< מִשְׁלֵי 13 >
בן חכם מוסר אב ולץ לא-שמע גערה | 1 |
बुद्धिमान् छोरोले आफ्नो बुबाको अर्ती सुन्छ, तर गिल्ला गर्नेले हप्कीलाई सुन्दैन ।
מפרי פי-איש יאכל טוב ונפש בגדים חמס | 2 |
आफ्नो मुखको फलबाट मानिसले असल थोकहरूको भोग गर्दछ, तर विश्वासघातिको भोक हिंसाको लागि हुन्छ ।
נצר פיו שמר נפשו פשק שפתיו מחתה-לו | 3 |
आफ्नो मुखको रखवाली गर्नेले आफ्नो जीवनको रक्षा गर्छ, तर असावधान बोलीवचनले आफ्नै जीवन बर्बाद गर्ने छ ।
מתאוה ואין נפשו עצל ונפש חרצים תדשן | 4 |
अल्छे मानिसको भोकले लालस गर्छ, तर केही पाउँदैन, जब कि परिश्रमी मानिसको भोक पूर्ण रूपमा सन्तुष्ट हुने छ ।
דבר-שקר ישנא צדיק ורשע יבאיש ויחפיר | 5 |
धर्मात्माले झुटलाई घृणा गर्छ, तर दुष्टले आफैलाई घृणित तुल्याउँछ, र लज्जास्पद कुरो गर्छ ।
צדקה תצר תם-דרך ורשעה תסלף חטאת | 6 |
धार्मिकताले ती मानिसहरूको रक्षा गर्छ, जो आफ्नो मार्गमा दोषरहित छन्, तर दुष्टताले पाप गर्नेहरूलाई पल्टाइदिन्छ ।
יש מתעשר ואין כל מתרושש והון רב | 7 |
कोही मानिस धनी भएजस्तो गर्छ, जब कि त्योसँग केही हुँदैन, र कसैले चाहिँ आफूसित भएको हरेक थोक दिन्छ, र पनि त्यो साँच्चै धनी हुन्छ ।
כפר נפש-איש עשרו ורש לא-שמע גערה | 8 |
धनी मानिसको जीवनको छुटकारा उसको सम्पत्ति हो, तर गरिब मानिसले धम्की सुन्नुपर्दैन ।
אור-צדיקים ישמח ונר רשעים ידעך | 9 |
धर्मात्माको बत्ती बलिरहन्छ, तर दुष्टको बत्ती निभाइने छ ।
רק-בזדון יתן מצה ואת-נועצים חכמה | 10 |
घमण्डले केवल द्वन्द्व निम्त्याउँछ, तर असल सल्लाह सुन्नेसित बुद्धि हुन्छ ।
הון מהבל ימעט וקבץ על-יד ירבה | 11 |
बेइमानीसित कमाएको धनको महत्त्व घट्दै जान्छ, तर आफ्नो हातले परिश्रम गरेर कमाएको धन बढ्दै जान्छ ।
תוחלת ממשכה מחלה-לב ועץ חיים תאוה באה | 12 |
आशालाई स्थगित गरिँदा यसले हृदय छिया-छिया पार्छ, तर पुरा भएको तृष्णा जीवनको रुख हो ।
בז לדבר יחבל לו וירא מצוה הוא ישלם | 13 |
अर्तीलाई तुच्छ ठान्नेले आफैमा विनाश ल्याउँछ, तर आज्ञालाई आदर गर्नेलाई इनाम दिइने छ ।
תורת חכם מקור חיים-- לסור ממקשי מות | 14 |
बुद्धिमान् मानिसको शिक्षा जीवनको फुहारा हो, जसले तपाईंलाई मृत्युका जालहरूबाट जोगाउँछ ।
שכל-טוב יתן-חן ודרך בגדים איתן | 15 |
असल अन्तर्दृष्टिले स्नेह प्राप्त गर्छ, तर विश्वासघातिको चाल कहिल्यै टुङ्गोमा आउँदैन ।
כל-ערום יעשה בדעת וכסיל יפרש אולת | 16 |
समझदार मानिसले आफ्नो ज्ञानअनुसार हरेक निर्णय गर्छ, तर मूर्खले आफ्नो मूर्खताको तमाशा देखाउँछ ।
מלאך רשע יפל ברע וציר אמונים מרפא | 17 |
दुष्ट दूत सङ्कष्टमा फस्छ, तर विश्वासयोग्य दूतले मिलाप ल्याउँछ ।
ריש וקלון פורע מוסר ושמר תוכחת יכבד | 18 |
अर्तीलाई बेवास्ता गर्नेले गरिबी र लाज पाउने छ, तर सुधारबाट सिक्ने जनमा आदर आउने छ ।
תאוה נהיה תערב לנפש ותועבת כסילים סור מרע | 19 |
पुरा भएको इच्छा भोकको लागि मिठो हुन्छ, तर मूर्खहरू आफ्नो दुष्टताबाट फर्कन मन पराउँदैनन् ।
הלוך (הולך) את-חכמים וחכם (יחכם) ורעה כסילים ירוע | 20 |
बुद्धिमान् मानिसहरूसित हिँड र तिमी पनि बुद्धिमान् हुने छौ, तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्ने छ ।
חטאים תרדף רעה ואת-צדיקים ישלם-טוב | 21 |
विपत्तिले पापीहरूलाई खेद्ने छ, तर धर्मी मानिसले भलाइको इनाम पाउने छ ।
טוב--ינחיל בני-בנים וצפון לצדיק חיל חוטא | 22 |
असल व्यक्तिले आफ्ना नाति-नातिनाहरूका निम्ति पैतृक-सम्पत्ति छाड्छ, तर पापीको सम्पत्ति धर्मी व्यक्तिको लागि सञ्चय गरिन्छ ।
רב-אכל ניר ראשים ויש נספה בלא משפט | 23 |
गरिब मानिसको नजोतिएको खेतबारीले प्रशस्तै अन्न उब्जाउला, तर अन्यायले त्यसलाई खोसेर लैजान्छ ।
חושך שבטו שונא בנו ואהבו שחרו מוסר | 24 |
आफ्नो छोरोलाई अनुशासनमा नराख्नेले उसलाई घृणा गर्छ, तर आफ्नो छोरोलाई प्रेम गर्नेले उसलाई होसियारीसाथ अर्ती दिन्छ ।
צדיק--אכל לשבע נפשו ובטן רשעים תחסר | 25 |
आफ्नो भोक तृप्त नभएसम्म धर्मात्माले खान्छ, तर दुष्टको पेट सधैँ भोकभोकै हुन्छ ।