< תהילים 5 >

למנצח אל-הנחילות מזמור לדוד ב אמרי האזינה יהוה בינה הגיגי 1
हे परमप्रभु, मैले तपाईंलाई पुकारा गर्दा सुन्‍नुहोस् । मेरा सुस्केराहरूका बारेमा विचार गर्नुहोस् ।
הקשיבה לקול שועי--מלכי ואלהי כי-אליך אתפלל 2
हे मेरो राजा र मेरो परमेश्‍वर, मेरो पुकाराको सोर सुन्‍नुहोस्, किनकि मैले प्रार्थना गर्ने तपाईंसँग नै हो ।
יהוה--בקר תשמע קולי בקר אערך-לך ואצפה 3
हे परमप्रभु, बिहान तपाईंले मेरो रोदन सुन्‍नुहुन्छ । बिहानै म आफ्‍नो बिन्‍ती तपाईंकहाँ ल्याउनेछु र आसा गरेर पर्खिनेछु ।
כי לא אל חפץ רשע אתה לא יגרך רע 4
निश्‍चय नै तपाईं खराबी ग्रहण गर्ने परमेश्‍वर हुनुहुन्‍न । दुष्‍ट मानिसहरू तपाईंका पाहुनाहरू हुनेछैनन् ।
לא-יתיצבו הוללים לנגד עיניך שנאת כל-פעלי און 5
अहङ्कारी तपाईंको उपस्थितिमा खडा हुनेछैनन् । दुष्‍ट किसिमले व्यवहार गर्ने सबैलाई तपाईंले घृणा गर्नुहुन्छ ।
תאבד דברי כזב איש-דמים ומרמה יתעב יהוה 6
तपाईंले झुट बोल्नेहरूलाई नष्‍ट पार्नुहुन्छ । हिंस्रक र छली मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ ।
ואני--ברב חסדך אבוא ביתך אשתחוה אל-היכל-קדשך ביראתך 7
तर मेरो बारेमा, तपाईंको महान् करारको विश्‍वस्‍तताको कारणले, म तपाईंको मन्‍दिरमा आउनेछु । आदरसाथ तपाईंको पवित्र मन्दिरतर्फ फर्केर म दण्डवत् गर्नेछु ।
יהוה נחני בצדקתך--למען שוררי הושר (הישר) לפני דרכך 8
हे परमप्रभु, मेरा शत्रुहरूका कारणले मलाई तपाईंको धार्मिकतामा डोर्‍याउनुहोस् । मेरो समु तपाईंको बाटो सोझो बनाउनुहोस् ।
כי אין בפיהו נכונה--קרבם הוות קבר-פתוח גרנם לשונם יחליקון 9
किनकि तिनीहरूका मुखमा कुनै सत्य छैन । तिनीहरू अन्तस्करण दुष्‍ट छ । तिनीहरूका गला एउटा खुला चिहान हो । आफ्नो जिब्रोले तिनीहरू चाप्लुसी गर्छन् ।
האשימם אלהים-- יפלו ממעצותיהם ברב פשעיהם הדיחמו-- כי-מרו בך 10
हे परमेश्‍वर, तिनीहरूलाई दोषी ठहराउनुहोस् । तिनीहरूको षड्यान्त्र नै तिनीहरूको पतन बनोस् । तिनीहरूका धेरै अपराधहरूका कारणले तिनीहरूलाई खेद्‍नुहोस् किनकि तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरेका छन् ।
וישמחו כל-חוסי בך לעולם ירננו-- ותסך עלימו ויעלצו בך אהבי שמך 11
तर तपाईंमा शरण लिनै सबै जना आनन्दित होऊन् । तिनीहरू आनन्दले कराऊन् किनभने तपाईंले तिनीहरूको सरक्षा गर्नुहुन्छ । तपाईंको नाउँ मन पराउनेहरू तपाईंमा आनन्दित होऊन् ।
כי-אתה תברך צדיק יהוה--כצנה רצון תעטרנו 12
किनकि हे परमप्रभु, तपाईंले धर्मीहरूलाई आशिष्‌‌‌ दिनुहुन्छ । तिनीहरूका वरिपरि ढालले झैं तपाईंले कृपाले घेर्नुहुनेछ ।

< תהילים 5 >