< תהילים 1 >

אשרי האיש-- אשר לא הלך בעצת רשעים ובדרך חטאים לא עמד ובמושב לצים לא ישב 1
त्यो मानिस धन्यको हो जो दुष्‍टको सल्लाहमा हिंड्दैन वा पापीहरूका मार्गहरूमा खडा हुँदैन वा गिल्‍ला गर्नेहरूको सभामा बस्दैन ।
כי אם בתורת יהוה חפצו ובתורתו יהגה יומם ולילה 2
तर त्यसको खुसी परमप्रभुको व्यवस्थामा हुन्छ र उहाँको व्यावस्थमा त्यसले दिन र रात मनन् गर्छ ।
והיה-- כעץ שתול על-פלגי-מים אשר פריו יתן בעתו--ועלהו לא-יבול וכל אשר-יעשה יצליח 3
त्यो खोलाको किनारमा रोपेको रूखजस्तै हुनेछ जसले आफ्‍नो ऋतुमा त्‍यसको फल दिन्छ जसको पातहरू कहिल्यै ओइलाउँदैन त्यसले जे गरे पनि सफल हुनेछ ।
לא-כן הרשעים כי אם-כמץ אשר-תדפנו רוח 4
दुष्‍टहरू त्‍यस्ता होइनन् तर हावाले उडाउने भुसजस्तै हुन् ।
על-כן לא-יקמו רשעים--במשפט וחטאים בעדת צדיקים 5
त्यसैले दुष्‍टहरू न्यायमा खडा हुनेछैनन् न त पापीहरू धर्मीको सभामा हुनेछन् ।
כי-יודע יהוה דרך צדיקים ודרך רשעים תאבד 6
किनकि परमप्रभुले धर्मीलाई मार्गदर्शन गर्नुहुन्छ तर दुष्‍टको मार्ग भने नष्‍ट हुनेछ ।

< תהילים 1 >