< תהילים 25 >
לדוד אליך יהוה נפשי אשא | 1 |
हे परमप्रभु, म आफ्नो जीवन तपाईंमा उचाल्छु ।
אלהי--בך בטחתי אל-אבושה אל-יעלצו אויבי לי | 2 |
हे परमेश्वर, म तपाईंमा भरोसा गर्छु । मलाई अपमानित हुन नदिनुहोस् । मेरा शत्रुहरू ममाथि विजयसाथ आनन्दित हुन नदिनुहोस् ।
גם כל-קויך לא יבשו יבשו הבוגדים ריקם | 3 |
तपाईंमा आसा राख्ने कोही पनि अपमानित नहोस् । विनाकारण छली रूपले काम गर्नेहरू लज्जित होऊन्!
דרכיך יהוה הודיעני ארחותיך למדני | 4 |
हे परमप्रभु, तपाईंका मार्गहरू मलाई प्रकट गर्नुहोस् । तपाईंका मार्गहरू मलाई सिकाउनुहोस् ।
הדריכני באמתך ולמדני-- כי-אתה אלהי ישעי אותך קויתי כל-היום | 5 |
मलाई तपाईंको सत्यतामा डोर्याउनुहोस् र मलाई सिकाउनुहोस् । किनकि तपाईं मेरो उद्धारको परमेश्वर हुनहुन्छ । म दिनभरि तपाईंमा नै आसा गर्छु ।
זכר-רחמיך יהוה וחסדיך כי מעולם המה | 6 |
हे परमप्रभु, तपाईंका दयाका कामहरू र करारको विश्वस्तता सम्झनुहोस् । किनकि तिनीहरू सँधै अस्तित्वमा थिए ।
חטאות נעורי ופשעי-- אל-תזכר כחסדך זכר-לי-אתה-- למען טובך יהוה | 7 |
मेरा जवानीका पापहरू वा मेरा विद्रोहको बारेमा विचार नगर्नुहोस् । हे परमप्रभु, तपाईंको भलाइको कारणले करारको विश्वस्ततामा मलाई सम्झनुहोस् ।
טוב-וישר יהוה על-כן יורה חטאים בדרך | 8 |
परमप्रभु असल र सोझो हुनुहुन्छ । यसकारण उहाँले पापीहरूलाई बाटो सिकाउनुहुन्छ ।
ידרך ענוים במשפט וילמד ענוים דרכו | 9 |
उहाँले नम्रहरूलाई ठिक कुरा सिकाउनुहुन्छ र उहाँले तिनीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ ।
כל-ארחות יהוה חסד ואמת-- לנצרי בריתו ועדתיו | 10 |
परमप्रभुका करार र उहाँका गहन आज्ञाहरू पालन गर्नेहरूका निम्ति उहाँका सबै मार्गहरू अटल प्रेम र विश्वस्तता हुन् ।
למען-שמך יהוה וסלחת לעוני כי רב-הוא | 11 |
हे परमप्रभु, तपाईंको नाउँको खातिर मेरो पाप क्षमा गर्नुहोस्, किनकि यो महान् छ ।
מי-זה האיש ירא יהוה-- יורנו בדרך יבחר | 12 |
परमप्रभुको भय मान्ने मानिस को हो? त्यसले चुन्नुपर्ने मार्गमा परमप्रभुले त्यसलाई शिक्षा दिनुहुन्छ ।
נפשו בטוב תלין וזרעו יירש ארץ | 13 |
त्यसको जीवन भलाइमा बित्नेछ । त्यसका सन्तानहरूले देशको उत्तराधिकार पाउनेछन् ।
סוד יהוה ליראיו ובריתו להודיעם | 14 |
परमप्रभुको मित्रता उहाँलाई आदर गर्नेहरूका निम्ति हो, र उहाँले तिनीहरूलाई उहाँको करार प्रकट गर्नुहुनेछ ।
עיני תמיד אל-יהוה כי הוא-יוציא מרשת רגלי | 15 |
मेरा आँखाहरू सदासर्वदा परमप्रभुमाथि हुन्छन्, किनकि उहाँले मेरा खुट्टाहरूलाई जालबाट मुक्त गर्नुहुनेछ ।
פנה-אלי וחנני כי-יחיד ועני אני | 16 |
मतिर फर्कनुहोस् र मलाई दया गर्नुहोस् । किनकि म एक्लो र कष्टमा परेको छु ।
צרות לבבי הרחיבו ממצוקותי הוציאני | 17 |
मेरो हृदयका कष्टहरू ठुला भएका छन् । मेरो कष्टहरूबाट मलाई बाहिर तान्नुहोस् ।
ראה עניי ועמלי ושא לכל-חטאותי | 18 |
मेरो कष्ट र मेरो परिश्रमहरू हेर्नुहोस् । मेरा सबै पाप क्षमा गर्नुहोस् ।
ראה-איבי כי-רבו ושנאת חמס שנאוני | 19 |
मेरा शत्रुहरूलाई हेर्नुहोस्, किनकि तिनीहरू धेरै जना छन् । तिनीहरूले मलाई क्रूर घृणाले घृणा गर्छन् ।
שמרה נפשי והצילני אל-אבוש כי-חסיתי בך | 20 |
मेरो जीवनको रक्षा गर्नुहोस् र मलाई बचाउनुहोस् । मलाई अपमानित हुन नदिनुहोस् किनकि मैले तपाईंमा शरण लिन्छु ।
תם-וישר יצרוני כי קויתיך | 21 |
निष्ठा र इमानदारीले मलाई बचाओस्, किनकि म तपाईंमा आसा गर्छु ।
פדה אלהים את-ישראל-- מכל צרותיו | 22 |
हे परमेश्वर, इस्राएललाई त्यसको सबै कष्टबाट बचाउनुहोस् ।