< איוב 9 >
तब अय्यूबले जवाफ दिए र भने,
אמנם ידעתי כי-כן ומה-יצדק אנוש עם-אל | 2 |
“यो यस्तै हो भनी म साँच्चै जान्दछु । तर एक व्यक्ति कसरी परमेश्वसित ठिक हुन सक्छ?
אם-יחפץ לריב עמו-- לא-יעננו אחת מני-אלף | 3 |
उसले परमेश्वरसित तर्क गर्न चाह्यो भने, उसले हजारपल्टमा एकपल्ट पनि जवाफ दिन सक्दैन ।
חכם לבב ואמיץ כח-- מי-הקשה אליו וישלם | 4 |
परमेश्वर हृदयमा बुद्धिमान् र बलमा शक्तिशाली हुनुहुन्छ । उहाँको विरुद्धमा कसले आफूलाई कहिलै कठोर पारेको अनि सफल भएको छ र?
המעתיק הרים ולא ידעו-- אשר הפכם באפו | 5 |
जब उहाँले आफ्नो क्रोधमा पर्वतहरूलाई पल्टाउनुहुन्छ, तब उहाँले कसैलाई चेताउनी नदिइएर ती हटाउनुहुन्छ ।
המרגיז ארץ ממקומה ועמודיה יתפלצון | 6 |
उहाँले पृथ्वीलाई यसको आफ्नो ठाउँबाट हल्लाउनुहुन्छ, र यसका टेकाहरूलाई कँपाउनुहुन्छ ।
האמר לחרס ולא יזרח ובעד כוכבים יחתם | 7 |
उहाँ उही परमेश्वर हुनुहुन्छ जसले सूर्यलाई नउदाउन भन्नुहुन्छ, र त्यो उदाउँदैन, र जसले ताराहरूलाई ढाक्नुहुन्छ,
נטה שמים לבדו ודורך על-במתי ים | 8 |
जो आफैले आकाशलाई तन्काउनुहुन्छ, र समुद्रका छालहरूलाई कुल्चिनुहुन्छ,
עשה-עש כסיל וכימה וחדרי תמן | 9 |
उहाँले सप्तर्षि, मृगशिरा र किरकिटी ताराहरू र दक्षिणका तारापुञ्जहरू बनाउनुहुन्छ ।
עשה גדלות עד-אין חקר ונפלאות עד-אין מספר | 10 |
उहाँले महान् र अगम्य कुराहरू, अनि अनगिन्ती उदेकका कामहरू गर्नुहुन्छ ।
הן יעבר עלי ולא אראה ויחלף ולא-אבין לו | 11 |
हेर, उहाँ मेरो छेउबाट जानुहुन्छ, र पनि म उहाँलाई देख्दिनँ । उहाँ आफ्नो बाटो हिंड्नुहुँदा मलाई पत्तै हुँदैन ।
הן יחתף מי ישיבנו מי-יאמר אליו מה-תעשה | 12 |
उहाँले कुनै कुरो खोस्नुभयो भने कसले उहाँलाई रोक्न सक्छ? कसले उहाँलाई भन्न सक्छ, 'तपाईं के गर्दै हुनुहुन्छ?'
אלוה לא-ישיב אפו תחתו שחחו עזרי רהב | 13 |
परमेश्वरले आफ्नो रिस रोक्नुहुन्न । राहाबका सहयोगीहरू उहाँको मुनि झुक्छन् ।
אף כי-אנכי אעננו אבחרה דברי עמו | 14 |
कति थोरै जवाफ मैले उहाँलाई दिन सक्छु, उहाँसित तर्क गर्न म शब्दहरू छान्न सक्छु र?
אשר אם-צדקתי לא אענה למשפטי אתחנן | 15 |
म धर्मी भए तापनि मैले उहाँलाई जवाफ दिन सक्दिन । मेरा न्यायकर्तासँत मैले कृपाको लागि बिन्ती मात्र चढाउन सक्छु ।
אם-קראתי ויענני-- לא-אאמין כי-יאזין קולי | 16 |
मैले उहाँलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो भने पनि, उहाँले मेरो आवाज सुन्नुभयो भनेर म विश्वास गर्दिनँ ।
אשר-בשערה ישופני והרבה פצעי חנם | 17 |
किनकि उहाँले मलाई आँधीले तोड्नुहुन्छ, र विनाकारण मेरा घाउहरू बढाउनुहुन्छ ।
לא-יתנני השב רוחי כי ישבעני ממררים | 18 |
उहाँले मलाई फेरि सास फेर्ने दिनुहुन्न, तर उहाँले मलाई तिक्तताले भर्नुहुन्छ ।
אם-לכח אמיץ הנה ואם-למשפט מי יועידני | 19 |
ताकतको विषय हो भने, उहाँ शक्तिशाली हुनुहुन्छ । न्यायको विषय हो भने, कसले उहाँलाई बोलाउन सक्छ?
אם-אצדק פי ירשיעני תם-אני ויעקשני | 20 |
म ठिक भए पनि मेरो आफ्नै मुखले मलाई दोषी ठहराउँछ । र म दोषरहित भए पनि मेरा वचनले मलाई दोषी प्रमाणित गर्छन् ।
תם-אני לא-אדע נפשי אמאס חיי | 21 |
म दोषरहित छु, तर अब फेरि म आफ्नै बारेमा वास्ता गर्दिनँ । मेरो आफ्नै जीवनलाई म घृणा गर्छु ।
אחת היא על-כן אמרתי--תם ורשע הוא מכלה | 22 |
यसले मलाई केही फरक पार्दैन । त्यसैले म भन्छु, उहाँले दोषरहित र दुष्ट मानिसलाई सँगसँगै नष्ट गर्नुहुन्छ ।
אם-שוט ימית פתאם-- למסת נקים ילעג | 23 |
जब कोर्राले अकस्मात् मार्छ, तब उहाँले निर्दोषहरूको निराशाको उपहास गर्नुहुन्छ ।
ארץ נתנה ביד-רשע-- פני-שפטיה יכסה אם-לא אפוא מי-הוא | 24 |
पृथ्वी दुष्ट मानिसको हातमा दिइएको छ । परमेश्वरले यसका न्यायकर्ताहरूका मुहार ढाक्नुहन्छ । यसो गर्ने उहाँ हुनुहुन्न भने त्यो को हो त?
וימי קלו מני-רץ ברחו לא-ראו טובה | 25 |
मेरा दिनहरू कुद्ने दूतभन्दा पनि द्रुत गतिमा दौडन्छन् । मेरा दिनहरू भाग्छन् । तिनले कतै पनि भलो देख्दैनन् ।
חלפו עם-אניות אבה כנשר יטוש עלי-אכל | 26 |
ती निगालोको डुङ्गाजस्तै चाँडो बगेर छन्, र आफ्नो सिकारलाई वेगसित झम्टने चीलझैं छन् ।
אם-אמרי אשכחה שיחי אעזבה פני ואבליגה | 27 |
आफ्ना गुनासाहरूको विषयमा म बिर्सन्छु, आफ्नो निराश अनुहार म हटाउँछु र खुसी हुन्छु भनें पनि,
יגרתי כל-עצבתי ידעתי כי-לא תנקני | 28 |
आफ्ना सबै शोकदेखि म डराउँछु, किनकि तपाईंले मलाई निर्दोष ठहराउनुहुने छैन भनी म जान्दछु ।
אנכי ארשע למה-זה הבל איגע | 29 |
म दोषी ठहराइने छु । तब मैले किन व्यर्थैमा कोसिस गर्ने?
אם-התרחצתי במו- (במי-) שלג והזכותי בבר כפי | 30 |
आफैलाई मैले हिउँको पानीले धोएँ, र आफ्ना हात अत्यन्तै सफा बनाए पनि,
אז בשחת תטבלני ותעבוני שלמותי | 31 |
परमेश्वरले मलाई हिलैमा फाल्नुहुन्छ, र मेरा आफ्नै लुगाहरूले मलाई घृणा गर्छन् ।
כי-לא-איש כמוני אעננו נבוא יחדו במשפט | 32 |
किनकि परमेश्वर मजस्तै मानिस हुनुहुन्न, कि म उहाँलाई जवाफ दिन सकूँ, वा अदालतमा हामी सँगसँगै आउन सकौं ।
לא יש-בינינו מוכיח-- ישת ידו על-שנינו | 33 |
हाम्रा बिचमा कुनै न्यायधीश छैन, जसले हामी दुवैमाथि आफ्ना हात पसार्न सक्छ ।
יסר מעלי שבטו ואמתו אל-תבעתני | 34 |
अर्को कुनै न्यायाधीश छैन, जसले परमेश्वरको लौरो मबाट हटाउन सक्छ, जसले मलाई भयभीत पार्नबाट उहाँको त्रासलाई रोक्न सक्छ ।
אדברה ולא איראנו כי לא-כן אנכי עמדי | 35 |
तब म बोल्नेछु र उहाँदेखि डराउँदिनँ, तर अहिलेको जस्ता कुराहरू छन्, म त्यसो गर्न सक्दिनँ ।