< תהילים 60 >
למנצח על-שושן עדות מכתם לדוד ללמד ב בהצותו את ארם נהרים-- ואת-ארם צובה וישב יואב ויך את-אדום בגיא-מלח-- שנים עשר אלף ג אלהים זנחתנו פרצתנו אנפת תשובב לנו | 1 |
हे परमेश्वर, तपाईंले हामीलाई फाल्नुभएको छ । तपाईंले हाम्रा सुरक्षाहरू तोड्नुभएको छ । तपाईं रिसाउनुभएको छ । हामीलाई फेरि पुनर्स्थापना गर्नुहोस् ।
הרעשתה ארץ פצמתה רפה שבריה כי-מטה | 2 |
तपाईंले देशलाई कम्पित पार्नुभएको छ । तपाईंले यसलाई टुक्रा पार्नुभएको छ । यसका दरारहरू निको पार्नुहोस्, किनकि यो कामिरहेको छ ।
הראית עמך קשה השקיתנו יין תרעלה | 3 |
तपाईंले आफ्ना मानिसहरूलाई कठिन कुराहरू देख्न लगाउनुभएको छ । तपाईंले हामीलाई धरमराउने दाखमद्य पिउन लगाउनुभएको छ ।
נתתה ליראיך נס להתנוסס-- מפני קשט סלה | 4 |
धनुधारीहरूका विरुद्धमा प्रदर्शन गर्नलाई तपाईंलाई आदर गर्नेहरूको निम्ति तपाईंले झन्डा खडा गर्नुभएको छ । सेला
למען יחלצון ידידיך הושיעה ימינך ועננו (וענני) | 5 |
ताकि तपाईंले प्रेम गर्नुभएकाहरू बाँचून्, हामीलाई तपाईंको दाहिने बाहुलिले बचाउनुहोस् र मलाई जवाफ दिनुहोस् ।
אלהים דבר בקדשו--אעלזה אחלקה שכם ועמק סכות אמדד | 6 |
परमेश्वरले आफ्नो पवित्रतामा बोल्नुभएको छ, “म आनन्दित हुनेछु । म शकेमलाई बाँड्नेछु र सुक्कोतको बेसीलाई भाग लगाउनेछु ।
לי גלעד ולי מנשה ואפרים מעוז ראשי יהודה מחקקי | 7 |
गिलाद मेरो हो, मनश्शे मेरो हो । एफ्राइम मेरो टोप हो । यहूदा मेरो राजदण्ड हो ।
מואב סיר רחצי--על-אדום אשליך נעלי עלי פלשת התרועעי | 8 |
मोआब मेरो बाटा हो । एदोममा म आफ्नो जुत्ता फुकाल्छु । पलिश्तीको कारणले म विजयमा कराउनेछु ।”
מי יבלני עיר מצור מי נחני עד-אדום | 9 |
कसले मलाई बलियो सहरमा ल्याउनेछ? कसले मलाई एदोममा लानेछ?
הלא-אתה אלהים זנחתנו ולא-תצא אלהים בצבאותינו | 10 |
तर हे परमेश्वर, के तपाईंले हामीलाई इन्कार गर्नुभएको छैन र? तपाईं हाम्रा फौजसँग युद्धमा जानुहुन्न ।
הבה-לנו עזרת מצר ושוא תשועת אדם | 11 |
शत्रुका विरुद्धमा हामीलाई सहायता दिनुहोस्, किनकि मानिसको सहायता व्यार्थको हुन्छ ।
באלהים נעשה-חיל והוא יבוס צרינו | 12 |
परमेश्वरको सहायताले हामी विजयी हुनेछौं । उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ ।