< תהילים 23 >

מזמור לדוד יהוה רעי לא אחסר 1
परमप्रभु मेरो गोठाला हुनुहुन्छ । मलाई कुनै कुरा खाँचो पर्नेछैन ।
בנאות דשא ירביצני על-מי מנחות ינהלני 2
उहाँले मलाई हरियो खर्कहरूमा सुताउनुहुन्छ । उहाँले मलाई शान्‍त पानीको छेउमा डोर्‍याउनुहुन्छ ।
נפשי ישובב ינחני במעגלי-צדק למען שמו 3
उहाँले मेरो जीवनलाई पुनर्जीवित पार्नुहुन्छ । उहाँले आफ्‍नो नाउँको खातिर मलाई ठिक बाटो देखाउनुहुन्छ ।
גם כי-אלך בגיא צלמות לא-אירא רע-- כי-אתה עמדי שבטך ומשענתך המה ינחמני 4
मैले निस्‍पट्ट अँध्‍यारो छायाको बेसीमा हिंड्‍नुपर्दा पनि, हानिसँग म डराउनेछैन किनभने तपाईं मसँग हुनुहुन्छ । तपाईंको लट्ठी र तपाईंको लौरोले मलाई सान्त्वना दिन्छन् ।
תערך לפני שלחן-- נגד צררי דשנת בשמן ראשי כוסי רויה 5
मेरा शत्रुहरूका सामु तपाईंले मेरो निम्ति भोज तयार पार्नुहुन्छ । तपाईंले मेरो शिरलाई तेलले अभिषेक गर्नुभएको छ । मेरो कचौरा भरिएर पोखिन्छ ।
אך טוב וחסד ירדפוני-- כל-ימי חיי ושבתי בבית-יהוה לארך ימים 6
निश्‍चय नै, मेरो जीवनका सारा दिन भलाइ र करारको विश्‍वस्‍तता मेरो पछि आउनेछ । र परमप्रभुको मन्‍दिरमा म सधैंभरि वास गर्नेछु ।

< תהילים 23 >