< במדבר 4 >
וידבר יהוה אל משה ואל אהרן לאמר | 1 |
परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
נשא את ראש בני קהת מתוך בני לוי--למשפחתם לבית אבתם | 2 |
“लेवीहरूबाट कहातका पुरुष सन्तानहरूको आ-आफ्ना वंशहरू र परिवार-परिवारअनुसार गन्ती गर् ।
מבן שלשים שנה ומעלה ועד בן חמשים שנה--כל בא לצבא לעשות מלאכה באהל מועד | 3 |
तिसदेखि पचास वर्षसम्मका पुरुषहरूको गन्ती गर् । यी मानिसहरू भेट हुने पालमा सेवा गर्ने दलमा सहभागी हुनुपर्छ ।
זאת עבדת בני קהת באהל מועד--קדש הקדשים | 4 |
कहातका सन्तानहरूले भेट हुने पालको निम्ति मेरो निम्ति राखिएका अति पवित्र थोकहरूको देखरेख गर्नुपर्छ ।
ובא אהרן ובניו בנסע המחנה והורדו את פרכת המסך וכסו בה--את ארן העדת | 5 |
छाउनी सार्न तयारी हुँदा हारून र तिनका छोराहरू भित्र जानुपर्छ, अति पवित्र स्थानलाई पवित्र स्थानबाट छुट्ट्याउने पर्दा झिक्नुपर्छ र गवाहीको सन्दूकलाई त्यसैले ढाक्नुपर्छ ।
ונתנו עליו כסוי עור תחש ופרשו בגד כליל תכלת מלמעלה ושמו בדיו | 6 |
तिनीहरूले सन्दूकलाई सीलको छालाले ढाक्नुपर्छ । तिनीहरूले यसमाथि निलो कपडाले ढाक्नुपर्छ । तिनीहरूले यसलाई बोक्न डन्डीहरू हाल्नुपर्छ ।
ועל שלחן הפנים יפרשו בגד תכלת ונתנו עליו את הקערת ואת הכפת ואת המנקית ואת קשות הנסך ולחם התמיד עליו יהיה | 7 |
तिनीहरूले उपस्थितिको रोटीको टेबुललाई एउटा निलो कपडाले ढाक्नुपर्छ । यसमाथि तिनीहरूले थालहरू, धुपौराहरू, बाटाहरू र अर्घ-बलिका कचौराहरू राख्नुपर्छ । टेबुलमाथि रोटी सदैव हुनुपर्छ ।
ופרשו עליהם בגד תולעת שני וכסו אתו במכסה עור תחש ושמו את בדיו | 8 |
तिनीहरूले यिनीहरूलाई रातो रङको कपडाले र फेरि सीलको छालाले ढाक्नुपर्छ । टेबुललाई बोक्न डन्डीहरू हाल्नुपर्छ ।
ולקחו בגד תכלת וכסו את מנרת המאור ואת נרתיה ואת מלקחיה ואת מחתתיה ואת כל כלי שמנה אשר ישרתו לה בהם | 9 |
तिनीहरूले सामदानसाथै यसका बत्तीहरू, चिम्टाहरू, मोसोदानीहरू र बत्तीका निम्ति तेलका सबै भाँडालाई निलो कपडाले ढाक्नुपर्छ ।
ונתנו אתה ואת כל כליה אל מכסה עור תחש ונתנו על המוט | 10 |
तिनीहरूले सामदान र यसका सबै सरसामानलाई सीलको छालाले ढाक्नुपर्छ र तिनीहरूले यसलाई बोक्ने भारमाथि राख्नुपर्छ ।
ועל מזבח הזהב יפרשו בגד תכלת וכסו אתו במכסה עור תחש ושמו את בדיו | 11 |
तिनहरूले सुनको वेदीलाई निलो कपडाले ढाक्नुपर्छ ।
ולקחו את כל כלי השרת אשר ישרתו בם בקדש ונתנו אל בגד תכלת וכסו אותם במכסה עור תחש ונתנו על המוט | 12 |
तिनीहरूले यसलाई सीलको छालाले ढाक्नुपर्छ र बोक्नलाई डन्डीहरू हाल्नुपर्छ । तिनीहरूले पवित्र स्थानका सबै कामका सामानहरूलाई लिएर निलो कपडाले बेर्नुपर्छ । तिनीहरूले यसलाई सीलको छालाले ढाक्नुपर्छ र सामानहरूलाई बोक्ने भारमाथि राख्नुपर्छ ।
ודשנו את המזבח ופרשו עליו בגד ארגמן | 13 |
तिनीहरूले वेदीबाट खरानी हटाउनुपर्छ र वेदीलाई बैजनी रङको कपडाले ढाक्नुपर्छ ।
ונתנו עליו את כל כליו אשר ישרתו עליו בהם את המחתת את המזלגת ואת היעים ואת המזרקת--כל כלי המזבח ופרשו עליו כסוי עור תחש--ושמו בדיו | 14 |
तिनीहरूले वेदीको सेवामा प्रयोग गर्ने सबै सामानलाई बोक्ने भारमाथि राख्नुपर्छ । यिनीहरू आगो राख्ने पात्रहरू, काँटाहरू, बेल्चाहरू, बाटाहरू र वेदीका अन्य सबै सामान हुन् । तिनीहरूले वेदीलाई सीलको छालाले ढाक्नुपर्छ अनि बोक्नलाई डन्डीहरू हाल्नुपर्छ ।
וכלה אהרן ובניו לכסת את הקדש ואת כל כלי הקדש בנסע המחנה ואחרי כן יבאו בני קהת לשאת ולא יגעו אל הקדש ומתו אלה משא בני קהת באהל מועד | 15 |
जब हारून र तिनका छोराहरूले पवित्र स्थान र यसका सबै सामानलाई ढाकी सक्छन् अनि छाउनी अगाडि बढ्छ त्यसपछि कहातका सन्तानहरू पवित्र स्थान बोक्न आउनुपर्छ । यदि तिनीहरूले पवित्र सामानहरू छोए भने तिनीहरू मारिऊन् । भेट हुने पालका सामानहरू बोक्ने काम कहातका सन्तानहरूको हो ।
ופקדת אלעזר בן אהרן הכהן שמן המאור וקטרת הסמים ומנחת התמיד ושמן המשחה פקדת כל המשכן וכל אשר בו בקדש ובכליו | 16 |
पुजारी हारूनका छोरा एलाजारले बत्तीको लागि तेल, सुगन्धित धूप, नियमित अन्नबलि, अभिषेक गर्ने तेलको देखरेख गरून् । तिनले सारा पवित्र वासस्थान र यसमा भएका सबै थोक अर्थात् पवित्र स्थान र यसका सामानाहरूको देखरेख गरून् ।”
וידבר יהוה אל משה ואל אהרן לאמר | 17 |
परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
אל תכריתו את שבט משפחת הקהתי מתוך הלוים | 18 |
“कहाती वंशलाई लेवीहरूबाट बहिस्कृत हुन नदेओ ।
וזאת עשו להם וחיו ולא ימתו בגשתם את קדש הקדשים אהרן ובניו יבאו ושמו אותם איש איש על עבדתו ואל משאו | 19 |
तिनीहरूको सुरक्षा गर ताकि तिनीहरूले यसो गर्दा तिनीहरू नमरून् । तिनीहरू अति पवित्र स्थानको नजिक जाँदा
ולא יבאו לראות כבלע את הקדש ומתו | 20 |
तिनीहरू पवित्र स्थान हेर्न एक क्षणको निम्ति पनि जानुहुँदैन नत्रता तिनीहरू मारिनेछन् । हारून र तिनका छोराहरूले हरेक कहातीलाई त्यसको काम अर्थात् त्यसको विशेष कामहरू तोक्नुपर्छ ।”
וידבר יהוה אל משה לאמר | 21 |
परमप्रभु फेरि मोशासँग बोल्नुभयो,
נשא את ראש בני גרשון--גם הם לבית אבתם למשפחתם | 22 |
“गेर्शोनका सन्तानहरूको आ-आफ्ना कुल र पुर्खाका परिवार-परिवारअनुसार गन्ती गर् ।
מבן שלשים שנה ומעלה עד בן חמשים שנה--תפקד אותם כל הבא לצבא צבא לעבד עבדה באהל מועד | 23 |
तिसदेखि पचास वर्ष भएकाहरूको गन्ती गर् । भेट हुने पालको सेवा गर्न सहभागी हुन सक्ने दलको गन्ती गर् ।
זאת עבדת משפחת הגרשני--לעבד ולמשא | 24 |
गेर्शोनीहरूले सेवा गर्दा र तिनीहरूले बोक्दा यो काम गेर्शोनी कुलको काम हो । तिनीहरूले पवित्र वासस्थानका पर्दाहरू, भेट हुने पाल, त्यसको छत, यसमाथिको सीलको छालाको छत र भेट हुने पालको प्रवेश-द्वारका पर्दाहरू बोक्नुपर्छ ।
ונשאו את יריעת המשכן ואת אהל מועד מכסהו ומכסה התחש אשר עליו מלמעלה ואת מסך--פתח אהל מועד | 25 |
तिनीहरूले चोकका पर्दाहरू, पवित्र वासस्थान र वेदी नजिक भएका चोकको प्रवेश-द्वारका पर्दाहरू,
ואת קלעי החצר ואת מסך פתח שער החצר אשר על המשכן ועל המזבח סביב ואת מיתריהם ואת כל כלי עבדתם ואת כל אשר יעשה להם ועבדו | 26 |
तिनीहरूका डोरीहरू र तिनीहरूका सेवाको निम्ति सबै सामान बोक्नुपर्छ । यिनीहरूसँग सम्बन्धित सबै थोक तिनीहरूले गर्नुपर्छ । हारून
על פי אהרן ובניו תהיה כל עבדת בני הגרשני לכל משאם ולכל עבדתם ופקדתם עלהם במשמרת את כל משאם | 27 |
र तिनका छोराहरूले गेर्शोनका सन्तानहरूले ओसारपसार गर्दा र तिनीहरूका सबै सेवामा निर्देशन दिनुपर्छ । तैँले तिनीहरूका सबै दायित्व निर्धारण गर् ।
זאת עבדת משפחת בני הגרשני--באהל מועד ומשמרתם--ביד איתמר בן אהרן הכהן | 28 |
यो भेट हुने पालको निम्ति गेर्शोनका सन्तानहरूका कुलहरूको काम हो । पुजारी हारूनका छोरा ईतामारले तिनीहरूको कामको नेतृत्व गर्नुपर्छ ।
בני מררי--למשפחתם לבית אבתם תפקד אתם | 29 |
तैँले आ-आफ्ना कुलअनुसार मरारीका सन्तानहरूको गन्ती गर्, र तिनीहरूलाई आ-आफ्ना परिवार-परिवारअनुसार,
מבן שלשים שנה ומעלה ועד בן חמשים שנה--תפקדם כל הבא לצבא לעבד את עבדת אהל מועד | 30 |
तिस वर्षदेखि पचास वर्षसम्मकालाई मिला । भेट हुने पालको सेवा गर्ने र त्यस दलमा सहभागी हुने सबैको गन्ती गर् ।
וזאת משמרת משאם לכל עבדתם באהל מועד קרשי המשכן ובריחיו ועמודיו ואדניו | 31 |
यो भेट हुने पालको निम्ति तिनीहरूका सबै दायित्व र तिनीहरूका सेवाका काम हो । तिनीहरूले पवित्र वासस्थानका फल्याकहरू,
ועמודי החצר סביב ואדניהם ויתדתם ומיתריהם לכל כליהם ולכל עבדתם ובשמת תפקדו את כלי משמרת משאם | 32 |
यसका बारहरू, खामाहरू र आधारहरू, साथै पवित्र वासस्थान वरिपरिका चोकका खामाहरू, तिनीहरूका आधारहरू, कीलाहरू, डोरीहरू तिनका सबै सरसामानको देखरेख गर्नुपर्छ ।
זאת עבדת משפחת בני מררי לכל עבדתם באהל מועד--ביד איתמר בן אהרן הכהן | 33 |
तिनीहरूले बोक्नुपर्ने सामानहरूको नाउँसहित सूची बना । मरारीका सन्तानहरूले पुजारी हारूनका छोरा ईतामारको निर्देशनमा भेट हुने पालको निम्ति तिनीहरूले गर्नुपर्ने काम यही हो ।”
ויפקד משה ואהרן ונשיאי העדה את בני הקהתי למשפחתם ולבית אבתם | 34 |
मोशा, हारून र समुदायका अगुवाहरूले कहातीहरूका सन्तानहरूको पुर्खाका आ-आफ्ना परिवारअनुसार गन्ती गरे ।
מבן שלשים שנה ומעלה ועד בן חמשים שנה--כל הבא לצבא לעבדה באהל מועד | 35 |
तिनीहरूले तिस वर्षदेखि पचास वर्षसम्म पुगेकाहरूको गन्ती गरे । तिनीहरूले भेट हुने पालमा सेवा गर्ने दलमा सहभागी हुने सबैको गन्ती गरे ।
ויהיו פקדיהם למשפחתם--אלפים שבע מאות וחמשים | 36 |
तिनीहरूले तिनीहरूका कुलअनुसार २,७५० जना पुरुषको गन्ती गरे ।
אלה פקודי משפחת הקהתי כל העבד באהל מועד אשר פקד משה ואהרן על פי יהוה ביד משה | 37 |
मोशा र हारूनले भेट हुने पालमा सेवा गर्ने कहातीहरूका कुल-कुल र परिवार-परिवारअनुसार सबै पुरुषको गन्ती गरे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे ।
ופקודי בני גרשון למשפחותם ולבית אבתם | 38 |
गेर्शोनका सन्तानहरूलाई आ-आफ्ना कुल र पुर्खाका परिवारअनुसार, भेट हुने पालको सेवा गर्न दलमा सहभागी हुन सक्ने
מבן שלשים שנה ומעלה ועד בן חמשים שנה--כל הבא לצבא לעבדה באהל מועד | 39 |
तिसदेखि पचास वर्षसम्मका सबैको गन्ती गरे ।
ויהיו פקדיהם למשפחתם לבית אבתם--אלפים ושש מאות ושלשים | 40 |
आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरेका पुरुषहरूको सङ्ख्या २,६३९ थियो ।
אלה פקודי משפחת בני גרשון כל העבד באהל מועד--אשר פקד משה ואהרן על פי יהוה | 41 |
मोशा र हारूनले गेर्शोनका सन्तानहरूको गन्ती गरे, जसले भेट हुने पालमा सेवा गर्थे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे ।
ופקודי משפחת בני מררי למשפחתם לבית אבתם | 42 |
मरारीका सन्तानहरूलाई आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार,
מבן שלשים שנה ומעלה ועד בן חמשים שנה--כל הבא לצבא לעבדה באהל מועד | 43 |
तिसदेखि पचास वर्षसम्मका सबैको गन्ती गरियो जो भेट हुने पालमा सेवा गर्न दलमा सहभागी हुन्थे ।
ויהיו פקדיהם למשפחתם--שלשת אלפים ומאתים | 44 |
आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरिएका पुरुषहरूको सङ्ख्या ३,२०० थियो ।
אלה פקודי משפחת בני מררי אשר פקד משה ואהרן על פי יהוה ביד משה | 45 |
मोशा र हारूनले मरारीका सन्तानहरूका सबै पुरुषको गन्ती गरे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे ।
כל הפקדים אשר פקד משה ואהרן ונשיאי ישראל--את הלוים למשפחתם ולבית אבתם | 46 |
यसैले मोशा, हारून र इस्राएलका अगुवाले सबै लेवीहरूलाई आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका
מבן שלשים שנה ומעלה ועד בן חמשים שנה כל הבא לעבד עבדת עבדה ועבדת משא--באהל מועד | 47 |
परिवारअनुसार तिस वर्षदेखि पचास वर्ष पुगेकाहरूको गन्ती गरे । तिनीहरूले पवित्र वासस्थानमा सेवा गर्ने र भेट हुने पालका सामानहरूको देखरेख गर्ने र बोक्न सक्ने सबैको गन्ती गरे ।
ויהיו פקדיהם--שמנת אלפים וחמש מאות ושמנים | 48 |
तिनीहरूले ८,५८० पुरुषको गन्ती गरे ।
על פי יהוה פקד אותם ביד משה--איש איש על עבדתו ועל משאו ופקדיו אשר צוה יהוה את משה | 49 |
परमप्रभुको आज्ञामा मोशाले सबै पुरुषलाई त्यसलाई खटाइएको कामको किसिमअनुसार गन्ती गरे । तिनले हरेक पुरुषलाई तिनले वहन गर्ने दायित्वको किसिमअनुसार गन्ती गरे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे ।