< מִשְׁלֵי 3 >
בני תורתי אל-תשכח ומצותי יצר לבך | 1 |
हे मेरो छोरो, मेरा आज्ञाहरू नभुल्, र मेरा शिक्षाहरूलाई तेरो हृदयमा राख् ।
כי ארך ימים ושנות חיים-- ושלום יוסיפו לך | 2 |
किनकि तिनले तेरो आयु लामो बनाउने छन्, र शान्ति ल्याउने छन् ।
חסד ואמת אל-יעזבך קשרם על-גרגרותיך כתבם על-לוח לבך | 3 |
करारको विश्वसनीयता र भरोसाले तँलाई कहिल्यै नछोडून् । तिनलाई तेरो गलाको वरिपरि सँगसँगै बाँध् । तिनलाई तेरो हृदयको पाटीमा लेख् ।
ומצא-חן ושכל-טוב-- בעיני אלהים ואדם | 4 |
तब तैँले परमेश्वर र मानिसको दृष्टिमा निगाह पाउने छस्, र ख्याति कमाउने छस् ।
בטח אל-יהוה בכל-לבך ואל-בינתך אל-תשען | 5 |
तेरो सारा हृदयले परमप्रभुमाथि भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर् ।
בכל-דרכיך דעהו והוא יישר ארחתיך | 6 |
तेरा सबै मार्गमा उहाँलाई उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याउने हुनेछ ।
אל-תהי חכם בעיניך ירא את-יהוה וסור מרע | 7 |
तेरो आफ्नै दृष्टिमा बुद्धिमान् नबन् । परमप्रभुको भय मान्, र खराबीबाट फर्की ।
רפאות תהי לשרך ושקוי לעצמותיך | 8 |
यो तेरो शरीरको लागि चङ्गाइ हुने छ, र तेरो देहको लागि ताजापन हुने छ ।
כבד את-יהוה מהונך ומראשית כל-תבואתך | 9 |
तेरो धन-सम्पत्ति र तेरा सबै उब्जनीको अगौटे-फलले परमप्रभुको आदर गर् ।
וימלאו אסמיך שבע ותירוש יקביך יפרצו | 10 |
तब तेरा भन्डार कोठाहरू भरिने छन्, र तेरा भाँडाकुँडाहरू नयाँ दाखमद्यले चुलिएर पोखिने छन् ।
מוסר יהוה בני אל-תמאס ואל-תקץ בתוכחתו | 11 |
हे मेरो छोरो, परमप्रभुको निर्देशनलाई तुच्छ नठान्, र उहाँको हप्कीलाई घृणा नगर् ।
כי את אשר יאהב יהוה יוכיח וכאב את-בן ירצה | 12 |
किनकि परमप्रभुले प्रेम गर्नुहुनेहरूलाई नै उहाँले अनुशासनमा राख्नुहुन्छ, जस्तो बुबालाई खुसी पार्ने छोरोलाई बुबाले व्यवहार गर्छ ।
אשרי אדם מצא חכמה ואדם יפיק תבונה | 13 |
बुद्धि प्राप्त गर्ने धन्यको हो । त्यसले समझशक्ति पनि पाउँछ ।
כי טוב סחרה מסחר-כסף ומחרוץ תבואתה | 14 |
तैँले बुद्धिबाट प्राप्त गर्ने कुरो चाँदीबाट प्राप्त गर्ने कुरोभन्दा उत्तम हुन्छ, र यसको लाभ सुनभन्दा उत्तम हुन्छ ।
יקרה היא מפניים (מפנינים) וכל-חפציך לא ישוו-בה | 15 |
बुद्धि गरगहनाभन्दा बहुमूल्य हुन्छ, र तैँले इच्छा गरेको कुनै पनि थोक त्यससित तुलना गर्न सकिँदैन ।
ארך ימים בימינה בשמאולה עשר וכבוד | 16 |
बुद्धिको दाहिने हातमा दीर्घायु हुन्छ भने त्यसको देब्रे हातमा धन-सम्पत्ति र मान हुन्छन् ।
דרכיה דרכי-נעם וכל-נתיבותיה שלום | 17 |
त्यसको मार्ग दयाको मार्ग हो, र त्यसका सबै बाटा शान्तिका छन् ।
עץ-חיים היא למחזיקים בה ותמכיה מאשר | 18 |
बुद्धिलाई पक्रनेहरूका लागि त्यो जीवनको रुख हो, र त्यसलाई समात्नेहरू खुसी हुन्छन् ।
יהוה--בחכמה יסד-ארץ כונן שמים בתבונה | 19 |
बुद्धिले नै परमप्रभुले पृथ्वी बनाउनुभयो र समझशक्तिले उहाँले आकाशहरू स्थापना गर्नुभयो ।
בדעתו תהומות נבקעו ושחקים ירעפו-טל | 20 |
उहाँको ज्ञानद्वारा गहिरा-गहिरा सागरहरू फुटेर निस्के, र बादलले तलतिर शीत झारे ।
בני אל-ילזו מעיניך נצר תשיה ומזמה | 21 |
हे मेरो छोरो, पक्का बुद्धि र समझशक्तिलाई जोगाइराख्, अनि तिनलाई तेरो नजरबाट जान नदे ।
ויהיו חיים לנפשך וחן לגרגרתיך | 22 |
ती तेरो प्राणको निम्ति जीवन हुने छन्, र तेरो गलाको वरिपरि लगाउने स्नेहको गहना हुने छन् ।
אז תלך לבטח דרכך ורגלך לא תגוף | 23 |
तब तँ आफ्नो मार्गमा सुरक्षितसाथ हिँड्ने छस्, र तेरो खुट्टा ठोक्किने छैन ।
אם-תשכב לא-תפחד ושכבת וערבה שנתך | 24 |
तँ पल्टँदा डराउने छैनस् । तँ पल्टँदा तँलाई मिठो निद्रा लाग्ने छ ।
אל-תירא מפחד פתאם ומשאת רשעים כי תבא | 25 |
दुष्टहरूबाट अकस्मात् आउने त्रास वा विपत्तिदेखि नडरा ।
כי-יהוה יהיה בכסלך ושמר רגלך מלכד | 26 |
किनकि परमप्रभु तेरो पक्षमा हुनुहुने छ, र उहाँले तेरो पाउलाई पासोमा पर्नदेखि जोगाउनुहुने छ ।
אל-תמנע-טוב מבעליו-- בהיות לאל ידיך (ידך) לעשות | 27 |
तँ शक्तिमा रहुञ्जेलसम्म भलाइ गरिन योग्य भएकाहरूबाट त्यसलाई नरोक् ।
אל-תאמר לרעיך (לרעך) לך ושוב--ומחר אתן ויש אתך | 28 |
तँसित रुपियाँ-पैसा हुँदा आफ्नो छिमेकीलाई यसो नभन्, “जाऊ, र फेरि आऊ अनि म भोली दिने छु ।”
אל-תחרש על-רעך רעה והוא-יושב לבטח אתך | 29 |
तेरो नजिकै बस्ने र तँमाथि भर पर्ने आफ्नो छिमेकीको हानि गर्ने योजना नबना ।
אל-תרוב (תריב) עם-אדם חנם-- אם-לא גמלך רעה | 30 |
तँलाई कसैले हानि नपुर्याउँदा विनाकारण त्यससित तर्क-वितर्क नगर् ।
אל-תקנא באיש חמס ואל-תבחר בכל-דרכיו | 31 |
हिंसात्मक व्यक्तिको ईर्ष्या नगर् वा त्यसको कुनै पनि मार्गलाई नछान् ।
כי תועבת יהוה נלוז ואת-ישרים סודו | 32 |
किनकि कुटिल व्यक्ति परमप्रभुको लागि घृणित हुन्छ, तर सोझो व्यक्तिलाई उहाँले आफ्नो विश्वासमा ल्याउनुहुन्छ ।
מארת יהוה בבית רשע ונוה צדיקים יברך | 33 |
दुष्टहरूको घरमा परमप्रभुको सराप पर्छ, तर धर्मीहरूको घरमा उहाँको आशिष् पर्छ ।
אם-ללצים הוא-יליץ ולעניים (ולענוים) יתן-חן | 34 |
उहाँले गिल्ला गर्नेहरूलाई गिल्ला गर्नुहुन्छ, तर विनम्र मानिसहरूलाई उहाँले आफ्नो स्नेह देखाउनुहुन्छ ।
כבוד חכמים ינחלו וכסילים מרים קלון | 35 |
बुद्धिमान् मानिसहरू आदरको हकदार हुने छन्, तर मूर्खहरू तिनीहरूकै लाजमा पर्ने छन् ।