< תהילים 124 >
שיר המעלות לדוד לולי יהוה שהיה לנו-- יאמר-נא ישראל | 1 |
अब इस्राएलले भनोस्, “परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए,
לולי יהוה שהיה לנו-- בקום עלינו אדם | 2 |
मानिसहरू हाम्रा विरुद्धमा खडा हुँदा परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए,
אזי חיים בלעונו-- בחרות אפם בנו | 3 |
तब हाम्रा विरुद्धमा तिनीहरूका रिस दन्किंदा तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए ।
אזי המים שטפונו-- נחלה עבר על-נפשנו | 4 |
पानीले हामीलाई बगाएर लानेथियो । पानीको भलले हामीलाई बगाउनेथियो ।
אזי עבר על-נפשנו-- המים הזידונים | 5 |
तब उर्लंदो पानीले हामीलाई डुबाउनेथियो ।”
ברוך יהוה-- שלא נתננו טרף לשניהם | 6 |
परमप्रभुको प्रशंसा होस्, जसले हामीलाई तिनीहरूको दाँतले धुजाधुजा हुन दिनुभएको छैन ।
נפשנו-- כצפור נמלטה מפח יוקשים הפח נשבר ואנחנו נמלטנו | 7 |
शिकारीको पासोबाट चरा फुत्केझैं हामी भएका छौं । पासो चुँडेको छ र हामी उम्केका छौं ।
עזרנו בשם יהוה-- עשה שמים וארץ | 8 |
परमप्रभु हाम्रो सहायता हुनुहुन्छ, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।