< תהילים 118 >
הודו ליהוה כי-טוב כי לעולם חסדו | 1 |
परमप्रभुलाई धन्यवाद चढाओ, किनकि उहाँ भलो हुनुहुन्छ । किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
יאמר-נא ישראל כי לעולם חסדו | 2 |
इस्राएलले भनोस्, “उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।”
יאמרו-נא בית-אהרן כי לעולם חסדו | 3 |
हारूनको घरानाले भनोस्, “उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।”
יאמרו-נא יראי יהוה כי לעולם חסדו | 4 |
बफादार भएर परमप्रभुको अनुसरण गर्नेहरूले भनून्, “उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।”
מן-המצר קראתי יה ענני במרחב יה | 5 |
मेरो संकष्टमा मैले परमप्रभुलाई पुकारा गरें । परमप्रभुले मलाई जवाफ दिनुभयो र मलाई स्वतन्त्र गर्नुभयो ।
יהוה לי לא אירא מה-יעשה לי אדם | 6 |
परमप्रभु मसँग हुनुहुन्छ । म भयभीत हुनेछैन । मानिसले मलाई के गर्न सक्छ र?
יהוה לי בעזרי ואני אראה בשנאי | 7 |
परमप्रभु मेरो सहायकको रूपमा मेरो पक्षमा हुनुहुन्छ । मलाई घृणा गर्नेहरूलाई म विजयको दृष्टिले हे्र्नेछु ।
טוב לחסות ביהוה-- מבטח באדם | 8 |
मानिसमा भरोसा गर्नुभन्दा परमप्रभुमा शरण लिनु असल हुन्छ ।
טוב לחסות ביהוה-- מבטח בנדיבים | 9 |
कसैले शासकहरूमा भरोसा गर्नुभन्दा परमप्रभुमा शरण लिनु असल हुन्छ ।
כל-גוים סבבוני בשם יהוה כי אמילם | 10 |
सबै जातिले मलाई घेरा हाले । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें ।
סבוני גם-סבבוני בשם יהוה כי אמילם | 11 |
तिनीहरूले मलाई घेरा हाले । हो, तिनीहरूले मलाई घेरा हाले । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें ।
סבוני כדבורים-- דעכו כאש קוצים בשם יהוה כי אמילם | 12 |
तिनीहरूले मलाई मौरीहरूले झैं घेरा हाले । काँढाहरू बिचको आगो जत्तिकै छिटो तिनीहरू लोप भए । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें ।
דחה דחיתני לנפל ויהוה עזרני | 13 |
तिनीहरूले मलाई गिराउनलाई आक्रमण गरे, तर परमप्रभुले मलाई सहायता गर्नुभयो ।
עזי וזמרת יה ויהי-לי לישועה | 14 |
परमप्रभु मेरो बल र आनन्द हुनुहुन्छ, अनि मलाई बचाउने उहाँ नै हुनुहुन्छ ।
קול רנה וישועה--באהלי צדיקים ימין יהוה עשה חיל | 15 |
धर्मीहरूका पालहरूमा विजयको आनन्दित सोर सुनिन्छ । परमप्रभुको दाहिने बाहुलीले विजय प्राप्त गर्छ ।
ימין יהוה רוממה ימין יהוה עשה חיל | 16 |
परमप्रभुको दाहिने बाहुली उच्च पारिन्छ । परमप्रभुको दाहिने बाहुलीले विजय प्राप्त गर्छ ।
לא-אמות כי-אחיה ואספר מעשי יה | 17 |
म मर्नेछैन, तर जिउनेछु र परमप्रभुका कामहरू घोषणा गर्नेछु ।
יסר יסרני יה ולמות לא נתנני | 18 |
परमप्रभुले मलाई कठोर किसिमले दण्ड दिनुभएको छ । तर उहाँले मलाई मृत्युमा सुम्पिनुभएको छैन ।
פתחו-לי שערי-צדק אבא-בם אודה יה | 19 |
मलाई धार्मिकताका ढोकाहरू खोल्नुहोस् । तिनीहरूभित्र म पस्नेछु र परमप्रभुलाई म धन्यवाद दिनेछु ।
זה-השער ליהוה צדיקים יבאו בו | 20 |
यो परमप्रभुको ढोका हो । धर्मी यसबाट भित्र पस्छ ।
אודך כי עניתני ותהי-לי לישועה | 21 |
म तपाईंलाई धन्यवाद दिनेछु, किनकि तपाईंले मलाई जवाफ दिनुभयो र तपाईं मेरो उद्धार हुनुभएको छ ।
אבן מאסו הבונים-- היתה לראש פנה | 22 |
निर्माण गर्नेहरूले इन्कार गरेको ढुङ्गो कुनेढुङ्गा बनेको छ ।
מאת יהוה היתה זאת היא נפלאת בעינינו | 23 |
यो परमप्रभुको काम हो । यो हाम्रा दृष्टिमा अचम्मको कुरा हो ।
זה-היום עשה יהוה נגילה ונשמחה בו | 24 |
यो दिनमा परमप्रभुले काम गर्नुभएको छ । यसमा हामी आनन्दित हुनेछौं र खुसी हुनेछौं ।
אנא יהוה הושיעה נא אנא יהוה הצליחה נא | 25 |
हे परमप्रभु, हामीलाई विजय दिनुहोस्! हे परमप्रभु, हामीलाई सफलता दिनुहोस्!
ברוך הבא בשם יהוה ברכנוכם מבית יהוה | 26 |
परमप्रभुको नाउँमा आउने धन्यको हो । तिमीलाई परमप्रभुको मन्दिरबाट हामी आशीर्वाद दिनेछौं ।
אל יהוה--ויאר-לנו אסרו-חג בעבתים--עד קרנות המזבח | 27 |
परमप्रभु परमेश्वर हुनुहुन्छ र उहाँले हामीलाई ज्योति दिनुभएको छ । वेदीका सिङहरूमा बलिदानलाई डोरीहरूले बाँध ।
אלי אתה ואודך אלהי ארוממך | 28 |
तपाईं मेरो परमेश्वर हुनुहुन्छ, र म तपाईंलाई धन्यवाद दिनेछु । तपाईं मेरो परमेश्वर हुनुहुन्छ । म तपाईंलाई उच्च पार्नेछु ।
הודו ליהוה כי-טוב כי לעולם חסדו | 29 |
परमप्रभुलाई धन्यवाद चढाओ । किनकि उहाँ भलो हुनुहुन्छ । किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।