< תהילים 81 >
למנצח על-הגתית לאסף ב הרנינו לאלהים עוזנו הריעו לאלהי יעקב | 1 |
हाम्रो बल परमेश्वरको निम्ति ठुलो सोरले गाओ । याकूबका परमेश्वरको निम्ति जयजयकार गर ।
שאו-זמרה ותנו-תף כנור נעים עם-נבל | 2 |
गीत गाओ र खैंजडी बजाओ, वीणासँगै सारङ्गीको मीठो धुन बजाओ ।
תקעו בחדש שופר בכסה ליום חגנו | 3 |
औंसीको दिनमा र पूर्णिमाको दिनमा, हाम्रो चाड सुरु हुँदा तुरही फुक ।
כי חק לישראל הוא משפט לאלהי יעקב | 4 |
किनकि यो इस्राएलको निम्ति आदेश हो, याकूबका परमेश्वरले दिनुभएको विधान हो ।
עדות ביהוסף שמו-- בצאתו על-ארץ מצרים שפת לא-ידעתי אשמע | 5 |
जब उहाँ मिश्रदेशको विरुद्धमा जानुभयो, जहाँ मैले नचिनेको सोर मैले सुनें, तब उहाँले योसेफमा नियमको रूपमा यो जारी गर्नुभयोः
הסירותי מסבל שכמו כפיו מדוד תעברנה | 6 |
“मैले त्यसको काँधबाट बोझ हटाएँ । टोकरीहरू समात्ने त्यसका हातहरू मुक्त भए ।
בצרה קראת ואחלצך אענך בסתר רעם אבחנך על-מי מריבה סלה | 7 |
तिमीहरूको संकष्टमा तिमीहरूले पुकारा गर्यौ र मैले तिमीहरूलाई सहायता गरें । गर्जनको कालो बादलबाट मैले तिमीहरूलाई जवाफ दिएँ । मेरिबाको पानीमा मैले तिमीहरूको जाँच गरें । सेला
שמע עמי ואעידה בך ישראל אם-תשמע-לי | 8 |
हे मानिसहरू, सुन, म तिमीहरूलाई चेतावनी दिन्छु । हे इस्राएल, तिमीहरूले मेरा कुरा सुनेको मात्र भए!
לא-יהיה בך אל זר ולא תשתחוה לאל נכר | 9 |
तिमीहरूका माझमा कुनै विदेशी देवता हुनेथिएन । तिमीहरूले कुनै पनि विदेशी देवता पुजा गर्नुहुँदैन ।
אנכי יהוה אלהיך-- המעלך מארץ מצרים הרחב-פיך ואמלאהו | 10 |
म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्यायो । तिमीहरूको मुख चौडा खोल र त्यो म भर्नेछु ।
ולא-שמע עמי לקולי וישראל לא-אבה לי | 11 |
तर मेरा मानिसहरूले मेरा वचनहरू सुनेनन् । इस्राएलले मेरा आज्ञा पालन गरेनन् ।
ואשלחהו בשרירות לבם ילכו במועצותיהם | 12 |
त्यसैले तिनीहरूका आफ्नै हठी मार्गमा मैले तिनीहरूलाई छोडिदिएँ, ताकि तिनीहरूले आफूलाई जे ठिक लाग्छ त्यही गरून् ।
לו--עמי שמע לי ישראל בדרכי יהלכו | 13 |
ओहो, मेरा मानिसहरूले मेरो कुरा सुनेको भए । मेरा मानिसहरूले मेरा मार्गहरूमा हिंडेका भए ।
כמעט אויביהם אכניע ועל צריהם אשיב ידי | 14 |
तब म तुरुन्तै तिनीहरूका शत्रुहरूलाई अधीन गर्थें र तिनीहरूलाई थिचोमिचो गर्नेहरूका विरुद्धमा म आफ्नो हात फर्काउँथे ।
משנאי יהוה יכחשו-לו ויהי עתם לעולם | 15 |
परमप्रभुलाई घृणा गर्नेहरू उहाँको सामु त्रासले लत्रक्क परून्! तिनीहरू सदाको निम्ति अपमानित होऊन् ।
ויאכילהו מחלב חטה ומצור דבש אשביעך | 16 |
इस्राएललाई म उत्तम गहुँ खुवाउँथें । तिमीहरूलाई म चट्टानको मह खुवाएर तृप्त पार्थें ।”