< תהילים 110 >
לדוד מזמור נאם יהוה לאדני--שב לימיני עד-אשית איביך הדם לרגליך | 1 |
परमप्रभुले मेरो प्रभुलाई भन्नुहुन्छ, “मैले तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टाको पाउदान नबनाएसम्म मेरो दाहिने हातपट्टि बस ।”
מטה-עזך--ישלח יהוה מציון רדה בקרב איביך | 2 |
परमप्रभुले सियोनबाट तपाईंको शक्तिको राजदण्ड पसार्नुहुनेछ । तपाईंका शत्रुहरूमाथि राज्य गर्नुहोस् ।
עמך נדבת ביום חילך בהדרי-קדש מרחם משחר לך טל ילדתיך | 3 |
तपाईंका मानिसहरूले तपाईंको शक्तिको दिनमा आफ्नै स्वइच्छाले पवित्र वस्त्रमा तपाईंको पछि लाग्नेछन् । प्रभातको गर्भदेखि नै तपाईंको जवानी तपाईंको निम्ति शीतझैं हुनेछ ।
נשבע יהוה ולא ינחם-- אתה-כהן לעולם על-דברתי מלכי-צדק | 4 |
परमप्रभुले शपथ खानुभएको छ र बद्लिनुहुन्नः “सदासर्वदाको निम्ति तिमी मल्कीसेदेकजस्तै पुजारी हौ ।”
אדני על-ימינך מחץ ביום-אפו מלכים | 5 |
परमप्रभु तिम्रो दाहिने हातपट्टि हुनुहुन्छ । उहाँले आफ्नो क्रोधको दिनमा राजाहरूलाई मार्नुहुनेछ ।
ידין בגוים מלא גויות מחץ ראש על-ארץ רבה | 6 |
उहाँले जातिहरूको न्याय गर्नुहुनेछ । उहाँल युद्ध मैदानलाई मृत शरीरहरूले भर्नुहुनेछ । उहाँले धेरै देशहरूका अगुवाहरूलाई मार्नुहुनेछ ।
מנחל בדרך ישתה על-כן ירים ראש | 7 |
उहाँले बाटो नजिकैको खोलबाट पिउनुहुनेछ र तब विजयपछि उहाँले आफ्नो शिर उच्च पार्नुहुनेछ ।