< מִשְׁלֵי 9 >
חכמות בנתה ביתה חצבה עמודיה שבעה | 1 |
बुद्धिले आफ्नै घर बनाएको छ । त्यसले चट्टानबाट सातवटा खम्बा गाडेको छ ।
טבחה טבחה מסכה יינה אף ערכה שלחנה | 2 |
त्यसले आफ्ना पशुहरू मारेको छ । त्यसले आफ्नो दाखमद्य मिसाएको छ, र त्यसले आफ्नो टेबुल तयार पारेको छ ।
שלחה נערתיה תקרא-- על-גפי מרמי קרת | 3 |
त्यसले आफ्ना दासीहरूलाई बाहिर पठाएको छ । त्यो सहरको सबैभन्दा अग्लो टाकुराबाट चिच्च्याउँछ ।
מי-פתי יסר הנה חסר-לב אמרה לו | 4 |
“निर्बुद्धि को हो? त्यो यहाँ फर्कोस् ।” त्यो समझ नभएको व्यक्तिसित बोल्छ ।
לכו לחמו בלחמי ושתו ביין מסכתי | 5 |
“आएर मेरो खाना खाओ, र मैले मिसाएको दाखमद्य पिओ ।
עזבו פתאים וחיו ואשרו בדרך בינה | 6 |
आफ्ना निर्बुद्धि चालहरू त्यागेर बाँच । समझशक्तिको मार्गमा हिँड ।
יסר לץ--לקח לו קלון ומוכיח לרשע מומו | 7 |
गिल्ला गर्नेलाई अनुशासनमा राख्नेले दुर्व्यवहार पाउँछ, र दुष्ट व्यक्तिलाई हप्काउनेले अपमान पाउँछ ।
אל-תוכח לץ פן-ישנאך הוכח לחכם ויאהבך | 8 |
गिल्ला गर्नेलाई नहप्का, नत्रता त्यसले तँलाई घृणा गर्ने छ । बुद्धिमान् मानिसलाई हप्का, र त्यसले तँलाई प्रेम गर्ने छ ।
תן לחכם ויחכם-עוד הודע לצדיק ויוסף לקח | 9 |
बुद्धिमान् व्यक्तिलाई निर्देशन दे, र त्यो अझै बुद्धिमान् हुने छ । धर्मी व्यक्तिलाई सिका, र त्यो अझै सिपालु हुने छ ।
תחלת חכמה יראת יהוה ודעת קדשים בינה | 10 |
परमप्रभुको भय नै बुद्धिको सुरु हो, र परमपवित्रको ज्ञान नै समझशक्ति हो ।
כי-בי ירבו ימיך ויוסיפו לך שנות חיים | 11 |
किनकि मद्वारा तेरा दिनहरू धेरै हुने छन्, र तेरो आयु लामो हुने छ ।
אם-חכמת חכמת לך ולצת לבדך תשא | 12 |
तँ बुद्धिमान् भइस् भने तँ आफ्नै लागि बुद्धमान् हुने छस् । तैँले गिल्ला गरिस् भने तैँले त्यो आफैसित बोक्ने छस् ।”
אשת כסילות המיה פתיות ובל-ידעה מה | 13 |
मूर्ख स्त्री अज्ञानी हुन्छे । त्यो अशिक्षित हुन्छे र त्यसलाई केही थाहा हुँदैन ।
וישבה לפתח ביתה-- על-כסא מרמי קרת | 14 |
त्यो आफ्नो घरको ढोकामा, सहरका सबैभन्दा अग्ला ठाउँहरूमा बस्छे ।
לקרא לעברי-דרך המישרים ארחותם | 15 |
त्यसले सडकमा हिँड्नेहरू, आफ्नो बाटोम सिधा अगाडि बढ्नेहरूलाई डाक्दै छे ।
מי-פתי יסר הנה וחסר-לב ואמרה לו | 16 |
“कोही निर्बुद्धि छ भने त्यो यहाँ फर्कोस्,” समझशक्ति नभएकाहरूलाई त्यसले भन्छे ।
מים-גנובים ימתקו ולחם סתרים ינעם | 17 |
“चोरीको पानी मिठो हुन्छ, र गुप्तमा खाएको रोटी स्वादिष्ट हुन्छ ।”
ולא-ידע כי-רפאים שם בעמקי שאול קראיה (Sheol ) | 18 |
तर त्यहाँ मरेकाहरू छन् र त्यस स्त्रीले निम्तो दिएका पाहुनाहरू पातालको गहिराइमा छन् भनी त्यसलाई थाहा छैन । (Sheol )