< תהילים 98 >
מזמור שירו ליהוה שיר חדש-- כי-נפלאות עשה הושיעה-לו ימינו וזרוע קדשו | 1 |
परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ, किनकि उहाँले अचम्मका कामहरू गर्नुभएको छ । उहाँको दाहिने बहुली र उहाँको पवित्र हातले उहाँलाई विजय दिएको छ ।
הודיע יהוה ישועתו לעיני הגוים גלה צדקתו | 2 |
परमप्रभुले उहाँको उद्धार प्रकट गर्नुभएको छ । उहाँ आफ्नो न्यायलाई सबै जतिलाई खुलम्खुल्ला देखाउनुभएको छ ।
זכר חסדו ואמונתו-- לבית ישראל ראו כל-אפסי-ארץ-- את ישועת אלהינו | 3 |
उहाँले इस्राएलको घरनाको निम्ति आफ्नो करारको बफादरी र विश्वस्तता सम्झिनुहुन्छ । पृथ्वीको अन्तिम छेउसम्मकाहरू सबैले हाम्रा परमेश्वरको विजय देख्नेछन् ।
הריעו ליהוה כל-הארץ פצחו ורננו וזמרו | 4 |
हे सबै पृथ्वी, परमप्रभुको निम्ति आनन्दसाथ जयजयकार गर । गीत गाओ, आनन्दसाथ गाओ र स्तुति गर ।
זמרו ליהוה בכנור בכנור וקול זמרה | 5 |
वीणा बजाएर परमप्रभुको प्रशंसा गर । वीणा बजाओ र मधुर धुनसहित गाओ ।
בחצצרות וקול שופר-- הריעו לפני המלך יהוה | 6 |
तुरहीहरू र सिङको आवाजले परमप्रभु राजाको सामु आनन्दसाथ जयजयकार गर ।
ירעם הים ומלאו תבל וישבי בה | 7 |
समुद्र र त्यसमा भएका हरेक कुरा, संसार र यसमा बसोवास गर्नेहरू कराओ ।
נהרות ימחאו-כף יחד הרים ירננו | 8 |
नदीहरूले तिनीहरूले आफ्ना ताली बजाऊन् र पहाडहरू आनन्दले कराऊन् ।
לפני יהוה-- כי בא לשפט הארץ ישפט-תבל בצדק ועמים במישרים | 9 |
परमप्रभु पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ । उहाँले संसारलाई धार्मिकतामा र जातिहरूलाई निष्पक्षतामा न्याय गर्नुहुन्छ ।