׁים וּשְׁמוֹנָה וְעֹבֵד אֱדֹם בֶּן־יְדִיתוּן וְחֹסָה לְשֹׁעֲרִֽים׃ | 38 |
ओबेद-एदोम र तिनका अठसट्ठी जना आफन्तहरू पनि समावेश गरिएका थिए । यदूदूनका छोरा ओबेद-एदोम र होसा द्वारपालहरू भए ।
וְאֵת ׀ צָדוֹק הַכֹּהֵן וְאֶחָיו הַכֹּהֲנִים לִפְנֵי מִשְׁכַּן יְהֹוָה בַּבָּמָה אֲשֶׁר בְּגִבְעֽוֹן׃ | 39 |
सादोक पुजारी र तिनका मित्र पुजारीहरूलर गिबोन डाँडामा भएको परमप्रभुको पवित्र वासस्थानको सामु सेवा गर्नुपर्थ्यो ।
לְֽהַעֲלוֹת עֹלוֹת לַיהֹוָה עַל־מִזְבַּח הָעֹלָה תָּמִיד לַבֹּקֶר וְלָעָרֶב וּלְכׇל־הַכָּתוּב בְּתוֹרַת יְהֹוָה אֲשֶׁר צִוָּה עַל־יִשְׂרָאֵֽל׃ | 40 |
परमप्रभुको व्यवस्थामा लेखिएका सबै कुराबमोजिम तिनीहरूले बिहान र बेलुकी निरन्तर रूपमा परमप्रभुको निम्ति वेदीमा होमबलि चढाउनुपर्थ्यो । यो कुरा उहाँले इस्राएललाई आज्ञाको रूपमा दिनुभयो ।
וְעִמָּהֶם הֵימָן וִידוּתוּן וּשְׁאָר הַבְּרוּרִים אֲשֶׁר נִקְּבוּ בְּשֵׁמוֹת לְהֹדוֹת לַֽיהֹוָה כִּי לְעוֹלָם חַסְדּֽוֹ׃ | 41 |
तिनीहरूसँगै हेमान र यदूतून र नाउँ लिएर चुनिएका मानिसहरू परमप्रभुलाई धन्यवाद चढाउन खटाइए, किनभने उहाँ करार विश्वस्तता सदासर्वदै रहिरहन्छ ।
וְעִמָּהֶם הֵימָן וִידוּתוּן חֲצֹצְרוֹת וּמְצִלְתַּיִם לְמַשְׁמִיעִים וּכְלֵי שִׁיר הָאֱלֹהִים וּבְנֵי יְדוּתוּן לַשָּֽׁעַר׃ | 42 |
पवित्र भजनको निम्ति तुरहीहरू र झ्यालीहरू र अरू बाजाहरू बजाउनेका निरीक्षक हेमान र यदूतून थिए । यदूतूनका छोराहरूले मूल ढोकाको रेखदेख गर्थे ।
וַיֵּלְכוּ כׇל־הָעָם אִישׁ לְבֵיתוֹ וַיִּסֹּב דָּוִיד לְבָרֵךְ אֶת־בֵּיתֽוֹ׃ | 43 |
तब सबै मानिसहरू आ-आफ्नो घर फर्के, र दाऊदचाहिं आफ्नो परिवारलाई आशीर्वाद दिन गए ।