< יהושע 11 >
ויהי כשמע יבין מלך חצור וישלח אל יובב מלך מדון ואל מלך שמרון ואל מלך אכשף | 1 |
जब हासोरका राजा याबीनले यो सुने, उनले मादोनका राजा रोबाब, शिम्रोनका राजा र आक्षापका राजालाई समाचार पठाए ।
ואל המלכים אשר מצפון בהר ובערבה נגב כנרות--ובשפלה ובנפות דור מים | 2 |
उनले उत्तरी पहाडी देशमा, किन्नरेतको दक्षिणतिरको यर्दन बेँसीमा, तराईमा र पश्चिमतिरको नपोत डोरमा बस्ने राजाहरूलाई पनि समाचार पठाए ।
הכנעני ממזרח ומים והאמרי והחתי והפרזי והיבוסי בהר והחוי תחת חרמון בארץ המצפה | 3 |
उनले पूर्व र पश्चिमका कनानीहरू, एमोरीहरू, हित्तीहरू, परिज्जीहरू, पहाडी देशका यबूसीहरू मिस्पाको मैदान नजिकका हेर्मोन डाँडा छेउछाउका हिव्वीहरूलाई पनि समाचार पठाए ।
ויצאו הם וכל מחניהם עמם--עם רב כחול אשר על שפת הים לרב וסוס ורכב רב מאד | 4 |
उनीहरूका सबै फौज उनीहरूसँगै समुद्र किनारको बालुवाका कण जत्तिकै ठुलो सङ्ख्यामा आए । उनीहरूसँग कैयौँ घोडा र रथहरू थिए ।
ויועדו כל המלכים האלה ויבאו ויחנו יחדו אל מי מרום להלחם עם ישראל | 5 |
यी सबै राजा तोकिएको समयमा भेटे र उनीहरू इस्राएलविरुद्ध लड्नलाई मेरोमको पानी नजिकै छाउनी हाले ।
ויאמר יהוה אל יהושע אל תירא מפניהם--כי מחר כעת הזאת אנכי נתן את כלם חללים לפני ישראל את סוסיהם תעקר ואת מרכבתיהם תשרף באש | 6 |
परमप्रभुले यहोशूलाई भन्नुभयो, “उनीहरूको उपस्थितिमा नडरा किनभने म भोली यसै समयमा उनीहरू सबैलाई इस्राएलको हातमा मृत मानिसहरूको रूपमा दिँदै छु । तैँले उनीहरूका घोडाहरूको ढोड नसा काटिदिनू र उनीहरूका रथहरू जलाइदिनू ।”
ויבא יהושע וכל עם המלחמה עמו עליהם על מי מרום--פתאם ויפלו בהם | 7 |
यहोशू र सबै योद्धा आए । तिनीहरू मेरोमको पानीमा अचानक आए र शत्रुहरूलाई आक्रमण गरे ।
ויתנם יהוה ביד ישראל ויכום וירדפום עד צידון רבה ועד משרפות מים ועד בקעת מצפה מזרחה ויכם עד בלתי השאיר להם שריד | 8 |
परमप्रभुले शत्रुहरूलाई इस्राएलको हातमा दिनुभयो र तिनीहरूले उनीहरूलाई प्रहार गरे अनि उनीहरूलाई सीदोनसम्म, मिस्रपोत-मैमसम्मै र पूर्वतिर मिस्पाको बेँसीसम्म खेदे । तिनीहरूले उनीहरूमा कोही पनि जीवित नरहेसम्म नै उनीहरूलाई प्रहार गरे ।
ויעש להם יהושע כאשר אמר לו יהוה את סוסיהם עקר ואת מרכבתיהם שרף באש | 9 |
यहोशूले उनीहरूलाई परमप्रभुले भन्नुभएमुताबिक गरे । तिनले घोडाहरूका ढोड नसाहरू काटे र रथहरू जलाए ।
וישב יהושע בעת ההיא וילכד את חצור ואת מלכה הכה בחרב כי חצור לפנים--היא ראש כל הממלכות האלה | 10 |
त्यस बेला यहोशू फर्के र हासोस कब्जा गरे । तिनले यसका राजालाई तरवारले प्रहार गरे । (हासोर यी सबै राज्यका शिर थियो ।)
ויכו את כל הנפש אשר בה לפי חרב החרם--לא נותר כל נשמה ואת חצור שרף באש | 11 |
तिनीहरूले त्यहाँ भएका सबै जीवित थोकहरूलाई तरवारले प्रहार गरे र नष्ट पार्नलाई अलग गरे । त्यसैले त्यहाँ कोही पनि जीवित रहेन । अनि तिनले हासोरलाई आगो लगाए ।
ואת כל ערי המלכים האלה ואת כל מלכיהם לכד יהושע ויכם לפי חרב--החרים אותם כאשר צוה משה עבד יהוה | 12 |
यहोशूले यी राजाहरूका सबै सहर कब्जा गरे । तिनले उनीहरूका सबै राजालाई कब्जा गरे र उनीहरूलाई तरवारले प्रहार गरे । परमप्रभुका दास मोशाले भनेझैँ तिनले उनीहरूलाई तरवारले पूर्ण रूपमा नष्ट पारे ।
רק כל הערים העמדות על תלם--לא שרפם ישראל זולתי את חצור לבדה שרף יהושע | 13 |
इस्राएलले डाँडामाथि निर्मित सहरहरू हासोरबाहेक अरू कुनैलाई पनि जलाएन । यहोशूले यसलाई मात्र जलाए ।
וכל שלל הערים האלה והבהמה בזזו להם בני ישראל רק את כל האדם הכו לפי חרב עד השמדם אותם--לא השאירו כל נשמה | 14 |
इस्राएलको फौजले यी सहरहरूबाट गाईवस्तुहरूसहित सबै लूटका माल लिए । तिनीहरूले सबै मानिस नमरेसम्म सबै मानिसलाई तरवारले मारे । तिनीहरूले सास फेर्ने कुनै प्राणीलाई जीवित छाडेनन् ।
כאשר צוה יהוה את משה עבדו כן צוה משה את יהושע וכן עשה יהושע--לא הסיר דבר מכל אשר צוה יהוה את משה | 15 |
परमप्रभुले जसरी मोशालाई आज्ञा गर्नुभयो, त्यसरी नै मोशाले यहोशूलाई आज्ञा गरे र यहोशूले त्यसै गरे । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको कुनै पनि कुरालाई यहोशूले अपूरा छोडेनन् ।
ויקח יהושע את כל הארץ הזאת ההר ואת כל הנגב ואת כל ארץ הגשן ואת השפלה ואת הערבה ואת הר ישראל ושפלתה | 16 |
यहोशूले पहाडी देश, सबै नेगेव, गोशेनका सबै भूमि, पहाडहरू, यर्दन नदीको बेँसी, इस्राएको पहाडी देश र तराईको सबै भूमिलाई लिए ।
מן ההר החלק העולה שעיר ועד בעל גד בבקעת הלבנון תחת הר חרמון ואת כל מלכיהם לכד ויכם וימיתם | 17 |
तिनले एदोम नजिकको हालाक डाँडादेखि उत्तरतिर हेर्मोन डाँडाको मुनि लेबनान नजिकको बेँसीमा पर्ने बाल-गादसम्म उनीहरूका सबै राजाहरूलाई कब्जा गरे र उनीहरूलाई मारे ।
ימים רבים עשה יהושע את כל המלכים האלה--מלחמה | 18 |
यहोशूले सबै राजासँग लामो समयसम्म युद्ध गरे ।
לא היתה עיר אשר השלימה אל בני ישראל בלתי החוי ישבי גבעון את הכל לקחו במלחמה | 19 |
गिबोनमा बस्ने हिव्वीहरूबाहेक कुनै पनि सहरले इस्राएलको फौजसँग शान्ति सम्झौता गरेनन् । इस्राएलले सबै बाँकी सहरलाई कब्जा गरे ।
כי מאת יהוה היתה לחזק את לבם לקראת המלחמה את ישראל למען החרימם לבלתי היות להם תחנה כי למען השמידם כאשר צוה יהוה את משה | 20 |
किनभने उनीहरूका हृदय कठोर बनाउनुहुने परमप्रभु नै हुनुहुन्थ्यो, त्यसैले उनीहरूले इस्राएलविरुद्ध लडाइँ गर्थे, ताकि उहाँले मोशालाई अह्राउनुभएझैँ उहाँले उनीहरूलाई दयाविना नै पूर्ण रूपमा नष्ट पार्नुभएको होस् ।
ויבא יהושע בעת ההיא ויכרת את הענקים מן ההר מן חברון מן דבר מן ענב ומכל הר יהודה ומכל הר ישראל עם עריהם החרימם יהושע | 21 |
त्यसपछि यहोशू आए र तिनले अनाकीलाई नष्ट पारे । तिनले यो पहाडी देश, हेब्रोन, दबीर, अनाब, यहूदाका सबै पहाडी देश र इस्राएलका सबै पहाडी देशमा यसो गरे ।
לא נותר ענקים בארץ בני ישראל רק בעזה בגת ובאשדוד--נשארו | 22 |
गाजा, गात र अश्दोदमा बस्ने बाहेक अनाकीहरू इस्राएलको भूमिमा कोही पनि रहेनन् ।
ויקח יהושע את כל הארץ ככל אשר דבר יהוה אל משה ויתנה יהושע לנחלה לישראל כמחלקתם לשבטיהם והארץ שקטה ממלחמה | 23 |
त्यसैले परमप्रभुले मोशालाई भन्नुभएअनुसार यहोशूले सारा भूमि कब्जा गरे । यहोशूले यसलाई इस्राएललाई उत्तराधिकारको रूपमा दिए अर्थात् उनीहरूका हरेक कुललाई भाग लगाइदिए । त्यसपछि मुलुकले युद्धबाट विश्राम लियो ।