< איכה 5 >

זכר יהוה מה היה לנו הביט (הביטה) וראה את חרפתנו 1
हे परमप्रभु, हामीमाथि जे भएको छ, सो सम्झनुहोस् । हाम्रो अपमान हेर्नुहोस्, र विचार गर्नुहोस् ।
נחלתנו נהפכה לזרים בתינו לנכרים 2
हाम्रो उत्तराधिकार पराईहरू र हाम्रा घरहरू विदेशीहरूलाई दिइए ।
יתומים היינו אין (ואין) אב אמתינו כאלמנות 3
हामी अनाथ, पितृहीन भएका छौँ, र हाम्रा आमाहरू विधवाजस्ता छन् ।
מימינו בכסף שתינו עצינו במחיר יבאו 4
हामीले पिउने पानीको लागि र हाम्रै दाउरा किन्‍न हामीले चाँदीको दाम तिर्नुपर्छ ।
על צוארנו נרדפנו יגענו לא (ולא) הונח לנו 5
हामीलाई पछ्याउनेहरू हाम्रो छेउमा छन् । हामी थाकेका छौँ, र हामीलाई चैन छैन ।
מצרים נתנו יד אשור לשבע לחם 6
पर्याप्‍त खानाको लागि हामीले आफैलाई मिश्र र अश्शूरमा सुम्पिदिएका छौँ ।
אבתינו חטאו אינם (ואינם) אנחנו (ואנחנו) עונתיהם סבלנו 7
हाम्रा पिता-पुर्खाहरूलेपाप गरे, र अब तिनीहरू छैनन्, र हामीले तिनीहरूका अधर्मको फल भोग्दछौँ ।
עבדים משלו בנו פרק אין מידם 8
कमाराहरूले हामीमाथि शासन गर्छन्, र हामीलाई तिनीहरूको हातबाट छुटकारा दिने कोही छैन ।
בנפשנו נביא לחמנו מפני חרב המדבר 9
उजाड-स्थानमा भएको तरवारको कारण हाम्रा जीवन जोखिममा पारेर मात्रै हामी रोटी पाउँछौँ ।
עורנו כתנור נכמרו מפני זלעפות רעב 10
भोकको रापले गर्दा हाम्रो छाला चुलोझैँ तातिएको छ ।
נשים בציון ענו בתלת בערי יהודה 11
सियोनमा स्‍त्रीहरू र यहूदाका सहरहरूमा कन्याहरू बलत्कार गरिएका छन् ।
שרים בידם נתלו פני זקנים לא נהדרו 12
राजकुमारहरू तिनीहरूका आफ्नै हातद्वारा झुण्ड्याइएका छन्, र धर्म-गुरुहरूलाई कुनै आदर देखाइएको छैन ।
בחורים טחון נשאו ונערים בעץ כשלו 13
युवाहरू जाँतोमा अन्‍न पिँध्‍न बाध्य पारिएका छन्, र ठिटाहरू दाउराको भारीले थिचिएर लडबडाउँदै हिँड्छन् ।
זקנים משער שבתו בחורים מנגינתם 14
धर्म-गुरुहरूले सहरको मूल ढोका छोडेका छन्, र युवाहरूले तिनीहरूको सङ्गीत छोडिदिएका छन् ।
שבת משוש לבנו נהפך לאבל מחלנו 15
हाम्रो हृदयको आनन्द हटेको छ, र हाम्रो नाच शोकमा परिणत भएको छ ।
נפלה עטרת ראשנו אוי נא לנו כי חטאנו 16
मुकुट हाम्रो शिरबाट खसेको छ । हामीलाई धिक्‍कार छ! किनकि हामीले पाप गरेका छौँ ।
על זה היה דוה לבנו--על אלה חשכו עינינו 17
हाम्रो यो हृदय दुर्बल भएको छ, र यिनै कुराको कारण हाम्रो आँखा धमिलिएका छन् ।
על הר ציון ששמם שועלים הלכו בו 18
सियोन पर्वत उजाड छ, जहाँ स्यालहरू घुमिहिँड्छन् ।
אתה יהוה לעולם תשב כסאך לדור ודור 19
तर हे परमप्रभु, तपाईंले सदासर्वदा शासन गर्नुहुन्छ, र तपाईं पुस्तादेखि पुस्तासम्म आफ्नो सिंहासनमा विराजमान हुनुहुने छ ।
למה לנצח תשכחנו תעזבנו לארך ימים 20
तपाईंले हामीलाई किन सदाको निम्ति बिर्सनुहुन्छ? तपाईंले हामीलाई यति धेरै दिनसम्म किन त्याग्‍नुहुन्छ?
השיבנו יהוה אליך ונשוב (ונשובה) חדש ימינו כקדם 21
हे परमप्रभु, हामीलाई पुनर्स्थापना गर्नुहोस्, र हामी पुनर्स्थापित हुने छौँ ।
כי אם מאס מאסתנו קצפת עלינו עד מאד 22
तपाईंले हामीलाई बिलकुलै इन्कार गर्नुभएको छैन, र सम्झनै नसक्‍ने गरी तपाईं हामीसित रिसाउनुभएको छैन भने धेरै पहिले भएजस्तै हाम्रा दिन नवीकरण गरिदिनुहोस् ।

< איכה 5 >