< תהילים 102 >

תפלה לעני כי-יעטף-- ולפני יהוה ישפך שיחו ב יהוה שמעה תפלתי ושועתי אליך תבוא 1
हे परमप्रभु, मेरो प्रार्थन सुन्‍नुहोस् । तपाईंलाई मेरो पुकारा सुन्‍नुहोस् ।
אל-תסתר פניך ממני-- ביום צר-לי הטה-אלי אזנך ביום אקרא מהר ענני 2
मेरो कष्‍टको समयमा तपाईंको मुहार मबाट नलुकाउनुहोस् । मेरो पुकारा सुन्‍नुहोस् । मैले तपाईंलाई पुकारा गर्दा, मलाई तुरुन्‍तै जवाफ दिनुहोस् ।
כי-כלו בעשן ימי ועצמותי כמוקד נחרו 3
किनकि मेरो दिनहरू धूवाँझैं बित्छन् र मेरा हाडहरू आगोझैं जल्छन् ।
הוכה-כעשב ויבש לבי כי-שכחתי מאכל לחמי 4
मेरो हृदय चूर्ण भएको छ र म ओइलिएको घाँसजस्तो छु । म कुनै पनि खानेकुरा खान बिर्सिन्छु ।
מקול אנחתי-- דבקה עצמי לבשרי 5
मेरो निरन्‍तरको सुस्‍केराले म धेरै दुब्‍लो भएको छु ।
דמיתי לקאת מדבר הייתי ככוס חרבות 6
म उजाडस्‍थानको धनेसझैं भएको छु । भग्‍नावशेषको लाटोकोसेरोझैं म भएको छु ।
שקדתי ואהיה-- כצפור בודד על-גג 7
एक्‍लिएको चराझैं छानामाथि म एक्‍लै जागा रहन्छु ।
כל-היום חרפוני אויבי מהוללי בי נשבעו 8
मेरा शत्रुहरूले दिनभरि मेरो खिसी गर्छन् । मेरो गिल्ला गर्नेहरूले मेरो नाउँ सरापको रूपमा प्रयोग गर्छन् ।
כי-אפר כלחם אכלתי ושקוי בבכי מסכתי 9
खरानीलाई म रोटीझैं खान्छु र मेरो पिउने कुरामा आँशु मिसाउँछु ।
מפני-זעמך וקצפך-- כי נשאתני ותשליכני 10
तपाईंको दन्कँदो रिसको कारणले तपाईंले मलाई तल फाल्‍नलाई माथि उचाल्नुभएको छ ।
ימי כצל נטוי ואני כעשב איבש 11
मेरा दिनहरू हराएर जाने छायाजस्तै छन् र म घाँसझैं ओइलाएको छु ।
ואתה יהוה לעולם תשב וזכרך לדר ודר 12
तर हे परमप्रभु, तपाईं सदासर्वदा जीवित हुनुहुन्छ र तपाईंको ख्याति सबै पुस्तामा रहन्छ ।
אתה תקום תרחם ציון כי-עת לחננה כי-בא מועד 13
तपाईं माथि उठ्नुहुनेछ र सियोनमाथि दया गर्नुहुनेछ । यो त्यसमाथि दया गर्ने समय हो । तोकिएको समय आएको छ ।
כי-רצו עבדיך את-אבניה ואת-עפרה יחננו 14
किनकि तपाईंको सेवकले त्यसका ढुङ्गाहरू प्रिय मान्छ र त्यसका भग्‍नावशेषका धूलोप्रति दयाको महसुस गर्छ ।
וייראו גוים את-שם יהוה וכל-מלכי הארץ את-כבודך 15
हे परमप्रभु, जातिहरूले तपाईंको नाउँको आदर गर्नेछन् र पृथ्वीका सबै राजाले तपाईंको महिमाको आदर गर्नेछन् ।
כי-בנה יהוה ציון-- נראה בכבודו 16
परमप्रभुले सियोनको पुनःनिर्माण गर्नुहुनेछ र आफ्‍नो महिमामा देखा पर्नुहुनेछ ।
פנה אל-תפלת הערער ולא-בזה את-תפלתם 17
त्यसबेला, उहाँले दरिद्रको प्रार्थनाको जवाफ दिनुहुनेछ । उहाँले तिनीहरूको प्रार्थना इन्कार गर्नुहुनेछैन ।
תכתב זאת לדור אחרון ועם נברא יהלל-יה 18
यो भावी पुस्ताहरूका निम्ति लेखिनेछ, र अहिलेसम्‍म नजन्मेका मानिसहरूले परमप्रभुको प्रशंसा गर्नेछन् ।
כי-השקיף ממרום קדשו יהוה משמים אל-ארץ הביט 19
किनकि उहाँले पवित्र उचाइबाट तल हेर्नुभएको छ । परमप्रभुले स्वर्गबाट पृथ्वीलाई हेर्नुभएको छ,
לשמע אנקת אסיר לפתח בני תמותה 20
कैदीहरूका विलाप सुन्‍न, मृत्युदण्ड पाएकाहरूलाई छुटाउन ।
לספר בציון שם יהוה ותהלתו בירושלם 21
तब मानिसहरूले सियोनमा परमप्रभुको नाउँ र यरूशलेममा उहाँको प्रशंसाको घोषणा गर्नेछन्,
בהקבץ עמים יחדו וממלכות לעבד את-יהוה 22
जब मानिसहरू र राज्यहरू परमप्रभुको सेवा गर्न भेला हुन्छन् ।
ענה בדרך כחו (כחי) קצר ימי 23
उहाँले मेरो जीवनको बिचमा मेरो बल हटाउनुभएको छ । उहाँले मेरो आयुलाई घटाउनुभएको छ ।
אמר--אלי אל תעלני בחצי ימי בדור דורים שנותיך 24
मैले भनें, “हे मेरो परमेश्‍वर, मेरो जीवनको बिचैमा मलाई नलानुहोस् । तपाईं सबै पुस्ताभरि यहाँ हुनुहुन्छ ।
לפנים הארץ יסדת ומעשה ידיך שמים 25
प्राचीन समयमा पृथ्वीलाई तपाईंले यसको ठाउँमा बसाल्नुभयो । आकाश तपाईंकै हातका काम हुन् ।
המה יאבדו-- ואתה תעמד וכלם כבגד יבלו כלבוש תחליפם ויחלפו 26
तिनीहरू नष्‍ट हुनेछन्, तर तपाईं रहनुहुनेछ । तिनीहरू सबै लुगाझैं पुरानो हुनेछन् । तपाईंले तिनीहरूलाई लुगालाई झैं हटाउनुहुनेछ र तिनीहरू लोप हुनेछन् ।
ואתה-הוא ושנותיך לא יתמו 27
तर तपाईं समान हुनुहुन्छ, र तपाईंका वर्षहरूका अन्त हुनेछैन ।
בני-עבדיך ישכונו וזרעם לפניך יכון 28
तपाईंका सेवकहरूका सन्तानहरू निरन्‍तर जिउनेछन् र तिनीहरूका सन्तानहरू तपाईंको उपस्थितिमा बस्‍नेछन् ।”

< תהילים 102 >