< מִשְׁלֵי 31 >
דברי למואל מלך-- משא אשר-יסרתו אמו | 1 |
राजा लमूएलका वचनहरू अर्थात् तिनकी आमाले सिकाएकी ईश्वरवाणीः
מה-ברי ומה-בר-בטני ומה בר-נדרי | 2 |
हे मेरो छोरो, हे मेरो गर्भको छोरो, हे मेरा भाकलहरूको छोरो, तँ के चाहन्छस्?
אל-תתן לנשים חילך ודרכיך למחות מלכין | 3 |
स्त्रीलाई तेरो बल नदे वा राजाहरूलाई नष्ट गर्नेहरूलाई तेरा चालहरू नदे ।
אל למלכים למואל--אל למלכים שתו-יין ולרוזנים או (אי) שכר | 4 |
यो राजाहरूका लागि होइन, हे लमूएल, राजाहरूले दाखमद्य पिउनुहुन्न वा शासकहरूले मदिराको लालसा गर्नुहुन्न ।
פן-ישתה וישכח מחקק וישנה דין כל-בני-עני | 5 |
किनभने तिनीहरूले पिउँदा तिनीहरूले कानुनी आदेश बिर्सेका हुन्छन्, र कष्टमा परेकाहरू सबैका अधिकारलाई वञ्चित गरिदिन्छन् ।
תנו-שכר לאובד ויין למרי נפש | 6 |
नष्ट भइरहेकाहरूलाई मदिरा दे, र विरहमा भएकाहरूलाई दाखमद्य दे ।
ישתה וישכח רישו ועמלו לא יזכר-עוד | 7 |
त्यसले पिएर आफ्नो गरिबी भुल्ने छ, र त्यसले आफ्नो कष्टलाई सम्झने छैन ।
פתח-פיך לאלם אל-דין כל-בני חלוף | 8 |
बोल्न नसक्नेहरू र नष्ट भइरहेकाहरूको अधिकारको लागि बोल् ।
פתח-פיך שפט-צדק ודין עני ואביון | 9 |
आवाज उठा, र जे ठिक छ त्यसको नापअनुसार न्याय गर्, अनि गरिब र खाँचोमा परेकाहरूको अधिकारको निम्ति बोल् ।
אשת-חיל מי ימצא ורחק מפנינים מכרה | 10 |
कसले सुयोग्य पत्नी पाउन सक्छ? उनको मूल्य रत्नहरूभन्दा बहुमूल्य हुन्छ ।
בטח בה לב בעלה ושלל לא יחסר | 11 |
उनका पतिको हृदयले उनीमाथि भरोसा गर्छन्, र तिनी कहिल्यै गरिब हुने छैनन् ।
גמלתהו טוב ולא-רע-- כל ימי חייה | 12 |
उनले तिनका लागि आफ्नो जीवनकालभरि खराब कुराहरू नभई असल कुराहरू गर्छिन्,
דרשה צמר ופשתים ותעש בחפץ כפיה | 13 |
उनले ऊन र सनपाट रोज्छिन्, अनि आफ्ना हातले खुसी भएर काम गर्छिन् ।
היתה כאניות סוחר ממרחק תביא לחמה | 14 |
उनी व्यापारी जहाजझैँ छिन् । उनले टाढाबाट आफ्नो भोजन ल्याउँछिन् ।
ותקם בעוד לילה--ותתן טרף לביתה וחק לנערתיה | 15 |
उनी राती नै उठ्छिन्, र आफ्नो परिवारलाई भोजन बाँड्छिन्, अनि आफ्ना चाकर्नीहरूलाई तिनीहरूका काम बाँडफाँड गरिदिन्छिन् ।
זממה שדה ותקחהו מפרי כפיה נטע (נטעה) כרם | 16 |
उनले सोचविचार गरेर एउटा खेत किन्छिन्, र आफ्नो हातको कमाइले दाखबारी लगाउँछिन् ।
חגרה בעוז מתניה ותאמץ זרועתיה | 17 |
उनी शक्तिले आभुषित हुन्छिन् र आफ्ना पाखुराहरूलाई बलियो बनाउँछिन् ।
טעמה כי-טוב סחרה לא-יכבה בליל (בלילה) נרה | 18 |
उनको लागि केले मुनाफा ल्याउने छ भनी तिनी अनुमान गर्छिन् । रातैभरि उनको बत्ती निभ्दैन ।
ידיה שלחה בכישור וכפיה תמכו פלך | 19 |
उनले आफ्नो हात चर्खाको डन्डामा राख्छिन्, र आफ्नै औँलाले पिउरी समात्छिन् ।
כפה פרשה לעני וידיה שלחה לאביון | 20 |
उनले गरिब मानिसहरूप्रति आफ्नो मुट्ठी खोल्छिन् । उनले खाँचोमा परेकाहरूप्रति आफ्नो हात अगाडि बढाउँछिन् ।
לא-תירא לביתה משלג כי כל-ביתה לבש שנים | 21 |
आफ्नो परिवारमा हिउँ पर्दा उनी डराउँदिनन्, किनकि उनको परिवारका सबै सदस्यले सिन्दूरे रङका लुगा लगाउँछन् ।
מרבדים עשתה-לה שש וארגמן לבושה | 22 |
उनले आफ्नो ओछ्यानको लागि तन्ना बनाउँछिन्, र उनले मसिनो गरी बाटेको सुतीको कपडाको लुगा लगाउँछिन् ।
נודע בשערים בעלה בשבתו עם-זקני-ארץ | 23 |
उनका पति सहरको मूल ढोकामा देशका पाका मानिसहरूसित बस्दा सम्मानित हुन्छन् ।
סדין עשתה ותמכר וחגור נתנה לכנעני | 24 |
उनले सुती कपडाका वस्त्रहरू बनाएर बेच्छिन्, र व्यापारीहरूलाई पटुका उपलब्ध गराउँछिन् ।
עז-והדר לבושה ותשחק ליום אחרון | 25 |
उनी शक्ति र आदरले आभुषित छिन्, अनि आउने समयको लागि उनी हाँस्न सक्छिन् ।
פיה פתחה בחכמה ותורת חסד על-לשונה | 26 |
उनले बुद्धिसित आफ्नो मुख खोल्छिन्, र दयाको व्यवस्था उनको जिब्रोमा छ ।
צופיה הילכות (הליכות) ביתה ולחם עצלות לא תאכל | 27 |
उनले आफ्नो परिवारका चालहरूको रेखदेख गर्छिन्, र आलस्यको रोटी खाँदिनन् ।
קמו בניה ויאשרוה בעלה ויהללה | 28 |
उनका छोरा-छोरीहरू खडा भएर उनलाई धन्यको भन्छन्, र उनका पतिले यसो भन्दै उनको तारिफ गर्छन्,
רבות בנות עשו חיל ואת עלית על-כלנה | 29 |
“धेरै स्त्रीहरूले राम्ररी काम गरेका छन्, तर तिमीले तिनीहरू सबैलाई जितेकी छ्यौ ।”
שקר החן והבל היפי אשה יראת-יהוה היא תתהלל | 30 |
सुन्दरता भ्रामक हुन्छ; सौन्दर्य व्यर्थको हुन्छ, तर परमप्रभुको भय मान्ने स्त्रीको नै प्रशंसा गरिने छ ।
תנו-לה מפרי ידיה ויהללוה בשערים מעשיה | 31 |
उनको हातको कमाइ उनलाई नै दिनू, र उनका कामहरूले मूल ढोकामा उनको प्रशंसा गरून् ।