< איוב 33 >
ואולם--שמע-נא איוב מלי וכל-דברי האזינה | 1 |
त्यसैले अब, हे अय्यूब, मेरो कुरा सुन्न म तपाईंसित बिन्ती गर्छु, मेरा सबै शब्दहरू सुन्नुहोस् ।
הנה-נא פתחתי פי דברה לשוני בחכי | 2 |
हेर्नुहोस्, अब मैले आफ्नो मुख खोलेको छु । मेरो जिब्रोले मेरो मुखमा बोलेको छ ।
ישר-לבי אמרי ודעת שפתי ברור מללו | 3 |
मेरा वचनहरू मेरो हृदयको सोझोपनबाट आउँछन् । मेरो ओठले शुद्ध ज्ञान बोल्छ ।
רוח-אל עשתני ונשמת שדי תחיני | 4 |
परमेश्वरका पवित्र आत्माले मलाई बनाउनुभएको छ । सर्वशक्तिमान्को सासले मलाई जीवन दिएको छ ।
אם-תוכל השיבני ערכה לפני התיצבה | 5 |
तपाईं सक्नुहुन्छ भने मलाई जवाफ दिनुहोस् । आफ्ना बहसहरू मेरो सामु क्रमैसित राख्नुहोस्, र खडा हुनुहोस् ।
הן-אני כפיך לאל מחמר קרצתי גם-אני | 6 |
हेर्नुहोस्, परमेश्वरको दृष्टिमा तपाईं जस्तो हुनुहुन्छ म पनि त्यस्तै हुँ । म पनि माटैबाट रचना गरिएको हुँ ।
הנה אמתי לא תבעתך ואכפי עליך לא-יכבד | 7 |
हेर्नुहोस्, मेरो डरले तपाईंलाई त्रसित नपारोस्, न त मेरो बोझ तपाईंलाई गह्रौं होस् ।
אך אמרת באזני וקול מלין אשמע | 8 |
तपाईंले निश्चय पनि मैले सुन्ने गरी बोल्नुभएको छ । तपाईंका वचनहरूका आवाजले यसो भनेको मैले सुनेको छु,
זך אני בלי-פשע חף אנכי ולא עון לי | 9 |
'म शुद्ध र अपराधरहित छु । म निर्दोष छु, र ममा कुनै पाप छैन ।
הן תנואות עלי ימצא יחשבני לאויב לו | 10 |
परमेश्वरले मलाई आक्रमण गर्ने मौकाहरू खोज्नुहुन्छ । उहाँले मलाई आफ्नो शत्रु ठान्नुहुन्छ ।
ישם בסד רגלי ישמר כל-ארחתי | 11 |
उहाँले मेरो खुट्टा ठिंगुरोमा हाल्नुहुन्छ । उहाँले मेरा सबै मार्ग नियालेर हेर्नुहुन्छ ।'
הן-זאת לא-צדקת אענך כי-ירבה אלוה מאנוש | 12 |
हेर्नुहोस्, यो कुरोमा तपाईं ठिक हुनुहुन्न— म तपाईंलाई जवाफ दिन्छु, किनकि परमेश्वर मानिसभन्दा महान् हुनुहुन्छ ।
מדוע אליו ריבות כי כל-דבריו לא יענה | 13 |
उहाँको विरुद्धमा तपाईं किन सङ्घर्ष गर्नुहुन्छ? उहाँले त आफ्ना कुनै पनि कामको लेखा दिनुपर्दैन ।
כי-באחת ידבר-אל ובשתים לא ישורנה | 14 |
परमेश्वरले एक पटक, दुई पटक बोल्नुहुन्छ, तापनि मानिसले त्यसको ख्याल गर्दैन ।
בחלום חזיון לילה--בנפל תרדמה על-אנשים בתנומות עלי משכב | 15 |
राती सपनामा, दर्शनमा, मानिसहरू मस्त निद्रामा पर्दा, ओछ्यानमा सुतेको समयमा,
אז יגלה אזן אנשים ובמסרם יחתם | 16 |
तब परमेश्वरले मानिसहरूका कान खोल्नुहुन्छ, र तिनीहरूलाई चेतावनीहरूले तर्साउनुहुन्छ,
להסיר אדם מעשה וגוה מגבר יכסה | 17 |
मानिसका पापी उद्देश्यहरूबाट उसलाई फर्काएर ल्याउनलाई, र अहङ्कारलाई ऊबाट टाढा राख्नलाई ।
יחשך נפשו מני-שחת וחיתו מעבר בשלח | 18 |
परमेश्वरले मानिसको जीवनलाई खाडल पर्नबाट, उसको जीवनलाई मृत्युमा जानबाट बचाउनुहुन्छ ।
והוכח במכאוב על-משכבו וריב (ורוב) עצמיו אתן | 19 |
मानिसलाई ओछ्यानमा हुने पीडा, उसका हड्डीहरूमा निरन्तर हुने वेदनाद्वारा पनि उसलाई दण्ड दिइन्छ,
וזהמתו חיתו לחם ונפשו מאכל תאוה | 20 |
जसको कारणले उसको जीवनले खानेकुरालाई घृणा गर्छ, र उसको प्राणले मिठो भोजनलाई घृणा गर्छ ।
יכל בשרו מראי ושפי (ושפו) עצמתיו לא ראו | 21 |
उसको शरीरको मासु नदेखियोस् भनेर त्यो नष्ट भएको हुन्छ । पहिले नदेखिने उसका हाडहरू लौरोझैं देखिन्छन् ।
ותקרב לשחת נפשו וחיתו לממתים | 22 |
वास्तवमा उसको प्राण मृत्युको खाडल नजिक, उसको जीवन उसलाई नष्ट गर्न चाहनेहरूकहाँ पुग्छ ।
אם-יש עליו מלאך--מליץ אחד מני-אלף להגיד לאדם ישרו | 23 |
तर के गर्नु ठिक हुन्छ भनेर उसलाई देखाउन, उसको निम्ति मध्यस्थकर्ता हुनलाई एउटा स्वर्गदूत छन्, हजारौँ स्वर्गदूतहरूका बिचबाट एउटा यस्तो मध्यस्थकर्ता छन्,
ויחננו--ויאמר פדעהו מרדת שחת מצאתי כפר | 24 |
र त्यो स्वर्गदूत ऊप्रति दयालु हुन्छन् र परमेश्वरलाई यसो भन्छन् भने, 'य स व्यक्तिलाई मृत्युको खाडल जानबाट बचाउनुहोस् । उसलाई छुटकारा दिने मोल म तिर्नेछु,'
רטפש בשרו מנער ישוב לימי עלומיו | 25 |
तब उसको मासु बच्चाको भन्दा कलिलो हुन्छ । उसले फेरि आफ्नो युवावस्थाको ताकत पाउनेछ ।
יעתר אל-אלוה וירצהו וירא פניו בתרועה וישב לאנוש צדקתו | 26 |
उसले परमेश्वरलाई प्रार्थना चढाउनेछ, र परमेश्वर ऊप्रति दयालु बन्नुहुनेछ, ताकि उसले आनन्दले परमेश्वरको मुहार हेर्छ । परमेश्वरले त्यो व्यक्तिलाई विजय दिनुहुन्छ ।
ישר על-אנשים ויאמר חטאתי וישר העויתי ולא-שוה לי | 27 |
तब त्यो व्यक्तिले अरू मानिसहरूको सामु गाउनेछ र यसो भन्नेछ, 'मैले पाप गरें, र ठिक कुरालाई बङ्ग्याएँ, तर मेरो पापको दण्ड दिइएन ।
פדה נפשי (נפשו) מעבר בשחת וחיתי (וחיתו) באור תראה | 28 |
परमेश्वरले मेरो प्राणलाई मृत्युको खाडलमा जानबाट छुटकारा दिनुभएको छ । मेरो जीवनले निरन्तर ज्योति देख्नेछ ।'
הן-כל-אלה יפעל-אל-- פעמים שלוש עם-גבר | 29 |
परमेश्वरले एक जना व्यक्तिसित यी सबै कुरा, दुई पटक वा तिन पटक पनि गर्नुहुन्छ,
להשיב נפשו מני-שחת-- לאור באור החיים | 30 |
उसको प्राणलाई मृत्युको खाडलबाट फर्काउनलाई, जसले गर्दा जीवनको ज्योतिले उसले आफूलाई चम्काउन सकोस् ।
הקשב איוב שמע-לי החרש ואנכי אדבר | 31 |
हे अय्यूब, ध्यान दिनुहोस्, र मेरो कुरा सुन्नुहोस् । चुप लाग्नुहोस्, र म बोल्नेछु ।
אם-יש-מלין השיבני דבר כי-חפצתי צדקך | 32 |
तपाईंसित भन्नुपर्ने कुनै कुरा छ भने मलाई जवाफ दिनुहोस् । बोल्नुहोस्, किनकि तपाईं ठिक हुनुहुन्छ भनी म प्रमाणित गर्न चाहान्छु ।
אם-אין אתה שמע-לי החרש ואאלפך חכמה | 33 |
होइन भने, मेरो कुरा सुन्नुहोस् । चुप लाग्नुहोस्, र म तपाईंलाई बुद्धिका कुरा सिकाउनेछु ।”