< תהילים 105 >
הודו ליהוה קראו בשמו הודיעו בעמים עלילותיו | 1 |
परमप्रभुलाई धन्यवाद देओ । उहाँको नाउँमा पुकारा गर । उहाँका कामहरू जातिहरूका माझमा प्रकट गर ।
שירו-לו זמרו-לו שיחו בכל-נפלאותיו | 2 |
उहाँको निम्ति गाओ । उहाँको स्तुति गाओ । उहाँका सबै अचम्मका कामहरूका बारेमा भन ।
התהללו בשם קדשו ישמח לב מבקשי יהוה | 3 |
उहाँको पवित्र नाउँमा गर्व गर । परमप्रभुको खोजी गर्नेहरूका हृदय आनन्दित होस् ।
דרשו יהוה ועזו בקשו פניו תמיד | 4 |
परमप्रभु र उहाँको शक्तिको खोजि गर । उहाँको उपस्थितिको निरन्तर खोजी गर ।
זכרו--נפלאותיו אשר-עשה מפתיו ומשפטי-פיו | 5 |
उहाँले गर्नुभएका अचम्मका कामहरू, उहाँका आश्चर्य कामहरू र उहाँको मुखका आदेशहरूलाई याद गर,
זרע אברהם עבדו בני יעקב בחיריו | 6 |
ए उहाँका सेवक अब्राहामका सन्तानहरू, याकूबका मानिसहरू, उहाँका चुनिएका जनहरू हो ।
הוא יהוה אלהינו בכל-הארץ משפטיו | 7 |
उहाँ परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ । उहाँका आदेशहरू सारा पृथ्वीभरि छन् ।
זכר לעולם בריתו דבר צוה לאלף דור | 8 |
उहाँले आफ्नो करारलाई सदासर्वदा, आफूले आज्ञा गर्नुभएका वचनलाई हजार पुस्तासम्म सम्झनुहुन्छ ।
אשר כרת את-אברהם ושבועתו לישחק | 9 |
आफूले अब्राहामसँग गरेको करार र इसहाकसँग खाएको शपथलाई उहाँले सम्झनुहुन्छ ।
ויעמידה ליעקב לחק לישראל ברית עולם | 10 |
यो उहाँले याकूबसँग आदेश रूपमा र इस्राएलसँग अनन्त करारको रूपमा पुष्टि गर्नुभयो ।
לאמר--לך אתן את-ארץ-כנען חבל נחלתכם | 11 |
उहाँले भन्नुभयो, “तेरो उत्तराधिकारको तेरो अंशको रूपमा तँलाई म कनान देश दिनेछु ।”
בהיותם מתי מספר כמעט וגרים בה | 12 |
तिनीहरू संख्यामा थोरै, अति थोरै मात्र हुँदा र देशमा परदेशीहरू हुँदा नै उहाँले यसो भन्नुभयो ।
ויתהלכו מגוי אל-גוי מממלכה אל-עם אחר | 13 |
तिनीहरू एक जातिबाट अर्को जातिमा र एक राज्यबाट अर्को राज्यमा गए ।
לא-הניח אדם לעשקם ויוכח עליהם מלכים | 14 |
उहाँले कसैलाई पनि तिनीहरूमाथि थिचोमिचो गर्ने अनुमति दिनुभएन । तिनीहरूका खातिर उहाँले राजाहरूलाई हप्काउनुभयो ।
אל-תגעו במשיחי ולנביאי אל-תרעו | 15 |
उहाँले भन्नुभयो, “मेरो अभिषिक्त जनलाई नछोओ र मेरा अगमवक्ताहरूका हानि नगर ।”
ויקרא רעב על-הארץ כל-מטה-לחם שבר | 16 |
उहाँ देशमा अनिकाल ल्याउनुभयो । उहाँ खानेकुराको सारा आपूर्ती बन्द गर्नुभयो ।
שלח לפניהם איש לעבד נמכר יוסף | 17 |
उहाँले तिनीहरू अगिअगि एक जना मानिसलाई पठाउनुभयो । योसेफलाई कमाराको रूपमा बेचिएका थिए ।
ענו בכבל רגליו (רגלו) ברזל באה נפשו | 18 |
तिनका खुट्टाहरू साङ्लाहरूले बाँधिएका थिए । तिनको घाँटीमा फालमको जन्जीर लगाइयो,
עד-עת בא-דברו-- אמרת יהוה צרפתהו | 19 |
तिनले जे भनेका थिए सो हुन नआएसम्म । परमप्रभुको वचनले तिनको जाँच गर्यो ।
שלח מלך ויתירהו משל עמים ויפתחהו | 20 |
तिनलाई मुक्त गर्न राजाले सेवकहरू पठाए । मानिसहरूका शासकले तिनलाई मुक्त गरे ।
שמו אדון לביתו ומשל בכל-קנינו | 21 |
उनले तिनलाई आफ्नो सारा सम्पत्तिको शासकको रूपमा आफ्नो दरवारको निरीक्षक बनाए,
לאסר שריו בנפשו וזקניו יחכם | 22 |
तिनले चाहेअनुरूप उनका शासकहरूलाई सल्लाह दिन र उनका धर्मगुरुहरूलाई बुद्धि सिकाउन ।
ויבא ישראל מצרים ויעקב גר בארץ-חם | 23 |
त्यसपछि इस्राएल मिश्रदेशमा गए र याकूब केही समय हामको देशमा बसे ।
ויפר את-עמו מאד ויעצמהו מצריו | 24 |
परमप्रभुले आफ्ना मानिसहरूलाई फल्दोफुल्दो बनाउनुभयो र तिनीहरूलाई आफ्ना शत्रुहरूभन्दा बलियो बनाउनुभयो ।
הפך לבם לשנא עמו להתנכל בעבדיו | 25 |
उहाँका मानिसहरूलाई तिनीहरूका शत्रुहरूले घृणा गर्ने, आफ्ना सेवकहरूलाई दुर्व्यवहार गर्ने उहाँले बनाउनुभयो ।
שלח משה עבדו אהרן אשר בחר-בו | 26 |
आफूले चुन्नुभएका आफ्ना सेवक मोशा र हारूनलाई उहाँले पठाउनुभयो ।
שמו-בם דברי אתותיו ומפתים בארץ חם | 27 |
तिनीहरूले मिश्रीहरूका माझमा उहाँका चिन्हहरू, हामको देशमा उहाँ अचम्मका कामहरू गरे ।
שלח חשך ויחשך ולא-מרו את-דבריו (דברו) | 28 |
उहाँले अन्धकार पठाउनुभयो र त्यो देशलाई अँध्यारो बनाउनुभयो, तर त्यसका मानिसहरूले उहाँका आज्ञाहरू पालन गरेनन् ।
הפך את-מימיהם לדם וימת את-דגתם | 29 |
उहाँले तिनीहरूका पानीलाई रगतमा बद्लिनुभयो र तिनीहरूका माछाहरू मार्नुभयो ।
שרץ ארצם צפרדעים בחדרי מלכיהם | 30 |
तिनीहरूका देश, तिनीहरूका शासकहरूका कोठाहरूमा समेत भ्यागुताहरूले भरिए ।
אמר ויבא ערב כנים בכל-גבולם | 31 |
उहाँले बोल्नुभयो र झिंगाहरू र भुसुनाहरूको हुल तिनीहरूको देशभरि आए ।
נתן גשמיהם ברד אש להבות בארצם | 32 |
तिनीहरूका देशमा बलिरहेको आगोको ज्वालासहित, उहाँले तिनीहरूको वर्सालाई असिनामा बद्लिनुभयो ।
ויך גפנם ותאנתם וישבר עץ גבולם | 33 |
उहाँले तिनीहरूका दाखका बोटहरू र अञ्जीरका रूखहरू नष्ट पार्नुभयो । उहाँ तिनीहरूका देशका रूखहरू भाँच्नुभयो ।
אמר ויבא ארבה וילק ואין מספר | 34 |
उहाँ बोल्नुभयो र सलहहरू, साह्रै नै धेरै सलहहरू आए ।
ויאכל כל-עשב בארצם ויאכל פרי אדמתם | 35 |
सलहहरूले तिनीहरूका देशमा भएका सबै वनस्पतिहरू खाए । तिनीहरूले जमिनका सबै फसलहरू खाए ।
ויך כל-בכור בארצם ראשית לכל-אונם | 36 |
तिनीहरूका देशमा भएका हरेक जेठा सन्तान, तिनीहरूका बलको पहिलो फललाई उहाँले मार्नुभयो ।
ויוציאם בכסף וזהב ואין בשבטיו כושל | 37 |
उहाँले इस्राएलीहरूलाई सुन र चाँदीसहित हाबिर निकालेर ल्याउनुभयो । उहाँका कुलमध्ये कुनैले पनि बाटोमा ठेस खाएन ।
שמח מצרים בצאתם כי-נפל פחדם עליהם | 38 |
तिनीहरू निस्केर जाँदा मिश्रदेश खुसी थियो, किनकि मिश्रीहरू तिनीहरूसँग डराएका थिए ।
פרש ענן למסך ואש להאיר לילה | 39 |
उहाँले ढाक्नलाई बादल फिंजाउनुभयो र रातलाई उज्यालो पार्न आगो बाल्नुभयो ।
שאל ויבא שלו ולחם שמים ישביעם | 40 |
इस्राएलीहरूले खानेकुरा मागे र उहाँले बट्टाई चरा दिनुभयो र स्वर्गको रोटीले तिनीहरूलाई सन्तुष्ट पार्नुभयो ।
פתח צור ויזובו מים הלכו בציות נהר | 41 |
उहाँले चट्टानलाई चिरा पार्नुभयो र त्यसबाट पानी बगेर निस्क्यो । उजाडस्थानमा ती नदीझैं बगे ।
כי-זכר את-דבר קדשו את-אברהם עבדו | 42 |
किनकि उहाँले आफ्नो सेवक अब्राहामसँग गर्नुभएको आफ्नो पवित्र प्रतिज्ञालाइ सम्झिनुभयो ।
ויוצא עמו בששון ברנה את-בחיריו | 43 |
आफ्ना मानिसहरूलाई आनन्दसाथ, उहाँका चुनिएकाहरूलाई जयजयकारको ध्वनिसँगै उहाँले डोर्याउनुभयो ।
ויתן להם ארצות גוים ועמל לאמים יירשו | 44 |
उहाँले तिनीहरूलाई जातिहरूका देश दिनुभयो । तिनीहरूले मानिसहरूका सम्पत्तिमाथि आफ्नो अधिकार जमाए,
בעבור ישמרו חקיו-- ותורתיו ינצרו הללו-יה | 45 |
ताकि तिनीहरूले उहाँका आदेशहरू पालन गरून् र उहाँका व्यवस्थाहरू मानून् । परमप्रभुको प्रशंसा गर ।