< תהילים 59 >

למנצח אל-תשחת לדוד מכתם בשלח שאול וישמרו את-הבית להמיתו ב הצילני מאיבי אלהי ממתקוממי תשגבני 1
हे मेरा परमेश्‍वर, मलाई मेरा शत्रुहरूबाट बचाउनुहोस् । मेरो विरुद्धमा उठ्नेहरूदेखि मलाई उच्‍चमा राख्‍नुहोस् ।
הצילני מפעלי און ומאנשי דמים הושיעני 2
अधर्म गर्नेहरूबाट मलाई सुरक्षित राख्‍नुहोस् र रक्‍तपिपासु मानिसहरूबाट मलाई बचाउनुहोस् ।
כי הנה ארבו לנפשי-- יגורו עלי עזים לא-פשעי ולא-חטאתי יהוה 3
हेर्नुहोस्, तिनीहरूले मेरो ज्यान लिन ढुकेर बस्छन् । शक्तिशाली मानिसहरू मेरो विरुद्ध एकसाथ भेला हुन्छन्, तर हे परमप्रभु, मेरो पाप वा अपराधको कारणले होइन ।
בלי-עון ירצון ויכוננו עורה לקראתי וראה 4
म दोषरहित भए तापनि तिनीहरू मतिर झम्टन तयार छन् । जाग्‍नुहोस् र मलाई सहायता गर्नुहोस् र हेर्नुहोस् ।
ואתה יהוה-אלהים צבאות אלהי ישראל-- הקיצה לפקד כל-הגוים אל-תחן כל-בגדי און סלה 5
हे सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर, तपाई जाग्‍नुहोस् र जातिहरूलाई दण्ड दिनुहहोस् । कुनै पनि दुष्‍ट अपराधीहरूप्रति दयालु नहुनुहोस् । सेला
ישובו לערב יהמו ככלב ויסובבו עיר 6
तिनीहरू साँझमा फर्कन्छन्, तिनीहरू कुकुरहरूझैं कराउँछन् र सहरका वरिपरि जान्छन् ।
הנה יביעון בפיהם--חרבות בשפתותיהם כי-מי שמע 7
हेर्नुहोस्, तिनीहरूका मुखले नराम्रा कुरा बोल्‍छन् । तिनीहरूका ओठहरूमा तरवारहरू छन्, किनकि तिनीहरू भन्छन्, “हाम्रा कुरा कसले सुन्छ?”
ואתה יהוה תשחק-למו תלעג לכל-גוים 8
तर हे परमप्रभु, तपाईं तिनीहरूमाथि हाँस्‍नुहुन्छ । तपाईंले सबै जातिहरूलाई उपहास गर्नुहुन्छ ।
עזו אליך אשמרה כי-אלהים משגבי 9
हे परमेश्‍वर, मेरो बल, म तपाईंमा नै ध्यान दिनेछु । तपाईं मेरो अग्लो धरहरा हुनुहुन्छ ।
אלהי חסדו (חסדי) יקדמני אלהים יראני בשררי 10
मेरो परमेश्‍वरले मलाई उहाँको करारको विश्‍वस्‍ततासहित भेट्नुहुनेछ । परमेश्‍वरले मेरा शत्रुहरूमाथि मेरो इच्छा देख्‍न मलाई दिनुहुनेछ ।
אל-תהרגם פן ישכחו עמי--הניעמו בחילך והורידמו מגננו אדני 11
तिनीहरूलाई नमार्नुहोस्, नत्र मेरा मानिसहरूले बिर्सनेछन् । हे परमप्रभु, हाम्रो ढाल, तिनीहरूलाई तपाईंको शक्तिले तितरबितर पार्नुहोस् र तिनीहरूलाई ढाल्नुहोस् ।
חטאת-פימו דבר-שפתימו וילכדו בגאונם ומאלה ומכחש יספרו 12
तिनीहरूका मुखका पापहरू र तिनीहरूका ओठहरूका शब्दहरूका निम्ति, तिनीहरूलाई आफ्‍नै घमण्डमा कब्जा गरियोस् र तिनीहरूलले व्यक्‍त गरेका सराप र झूटको निम्ति ।
כלה בחמה כלה ואינמו וידעו--כי-אלהים משל ביעקב לאפסי הארץ סלה 13
तिनीहरूलाई क्रोधमा भस्म पार्नुहोस्, तिनीहरूलाई भस्म पार्नुहोस् ताकि तिनीहरू कदापि नरहून् । परमेश्‍वरले याकूबामाथि र पृथ्वीको अन्तिम छेउसम्म राज्‍य गर्नुहुन्छ भनी तिनीहरूले जानून् । सेला
וישבו לערב יהמו ככלב ויסובבו עיר 14
तिनीहरू कुकुरझैं कराउँदै सहरभरि गएर साँझमा फर्कन्छन् ।
המה ינועון (יניעון) לאכל-- אם-לא ישבעו וילינו 15
तिनीहरू खाने कुरा खोज्दै घुम्छन् र तिनीहरू तृप्‍त भएनन् भने तिनीहरू कुकुरजस्तै कराउँछन् ।
ואני אשיר עזך-- וארנן לבקר חסדך כי-היית משגב לי ומנוס ביום צר-לי 16
तर म तपाईंको सामर्थ्यको स्तुति गाउनेछु र बिहान म तपाईंको अटल प्रेमको स्तुति गाउनेछु । किनकि मेरो संकष्‍टको समय तपाईं मेरो उच्‍च धरहरा र शरणस्थान हुनुभएको छ ।
עזי אליך אזמרה כי-אלהים משגבי אלהי חסדי 17
हे मेरो सामर्थ्य, म तपाईंको स्तुति गाउनेछु । किनकि परमेश्‍वरचाहिं मेरो उच्‍च धरहरा, करारको विश्‍वस्‍तताको परमेश्‍वर हुनुहुन्छ ।

< תהילים 59 >