< במדבר 13 >
त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो,
שלח לך אנשים ויתרו את ארץ כנען אשר אני נתן לבני ישראל איש אחד איש אחד למטה אבתיו תשלחו--כל נשיא בהם | 2 |
“केही मानिसहरूलाई कनानको भूमिको जाँच गर्न पठा, जुन मैले इस्राएलका मानिसहरूलाई दिएको छु । तिनीहरूका पुर्खाका हरेक कुलबाट एक-एक जना पठा । ती हरेक तिनीहरूका अगुवा हुनुपर्छ ।”
וישלח אתם משה ממדבר פארן על פי יהוה כלם אנשים ראשי בני ישראל המה | 3 |
मोशाले तिनीहरूलाई पारानको मरुभूमिबाट पठाए, ताकि तिनीहरूले परमप्रभुको आज्ञा पालन गरून् । तिनीहरू सबै इस्राएलका मानिसहरूका अगुवाहरू थिए ।
ואלה שמותם למטה ראובן שמוע בן זכור | 4 |
तिनीहरूका नाउँ यिनै हुन्ः रूबेनको कुलबाट जक्कूरका छोरा शम्मूअ;
शिमियोनका कुलबाट होरीका छोरा शाफात;
यहूदाको कुलबाट यपुन्नेका छोरा कालेब;
למטה יששכר יגאל בן יוסף | 7 |
इस्साखारको कुलबाट योसेफका छोरा यिगाल;
एफ्राइमको कुलबाट, नूनका छोरा होशिया;
למטה בנימן פלטי בן רפוא | 9 |
बेन्यामीनको कुलबाट, रफूका छोरा पलती;
למטה זבולן גדיאל בן סודי | 10 |
जबूलूनको कुलबाट सोदीका छोरा गद्दीएल;
למטה יוסף למטה מנשה--גדי בן סוסי | 11 |
योसेफको कुलबाट (अर्थात् मनेश्शेको कुलबाट) सूसीका छोरा गेद्दी;
दानको कुलबाट गमल्लीका छोरा अम्मीएल;
למטה אשר סתור בן מיכאל | 13 |
आशेरको कुलबाट मिखाएलका छोरा सतूर;
למטה נפתלי נחבי בן ופסי | 14 |
नप्तालीको कुलबाट वोफ्सीका छोरा नहबी
गादको कुलबाट माकीका छोरा गूएल ।
אלה שמות האנשים אשר שלח משה לתור את הארץ ויקרא משה להושע בן נון יהושע | 16 |
मोशाले भूमिको जाँच गर्न पठाएका मानिसहरूका नाउँ यिनै थिए । मोशाले नूनका छोरा होशियालाई यहोशू नाउँ राखे ।
וישלח אתם משה לתור את ארץ כנען ויאמר אלהם עלו זה בנגב ועליתם את ההר | 17 |
मोशाले तिनीहरूलाई कनानको भूमि जाँचबुझ गर्न पठाए । तिनले तिनीहरूलाई भने, “नेगेवबाट प्रवेश गर र पहाडी मुलुकतिर जाओ ।
וראיתם את הארץ מה הוא ואת העם הישב עליה--החזק הוא הרפה המעט הוא אם רב | 18 |
यो कस्तो छ भनी भूमिको जाँचबुझ गर ।
ומה הארץ אשר הוא ישב בה--הטובה הוא אם רעה ומה הערים אשר הוא יושב בהנה--הבמחנים אם במבצרים | 19 |
त्यहाँ बस्ने मानिसहरूलाई हेर, तिनीहरू बलिया वा कमजोर छन् वा तिनीहरू धेरै छन् वा थोरै छन् ।
ומה הארץ השמנה הוא אם רזה היש בה עץ אם אין והתחזקתם ולקחתם מפרי הארץ והימים--ימי בכורי ענבים | 20 |
तिनीहरू बसोबास गरेका भूमि कस्तो छ, हेर । यो असल वा खराब छ? सहरहरू कस्ता छन्? तिनीहरू छाउनी वा किल्ला भएको सहरहरूमा छन्? भूमि कस्तो छ । अन्न उमार्न असल छ वा छैन, रुखहरू छन् वा छैनन् । साहसी होओ र त्यो भूमिको उत्पादनको नमुना लिएर आओ ।” त्यस बेला पहिलो दाख पाक्ने समय थियो ।
ויעלו ויתרו את הארץ ממדבר צן עד רחב לבא חמת | 21 |
यसैले ती मानिसहरू गए र जीनको मरुभूमिदेखि लेबो-हमात नजिकको रेहोबसम्मको भूमिको जाँचबुझ गरे ।
ויעלו בנגב ויבא עד חברון ושם אחימן ששי ותלמי ילידי הענק וחברון שבע שנים נבנתה לפני צען מצרים | 22 |
तिनीहरू नेगेवबाट उक्लेर हेब्रोनमा आइपुगे । त्यहाँ अनाकका सन्तानहरू अहीमान, शेशै र तल्मै थिए । होब्रोन मिश्रको सोअनभन्दा सात वर्ष पहिले निर्माण गरिएको थियो ।
ויבאו עד נחל אשכל ויכרתו משם זמורה ואשכול ענבים אחד וישאהו במוט בשנים ומן הרמנים ומן התאנים | 23 |
जब तिनीहरू एश्कोलको बेँसीमा पुगे, तिनीहरूले दाखको झुप्पासहितको हाँगा काटे । तिनीहरूले यसलाई घोचामा राखेर दुई जनाले बोके । तिनीहरूले अनार र नेभारा पनि ल्याए ।
למקום ההוא קרא נחל אשכול על אדות האשכול אשר כרתו משם בני ישראל | 24 |
इस्राएलका मानिसहरूले त्यहाँ दाखको झुप्पा काटेकाले त्यस ठाउँलाई एश्कोलको बेँसी नाउँ राखियो ।
וישבו מתור הארץ מקץ ארבעים יום | 25 |
चालिस दिनपछि तिनीहरू भूमिको जाँचबुझ गरेर फर्के ।
וילכו ויבאו אל משה ואל אהרן ואל כל עדת בני ישראל אל מדבר פארן--קדשה וישיבו אתם דבר ואת כל העדה ויראום את פרי הארץ | 26 |
तिनीहरू मोशा, हारून र इस्राएलका सारा समुदायकहाँ पारानको मरुभूमिमा भएको कादेशमा फर्केर आए । तिनीहरूले तिनीहरूलाई र सारा समुदायलाई खबर ल्याए र भूमिको उत्पादन तिनीहरूलाई देखाए ।
ויספרו לו ויאמרו באנו אל הארץ אשר שלחתנו וגם זבת חלב ודבש הוא--וזה פריה | 27 |
तिनीहरूले मोशालाई भने, “तपाईंले पठाउनुभएको मुलुकमा हामी पुग्यौँ । यसमा साँच्चै दुध र मह बग्दोरहेछ । यसका केही उत्पादनहरू यहाँ छन् ।
אפס כי עז העם הישב בארץ והערים בצרות גדלת מאד וגם ילדי הענק ראינו שם | 28 |
तथापि, त्यहाँ बसोबास गर्ने मानिसहरू बलिया छन् । सहरमा किल्ला हालिएका छन् र ती धेरै ठुला छन् । हामीले अनाकका सन्तानहरूलाई पनि देख्यौँ ।
עמלק יושב בארץ הנגב והחתי והיבוסי והאמרי יושב בהר והכנעני יושב על הים ועל יד הירדן | 29 |
नेगेवमा अमालेकीहरू बसोसबास गर्छन् । हित्ती, यबूसी, र एमोरी पहाडी मुलुकमा बस्छन् । कनानीहरू समुद्र किनारा र यर्दन नदीको तीरमा बस्छन् ।”
ויהס כלב את העם אל משה ויאמר עלה נעלה וירשנו אתה--כי יכול נוכל לה | 30 |
अनि यहोशूले मोशाको सामु मानिसहरूलाई चुपचाप बनाए र भने, “जाऔँ र भूमिलाई कब्जा गरौँ, किनभने हामीले यसलाई निश्चय पनि जित्नेछौँ ।
והאנשים אשר עלו עמו אמרו לא נוכל לעלות אל העם כי חזק הוא ממנו | 31 |
तर तिनीसँग गएका अरू मानिसहरूले भने, “हामीले तिनीहरूलाई आक्रमण गर्न सक्दैनौँ, किनभने तिनीहरू हामीभन्दा बलिया छन् ।”
ויציאו דבת הארץ אשר תרו אתה אל בני ישראל לאמר הארץ אשר עברנו בה לתור אתה ארץ אכלת יושביה הוא וכל העם אשר ראינו בתוכה אנשי מדות | 32 |
यसैले तिनीहरूले जाँचबुझ गरेका मुलुकबारे इस्राएलका मानिसहरू माझ निरुत्साहित पार्ने खबर फिँजाए । तिनीहरूले भने, “हामीले हेरेका मुलकले त आफ्नै बासिन्दाहरूलाई निल्दोरहेछ ।
ושם ראינו את הנפילים בני ענק--מן הנפלים ונהי בעינינו כחגבים וכן היינו בעיניהם | 33 |
हामीले त्यहाँ देखेका सबै मानिस अग्ला कदका छन् । हामीले त्यहाँ दैत्यहरू अर्थात् अनाकका सन्तानहरू देख्यौँ जो दैत्यहरूबाट आएका थिए । तिनीहरूसँग तुलना गर्दा हामी हाम्रो नजरमा फट्याङ्ग्राजस्ता थियौँ ।”