< תהילים 61 >

למנצח על-נגינת לדוד ב שמעה אלהים רנתי הקשיבה תפלתי 1
हे परमेश्‍वर, मेरो पुकारा सुन्‍नुहोस् । मेरो प्रार्थनामा ध्यान दिनुहोस् ।
מקצה הארץ אליך אקרא-- בעטף לבי בצור-ירום ממני תנחני 2
मेरो हृदय शिथिल हुँदा म पृथ्वीको अन्तिम छेउबाट तपाईंलाई पुकारा गर्नेछु । मभन्दा उच्‍च चट्टानतिर मलाई लानुहोस् ।
כי-היית מחסה לי מגדל-עז מפני אויב 3
किनकि तपाईं मेरो निम्ति शरणस्थान, शत्रुबाट बच्‍ने बलियो धरहरा हुनुभएको छ ।
אגורה באהלך עולמים אחסה בסתר כנפיך סלה 4
मलाई सधैं तपाईंको पवित्र-स्थानमा बस्‍न दिनुहोस् । मलाई तपाईंका पखेटाहरूको आडमा शरण लिन दिनुहोस् । सेला
כי-אתה אלהים שמעת לנדרי נתת ירשת יראי שמך 5
किनकि हे परमेश्‍वर, तपाईंले मेरा भाकलहरू सुन्‍नुभएको छ, तपाईंले मलाई तपाईंलाई आदर गर्नेहरूको उत्तराधिकार दिनुभएको छ ।
ימים על-ימי-מלך תוסיף שנותיו כמו-דר ודר 6
तपाईंले राजालाई दिर्घायु बनाउनुहुन्छ । तिनको आयु धेरै पुस्ताहरूजस्तै हुनेछ ।
ישב עולם לפני אלהים חסד ואמת מן ינצרהו 7
तिनी परमेश्‍वरको सामु सदासर्वदा रहनेछन् ।
כן אזמרה שמך לעד-- לשלמי נדרי יום יום 8
तपाईंको नाउँको स्तुति म सदा गाउनेछु ताकि हरेक दिन म आफ्‍नो भाकल पुरा गर्न सकौं।

< תהילים 61 >