< תהילים 51 >

למנצח מזמור לדוד ב בבוא-אליו נתן הנביא-- כאשר-בא אל-בת-שבע ג חנני אלהים כחסדך כרב רחמיך מחה פשעי 1
हे परमेश्‍वर, तपाईंको करारको विश्‍वस्‍तताको कारणले ममाथि दया गर्नुहोस् । तपाईंको असङ्‍ख्‍य दयापूर्ण कामहरूको खातिर मेरा अपराधहरू मेटिदिनुहोस् ।
הרבה (הרב) כבסני מעוני ומחטאתי טהרני 2
मलाई मेरो अधर्मबाट पूर्ण रूपले धुनुहोस् र मेरो पापबाट मलाई शुद्ध पार्नुहोस् ।
כי-פשעי אני אדע וחטאתי נגדי תמיד 3
किनकि म आफ्‍ना अपराधहरू जान्दछु र मेरो पाप सधैं मेरै सामु छ ।
לך לבדך חטאתי והרע בעיניך עשיתי למען תצדק בדברך-- תזכה בשפטך 4
तपाईंको विरुद्धमा, केवल तपाईंको विरुद्धमा मैले पाप गरेको छु र तपाईंको दृष्‍टिमा जे खराब छ त्यही गरेको छु । तपाईं बोल्नुहुँदा तपाईं ठिक हुनुहुन्छ । तपाईंले न्याय गर्नुहुँदा तपाईं ठिक हुनुहुन्छ ।
הן-בעוון חוללתי ובחטא יחמתני אמי 5
हेर्नुहोस्, म पापमा नै जन्में । आमाले गर्भमा गर्भधारण गर्ने बित्तिकै, म पापमा नै थिएँ ।
הן-אמת חפצת בטחות ובסתם חכמה תודיעני 6
हेर्नुहोस्, तपाईंले मेरो अन्तस्करणमा विश्‍वासयोग्ता खोज्‍नुहुन्छ । अनि भित्रको गोप्य ठाउँमा तपाईंले मलाई बुद्धिका कुरा सिकाउनुहुन्छ ।
תחטאני באזוב ואטהר תכבסני ומשלג אלבין 7
मलाई हिसपले शुद्ध पार्नुहोस् र म शुद्ध हुनेछु । मलाई धुनुहोस् र म हिउँभन्दा सेतो हुनेछु ।
תשמיעני ששון ושמחה תגלנה עצמות דכית 8
मलाई तपाईंको आनन्द र खुसी सुन्‍न दिनुहोस्, ताकि तपाईंले तोड्नुभएका हाडहरू आनन्‍दित होऊन् ।
הסתר פניך מחטאי וכל-עונתי מחה 9
मेरा पापहरूबाट तपाईंको मुहार लुकाउनुहोस् र मेरा सबै अधर्महरू मेटाउनुहोस् ।
לב טהור ברא-לי אלהים ורוח נכון חדש בקרבי 10
हे परमेश्‍वर, ममा शुद्ध हृदय सृजनुहोस् । र मभित्र ठिक आत्मालाई नयाँ तुल्‍याउनुहोस् ।
אל-תשליכני מלפניך ורוח קדשך אל-תקח ממני 11
मलाई तपाईंको उपस्थितिबाट टाढा नपठाउनुहोस्, र मबाट तपाईंको पवित्र आत्मा नलानुहोस् ।
השיבה לי ששון ישעך ורוח נדיבה תסמכני 12
तपाईंको मुक्‍तिको आनन्दलाई ममा पुनर्जीवित पार्नुहोस्, र इच्छुक आत्माले मलाई सम्हाल्नुहोस् ।
אלמדה פשעים דרכיך וחטאים אליך ישובו 13
तब अपराध गर्नेहरूलाई म तपाईंका मार्गहरू सिकाउनेछु र पापीहरू तपाईंतिर फर्कनेछन् ।
הצילני מדמים אלהים-- אלהי תשועתי תרנן לשוני צדקתך 14
हे मेरा उद्धारका परमेश्‍वर, रक्‍तपातको निम्ति मलाई क्षमा गर्नुहोस्, र तपाईंको धार्मिकताको आनन्दको निम्‍ति म काराउनेछु ।
אדני שפתי תפתח ופי יגיד תהלתך 15
हे परमप्रभु, मेरा ओठहरू खोल्नुहोस्, र मेरो मुखले तपाईंको प्रशंसा गाउनेछ ।
כי לא-תחפץ זבח ואתנה עולה לא תרצה 16
किनकि तपाईं बलिदानमा खुसी हुनुहुन्‍न, नत्र म बलि चढाउँथें । होमबलिमा तपाईं आनन्‍दित हुनुहुन्‍न ।
זבחי אלהים רוח נשברה לב-נשבר ונדכה-- אלהים לא תבזה 17
परमेश्‍वरका बलिदानहरू तोडिएको आत्मा हो । हे परमेश्‍वर, तपाईंले तोडिएको र पश्‍चतापी हृदयलाई घृणा गर्नुहुनेछैन ।
היטיבה ברצונך את-ציון תבנה חומות ירושלם 18
सियोनलाई तपाईंको सुभेच्छामा भलइ गर्नुहोस्, यरूशलेमको पर्खालहरू पनुःनिर्माण गर्नुहोस् ।
אז תחפץ זבחי-צדק עולה וכליל אז יעלו על-מזבחך פרים 19
तब तपाईं धार्मिकताको बलिहरूमा, होमबलिहरू र सम्‍पूर्ण होमबलिमा प्रशन्‍न हुनुहुनेछ । तब हाम्रा मानिसहरूले तपाईंको वेदीमा साँढेहरू चढाउनेछन् ।

< תהילים 51 >