< איכה 3 >
אני הגבר ראה עני בשבט עברתו | 1 |
परमप्रभुको क्रोधको लाठोमुनि दुर्दशा देख्ने मानिस म नै हुँ ।
אותי נהג וילך חשך ולא אור | 2 |
उहाँले मलाई खेद्नुभयो, र उज्यालोमा भन्दा पनि अँध्यारोमा हिँड्न लगाउनुभयो ।
אך בי ישב יהפך ידו כל היום | 3 |
निश्चय नै उहाँले मेरो विरुद्धमा पटक-पटक र दिनभरि आफ्नो हात पसार्नुभयो ।
בלה בשרי ועורי שבר עצמותי | 4 |
उहाँले मेरो मासु र छाला गलाइदिनुभएको छ । उहाँले मेरा हाडहरू भाँचिदिनुभयो ।
उहाँले मेरो विरुद्धमा घेरा लगाउनुभयो, अनि तिक्तता र कठिनाइले मलाई घेर्नुभयो ।
במחשכים הושיבני כמתי עולם | 6 |
उहाँले मलाई धेरै पहिले मर्नेहरूजस्तै अन्धकार ठाउँहरूमा बस्न लगाउनुभयो ।
גדר בעדי ולא אצא הכביד נחשתי | 7 |
उहाँले मरो चारैतिर पर्खाल लगाउनुभयो । त्यसैले म भाग्न सक्दिनँ । उहाँले मेरा साङ्लाहरू गह्रौँ बनाइदिनुभयो,
גם כי אזעק ואשוע שתם תפלתי | 8 |
र मैले सहायताको लागि पुकारे र चिच्च्याए तापनि उहाँले मेरो प्रार्थना थुनिदिनुभयो ।
גדר דרכי בגזית נתיבתי עוה | 9 |
काटिएको ढुङ्गाको पर्खालले उहाँले मेरो बाटो थुनिदिनुभयो । उहाँले मेरा बाटाहरू बाङ्गो बनाइदिनुभयो ।
דב ארב הוא לי אריה (ארי) במסתרים | 10 |
उहाँ आक्रमण गर्न ढुकेर बस्ने भालुजस्तो र लुकेर बस्ने सिंहजस्तो हुनुहुन्छ ।
דרכי סורר ויפשחני שמני שמם | 11 |
उहाँले मेरा बाटाहरू उल्टो बनाइदिनुभयो । उहाँले मलाई बेसाहारा तुल्याइदिनुभयो ।
דרך קשתו ויציבני כמטרא לחץ | 12 |
उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो, र मलाई नै काँडको निसाना बनाउनुभयो ।
उहाँले आफ्नो ठोक्रोका काँडहरूले मेरा मृगौला छेडिदिनुभयो ।
הייתי שחק לכל עמי נגינתם כל היום | 14 |
म मेरा सबै मानिसका लागि हाँसोको पात्र बनेँ, र दिनभरि तिनीहरूको ठट्टाको निसाना बनेँ ।
השביעני במרורים הרוני לענה | 15 |
उहाँले मलाई तिक्तताले भरिदिनुभयो, र ऐरेलु पिउन लगाउनुभयो ।
ויגרס בחצץ שני הכפישני באפר | 16 |
उहाँले रोडाले मेरा दाँत पिँध्नुभयो, र खरानीमा कुल्चिमिल्ची पारिदिनुभयो ।
ותזנח משלום נפשי נשיתי טובה | 17 |
मेरो प्राण शान्तिबाट वञ्चित भएको छ । प्रसन्नता के हो भनी मैले बिर्सेको छु ।
ואמר אבד נצחי ותוחלתי מיהוה | 18 |
त्यसैले म भन्छु, “मेरो धैर्य नष्ट भएको छ, र मेरो भरोसा परमप्रभुमा नै छ ।”
זכר עניי ומרודי לענה וראש | 19 |
मेरो कष्ट र मेरो फिरन्तेपन, ऐरेलु र तिक्ततालाई सम्झनुहोस् ।
זכור תזכור ותשיח (ותשוח) עלי נפשי | 20 |
म निरन्तर यसलाई सम्झन्छु, र म मभित्रै हताश भएको छु ।
זאת אשיב אל לבי על כן אוחיל | 21 |
तर म यो स्मरण गर्दछु । त्यसैले म आशा गर्दछुः
חסדי יהוה כי לא תמנו כי לא כלו רחמיו | 22 |
परमप्रभुको अचुक प्रेम कहिल्यै समाप्त हुँदैन, र उहाँको दया कहिल्यै अन्त्य हुँदैन ।
חדשים לבקרים רבה אמונתך | 23 |
ती हरेक बिहान नयाँ हुन्छन् । तपाईंको विश्वसनीयता महान् छ ।
חלקי יהוה אמרה נפשי על כן אוחיל לו | 24 |
मैले भनेँ, “परमप्रभु मेरो उत्तराधिकार हुनुहुन्छ ।” त्यसैले म उहाँमा नै आशा गर्दछु ।
טוב יהוה לקוו לנפש תדרשנו | 25 |
परमप्रभुको प्रतीक्षा गर्नेहरू, उहाँको खोजी गर्नेहरूका निम्ति उहाँ भलो हुनुहुन्छ ।
טוב ויחיל ודומם לתשועת יהוה | 26 |
मौन रूपमा परमप्रभुको उद्धारको प्रतीक्षा गर्नु राम्रो हुन्छ ।
טוב לגבר כי ישא על בנעוריו | 27 |
आफ्नो युवावस्थामा जुवा बोक्नु मानिसको लागि राम्रो हुन्छ ।
ישב בדד וידם כי נטל עליו | 28 |
त्यसमाथि यो राखिँदा त्यो एक्लै चुप लागेर बसोस् ।
יתן בעפר פיהו אולי יש תקוה | 29 |
त्यसले आफ्नो मुख धूलोमा लगाओस् । अझै पनि आशा बाँकी हुन सक्छ ।
יתן למכהו לחי ישבע בחרפה | 30 |
त्यसलाई हिर्काउनेलाई त्यसले आफ्नो गाला पनि देओस्, र त्यो निन्दाले भरियोस् ।
किनकि परमप्रभुले हामीलाई सदासर्वदा त्याग्नुहुने छैन,
כי אם הוגה ורחם כרב חסדיו | 32 |
तर उहाँले शोक ल्याउनुभए तापनि उहाँको अचुक प्रेमको प्रचुरतामुताबिक उहाँले दया देखाउनुहुने छ ।
כי לא ענה מלבו ויגה בני איש | 33 |
किनकि उहाँले हृदयबाट नै मानव-जातिका सन्तानलाई यातना दिनुहुन्न वा कष्ट दिनुहुन्न ।
לדכא תחת רגליו כל אסירי ארץ | 34 |
पृथ्वीका सबै कैदीलाई खुट्टाले कुल्चिमिल्ची पार्ने,
להטות משפט גבר נגד פני עליון | 35 |
सर्वोच्च परमेश्वरको उपस्थितिमा मानिसको न्यायलाई इन्कार गर्ने,
לעות אדם בריבו אדני לא ראה | 36 |
कुनै मानिसलाई न्यायबाट वञ्चित गर्नेजस्ता कुराहरू परमप्रभुले अनुमोदन गर्नुहुन्न ।
מי זה אמר ותהי אדני לא צוה | 37 |
परमप्रभुले उर्दी नगर्नुभएसम्म कसले बोलेको कुरा पुरा भएको छ?
מפי עליון לא תצא הרעות והטוב | 38 |
के सर्वोच्च परमेश्वरको मुखबाट नै विपत्ति र राम्रा कुराहरू दुवै आउँदैनन् र?
מה יתאונן אדם חי גבר על חטאו | 39 |
कुनै जीवित मानिस कसरी गनगनाउन सक्छ? आफ्ना पापको लागि पाएको दण्डको विषयमा कुनचाहिँ व्यक्तिले गनगन गर्न सक्छ?
נחפשה דרכינו ונחקרה ונשובה עד יהוה | 40 |
हाम्रा मार्गको जाँच गरौँ, र तिनलाई जाँचेर परमप्रभुकहाँ फर्कौं ।
נשא לבבנו אל כפים אל אל בשמים | 41 |
हाम्रा हृदय र हाम्रा हात स्वर्गमा हुनुहुने परमेश्वमा उठाऔँ, र भनौँ:
נחנו פשענו ומרינו אתה לא סלחת | 42 |
“हामीले आज्ञा उल्लङ्घन गरेका छौँ, र विद्रोह गरेका छौँ, अनि तपाईंले बिर्सनुभएको छैन ।
סכותה באף ותרדפנו הרגת לא חמלת | 43 |
तपाईंले आफैलाई रिसले ढाक्नुभएको छ, र हाम्रो पिछा गर्नुभएको छ । तपाईंले मार्नुभएको छ, जोगाउनुभएको छैन ।
סכותה בענן לך מעבור תפלה | 44 |
कुनै प्रार्थनाले नछेडोस् भनेर तपाईंले आफैलाई बादलले ढाक्नुभएको छ ।
סחי ומאוס תשימנו בקרב העמים | 45 |
तपाईंले जाति-जातिहरूका बिचमा हामीलाई फोहोरको थुप्रो र कसिङ्गर बनाउनुभएको छ ।
פצו עלינו פיהם כל איבינו | 46 |
हाम्रा शत्रुहरूलाई हामीलाई सराप दिन अनुमति दिनुहोस् ।
פחד ופחת היה לנו השאת והשבר | 47 |
आतङ्क र खतरा, उजाड र विनाश हामीमाथि आइपरेका छन् ।
פלגי מים תרד עיני על שבר בת עמי | 48 |
मेरा जाति नष्ट गरिएकाले मेरा आँखाबाट आँसुको धारा बहन्छ ।
עיני נגרה ולא תדמה מאין הפגות | 49 |
मेरा आँखाबाट नरोकिकन, विश्राम नगरीकन आँसु बहन्छ,
עד ישקיף וירא יהוה משמים | 50 |
जबसम्म परमप्रभुले स्वर्गबाट तल हेर्नुहुन्न ।
עיני עוללה לנפשי מכל בנות עירי | 51 |
मेरो सहरका सबै छोरीको कारण मेरा आँखाले मलाई शोकित तुल्याए ।
צוד צדוני כצפור איבי חנם | 52 |
मेरा शत्रुहरूद्वारा मलाई चरालाई झैँ सिकार गरिएको छ । विनाकारण तिनीहरूले मेरो सिकार गरे ।
צמתו בבור חיי וידו אבן בי | 53 |
तिनीहरूले मलाई खाडलमा फ्याँके, र मलाई ढुङ्गाले हाने,
צפו מים על ראשי אמרתי נגזרתי | 54 |
अनि मेरो शिर ढाक्ने गरी तिनीहरूले पानीको बाढी ल्याए । मैले भनेँ, “मेरो अन्त्य आइसकेको छ ।”
קראתי שמך יהוה מבור תחתיות | 55 |
हे परमप्रभु, खाडलको गहिराइबाट मैले तपाईंको नाउँ पुकारेँ ।
קולי שמעת אל תעלם אזנך לרוחתי לשועתי | 56 |
“मैले मदतको लागि पुकार्दा तपाईंका कान बन्द नगर्नुहोस्” भनी मैले भन्दा तपाईंको मेरो सोर सुन्नुभयो ।
קרבת ביום אקראך אמרת אל תירא | 57 |
मैले पुकार गरेको त्यस दिनमा तपाईं नजिक आउनुभयो । तपाईंले भन्नुभयो, “नडरा ।”
רבת אדני ריבי נפשי גאלת חיי | 58 |
हे परमप्रभु, तपाईं मेरो पक्षमा लड्नुभयो । तपाईंले मेरो ज्यान बचाइदिनुभयो ।
ראיתה יהוה עותתי שפטה משפטי | 59 |
हे परमप्रभु, तिनीहरूले मलाई गरेका खराबी तपाईंले देख्नुभएको छ । मेरो मुद्दाको इन्साफ गरिदिनुहोस् ।
ראיתה כל נקמתם--כל מחשבתם לי | 60 |
तिनीहरूले मलाई गरेका अपमान, मेरो विरुद्धमा रचेका सबै षड्यन्त्र तपाईंले देख्नुभएको छ ।
שמעת חרפתם יהוה כל מחשבתם עלי | 61 |
हे परमप्रभु, तिनीहरूले गरेका निन्दा र मेरो बारेमा भएका तिनीहरूका सबै योजना तपाईंले देख्नुभएको छ ।
שפתי קמי והגיונם עלי כל היום | 62 |
मेरो विरुद्धमा मेरा शत्रुहरूका बोली र अभियोग दिनभरि आउँछन् ।
שבתם וקימתם הביטה אני מנגינתם | 63 |
तिनीहरू कसरी बस्छन्, र उठ्छन्, हेर्नुहोस् । तिनीहरूका गीतले मेरो ठट्टा गर्छन् ।
תשיב להם גמול יהוה כמעשה ידיהם | 64 |
हे परमप्रभु, तिनीहरूले गरेअनुसार तिनीहरूलाई बदला लिनुहोस् ।
תתן להם מגנת לב תאלתך להם | 65 |
तपाईंले तिनीहरूका हृदय लज्जित पर्न दिनुहुने छ । तपाईंको दण्डाज्ञा तिनीहरूमाथि परोस् ।
תרדף באף ותשמידם מתחת שמי יהוה | 66 |
हे परमप्रभु, रिसमा तपाईंले तिनीहरूलाई खेद्नुहुन्छ, र स्वर्गबाट तिनीहरूलाई नष्ट पार्नुहुन्छ ।