< מִשְׁלֵי 14 >
חכמות נשים בנתה ביתה ואולת בידיה תהרסנו | 1 |
बुद्धिमान् स्त्रीले आफ्नो घर बनाउँछे, तर मूर्ख स्त्रीले आफ्नै हातले त्यो भत्काउँछे ।
הולך בישרו ירא יהוה ונלוז דרכיו בוזהו | 2 |
सोझो भएर हिँड्नेले परमप्रभुको भय मान्छ, तर आफ्ना चालहरूमा बेइमान व्यक्तिले उहाँलाई तुच्छ ठान्छ ।
בפי-אויל חטר גאוה ושפתי חכמים תשמורם | 3 |
मूर्खको मुखबाट त्यसको मूर्खताको हाँगा निस्कन्छ, तर बुद्धिमान्को ओठले त्यसको रक्षा गर्छ ।
באין אלפים אבוס בר ורב-תבואות בכח שור | 4 |
गाईवस्तु नभएको ठाउँमा भकारी खाली हुन्छ, तर गोरुको बलद्वारा प्रशस्त फसलको कटनी हुन सक्छ ।
עד אמונים לא יכזב ויפיח כזבים עד שקר | 5 |
विश्वासयोग्य साक्षीले झुट बोल्दैन, तर झुटो साक्षीले झुटा कुराहरू निकाल्छ ।
בקש-לץ חכמה ואין ודעת לנבון נקל | 6 |
गिल्ला गर्नेले बुद्धिको खोजी गर्छ, तर पाउँदैन, जब कि समझदार व्यक्तिलाई ज्ञान सजिलैसित आउँछ ।
לך מנגד לאיש כסיל ובל-ידעת שפתי-דעת | 7 |
मूर्ख मानिसबाट टाढै बस, किनकि तिमीले त्यसको ओठमा ज्ञान पाउने छैनौ ।
חכמת ערום הבין דרכו ואולת כסילים מרמה | 8 |
समझदार मानिसको बुद्धि उसको आफ्नै मार्ग बुझ्नको लागि हो, तर मूर्खहरूको मूर्खता छल हो ।
אולים יליץ אשם ובין ישרים רצון | 9 |
दोषबलि चढाइँदा मूर्खहरूले गिल्ला गर्छन्, तर सोझाहरूका बिचमा स्नेह बाँडचुँड गरिन्छ ।
לב--יודע מרת נפשו ובשמחתו לא-יתערב זר | 10 |
हृदयले यसको आफ्नै तिक्तता जान्दछ, र कुनै पनि परदेशीले यसको आनन्द बाँडचुँड गर्दैन ।
בית רשעים ישמד ואהל ישרים יפריח | 11 |
दुष्ट मानिसहरूको घर नष्ट पारिने छ, तर धर्मी मानिसहरूको पालमा फलिफा हुने छ ।
יש דרך ישר לפני-איש ואחריתה דרכי-מות | 12 |
कुनै बाटो मानिसलाई सोझोजस्तै लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ ।
גם-בשחק יכאב-לב ואחריתה שמחה תוגה | 13 |
हृदयमा हाँसो भए तापनि वेदना हुन सक्छ, र हर्षको अन्तचाहिँ शोकमा हुन सक्छ ।
מדרכיו ישבע סוג לב ומעליו איש טוב | 14 |
विश्वासयोग्य नभएको व्यक्तिले आफ्ना चालहरूको प्रतिफल भोग्ने छ, तर असल व्यक्तिले आफ्नो इनाम पाउने छ ।
פתי יאמין לכל-דבר וערום יבין לאשרו | 15 |
बेवकूफ मानिसले हरेक कुरा पत्याउँछ, तर समझदार मानिसले आफ्ना चालहरूबारे विचार गर्छ ।
חכם ירא וסר מרע וכסיל מתעבר ובוטח | 16 |
बुद्धिमान् मानिस डराएर दुष्टताबाट टाढै बस्छ, तर मूर्खले निश्चयतासाथ चेताउनीलाई खारेज गरिदिन्छ ।
קצר-אפים יעשה אולת ואיש מזמות ישנא | 17 |
झट्ट रिसाउनेले मूर्ख कुराहरू गर्छ, र दुष्ट योजनाहरू रच्नेलाई घृणा गरिन्छ ।
נחלו פתאים אולת וערומים יכתרו דעת | 18 |
बेसमझ मानिसले मूर्खता कमाउँछ, तर समझदार मानिसले ज्ञानको मुकुट पहिरिन्छ ।
שחו רעים לפני טובים ורשעים על-שערי צדיק | 19 |
खराब मानिसहरू असल मानिसहरूका सामु र दुष्ट मानिसहरू धर्मात्माका ढोकाहरूमा झुक्ने छन् ।
גם-לרעהו ישנא רש ואהבי עשיר רבים | 20 |
आफ्नै मित्रहरूबाट समेत गरिब मानिसलाई घृणा गरिन्छ, तर धनी मानिसका धेरै साथीहरू हुन्छन् ।
בז-לרעהו חוטא ומחונן עניים (ענוים) אשריו | 21 |
आफ्नो छिमेकीलाई हेला गर्नेले पाप गरिरहेको हुन्छ, तर गरिबलाई स्नेह देखाउने आशिषित् हुन्छ ।
הלוא-יתעו חרשי רע וחסד ואמת חרשי טוב | 22 |
के खराब युक्ति रच्नेहरू बरालिँदैनन् र? तर असल गर्ने योजना बनाउनेहरूले करारको विश्वसनीयता र भरोसा प्राप्त गर्ने छन् ।
בכל-עצב יהיה מותר ודבר-שפתים אך-למחסור | 23 |
सबै कडा परिश्रमले लाभ ल्याउँछ, तर कुरा मात्र गर्नाले गरिबीमा पुर्याउँछ ।
עטרת חכמים עשרם אולת כסילים אולת | 24 |
बुद्धिमान् मानिसहरूको मुकुट तिनीहरूको सम्पत्ति हो, तर मूर्खहरूको मूर्खताले तिनीहरूमा झन् बढी मूर्खता ल्याउँछ ।
מציל נפשות עד אמת ויפח כזבים מרמה | 25 |
विश्वासयोग्य साक्षीले जीवन बचाउँछ, तर झुटो साक्षीले झुटा कुराहरू ओकल्छ ।
ביראת יהוה מבטח-עז ולבניו יהיה מחסה | 26 |
परमप्रभुको भय मान्नेसित बढी निश्चयता हुन्छ । त्यस मानिसको छोराछोरीका निम्ति यो सुरक्षाको एउटा बलियो स्थानझैँ हुने छ ।
יראת יהוה מקור חיים-- לסור ממקשי מות | 27 |
परमप्रभुको भय जीवनको फुहारा हो, जसद्वारा मानिस मृत्युका जालहरूबाट उम्कन्छ ।
ברב-עם הדרת-מלך ובאפס לאם מחתת רזון | 28 |
राजाको महिमा तिनका धेरै मानिसहरूको सङ्ख्यामा पाइन्छ, तर मानिसहरूविना राजकुमार नष्ट हुन्छ ।
ארך אפים רב-תבונה וקצר-רוח מרים אולת | 29 |
धैर्यवान् मानिससित ठुलो समझशक्ति हुन्छ, तर गरम मिजासको मानिसले मूर्खतालाई उचाल्छ ।
חיי בשרים לב מרפא ורקב עצמות קנאה | 30 |
शान्त हृदय शरीरको लागि जीवन हो, तर ईर्ष्याले हड्डीहरूलाई सडाउँछ ।
עשק דל חרף עשהו ומכבדו חנן אביון | 31 |
गरिबलाई थिचोमिचो गर्नेले आफ्नो सृष्टिकर्तालाई सराप्छ, तर खाँचोमा परेकाहरूलाई स्नेह देखाउनेले उहाँको आदर गर्छ ।
ברעתו ידחה רשע וחסה במותו צדיק | 32 |
आफ्ना खराब कामहरूद्वारा दुष्ट मानिस तल खसालिन्छ, तर धर्मात्माले मृत्युमा समेत आश्रय पाउँछ ।
בלב נבון תנוח חכמה ובקרב כסילים תודע | 33 |
बुद्धिले विवेकीको हृदयमा बास गर्छ, र मूर्खहरूका बिचमा समेत त्यसले आफूलाई चिनाउँछ ।
צדקה תרומם-גוי וחסד לאמים חטאת | 34 |
धार्मिकताले देशलाई उचाल्छ, तर पाप कुनै पनि मानिसको लागि अपमानको कुरो हो ।
רצון-מלך לעבד משכיל ועברתו תהיה מביש | 35 |
समझदारसित काम गर्ने नोकरमाथि राजाको स्नेह हुन्छ, तर लाजमर्दो तरिकाले काम गर्नेमाथि तिनको रिस पर्छ ।