< תהילים 70 >
למנצח לדוד להזכיר אלהים להצילני יהוה לעזרתי חושה | 1 |
हे परमेश्वर, मलाई बचाउनुहोस्! हे परमप्रभु, चाँडो आउनुहोस् र मलाई सहायता गर्नुहोस् ।
יבשו ויחפרו מבקשי נפשי יסגו אחור ויכלמו חפצי רעתי | 2 |
मेरो ज्यान लिन खोज्नेहरू लज्जित र अपमानित होऊन् । तिनीहरूलाई फर्काइयोस् र अनादर गरियोस्, जो मेरो पीडामा आनन्दित हुन्छन् ।
ישובו על-עקב בשתם-- האמרים האח האח | 3 |
तिनीहरूका लाजको कारणले तिनीहरूलाई फर्काइयोस्, जसले भन्छन्, “आहा, आहा!”
ישישו וישמחו בך-- כל-מבקשיך ויאמרו תמיד יגדל אלהים-- אהבי ישועתך | 4 |
तपाईंको खोजी गर्नेहरू आनन्दित होऊन् र तपाईंमा खुसी होऊन् । तपाईंको उद्धार मन पराउनेहरूले सधैं भनून्, “परमेश्वरको स्तुति होस् ।”
ואני עני ואביון-- אלהים חושה-לי עזרי ומפלטי אתה יהוה אל-תאחר | 5 |
तर म गरीब र दरिद्र छु । हे परमेश्वर, मकहाँ चाँडो आउनुहोस् । तपाईं मेरो सहायता हुनुहुन्छ र तपाईंले मलाई छुटाउनुहुन्छ । हे परमप्रभु, ढिलो नगर्नुहोस् ।